Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

धादिङमा बस दुर्घटना हुँदा १६ जना घाइते

१० वैशाख, धादिङ । धादिङको धुनिबेसी नगरपालिका ६ धार्के चालिसेमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । स्याङजाबाट यात्रु लिएर आएको ना ५ ख ४९१६ नम्बरको बस गएराति ९ बजे आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा घाइते भएकाहरुको शिव दर्शन अस्पताल धार्के र राष्ट्रिय ट्रमा सेन्टर […]

एमाले महाधिवेशन आयोजक समितिको बैठक बस्दै

१० वैशाख, काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक बस्दै छ । बैठक शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै आएको माधव नेपाल पक्षसँग एक्लाएक्लै छलफल गरेपछि बोलाइएको महाधिवेशन आयोजक समितिको बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ । आजको बैठकबाट […]

विप्लव नेता कार्यकर्ताः धरौटी नबुझाउने बरु जेलमै बस्ने

१० वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (वीरजंग) लाई धरौटीमा छाड्न अदालतले आदेश दिएको सात महीना भइसक्यो । २२ भदौ २०७७ मा जिल्ला अदालत नवलपरासीले तोकेको रु.२५ हजार धरौटी नबुझाउँदा अहिलेसम्म उनी कारागारमै छन् । यसबीचमा सरकार र उनको पार्टीबीच तीनबुँदे समझदारी पनि भएको छ […]

खाना खाँदाखाँदै ओलीलाई साथ नदिने भनेर बालुवाटारबाट फर्किए बामदेव

१० वैशाख, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले डिनर मिटिङको क्रममा अध्यक्ष केपी शर्मा ओलीलाई साथ नदिने जवाफ फर्काएको गौतमको सचिवालयले जनाएको छ । गौतमले ओलीसँग भएको कुराकानीको अंश फेसबुकमार्फत् सार्वजनिक गर्दै गत फागुन २८ गते गरिएका निर्णय फिर्ता नभएसम्म साथ नदिने जवाफ दिएको जानकारी दिएका हुन् । गौतमले आफ्ना प्रेस सल्लाहकार विश्वमणि सुवेदीको […]

के ओली साँच्चिकै चुनाव चाहन्छन् ?

१० वैशाख, काठमाडौं । वैशाख ६ गते बसेको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री केपी ओलीले ‘पार्टीको ध्यान नयाँ निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने’ उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘परिवर्तित सन्दर्भमा अब हाम्रो ध्यान मूलतः तीनवटा विषयमा केन्द्रित हुनुपर्छ– पार्टीको सुदृढीकरण तथा शुद्धीकरण, समृद्धिको अभियान र […]

मुम्बईको कोभिड अस्पतालमा आगलागी, १२ जनाको मृत्यु

१० वैशाख, काठमाडौं । भारतको मुम्बईस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो । आगलागीबाट अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको विरार नगर निगमको कोरोना कन्ट्रोल रुमलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । शुक्रबार बिहान करिब साढे ३ […]

वीरगञ्जमा गरिएको परीक्षणमा ७८ जनामा कोरोना संक्रमण पुष्टि

१० वैशाख, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा ७८ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ३ देखि ७० वर्ष उमेर समूहका ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार १ सय ३८ वटा स्वाबका नमुना परीक्षण गरिएको थियो । तीमध्ये पर्साका ५७ जना, बारा १८ जना, […]

पशुपति मन्दिर आजबाट अनिश्चितकालीन बन्द

१० वैशाख, काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण पशुपतिनाथ मन्दिर शुक्रबारबाट बन्द गरिएको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट दर्शनार्थीलाई रोक लगाउने र नित्य पूजामात्रै गर्ने निर्णय गरेको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापाले पशुपतिनाथ, गुह्येश्वरी लगायतका मन्दिरहरुमा अनिश्चितकालका लागि नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाइएको […]

देवदत्तको शतक, राजस्थानमाथि बेंगलोरको १० विकेटको जित

काठमाडौं । देवदत्त पाडिक्कलको शतक मद्दतमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको छ । ओपनरद्वय पाडिक्कल र कप्तान विराट कोहलीले अविजित शतकीय साझेदारी गरेपछि बेंगलोरले १७८ रनको लक्ष्य १६.३ ओभर खेल्दै विना क्षति १८१ रन बनाएर जित हात पारेको हो । पाडिक्कलले ५२ बल खेल्दै ११ चौका र […]

टुट्यो संगीतकार नदिम–श्रवणको जोडी, कोरोना संक्रमित श्रवण रहेनन्

१० वैशाख, काठमाडौं । नब्बेको दशकमा कयौं गीतमा संगीत भर्ने नदिम–श्रवणको जोडी टुटेको छ । विहीबार श्रवण राठोरको कोरोना संक्रमणबाट निधन भएपछि संगीतकारको यो चर्चित जोडी टुटेको हो । श्रवणको विहीबार राति मुम्बईस्थित रहेजा अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । फिल्म आशिकीका गीत हिट भएपछि उनीहरु चर्चाको शिखरमा पुगेका थिए । नदिम–श्रवणको जोडीले […]

मेरियट वार्ता : ओलीको तीन चासो, नेपालको एउटै अडान

९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ताले पार्टी पुनर्मिलनको झिनो आशा दिलाए पनि अभिव्यक्तिले भने समस्या कायमै रहेको प्रष्ट सन्देश दिएको छ । एमालेभित्रै अलग सांगठनिक संरचना सञ्चालन गरिरहेका ओली र नेपालले सार्वजनिक अभिव्यक्तिमार्फत विवाद समाधान उन्मुख नरहेको संकेत गरेका छन् । अघिल्लो दिन तय […]

प्रधानमन्त्री ओली र वामदेव गौतमको डिनर मिटिङ

९ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले एकता अभियान चलाइरहेका बामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुइ नेताको डिनर मिटिङमा कानूनमन्त्री लीलानाथ श्रेष्ठ र एमाले प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए । भेटको तस्वीर सार्वजनिक गर्दै प्रमुख सचेतक भट्टराईले फेसबुकमा लेखेका छन्, ‘सम्माननीय […]

नक्कली कस्मेटिक बिक्री आरोपमा पक्राउ परेका व्यक्ति ४० लाख धरौटीमा छुटे

९ वैशाख, काठमाडौं । नाम चलेका कस्मेटीकको खोलमा नक्कली कस्मेटीक बनाएर बिक्री गर्ने कम्पनीका मुख्य व्यक्ति४० लाख धरौटीमा छुटेका छन् । अनुसन्धान पुर्ण भएपछि थप कारबाही अघि बढाउने गरी पक्राउ परेका चेतनाथ गोयललाई धरौटीमा छोडिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । प्रमाणित नभएको रसायन प्रयोग गरी कस्मेटिक बनाउने आरोपमा चैत २४ गते विभाग […]

दैनिक दुई हजार संक्रमित पुग्दैमा बेडको अभाव

९ वैशाख, काठमाडौं । ललितपुर एकान्तकुनाका ६० वर्षी­य  कैलाश राईलाई कोरोना संक्रमण पुष्टि भएको तेस्रो दिन सास फेर्न गाह्रो भयो । अक्सिजन लेभल घट्न थालेपछि उनले पाटन अस्पतालमा टेलिफोन गरेर आइसोलेसन बेड खाली छ वा छैन भनी सोधपुछ गरे ।  अस्पतालका कोभिड संयोजक डा. विमल पाण्डेले सबै बेड भरिएको जानकारी दिंदै भने, ‘हाम्रो पूरै १३० […]

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कुन पार्टीको कति मतदाता ?

९ वैशाख, काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ । बिहीबार बसेको आयोगको बैठकले वाग्मती प्रदेश अन्तर्गतको अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचन घोषणा गरेको हो । यो समूहमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल हालै दल त्याग गरेका […]

पृतना खारेज गरेर साउनदेखि चार कमाण्डको संरचनामा जाँदै सेना

९ वैशाख, काठमाडौं । नेपाली सेनाको जङ्गीअड्डाले ८ वटा पृतनाको संरचनालाई खारेज गर्ने भएको छ । सैनिक संगठनलाई समयसापेक्ष पुनर्संरचना गर्दै जाने नीति अनुरूप पृतना खारेज गरेर कमाण्ड अवधारणामा लैजाने तयारी गरेको जङ्गीअड्डाको भनाइ छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार आगामी साउन महीनादेखि ‘थ्री प्लस वान’को अवधारणा अनुसार सेना कमाण्ड संरचनामा जानेछ । सेनाले […]

नेपालगञ्जको दृश्य : बेड पाउन पालो कुर्छन् कोरोनाका गम्भीर बिरामी

९ वैशाख, काठमाडौं । ‘अस्पताल ल्याइएको बिरामीको स्वास्थ्य अवस्था गम्भीर हुन्छ । तत्काल अक्सिजन दिएर उपचार गराउनुपर्ने अवस्थाका बिरामीलाई पनि बेड छैन भन्नुपर्ने हाम्रो बाध्यता छ ।’  भेरी अस्पतालको कोभिड वार्डकी नर्सिङ इन्चार्ज शिला शर्माको यो भनाइले कोरोना संक्रमणको हटस्पट बनेको बाँकेको अवस्था दर्शाउँछ । हरेक दिन सय भन्दा बढी संक्रमित थपिएका छन् । उनीहरुमध्ये […]

कीर्तिमान बनाउनबाट चुकेका करण, भन्छन् – अवसर फेरि आउँछ

९ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टिमका सदस्य करण केसी हिटरका रुपमा परिचित छन् । एक दिवसीय क्रिकेटमा क्यानाडालाई हराउँदा होस् या पेन्टागुलर सिरिजमा नेदरल्याण्ड्सलाई हराउँदा होस् उनले गरेको विष्फोटक ब्याटिङ नेपाली क्रिकेटप्रेमीले बिर्सिएका छैनन् । फास्ट बलर भएपनि करण तल्लो क्रममा ब्याटिङ गर्दै रन बनाउन सक्ने खेलाडी हुन् । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत बिहीबार […]

नयाँ बजेटमा कृषकका सुविधा कटौती !

९ वैशाख, काठमाडौं । देशको ठूलो हिस्सा आज पनि कृषिमा निर्भर छ । मुलुकको पालनपोषण गर्ने भरपर्दो क्षेत्र कृषि नै हो । त्यसैले नेपाल आज पनि कृषिप्रधान देश भनेर मानिन्छ । तर आगामी आर्थिक वर्षको बजेटमा कृषकले पाउने सेवासुविधा कटौती हुने भएको छ । अर्थ मन्त्रालयले नयाँ बजेटमा कृषिले पाउने बजेट सीमा घटाइदिएपछि नियमित कार्यक्रम […]

पैसाको महत्व बुझाउँदा फोर्ब्सको प्रभावशाली सूचीमा

९ वैशाख, काठमाडौं । गाउँ–गाउँमा गएर वित्तीय साक्षरता कार्यक्रम चलाएका २९ वर्षीय प्रकाश कोइराला अहिले क्यानडामा अध्ययनरत छन् । गत सोमबार साँझ उनको मोबाइलमा एउटा इमेल आयो, त्यो पनि फोर्ब्स म्यागाजिनको । ‘इमेलमा म पनि विश्वका प्रभावशाली युवाको सूचीमा परेको सूचना थियो’ कोइराला भन्छन्, ‘फोर्ब्सकै आधिकारिक वेबसाइट लगइन गरेर हेर्दा त्यहाँ पनि विश्वका प्रभावशाली ३० […]

ललितपुरमा नगर प्रहरीको अभियान : सडकमा थुपारेको फोहोर घरमै फिर्ता

९ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकामा नगर प्रहरीले सडकमा फोहोर थुपार्ने घरधनीलाई कारबाही सुरु गरेको छ । यस्ता घरधनीले सडकमा फालेको फोहोर नगर प्रहरीले उनीहरुकै घरभित्रै फिर्ता गरिदिन थालेको छ । घरको फोहोर जथाभावी फाल्ने कामलाई निरुत्साहित गर्न फोहोर फाले घरमै फिर्ता गर्न थालेको हो । बिहीबार जाउलाखेलका एक घरधनीले भत्काएको घरबाट निस्किएको इँट्टालगायका फोहोर […]



from समाचार – Online Khabar https://ift.tt/3eoLRsu
via IFTTT
Powered by Blogger.