समाचार
१९ वैशाख, पोखरा । कोरोनाको संक्रमण ह्वात्तै बढेपछि कास्कीमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाइने भएको छ । जोरबिजोरका आधारमा सवारी साधन चल्ने दिने गरी वैशाख १५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई कडाइ पार्दै महिनाभरिका लागि लम्ब्याइएको छ ।कोभिड–१९ संकट व्यवस्थापन समिति कास्कीको आइतबार साँझ बसेको बैठकले २१ गतेदेखि सवारी साधन सञ्चालनमा समेत […]
१९ वैशाख, बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पोखरेलको सिफारिसमा बैजनाथ चौधरी आर्थिक मामिला तथा योजना र प्युठानका हरि रिजाल स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका हुन् । बैजनाथ यसअघि आर्थिक मामिला तथा योजनामन्त्री नै थिए भने रिजाल पहिलोपटक मन्त्री बनेका हुन् । यस्तै जनता समाजवादी पार्टीको […]
१९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुन: नियुक्ति गर्नु अनैतिक र असंवैधानिक भनेका छन् । आइतबार बिहान राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले बहुमतप्राप्त दलको नेताका रुपमा मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रचण्डले पोखरेल अल्पमतमा रहेको भन्दै अल्पमतमा रहेको व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्नु हास्यास्पद […]
१९ वैशाख, काठमाडौं । कोरोना संक्रमण बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुरक्षामा विशेष सतर्कता अपनाइएको छ । प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार बैठक कक्षमा सिसाले बनेको ‘क्याबिन’को प्रबन्ध गरिएको हो । बैठक कक्षमा प्रधानमन्त्री ओलीले गर्ने भेटका क्रममा प्रधानमन्त्री सिसाको क्याबिनभित्र बस्ने व्यवस्था मिलाइएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । ‘मिर्गौला प्रत्यारोणपछि भेटघाटका […]
१९ वैशाख, काठमाडौं । सोमबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । निषेधाज्ञालाई कडाइ गर्न थप केही क्षेत्रमा निषेध गर्ने गरी बैठक बस्न लागिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइनखबरसँग भने, ‘भोलि बैठक बसेर थप केही क्षेत्रमा कडाइ गर्ने तयारी गरेका छौं ।’ उनका अनुसार खाद्यान्न पसल पनि […]
१९ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४७४ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४७८ जनाको परीक्षण गर्दा ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार एन्टिजेन विधिबाट ८२७ जनाको परीक्षण गर्दा २१४ जना र पीसीआर विधिबाट ६५१ […]
१९ वैशाख, संखुवासभा । जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका एकजना फरार व्यक्ति पक्राउ परेका छन् । अदालतबाट दोषी ठहर भएका गणेशबहादुर अधिकारी भन्ने लेकबहादुर अधिकारीलाई घटना भएको १० वर्षपछि प्रहरीले पक्राउ गरेको हो । संखुवासभाको चैनपुर नगरपालिका १० का ४३ वर्षीय अधिकारीलाई ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले सुनसरीको खनारबाट पक्राउ गरी बैशाख १७ […]
१९ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट आइतबार एकैदिन ८ जना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका ६ जना र सल्यानका २ जना गरी कुल ८ जना संक्रमितको आइतबार मृत्यु भएको हो । ओलीका अनुसार होमआइसोलेसनमा बसेकी कोहलपुर नगरपालिका–२ की ६९ वर्षीया महिलाको आइतबार मृत्यु भएको […]
१९ वैशाख, काठमाडौं । कोरोना संक्रमित भएर नर्भिक अस्पतालमा उपचार गराइरहेकी पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आएको छ । आईसीयूमा उपचाररत शाहको बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । नर्भिक इन्टरनेशनल अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै पूर्वरानी शाहलाई अक्सिजनको हाईफ्लो सपोर्टमा राखेर उपचार गरिरहेको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको छ । कोरोना संक्रमण […]
१९ वैशाख, सुर्खेत । सुर्खेतमा आइतबार एकैदिन कोरोना भाइरस (कोभिड–१९)संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेत स्रोतका अनुसार सुर्खेतको सिम्ता गाउँपालिका–८ का ३० वर्षीय पुरुष, लेकवेशी नगरपालिका–८ का ६८ वर्षीय पुरुष र पञ्चपुरी नगरपालिका–११ का ३३ वर्षीय पुरुषको मृत्यु भएको हो । विभिन्न मितिमा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा संक्रमण […]
१९ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना संक्रमितको उपचार गराउन गाउँपालिका, नगरपालिका र महानगरपालिकालाई क्रमशः कम्तीमा १५, ५० र १०० बेडको अस्पताल सञ्चालन गर्न अनुरोध गरेको छ । तीनै तहका सरकार एवं निजी क्षेत्रका अस्पताल लगायत सबै निकायको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उदेश्यका साथ कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले […]
१९ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आफू र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका सबै सहमति कार्यान्वयन नभएकाले दबाबमूलक आन्दोलन घोषणा गर्नुपरेको महासंघले जनाएको छ । महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडी र महासचिव लक्ष्मीकिशोर सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि चरणबद्घ आन्दोलन गर्ने जनाएका छ […]
१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको पुन:नियुक्तिलाई घोर अलोकतान्त्रिक प्रवृत्ति भन्दै विरोध जनाएका छन् । आइतबार विज्ञप्ति निकाल्दै उनले भनेका छन्, ‘लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भर्त्सना गर्दछु […]
१९ वैशाख, वीरगञ्ज । नारायणी अस्पतालको आईसीयू वार्डमा संक्रमितलाई हाईफ्लो अक्सिजन चल्छ । एक जना कोरोनाका बिरामी छटपटाइरहेका थिए । किनकि त्यतिखेर उनको अक्सिजन सिलिण्डर खाली भइसकेको रहेछ । खटिएका स्वास्थ्यकर्मीले हतार–हतार गरेर अर्को सिलिण्डर जोडे । बिरामीलाई राहत भयो । ‘समयमै देख्यौं, त्यतिखेर बिरामीलाई बचाउन सफल भयौं,’ उपचारमा संलग्न चिकित्सकले भने, ‘तर भोलिपल्ट त […]
१९ वैशाख, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले शनिबार मध्यान्ह अमेरिकाले नेपाललाई कोरोना महामारीविरुद्ध लड्नका लागि ८५ लाख बराबरको अमेरिकी डलर सहयोग गर्न लागेको भन्दै सामाजिक सञ्जालमा जानकारी गराए । उनले एक ट्वीट गर्दै अमेरिका नेपालको लामो समयदेखिको मित्र भएको र कोरोनाविरुद्धको लडाईंमा आफूहरुको ऐक्यवद्धता रहेको उल्लेख गरे । नेपाललाई सहयोग गर्ने राजदूतको […]
१९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित मिर्गौलाका बिरामीको डायलाइसिस गरिएको छ । पर्साको तिलझप्टीका ५५ वर्षीय पुरुषको डायलाइसिस गरिएको हो । दोस्रो लहरको कोरोना संक्रमण शुरु भएपछि संक्रमितको पहिलोपटक डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । नारायणी अस्पतालका डा. निरज सिंह (जुनियर) र नर्स मधु चौरसियाले दिउँसो ३ बजेतिर संक्रमितको डायलाइसिस गरेका थिए । सोमबार […]
१९ वैशाख, काठमाडौं । सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ र प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी दिएका हुन् । एक मन्त्रीका अनुसार वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वन गर्ने र विश्वासको मत लिने निर्णय […]
१९ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन विदामा रहेका स्वास्थ्यकर्मीलाई काम फर्किन निर्देशन दिएको छ । अध्ययन विदामा रहेका हाल अध्ययन नभएको अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आ–आफ्नो दरबन्दी रहेको ठाउँमा उपस्थित भएर सेवा दिन मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयको आइतबार बसेको बैठकले विभिन्न चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित […]
१९ वैशाख, काठमाडौं । दाङको तुल्सीपुर उपमहानगरपालिका–६, स्वर्गद्वारी टोलमा एउटा कार माघ महिनादेखि पार्किङ गरेर राखिएको थियो । बिग्रिएपछि मर्मत नगरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको कार वरिपरि खासै मान्छे गएको पनि देखिँदैनथे । तर, शनिबार राति साढे ७ बजेतिर चाहिँ नजिकै रहेका अरुण बुढामगरले कारमा बत्ती बलेको जस्तो देखे । उनका अनुसार छेऊमा […]
१९ वैशाख, गुल्मी । गुल्मीमा एक व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इस्मा गाउँपालिका–१ का १८ वर्षीय रमेश कुमाल, १८ वर्षीय गोले भन्ने सन्तोष कुमाल र २० वर्षीय सुशील कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीलेआइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । जिल्लाको इस्मा गाउँपालिका–२ […]
१९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितका लागि पेड होटेल क्वारेन्टिन/आइसोलेसन सेवा शुरु गरिएको छ । संक्रमण पुष्टि भएपछि घर–परिवार भन्दा टाढा बस्न चाहाने वा छुट्टै बस्ने सुविधा नभएकाहरुलाई लक्षित गरेर आइसोलेसन सेवा शुरु गरिएको हो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास छेउको होटल विजय ज्योती प्रालि पेड क्वारेन्टिन/आइसोलेसन सेवा दिन तयार भएको छ । होटलमा […]
from समाचार – Online Khabar https://ift.tt/337ravN
via IFTTT






















