समाचार
९ वैशाख, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय आजबाट थापाथलीमा सरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहान पार्टी कार्यालयको उदघाटन गरे । उनले आजै नयाँ कार्यालयमा पदस्थापन पनि गरेका छन् । बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सन्चालन गर्दै आएको थियो । बल्खुमा नयाँ भवन तयार […]
९ वैशाख, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्याङ्कीमार्फत बुधबारदेखि भक्तपुरको मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण शुरु भएको छ । केहीदिन भित्रै मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको खानेपानी वितरण हुने भएको छ । भक्तपुर क्षेत्र नं. २ का सांसद एवं पूर्वमन्त्री महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बुधबार संयुक्तरुपमा उद्घाटन गरी […]
९ वैशाख, रौतहट । रौतहटमा चट्याङ्ग लागेर एक व्यक्तिको मृत्यु भएको छ । आज बिहान चटयाङ्ग लागेर गुजरा नगरपालिका ८ को जयराजपुरमा रामलखन महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गुजरा ७ घर भएका महरा आफन्तको बिहेमा जयराजपुर आएका थिए । बिहान ५ बजे खेतमा शौच गर्न गएको बेला उनलाई चटयाङ्ग लागेको […]
९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगञ्ज– १६ बस्ने ६१ वर्षीया महिलाको मृत्यु भएको हो । वैशाख ७ गते नारायणी अस्पतालमा भर्ना भएकी उनको बिहीबार बिहान सवा १ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक सरोज रोशन दासले जानकारी दिए । बैशाख ३ गते नै उनमा कोरोना […]
९ वैशाख, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट अवैध हतियार सहित एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–५ बस्ने २५ वर्षीय राजु रानामगरलाई प्रहरी चौकी इनर्वाको टोलीले पक्रेको हो । बुधबार साँझ ६ बजे वीरगञ्ज– १६ शंकराचार्य गेटबाट फक्राउ परेका राजुको साथबाट सनमाइका लेखेको पेस्तोल र खाली म्याग्जिन २ थान फेला परेको जिल्ला प्रहरी कार्यालय […]
९ वैशाख, काठमाडौ । त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज घरेलु टोली नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । यसअघि पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलअघि नै नेपाल र नेदरल्याण्ड्स शीर्ष दुईमा रहँदा फाइनल पुगिसकेका छन् । त्यसैले आजको खेलको नतिजाले खासै फरक पार्ने छैन । तर […]
९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहीबार विहान भवन शिलान्यास गरेका हुन् । एमालेको नयाँ केन्द्रीय कार्यालय भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नेता प्रदीप कुमार […]
९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई जना न्यायाधीश पनि छन् । १ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा दुई जना न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । उच्च अदालतका अन्य १२ जना कर्मचारीमा समेत संक्रमण देखिएको छ […]
९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन अपील गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुँदै प्रतिगमनविरुद्धको अभियानमा लामबद्ध हुन अपील गरेका हुन् । देशको आर्थिक विकास, समृद्धि र समाजवादउन्मुख संविधानको रक्षा, परिमार्जन […]
९ वैशाख, प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाले कोभिड संक्रमणको दोश्रो लहर बढिरहेको भन्दै विद्यालयहरु अनिश्चितकालका लागि बन्द गरेको छ । व्यापारिक क्षेत्र र वित्तीय संस्थाहरु एक साता तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा विहीबार र शुक्रबार (वैशाख ९ र १० गते) दुई दिन बन्द गरिएको छ । बुधवार बसेको स्थानीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले […]
९ वैशाख, काठमाडौं । टुटफुटबाट गुज्रिंदै आएका नेपालका कम्युनिष्ट पार्टीहरुले स्थापना दिवस मनाउँदै छन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक नेताहरुमा निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ । यद्यपि यो पार्टी स्थापनासँगै […]
९ वैशाख, दाङ । दाङका पत्रकार दामोदर अधिकारीको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मंगलबार राति काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । अधिकारीले चैत २५ गते नेपाल पत्रकार महासंघ दाङमा निर्वाचनमा मतदान गरेका थिए । चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान […]
९ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा पानी परिरहेको छ । स्थानीय र पश्चिमी वायुको प्रभावले गण्डकी, वागमती र प्रदेश २ मा पनि पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पानी पर्ने क्रम केही घण्टापछि रोकिने अनुमान छ । बिहान पौने ६ बजे गरिएको मापनअनुसार काठमाडौंमा […]
९ वैशाख, काठमाडौं । पाकिस्तानको क्वेटा शहरमा अवस्थित एक होटलमा विस्फाेट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । बीबीसीका अनुसार क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विस्फाेट भएको हो । उच्च सरकारी अधिकारीहरुको बढी आउजाउ हुने होटलको रुपमा सेरेना चर्चित छ । पाकिस्तानका गृहमन्त्री शेख […]
९ वैशाख, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरुको उदारतालाई कमजोरी नठान्न पश्चिमा देशहरुलाई चेतावनी दिएका छन् । अमेरिकाले हालै रुसी संस्था र कूटनीतिज्ञहरुलाई प्रतिबन्ध लगाएपछि पुटिनको चेतावनीयुक्त पछिल्लो अभिव्यक्ति आएको हो । राष्ट्रका नाममा सम्बोधन गर्दै पुटिनले सबै देशसँग सुमधुर सम्बन्ध होस् भनेर आफूले चाहे पनि पश्चिमा देशहरुले लगातार रुसमाथि निशाना साधेको आरोप लगाए […]
८ वैशाख, काठमाडौं । २७ नेतालाई सांसद पदबाट किन ननिकाल्ने भनेर पत्र काटेको भोलिपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । दुई नेताबीच बुधबार साँझ झण्डै दुई घण्टा मेरियट होटलमा वान अन वान वार्ता भएको थियो । भेटपछि दुवै नेताले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छैनन् । नेताहरुका अनुसार लामो संवादहीनता […]
८ वैशाख, काठमाडौं । कोभिड-१९ महामारीको दोस्रो लहर शुरु भएको भनेर सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गरेको भोलिपल्ट (मंगलबार) बालुवाटारमा भव्य पूजाआजा भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले वैदिक अनुष्ठानसहित पूजा गरेर राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति चितवनको देवघाट पठाए । चितवनको यात्रा शुरु हुनुअघि बालुवाटारमा जम्मा भएको ‘असंवेदनशील भीड’ले एक दिनअघि मन्त्रिपरिषदले गरेको निर्णयलाई […]
८ वैशाख, चितवन । कोरोना संक्रमण बढेपछि सरकारले शहरी क्षेत्रका स्कूलहरु बन्द गराएको छ भने सभा–सम्मेलन, जात्रालगायत भीडभाड हुने कार्यक्रम गर्न रोक लगाएको छ । मन्त्रिपरिषदले सोमबार गरेको निर्णयमा मठ–मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा पनि वैशाख मसान्तसम्म नित्य पूजा मात्र गर्ने/गराउने उल्लेख छ । तर प्रधानमन्त्री र मन्त्रीहरु नै मन्त्रिपरिषद्को निर्णय उल्लंघनमा अग्रसर देखिएका छन् […]
८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण सरकारले अति प्रभावित जिल्लाका शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारले विद्यार्थीलाई अनलाइन सिकाइ प्रणालीमा जोड्न विद्यालयहरूलाई भनेको छ । तर, अनलाइनमा सबै विद्यार्थीको पहुँच र प्रभावकारिता पनि नभएकोले अन्य क्षेत्रको भीडभाड घटाएर कक्षा चलाउनुपर्ने विद्यालयहरूको तर्क छ । अनलाइन […]
८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले घुस लिने व्यक्ति पक्राउ गर्न अख्तियार दुरुपयोग अनुसन्धन आयोगले स्टिङ अपरेशन गर्न नपाउने फैसला सुनाएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न रिट जारी गरिदिएको हो । अख्तियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को […]
८ बैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१८, औराहाका अकलेश यादव गाडी चलाउँथे । मासिक आम्दानी २५–३० हजार थियो । उनलाई दुबईमा योभन्दा निकै कमाइ हुन्छ भनेर पर्सागढी–६, बागेश्वरी तित्रौना चैनपुरका एजेन्ट लालबाबु राम भनिने जलेन्धर महरा चमारले फकाए । ‘आल्मुनियम लोड–अनलोड गर्ने हो, ८ घण्टा काम गर्दा १२ सय रियाल तलब पाइन्छ, दुई दिनमा उडाइदिन्छु’ भनेपछि […]
from समाचार – Online Khabar https://ift.tt/3nh29aP
via IFTTT






















