Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

स्वर्गद्वारी नगरपालिकामा अनिश्चितकालीन विद्यालय बन्द

९ वैशाख, प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाले कोभिड संक्रमणको दोश्रो लहर बढिरहेको भन्दै विद्यालयहरु अनिश्चितकालका लागि बन्द गरेको छ । व्यापारिक क्षेत्र र वित्तीय संस्थाहरु एक साता तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा विहीबार र शुक्रबार (वैशाख ९ र १० गते) दुई दिन बन्द गरिएको छ । बुधवार बसेको स्थानीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले […]

नेकपा स्थापना दिवस : यस्तो छ एकता र विभाजनको श्रृंखला

९ वैशाख, काठमाडौं । टुटफुटबाट गुज्रिंदै आएका नेपालका कम्युनिस्ट पार्टीहरुले स्थापना दिवस मनाउँदै छन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक नेताहरुमा निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ थिए । यद्यपि यो पार्टी […]

पत्रकार अधिकारीको कोरोना संक्रमणबाट मृत्यु

९ वैशाख, दाङ । दाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मंगलबार राति काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । अधिकारीले चैत २५ गते नेपाल पत्रकार महासंघ दाङमा निर्वाचनमा मतदान गरेका थिए । चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान […]

काठमाडौं उपत्यकासहितका स्थानमा वर्षा

९ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहितका स्थानमा पानी परिरहेको छ । स्थानीय र पश्चिमी वायुको प्रभावले गण्डकी, बागमती र प्रदेश २ मा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पानी पर्ने क्रम केही घण्टापछि रोकिने अनुमान छ । विहान पौने छ बजे गरिएको मापनअनुसार काठमाडौंमा १.८ मिलिमिटर […]

पाकिस्तानको क्वेटा शहरमा विस्फाेट, चार जनाको मृत्यु

९ वैशाख, काठमाडौं । पाकिस्तानको क्वेटा शहरमा अवस्थित एक होटलमा विस्फाेट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । बीबीसीका अनुसार क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विस्फाेट भएको हो । उच्च सरकारी अधिकारीहरुको बढी आउजाउ हुने होटलको रुपमा सेरेना चर्चित छ । पाकिस्तानका गृहमन्त्री शेख […]

पश्चिमा देशलाई पुटिनको चेतावनी– हाम्रो उदारतालाई कमजोरी नठानियोस्

९ वैशाख, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरुको उदारतालाई कमजोरी नठान्न पश्चिमा देशहरुलाई चेतावनी दिएका छन् । अमेरिकाले हालै रुसी संस्था र कूटनीतिज्ञहरुलाई प्रतिबन्ध लगाएपछि पुटिनको चेतावनीयुक्त पछिल्लो अभिव्यक्ति आएको हो । राष्ट्रका नाममा सम्बोधन गर्दै पुटिनले सबै देशसँग सुमधुर सम्बन्ध होस् भनेर आफूले चाहे पनि पश्चिमा देशहरुले लगातार रुसमाथि निशाना साधेको आरोप लगाए […]

तोडियो ओली र नेपालको संवादहीनता, के-के भयो कुराकानी ?

८ वैशाख, काठमाडौं । २७ नेतालाई सांसद पदबाट किन ननिकाल्ने भनेर पत्र काटेको भोलिपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । दुई नेताबीच बुधबार साँझ झण्डै दुई घण्टा मेरियट होटलमा वान अन वान वार्ता भएको थियो । भेटपछि दुवै नेताले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छैनन् । नेताहरुका अनुसार लामो संवादहीनता […]

कोभिड–१९ को ऐनामा नेपाली शासकको कुरुप तस्वीर

८ वैशाख, काठमाडौं । कोभिड-१९ महामारीको दोस्रो लहर शुरु भएको भनेर सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गरेको भोलिपल्ट (मंगलबार) बालुवाटारमा भव्य पूजाआजा भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले वैदिक अनुष्ठानसहित पूजा गरेर राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति चितवनको देवघाट पठाए । चितवनको यात्रा शुरु हुनुअघि बालुवाटारमा जम्मा भएको ‘असंवेदनशील भीड’ले एक दिनअघि मन्त्रिपरिषदले गरेको निर्णयलाई […]

महामारीलाई गिज्याउने भीडमा मन्त्री नै अतिथि !

८ वैशाख, चितवन । कोरोना संक्रमण बढेपछि सरकारले शहरी क्षेत्रका स्कूलहरु बन्द गराएको छ भने सभा–सम्मेलन, जात्रालगायत भीडभाड हुने कार्यक्रम गर्न रोक लगाएको छ । मन्त्रिपरिषदले सोमबार गरेको निर्णयमा मठ–मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा पनि वैशाख मसान्तसम्म नित्य पूजा मात्र गर्ने/गराउने उल्लेख छ । तर प्रधानमन्त्री र मन्त्रीहरु नै मन्त्रिपरिषद्को निर्णय उल्लंघनमा अग्रसर देखिएका छन् […]

अनलाइन शिक्षा : पहुँच कम, प्रभावकारिता झनै कम

८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण सरकारले अति प्रभावित जिल्लाका शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारले विद्यार्थीलाई अनलाइन सिकाइ प्रणालीमा जोड्न विद्यालयहरूलाई भनेको छ । तर, अनलाइनमा सबै विद्यार्थीको पहुँच र प्रभावकारिता पनि नभएकोले अन्य क्षेत्रको भीडभाड घटाएर कक्षा चलाउनुपर्ने विद्यालयहरूको तर्क छ । अनलाइन […]

अख्तियारले स्टिङ अपरेशन गर्न नपाउने सर्वोच्च अदालतको फैसला

८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले घुस लिने व्यक्ति पक्राउ गर्न अख्तियार दुरुपयोग अनुसन्धन आयोगले स्टिङ अपरेशन गर्न नपाउने फैसला सुनाएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न रिट जारी गरिदिएको हो । अख्तियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को […]

वैदेशिक रोजगारीः ठग्नलाई भिजिट भिसा !

८ बैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१८, औराहाका अकलेश यादव गाडी चलाउँथे । मासिक आम्दानी २५–३० हजार थियो । उनलाई दुबईमा योभन्दा निकै कमाइ हुन्छ भनेर पर्सागढी–६, बागेश्वरी तित्रौना चैनपुरका एजेन्ट लालबाबु राम भनिने जलेन्धर महरा चमारले फकाए । ‘आल्मुनियम लोड–अनलोड गर्ने हो, ८ घण्टा काम गर्दा १२ सय रियाल तलब पाइन्छ, दुई दिनमा उडाइदिन्छु’ भनेपछि […]

६० रुपैयाँ लिटरमा किनेको पेट्रोलमा ५५ रुपैयाँ कर

८ वैशाख, काठमाडौं । नेपाल आयल निगमले नयाँ वर्षसँगै वैशाख ४ गते अबेर साँझ पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गर्‍यो । नयाँ मूल्य समायोजन अनुसार पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढायो । आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्य दुई रुपैयाँले वृद्धि भयो । नयाँ मूल्य समायोजन अनुसार काठमाडौं उपत्यकामा खुद्रा […]

अन्तर्राष्ट्रिय मञ्चमा नेपाल किन छुट्दैछ ?

८ वैशाख, काठमाडौं । ‘राइसिना डायलग’ भारतीय विदेश मन्त्रालयको सहयोगमा त्यहाँका थिंक ट्याङ्क अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) ले हरेक वर्ष आयोजना गर्ने भूराजनीति सम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलन हो । सम्मेलनमा विभिन्न देशका सरकार प्रमुख, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख र विभिन्न क्षेत्रका स्वतन्त्र विषय विज्ञले जल्दोबल्दो समसामयिक विषयमा गर्मागर्मी बहस गर्दछन् । सहभागी मुलुकका […]

भारतबाट फर्किएका मोरङका ६ जनामा एन्टिजेन पोजेटिभ

८ वैशाख, विराटनगर । भारतबाट घर फर्किएका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दिल्लीबाट घर फर्किएका मोरङका ८ मध्ये ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । रोजगारीका लागि दिल्ली पुगेकाहरु भारतमा महामारी फैलिएपछि घर फर्किएका थिए । बुधबार सीमावर्ती क्षेत्र रानीमा राखिएको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गर्दा ६ जनामा एन्टिजेन पोजेटिभ देखिएको विराटनगर […]

अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो

८ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली, नेपालबीच भेटवार्ता भएको थियो । भेटमा एमाले नेता विष्णु पौडेल पनि सहभागी थिए । नेताहरुबीच करिब दुई घण्टा भेटवार्ता भएको थियो । बुधबार पौने ७ बजे नेता नेपाल होटलबाट […]

नेपाल भाषा पढाउन १७२ शिक्षकसँग सम्झौता

काठमाडौँ महानगरपालिकाले विद्यालयस्तरमा नेपाल भाषा अध्यापन गराउन १७२ प्रशिक्षकसँग सेवा करार सम्झौता गरेको छ । जम्मा ५१६ आवेदकमध्ये छनोट भएर पूर्व सेवाकालीन तालिम लिएका सहायक प्रशिक्षकसँग महानगरले एक वर्षका लागि सम्झौता गरेको हो । अहिले सम्झौता गरिएका सबै शिक्षकलाई आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन सामुदायिक विद्यालयमा खटाइने बताइएको छ । संवैधानिक व्यवस्थाअनुरुप […]

म्याद गुज्रिएको औषधि भेटिएपछि नर्सिङ होममाथि कारबाही

८ वैशाख, सिरहा । म्याद गुज्रिएको औषधि र रसायन बरामद भएपछि सिरहाको लहान नगरपालिका–३ अस्पताल चोकस्थित कामना नर्सिङ होम प्रालिमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय लहान र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको समन्वयमा गरिएको अनुगमनको क्रममा कामना नर्सिङ होममा म्याद गुज्रिएको औषधि र ल्याबको केमिकल बरामद […]

बागमती प्रदेशबाट सबैभन्दा बढी महिला हिंसाको उजुरी

८ वैशाख, काठमाडौं । राष्ट्रिय महिला आयोगमा गत वर्ष महिला हिंसासम्बन्धी प्राप्त भएका उजुरीमध्ये सबैभन्दा बढी बागमती प्रदेशबाट छन् । २०७७ वैशाखदेखि चैतसम्म दर्ता भएका घरेलु हिंसासम्बन्धी १ हजार ३३३ उजुरीमध्ये बागमती प्रदेशबाट मात्रै ९४० वटा रहेका छन् । यसैगरी महिला हिंसाका २३२ मध्ये बागमतीबाट मात्रै १४७ वटा उजुरी दर्ता भएको आयोगले सार्वजनिक गरेको तथ्यांकमा […]

लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई आयोगको स्पष्टीकरण

८ वैशाख, काठमाडौँ । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई सात दिनभित्र स्पष्टीकरण उपलब्ध गराउन निर्देशन दिएको छ । तीन आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६, नियमित रूपमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४० राजनीतिक दललाई प्रतिवेदन नबुझाउनुको औचित्यपूर्ण र चित्तबुझ्दो कारणसहित सात दिनभित्र स्पष्टीकरण पेश गर्न लेखी पठाएको आयोगका प्रवक्ता राजकुमार […]

महामारीमा सरकार संवेदनशील नबन्दा थाक्न थाले जनता

महामारीको आफ्नो गति र विशेषता हुन्छ । भाइरसले निश्चित विशेषता भएको जनसंख्या पायो भने यसको फैलावट सुनिश्चित हुन्छ । कुनै एक ठाउँका मानिसमा कतिजनासँग रोग प्रतिरोधात्मक क्षमता छ ? कतिले खोप लगाएका छन् ? त्यहाँ सामाजिक व्यवहार र जनस्वास्थ्यको मापदण्ड कसरी पालना हुन्छ ? यस्ता कुरामा भाइरसको फैलावट निर्धारण हुन्छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जेठ […]



from समाचार – Online Khabar https://ift.tt/32Bzdkh
via IFTTT
Powered by Blogger.