समाचार
९ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खैरो हेरोइनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पाकिस्तानबाट युएईको शारजहाँ हुँदै आएका धादिङ खनियाँबास नगरपालिका–१ का ४९ वर्षीय दावा लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
९ वैशाख, विराटनगर । सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । बुधबार धरानको एक होटलमा १७ वर्षीय किशोरीसँग आपत्तिजनक अवस्थामा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । यादवविरुद्ध बिहीबार जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो । जिल्ला अदालत सुनसरीमा पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान शुरु गरेको जिल्ला […]
९ वैशाख, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार देशभर थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट […]
९ वैशाख, काठमाडौं । वैशाख १५ गतेदेखि खुला मञ्चमा रहेको बसपार्क हट्ने भएको छ । बिहीबार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले यस्तो निर्णय गरेको हो । खुला मञ्च खाली गराई त्यहाँका संरचना हटाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ छ । यहाँबाट सञ्चालन […]
९ वैशाख, काठमाडौं । किरातीहरुको सांस्कृतिक भूमि मुक्कुमलुङ बचाउन माग गर्दै बिहीबार काठमाडौंको माइतीघरमा मण्डलामा प्रदर्शन गरिएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रलाई किरात समुदायले मुक्कुमलुङ भन्दै आएकोमा राज्यले पाथीभरा नामांकन गरी अतिक्रमण गरेको भन्दै अभियन्ताहरूले प्रदर्शन गरेका हुन् । किरात याक्थुङ चुम्लुङ केन्द्रीय समिति, याक्थुङ लेखक संघ, आदिवासी जनजाति साहित्यकार महासंघ तथा उपत्यकाव्यापी सडक विस्तार […]
९ वैशाख, काठमाडौं । नेपालका कमल सिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय डेब्यु खेलमै ३ विकेट लिएका छन् । उनले काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध डेब्यु गर्दै ३ विकेट लिएका हुन् । अविनाश बोहराको स्थानमा पहिलो रोजाईमा खेलेका कमलले ३.१ ओभर बलिङ गर्दै १६ रन खर्चेर ३ विकेट लिएका हुन् । […]
९ वैशाख काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० औं खेल पूरा गरेका छन् । २० वर्षीय सन्दीपले त्रिकोणात्मक सिरिज अन्तर्गत मलेसियाविरुद्ध बिहीबार खेलेको खेलबाट १०० औं खेल पूरा गरेका हुन् । उनी १०० वटा टी-२० खेल खेल्ने पहिलो नेपाली क्रिकेटर समेत बनेका छन् । बिहीबार आफ्नो १०० औं खेलमा मलेसियाविरुद्ध ४ […]
९ वैशाख, विराटनगर । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विराटनगरमा छुट्टै पार्टी कार्यालय स्थापना गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै समानन्तर कमिटि गठन गरी गतिविधि गर्दै आएको नेपाल समूहले बिहीबार विराटनगर महानगरपालिका-२ मा महानगर कमिटीले छुट्टै कार्यालय खोलेको हो । गत चैत २८ गते सो समूहले एमालेका मोरङका पुराना […]
९ वैशाख, काठमाडौं । करण केसीको आक्रामक ब्याटिङ अनि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिएपछि त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नेपालले अब उपाधिका लागि शनिबार […]
९ वैशाख, काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा बढाउन अध्ययन थालेको छ । यातायात व्यवस्था विभागका प्राविधिक उपसचिवको संयोजकत्वमा समिति बनाएर समायोजनको लागि छलफल थालेको हो । यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थ र सवारीजन्य पार्टपुर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर भाडा बढाउन सरकारलाई वैशाख १५ गतेसम्मको अल्टिमेटम दिएका थिए । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार […]
९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ । डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो । त्यसको भोलिपल्ट बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ । भेटवार्ताकै क्रममा दुई नेताले कोठाको झ्यालबाट धरहरा नियालिरहेको तस्वीर प्रधानमन्त्रीका […]
९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालपक्षका नेताले अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालद्वारा दायर उक्त रिटमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । रिटमा अध्यक्ष […]
८ वैशाख, काठमाडौं । नेपाली सेनाको जङ्गीअड्डाले ८ वटा पृतनाको संरचनालाई खारेज गर्ने भएको छ । सैनिक संगठनलाई समयसापेक्ष पुनर्संरचना गर्दै जाने नीति अनुरूप पृतना खारेज गरेर कमाण्ड अवधारणामा लैजाने तयारी गरेको जङ्गीअड्डाको भनाइ छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार आगामी साउन महीनादेखि ‘थ्री प्लस वान’को अवधारणा अनुसार सेना कमाण्ड संरचनामा जानेछ । सेनाले […]
९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच होटल मेरियटमा भेटवार्ता जारी छ । हिजो साँझ दुई घण्टा बढी कुराकानी गरेका ओली र नेपाल बीच अहिले पनि एक्लाएक्लै भेटवार्ता भइरहेको हो । भेटका क्रममा होटलबाटै धरहराको अवलोकन गरेको तस्वीर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका […]
९ वैशाख, काठमाडौँ । राष्ट्रिय महिला आयोगमा बालविवाहदेखि ‘साइबर’ अपराधका उजुरीका चाङ लागेका छन् । बितेको एक वर्षमा १ हजार ३३३ घरेलु हिंसा र २३२ महिला हिंसाका उजुरी आयोगमा दर्ता भएका छन् । यौनजन्य हिंसामात्र होइन मानसिक, आर्थिक, शारीरिक हिंसाका उजुरी बढेका तथा चरित्रहत्या, साइबर अपराध, सम्बन्धविच्छेद, बहुविवाह, ज्यान मार्ने उद्योग, हत्या र कुटपिटविरुद्धका उजुरी […]
९ वैशाख, काठमाडौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेको आरोपमा बालिका खड्का पक्राउ परेकी छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार खड्कालाई पक्राउ गरेर प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएको छ । उनले भने, ‘सार्वजनिक ठाउँमा अभद्र व्यवहार गरेपछि पक्राउ गरेका हौं, मुद्दा चलाउने वा छाड्ने टुंगो […]
वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले नयाँ पार्टी खोलेको भन्नु आपत्तिजनक भएको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै नेता नेपालले आफूले पार्टीको राजनीतिक प्रतिवेदन, विधान र नियमवलीविरुद्ध भएका कामकारबाही सच्याउन मात्र माग गरेका बताएका छन् । उनले अघि लेखेका छन्, ‘मैले उठाएको आवाजलाई तपाईंले ‘आपराधिक’ […]
९ वैशाख, विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बिहीबार करिब साढे ११ बजे मोरङको कटहरी गाउँपालिका–४ घर भएका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पुरुषमा तीन दिन अघि संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा बिहीबार साढे ११ बजे मृत्यु भएको कोभिड […]
९ वैशाख, विराटनगर । मोरङमा शिकार खेल्न गएका एक पुरुषको भरुवा बन्दूक पड्किएर मृत्यु भएको छ । केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्त राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो । शिकार खेल्न साथीहरुसँग जंगल गएका राईको आफैंले बोकेको भरुवा बन्दूक पड्किएर छर्राले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर […]
८ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहका सवइन्डेक्सहरु बढ्दा नेप्से परिसूचक १५ दशमलव ८० अंकले बढेर २ हजार ६ सय ४८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २१ अंकले बढेर […]
९ वैशाख, जनकपुरधाम । नेपाली कांग्रेसले प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ राख्नुपर्ने भन्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ । प्रदेश सभा सचिवालयले प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रस्ताव आह्वान गरेको अन्तिम दिन बिहीबार कांग्रेसले नाम र स्थायी राजधानीको प्रस्ताव दर्ता गराएको हो । उसले स्थायी राजधानी जनकपुरधामलाई बनाउनुपर्ने प्रस्ताव दर्ता गराएको […]
from समाचार – Online Khabar https://ift.tt/2QHp42R
via IFTTT






















