Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रधानमन्त्रीलाई भेटेर फर्किए मुख्यमन्त्री गुरुङ

१८ वैशाख, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पोखरा फर्किएका छन् । शुक्रबार दिउँसो तीन बजे प्रधानमन्त्री ओलीलाई भेट्न काठमाडौं आएका मुख्यमन्त्री गुरुङ शनिबार दुई बजे फर्किएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले काठमाडौं बोलाएपछि मुख्यमन्त्री गुरुङ काठमाडौं आएका थिए । गण्डकी प्रदेश सरकारबारे प्रधानमन्त्री ओलीसँग कुराकानी गरेर मुख्यमन्त्री […]

डडेल्धुरा अस्पतालको कोभिड वार्ड संक्रमितले भरियो

१८ वैशाख, धनगढी । डडेल्धुरा अस्पतालको कोभिड वार्ड संक्रमितले भरिएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको उपचारको केन्द्र डडेल्धुरा अस्पतालमा स्थापना गरिएको १६ शैय्याको वार्ड संक्रमितले भरिएको हो । सिनियर अहेब तथा सूचना अधिकारी टंकप्रसाद पन्तले शनिबारसम्म कोभिड वार्डका सबै शैय्या भरिएपछि थप संक्रमित आएमा उपचारमा समस्या सिर्जना हुने बताए । कोभिड वार्डमा भर्ना […]

कर्णालीमा थप चार जना कोरोना संक्रमितको मृत्यु

१८ वैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट कर्णाली प्रदेशमा थप चारजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सुर्खेतका दुई र सल्यानका दुईजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए । सूचना अधिकारी चौधरीका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की ३२ वर्षीया महिला र गुर्भाकोट नगरपालिका–१३ का ३५ वर्षीय […]

सप्तरीमा भोलिदेखि जोर-बिजोर प्रणाली लागू

१८ वैशाख, सप्तरी । सप्तरीमा भोलि आइतबारदेखि जोर-बिजोर प्रणाली लागू हुने भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको शनिबार बसेको बैठकले सवारी साधन सञ्चालनमा जोर-विजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण बढ्दै जाँदा भीड कम गराउन यो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलेले जानकारी दिए । अति आवश्यक सेवा बाहेकका […]

कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

१८ वैशाख, धनगढी । कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पताल महेन्द्रनगर र धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत तीनजनाको मृत्यु भएको हो । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–६ का ३४ वर्षीय पुरुष र बेल्डाडी गाउँपालिका–२ का ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले […]

सुनसरीमा कोरोनाबाट दुई दिनको अन्तरमा आमा छोराको मृत्यु

१८ वैशाख, विराटनगर । कोरोना संक्रमणका कारण सुनसरीमा दुई दिनको अन्तरमा आमा छोराको मृत्यु भएको छ । सुनसरी सदरमुकाम इनरुवामा आमाको मृत्यु भएको दुई दिनपछि छोराको मृत्यु भएको हो । बुधबार होम आइसोलेसनमा आमाको मृत्यु भएको थियो । छोराको शनिबार दिउँसो कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । ८४ वर्षीय आमाको मृत्यु भएकै […]

कारले मोटरसाइकललाई ठक्कर दिंदा हेटौंडामा एकजनाको मृत्यु

१८ वैशाख, हेटौंडा । हेटौंडामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा भएको दुर्घटनामा बाराको महागढीमाई नगरपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार शुक्लाको मृत्यु भएको प्रहरीले जनाएको छ । पथलैया–हेटौंडा सडकखण्डको रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको ना ३८ प ९३६१ नम्बरको मोटरसाइकललाई रातोमाटेतर्फ जाँदै गरेको बा ८ च २९५३ नम्बरको कारले […]

मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५ सय नाघ्यो

१८ वैशाख, हेटौंडा । मकवानपुरमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । लकडाउन जारी गर्नका लागि स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको संख्या नाघेपछि मकवानपुर कोरोना संक्रमणको जोखिममा परेको छ । मकवानपुरमा हाल ५२४ जना सक्रिय संक्रमित पुगेका छन् । कोरोनाको दोस्रो लहर शुरु भएपछि १ हजार ६५० को नमुना परीक्षण गर्दा ५२४ जना संक्रमित […]

सरकार दायित्वबाट पन्छिन मिल्दैन : चिकित्सक संघ

१८ वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड महामारीमा सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालिले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने अवस्था आएको बताएको थियो । चिकित्सक संघले शनिबार विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्यको जिम्मेवारी सरकारकै भएको र महामारीमा स्वास्थ्य मन्त्रालय आफ्नो दायित्वबाट […]

नेपाल इन्जिनियरिङ कलेजमा ४३ बेडको आइसोलेसन सेन्टर

१८ वैशाख, काठमाडौं । भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजमा ४३ बेडको आइसोलेसन सेन्टर तयार भएको छ । चाँगुनारायण नगरपालिकाको निर्णयअनुसार बेडहरु तयार पारिएको कलेजका मनोहर खनालले बताए । उनकाअनुसार बेडहरु भवन विभागले उपलब्ध गराएको हो भने स्यानिटाइजरलगायत कलेजले उपलब्ध गराउनेछ । कलेजमा १०० बेडको आइसोलेसन सेन्टर बनाउने भनिएको छ । आवश्यकताअनुसार बेड थप गर्दै लगिनेछ […]

प्राकृतिक सौन्दर्यको गहिराइ बोकेको फोक्सुण्डो ताल

वरिपरि पहाड । बीचमा छ फोक्सुण्डो ताल । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुन्जभित्र पर्ने यो ताल नेपालको सबैभन्दा गहिरो ताल हो । डोल्पा जिल्ला सडक सञ्जालसँग जोडिएपछि अहिले यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । सडक सञ्जालले छोए पनि यहाँसम्म पुग्न भरपर्दो विकल्प भनेको हवाईजहाज नै हो ।  जिपमाण्डु टाभल्सको सञ्चालक पंक्तिकारसहित पाँचजनाको […]

भारतबाट फर्किने नेपालीको गौरीफन्टा नाकामा बिचल्ली

१८ वैशाख, धनगढी । डोटीको बोगटान गाउँपालिका–७ का टेकबहादुर बोहरा शनिबार बिहान ६ बजे गौरीफन्टा नाकामा उत्रिए । भारतको गोवामा रोजगारी गर्दै आएका बोहरा दोस्रो लहरको कोरोना कहर तीव्र बनेसँगै रोग र भोकबाट बच्न स्वदेश फर्किएका हुन् । भारतमै पीसीआर परीक्षण गरेर फर्किएका बोहरा बिहान १० बजेसम्म गौरीफन्टा नाकामा गाडीको खोजी गरिरहेका थिए । नाकामा […]

‘अब अस्पतालको मात्र मुख ताकेर हुँदैन’

वीरगञ्जमा बिहीबार २८८ जनाको स्वाब परीक्षण गर्दा १७५ जनामा कोरोना संक्रमण पुष्टि भयो । यीमध्ये पर्साका १३१ जना छन् । चैत अन्तिम साताबाट बढेको संक्रमणको चेन ब्रेक गर्न पर्सामा १६ वैशाखदेखि एक साता निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि नारायणी अस्पतालमा १४१ जना संक्रमित भर्ना भए । तीमध्ये ६४ जना […]

कोरोना संक्रमणबाट वीरगञ्जमा थप एकजनाको मृत्यु

१८ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारको क्रममा ७० वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणको दोस्रो लहरबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । यसअघि शनिबार बिहान मात्र नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको थियो । मध्यान्ह १२ बजे […]

आत्मालोचना गरेर एकताबद्ध बन्न वामदेव गौतमको आग्रह

१८ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले कम्युनिष्ट नेताहरुले आत्मालोचित भएर नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको शनिबार अवसरमा शुभकामना दिंदै गौतमले आफूबाट भएको गल्ती र कमजोरीप्रति पनि आत्मालोचना गरेका छन् । ‘मबाट पनि यस बीचमा केही कमजोरी र गल्ती भएका छन् । आफ्ना गल्ती र कमजोरीप्रति […]

भोलि मध्यरातिबाट काभ्रेमा पनि निषेधाज्ञा

१८ वैशाख, काठमाडौं । काभ्रेमा भोलि मध्यरातिदेखि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले शनिबार सूचना जारी गर्दै १९ गते आइतबार मध्यरातिबाट २६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको हो । अत्यावश्यक काममाबाहेक हिंडडुल गर्न रोक लगाइएको छ । सार्वजनिक तथा निजी सवारी पनि अरनिको रागमार्गको साँगादेखि बनेपा, धुलिखेल, पाँचखाल […]

आफैं भिड जम्मा गर्ने सरकारले उपचार गर्न सक्दिन भन्नु लज्जास्पद : नेता पुन

१८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको अभिव्यक्तिले नागरिकमा त्रास फैलाएको बताएका छन् । कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागी गम्भीर लापरबाही गरेको उनको भनाइ छ । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वऊर्जामन्त्री समेत रहेका नेता पुनले सरकारले नै लापरबाही गरेर भिड जम्मा गर्ने र पछि उपचार गर्न सक्दिन भनेर हात उठाउनु […]

धनगढीमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु

१८ वैशाख, धनगढी । धनगढीमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा दुईजना र नोभा अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले कोभिड अस्पतालमा उपचाररत कैलालीको टीकापुर नगरपालिका–७ की ५० वर्षीया महिला र कञ्चनपुरको भीमदत्त […]

सर्लाहीमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु

१८ वैशाख, जनकपुरधाम । सर्लाहीमा तीनजना सवार मोटरसाइकललाई बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । गोडैता नगरपालिका–५ रामवनस्थित गडहियाबाट हरकठवातर्फ जाँदै गरेको ना ४ ख १०८९ नम्बरको बसले अनटेस्ट मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट मोटरसाइकल चालक रौतहटको गढीमाई नगरपालिका–८ का २६ वर्षीय […]

संक्रमितको उपचारमा सरकारले लत्तो छाड्नु गम्भीर आपत्तिको विषय : विवेकशील साझा

१८ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीले कोरोना संक्रमितका उपचारका लागि बेड उपलब्ध गराउन नसक्ने सरकारको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै विवेकशील साझाले कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हर सम्भव उपाय लगाउनुपर्नेमा यसरी लत्तो छाड्नु गैरजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय भएको जनाएको छ । पार्टीका प्रवक्ता शरदराज […]

श्रीमती र भाइ मिलेर हत्या

१८ वैशाख, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा आफ्नै श्रीमती र भाइ मिलेर हत्या गरेको प्रहरीले जनाएको छ । हंसपुर नगरपालिका वडा नम्बर ६ टिल्ही निवासी २५ वर्षीय शम्भु मण्डललाई उनकै श्रीमती र भाइ मिलेर हत्या गरेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र कुमार मिश्रले बताए । शम्भु एक महिना अगाडिमात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए । शनिबार बिहान […]



from समाचार – Online Khabar https://ift.tt/3aTQTME
via IFTTT
Powered by Blogger.