Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नेकपा एमाले नेपाल समूहको विराटनगरमा छुट्टै कार्यालय

९ वैशाख, विराटनगर । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विराटनगरमा छुट्टै पार्टी कार्यालय स्थापना गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै समानन्तर कमिटि गठन गरी गतिविधि गर्दै आएको नेपाल समूहले बिहीबार विराटनगर महानगरपालिका-२ मा महानगर कमिटीले छुट्टै कार्यालय खोलेको हो । गत चैत २८ गते सो समूहले एमालेका मोरङका पुराना […]

सार्वजनिक सवारीको भाडा बढाउन अध्ययन सुरु

९ वैशाख, काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा बढाउन अध्ययन थालेको छ । यातायात व्यवस्था विभागका प्राविधिक उपसचिवको संयोजकत्वमा समिति बनाएर समायोजनको लागि छलफल थालेको हो । यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थ र सवारीजन्य पार्टपुर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर भाडा बढाउन सरकारलाई वैशाख १५ गतेसम्मको अल्टिमेटम दिएका थिए । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार […]

एमाले अध्यक्ष ओली र नेता नेपालको भेटवार्ता सकियो

९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ । डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो । त्यसको भोलिपल्ट बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ । भेटवार्ताकै क्रममा दुई नेताले कोठाको झ्यालबाट धरहरा नियालिरहेको तस्वीर प्रधानमन्त्रीका […]

होटलबाट ओली र नेपालद्वारा धरहराको अवलोकन

९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच होटल मेरियटमा भेटवार्ता जारी छ । हिजो साँझ दुई घण्टा बढी कुराकानी गरेका ओली र नेपाल बीच अहिले पनि एक्लाएक्लै भेटवार्ता भइरहेको हो । भेटका क्रममा होटलबाटै धरहराको अवलोकन गरेको तस्वीर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका […]

महिला आयोगमा एक वर्षमा १३३३ घरेलु हिंसा र २३२ महिला हिंसाका उजुरी दर्ता

९ वैशाख, काठमाडौँ । राष्ट्रिय महिला आयोगमा बालविवाहदेखि ‘साइबर’ अपराधका उजुरीका चाङ लागेका छन् । बितेको एक वर्षमा १ हजार ३३३ घरेलु हिंसा र २३२ महिला हिंसाका उजुरी आयोगमा दर्ता भएका छन् । यौनजन्य हिंसामात्र होइन मानसिक, आर्थिक, शारीरिक हिंसाका उजुरी बढेका तथा चरित्रहत्या, साइबर अपराध, सम्बन्धविच्छेद, बहुविवाह, ज्यान मार्ने उद्योग, हत्या र कुटपिटविरुद्धका उजुरी […]

मुख्यमन्त्री राईविरुद्ध अपशब्द बोलेको अभियोगमा बालिका खड्का पक्राउ

९ वैशाख, काठमाडौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेको आरोपमा  बालिका खड्का पक्राउ परेकी छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार खड्कालाई पक्राउ गरेर प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएको छ । उनले भने, ‘सार्वजनिक ठाउँमा अभद्र व्यवहार गरेपछि पक्राउ गरेका हौं,  मुद्दा चलाउने वा छाड्ने टुंगो […]

अध्यक्ष ओलीलाई माधव नेपालको स्पष्टीकरण : ‘अलग पार्टी खोलेको’ भन्नु आपत्तिजनक

वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले नयाँ पार्टी खोलेको भन्नु आपत्तिजनक भएको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै नेता नेपालले आफूले पार्टीको राजनीतिक प्रतिवेदन, विधान र नियमवलीविरुद्ध भएका कामकारबाही सच्याउन मात्र माग गरेका बताएका छन् । उनले अघि लेखेका छन्, ‘मैले उठाएको आवाजलाई तपाईंले ‘आपराधिक’ […]

विराटनरमा कोरोना संक्रमित पुरुषको‍ मृत्यु

९ वैशाख, विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बिहीबार करिब साढे ११ बजे मोरङको कटहरी गाउँपालिका–४ घर भएका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पुरुषमा तीन दिन अघि संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा बिहीबार साढे ११ बजे मृत्यु भएको कोभिड […]

भरुवा बन्दूक पड्किँदा मोरङमा एकजनाको मृत्यु

९ वैशाख, विराटनगर । मोरङमा शिकार खेल्न गएका एक पुरुषको भरुवा बन्दूक पड्किएर मृत्यु भएको छ । केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्त राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो । शिकार खेल्न साथीहरुसँग जंगल गएका राईको आफैंले बोकेको भरुवा बन्दूक पड्किएर छर्राले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर […]

दोहोरो अंकले बढ्यो नेप्से, विशाल बजारमा लगानीकर्ताको आकर्षण

८ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहका सवइन्डेक्सहरु बढ्दा नेप्से परिसूचक १५ दशमलव ८० अंकले बढेर २ हजार ६ सय ४८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २१ अंकले बढेर […]

प्रदेश-२ को नाम ‘मिथिला भोजपुरा’ राख्‍न कांग्रेसले दर्ता गरायो प्रस्ताव

९ वैशाख, जनकपुरधाम । नेपाली कांग्रेसले प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ राख्नुपर्ने भन्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ । प्रदेश सभा सचिवालयले प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रस्ताव आह्वान गरेको अन्तिम दिन बिहीबार कांग्रेसले नाम र स्थायी राजधानीको प्रस्ताव दर्ता गराएको हो । उसले स्थायी राजधानी जनकपुरधामलाई बनाउनुपर्ने प्रस्ताव दर्ता गराएको […]

भारतीय दूतावासले दियो एम्बुलेन्स र स्कुल बस उपहार

९ वैशाख, काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लामा रहेका सरकारी तथा गैरनाफामूलक संघ-संस्थाहरुलाई ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस उपहार दिएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ-संस्थाहरुलाई एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गरेको हो । यस वर्ष एडभान्स लाइफ सपोर्ट, […]

बाँकेमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

९ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एकजना महिलाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-१ की ६५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि मंगलबार उनी अस्पतालमा भर्ना भएकी थिइन् । अस्पताल भर्ना भएसँगै […]

महन्थ ठाकुरले आफूनिकट सांसदलाई छलफलमा बोलाए

९ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू निकट सांसदहरुको भेला बोलाएका छन् । बिहीबार उनले पूर्व राष्ट्रिय जनता पार्टीका सांसदहरुको भेला बोलाई छलफल गरेका हुन् । अनौपचारिक भनिएको बैठकमा अध्यक्ष ठाकुरले पार्टीमा के भइरहेको छ भन्ने विषयमा ब्रिफिङ गरेको सहभागी एक सांसदले बताए । सत्ता सहकार्यका विषयमा जनता समाजवादी पार्टीभित्र अहिले […]

अछाममा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

९ वैशाख, अछाम । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट बिहीबार बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार भारतबाट रोजगारी गरी हालै घर फर्किएका ती पुरुषको जिल्ला अस्पताल मङ्गलसेनमा उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो तथा रुघाखोकी लागेपछि बुधबार उनलाई बयलपाटा अस्पतालमा भर्ना गरिएको थियो […]

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

९ वैशाख, काठमाडौँ । नकवजनी चोरी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ विराटनगर महानगरपालिका-२ दुर्गाचोकका २८ वर्षीय कुलदीप रायलाई मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालत मोरङमा बुझाइएको प्रहरीले जनाएको छ ।  

करणको आक्रामक ब्याटिङमा नेपालले मलेसियालाई दियो २१८ रनको लक्ष्य

९ वैशाख, काठमाडौं । करण केसीले आक्रामक ब्याटिङ गर्दै १३ बलमै ४५ रन बनाएपछि त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनायो । टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो उच्च स्कोर हो । करणले […]

बारामा घरभित्रै महिलाको शव भेटियो, श्रीमान फरार

९ वैशाख, वीरगञ्‍ज । बारामा एक महिलाको हत्या भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका-३ छिमेक बैंक टोल बस्ने ५० वर्षीया पार्वती कार्कीको हत्या भएको हो । आफ्नै घरको दोस्रो तल्लाको बरण्डामा उनको शव भेटिएको छ । निधार र टाउकोमा गह्रौं वस्तुले हानेको चोट देखिएको र शव नजिकै इँट्टा पनि भेटिएको प्रहरीले जनाएको छ । घटनापछि […]

१५ दिनभित्र भूमि वितरण प्रक्रिया शुरु नगरे आन्दोलन गर्ने चन्द्रनगरका भूमिहीनको चेतावनी

९ वैशाख, जनकपुरधाम । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका भूमिहीनहरुले भूमि वितरण गर्ने प्रक्रिया शुरु गर्न आग्रह गरेका छन् । भूमि सम्बन्धी समस्या समाधान आयोगसँग समझदारी पत्रमा हस्ताक्षर गरेको ६ महिना बितिसक्दा पनि कुनै प्रक्रिया शुरु नगरेको भन्दै उनीहरुले गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया आगामी १५ […]

प्रश्नपत्र आउट गर्नेलाई कारबाही गर्न अखिल क्रान्तिकारीको माग

९ वैशाख, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा एउटा विषयको प्रश्नपत्र बाहिरिएको अनुसन्धान टुंगो नलाग्दै अर्को विषयको प्रश्नपत्र समेत आउट गर्ने परीक्षा समितिलाई तत्काल निलम्बन गरी कारबाही गर्न नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)ले माग गरेको छ । केही दिनअघि मात्र इन्जिनियरिङ संकायको स्नातक तहको दोस्रो सेमेस्टरको भौतिक शास्त्र विषयको प्रश्नपत्र परीक्षाभन्दा अघि बाहिरिएको थियो । गत […]

मेरियटमा ओली–नेपाल भेटवार्ता शुरु

९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता शुरु भएको छ । बुधबार साँझ पनि दुई नेताबीच मेरियट होटलमा छलफल भएको थियो र बिहीबार पुनः कुराकानी हुने भनिएको थियो । त्यसअनुसार दुई नेताबीच भेटवार्ता शुरु भएको हो । बुधबार भएको भेटवार्तामा अध्यक्ष ओलीले पार्टीमा आएको उतारचढावबारे […]



from समाचार – Online Khabar https://ift.tt/3gzfFFo
via IFTTT
Powered by Blogger.