समाचार
२० वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका थिए । उनीहरुलाई सोमबार अपरान्ह राष्ट्रपति भण्डारीले सपथ गराएकी हुन् । सपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा […]
२० वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि समन्वय गर्ने उद्देश्यले जिल्लागत रुपमा मन्त्रीहरुलाई जिम्मेवारी दिएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीसँग जुध्न प्रदेश सरकारका मन्त्रीलाई जिल्ला–जिल्लाको जिम्मेवारी दिँदै फोकल पर्सन तोकेको हो । जसअनुसार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहलाई सप्तरी, आर्थिक मामिला तथा योजना मन्त्री […]
२० वैशाख, काठमाडौं । गत वर्ष बाढी र पहिरोबाट क्षति पुगेका घर पुनर्निर्माण तथा पुनर्स्थापना लागि सरकारले अनुदान रकम दिन शुरु गरेको छ । सोमबार पहिलो चरणमा म्याग्दीमा २४७ वटा निजी घर पुनर्निर्माण तथा पुनर्स्थापना लागि एक करोड ८ लाख ९७ हजार ५ सय रुपैयाँ पठाइएको छ । राष्ट्रिय विपद व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणका प्रमुख […]
२० वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दृगनारायण पाण्डेय राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । सोमबार लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठकले पाण्डेलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘मलाई गठबन्धनले राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेर पत्रकार सम्मेलनमा जानकारी गराइसक्यो’ पाण्डेयले […]
२० वैशाख, गुल्मी । गुल्मी क्षेत्र नम्बर–१ मा जोखिम बस्तीमा पहिरो रोकथामका लागि ३ करोड रुपैयाँ बढी बजेट विनियोजन गरिएको छ । जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण बस्ती जोखिममा परेका स्थानमा रोकथामका लागि ३ करोड २० लाख रुपैयाँ विनियोजन भएको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयबाट पहिरोका कारण बस्ती जोखिममा […]
२० वैशाख, वीरगञ्ज । नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको दोस्रो लहरले पर्सा जिल्ला पनि आक्रान्त बनेको छ । भारतमा संक्रमण बढ्दा १०७ किलोमिटर खुला सीमा रहेको पर्सामा पनि तीव्र रुपमा संक्रमण बढिरहेको छ । २०७७ चैतको अन्तिम साताबाट बढ्न थालेको कोरोना संक्रमितको ग्राफ उकालो लागिरहेको छ । आइतबार वीरगञ्जको नारायणी अस्पतालस्थित प्रयोगशालामा १९२ जनाको पीसीआर परीक्षण […]
२० वैशाख, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार गण्डकी र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव नियुक्त भएका छन् । सुदूरपश्चिमका प्रदेश प्रमुख पूर्वउपसभामुखसमेत हुन् । गण्डकी प्रदेश प्रमुख पौडेल भने लामो समयदेखि कम्युनिष्ट पार्टीमा आवद्ध छिन् । नेकपा एमालेको केन्द्रीय सदस्य उनी […]
२० वैशाख, धनगढी । सुदूरपश्चिममा अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन थालेपछि ह्युमानिटी फाउण्डेसनले यहाँका अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गर्न थालेको छ । फाउण्डेसनले सोमबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई नेपालगञ्जबाट खरिद गरेर ल्याइएका ९८ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य समेत रहेका महासचिव दीर्घराज उपाध्यायले फाउण्डेसनमा आवद्ध सदस्यहरुको व्यक्तिगत […]
२० वैशाख, धनगढी । कञ्चनपुरमा सोमबार एकैदिन तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले महाकाली अस्पतालमा उपचाररत थप तीन जना संक्रमितको मृत्यु भएको जानकारी दिइन् । उनकाअनुसार भीमदत्त नगरपालिका ६ का २४ वर्षीय पुरुष, भीमदत्त १८ की ६५ वर्षीया महिला र दोधारचाँदनी नगरपालिका-१० का ३४ वर्षीय पुरुषको […]
२० वैशाख, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गर्न माग गरेका छन् । अल्पमतमा रहेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख यादवले असंवैधानिक, अराजनीतिक र स्वेच्छाचारी ढंगले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बर्खास्त गर्न माग गरेका हुन् । […]
२० वैशाख, काठमाडौं । नेपालमा पछिल्लो एक महिनाको अवधिमा साढे २२ हजार विदेशी नागरिक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार अंग्रेजी महिना अप्रिलमा विदेशबाट कुल २२ हजार ४ सय ५० विदेशी नागरिक नेपाल आएका छन् । एकातर्फ नेपालभित्र पर्वतारोहणको मौसम र अर्कोतर्फ भारतीय नागरिकले नेपाललाई ट्रान्जिट गन्तब्य बनाएका कारण पर्यटक आगमनको आंकडा बढी देखिएको हो […]
२० वैशाख, जनकपुरधाम । एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय सिरहाको अत्यावश्यकबाहेकका सम्पूर्ण काम कारवाही बन्द गरिएको छ । कार्यालयको राजस्व संकलन काउण्टरको कक्षमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । ती कर्मचारीमा संक्रमण […]
२० वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् । देशभर थप ७ हजार ४४८जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण […]
२० वैशाख, काठमाडौं । बाँकेमा वैशाख यता कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ९७ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापनले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार १९ दिनमा ९७ जनाको मृत्यु भएको छ । जसमध्ये ४१ जना महिला र ५६ जना पुरुष छन् । यो अवधिमा २ हजार ४३२ महिला र २ हजार ९६१ जना […]
२० वैशाख, काठमाडौं । नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक बढेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आगामी साउन १ गतेबाट लागू हुने गरी पारिश्रमिक वृद्धि गर्ने निर्णय भएको हो । मन्त्रालयले पारिश्रमिक वृद्धि गरेको सूचना राजपत्रमा प्रकाशित गरेको छ । यससँगै अब श्रमिकको मासिक पारिश्रमिक १५ हजार पुगेको छ । यसअघि श्रमिकको न्यूनतम पारश्रमिक […]
२० वैशाख, डोटी । डोटीमा मंगलबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न सिफारिस गरेको जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरले जानकारी दिए । पछिल्लो समयमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै […]
२० वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए, उनीहरु पदमुक्त भएका छन् । यसअघि एमाले […]
२० वैशाख, जनकपुरधाम । महोत्तरीमा वैशाख २२ गतेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सिफारिस गरेको आधारमा वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला […]
२० वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् ।
२० वैशाख, काठमाडौं । सरकारले नेपाल–भारत स्थलमार्गबाट नेपाल प्रवेश गर्ने हरेक नागरिकको एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले विदेशी नागरिकको आवगमन बन्द गर्दै नेपाली नागरिकको अनिवार्य एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार सीमा नाकाबाट प्रवेश गर्ने नागरिकको एन्टिजेन परीक्षणको व्यवस्थापन सम्बन्धित स्थानीय तहले […]
२० वैशाख, काठमाडौं । भारतबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकका लागि सरकारले १३ वटा नाका तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार विदेशी नागरिकको आवतजावतलाई बन्द गरिएको छ भने नेपाली नागरिकको हकमा १३ वटा नाका तोकिएको हो । मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नेपाल–भारतको पशुपतिनगर, काँकरभिट्टा, मोरङको रानी, महोत्तरी भिट्टामोड, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, […]
from समाचार – Online Khabar https://ift.tt/2RovS5C
via IFTTT





















