Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नेपाली आकाशमा बिहीबार राति वीणा उल्का वर्षा हुने

८ वैशाख, काठमाडौं । मौसमले साथ दिएमा यही वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) यही वैशाख १७ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । वैशाख ९ गते राति ११:०० बजेदेखि […]

६० रुपैयाँ लिटरमा किनेको पेट्रोलमा ५५ रुपैयाँ कर

८ वैशाख, काठमाडौं । नेपाल आयल निगमले नयाँ वर्षसँगै वैशाख ४ गते अबेर साँझ पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गर्‍यो । नयाँ मूल्य समायोजन अनुसार पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढायो । आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्य दुई रुपैयाँले वृद्धि भयो । नयाँ मूल्य समायोजन अनुसार काठमाडौं उपत्यकामा खुद्रा […]

ठोरीको सीता गुफामा राम मूर्तिको शिलान्यास

८ वैशाख, काठमाडौं । पर्साको ठोरी गाउँपालिका–२ स्थित ऐतिहासिक सीता गुफा परिसरमा मर्यादा पुरुषोत्तम भगवान रामको मूर्ति राखिने भएको छ । बुधवार गुफा परिसरमा राम जन्मोत्सव कार्यक्रमको आयोजना गरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले राम मूर्तिको शिलान्यास गरेका छन् । चितवनको माडी अयोध्यापुरीमा नवनिर्मित भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखिएकै दिन ठोरीमा पनि राम […]

९ वर्ष मुनिका ४३ बालबालिकामा कोरोना संक्रमण

८ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा १९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार  ० देखि ९ वर्ष उमेर समूहका ४३  र १० देखि १९ वर्ष उमेर समूहका भने १५० बालबालिका कोरोना संक्रमित भएका हुन् । यस्तै देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण […]

प्रदेश २ को नाम ‘जानकी’ राख्न एमालेले दर्ता गरायो प्रस्ताव

८ वैशाख, जनकपुरधाम । नेकपा एमालेले प्रदेश २ को नाम जानकी राख्न प्रस्ताव दर्ता गराएको छ । प्रदेशसभा सचिवालयले प्रस्ताव आह्वान गरेपछि नेकपा एमालेले प्रदेशको नाम जानकी राख्न प्रस्ताव दर्ता गराएको हो । एमाले संसदीय दलका नेता शत्रुधन महतोले प्रदेशको नाम जानकी र स्थायी राजधानी जनकपुरधाम हुनुपर्ने भनेर प्रस्ताव दर्ता गराएको बताए । उनका अनुसार […]

जनमोर्चा नेपाल नेकपा मालेमा समाहित

८ वैशाख, काठमाडौं । नेकपा (माले) र जनमोर्चा, नेपालबीच पार्टी एकीकरण भएको छ । बुधबार दुर्गाप्रसाद जैसी (महेन्द्र) अध्यक्ष रहेको जनमोर्चा नेपालको सम्पूर्ण पार्टी पंक्ति नेकपा मालेमा समाहित भएको मालेका प्रवक्ता कुमार बेल्बासेले जानकारी दिए । नेकपा (माले) स्थायी कमिटीको विस्तारित बैठकले जनमोर्चा नेपालका अध्यक्ष जैसीलाई पार्टीको पोलिटव्युरो सदस्य, महासचिव सूर्य रेग्मीलाई पोलिटब्युरोको वैकल्पिक सदस्य […]

हतकडीसहित फरार अभियुक्त पक्राउ

८ वैशाख, काठमाडौं । हतकडीसहित फरार रहेका अभियुक्तलाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार समस्तीपुरका १८ वर्षीय सुजित कुमार गुप्ता नाम बताउने अन्‍नि कुमार साह रहेका छन् । तीनवटा हतकडीसहित फरार रहेका उनलाई कालिमाटीबाट प्रहरीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।

नवलपरासीको रामग्राममा लोपोन्मुख ६८ गिद्ध मृत फेला

८ वैशाख, चितवन । नवलपरासीको रामग्राम नगरपालिकामा लोपोन्मुख ६८ वटा गिद्ध एकैठाँउमा मरेको अवस्थामा फेला परेका छन् । रामग्राम नगरपालिका–४, जितपुरमा एक पोखरी नजिकै गिद्धहरु एकैठाँउमा मरेको भेटिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार चार प्रजातिका गिद्ध मरेको भेटिएको हो । हिमाली गिद्ध ३१ वटा, डंगर गिद्ध […]

गोकर्णेश्वर नगरपालिकाले तोकिएकै समयमा परीक्षा गराउने

८ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले वैशाख १६ गतेदेखि विद्यालय तहको परीक्षा सञ्चालन गर्ने भएको छ । आज बसेको नगर शिक्षा समितिको बैठकले स्वास्थ्य सम्बन्धी आवश्यक, उपयुक्त एवं भरपर्दो व्यवस्था मिलाइ परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । सरोकारवालाहरु, शिक्षाका पेशागत संघसंस्थाका पदाधिकारहीसँगको छलफल तथा सुझावको आधारमा पूर्व निर्धारित समयमा नै परीक्षा सञ्चालन गर्ने निर्णय […]

जापान, अष्ट्रेलियासहित ५ देशमा वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द 

८ वैशाख, काठमाडौं । सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) जारी गर्न बन्द गरेको छ । बुधबारदेखि जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलले जानकारी दिएका छन् । मन्त्रालयले बुधबार सूचना जारी गर्दै कोरोना संक्रमणको नयाँ […]

सुनसरीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

८ वैशाख, विराटनगर । कोरोना संक्रमणका कारण सुनसरीमा एकजना महिलाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत इटहरी उपमहानगरपालिका–२ की ७८ वर्षीया महिलाको बुधबार दिउँसो २ बजे मृत्यु भएको हो । चैत २४ गते अस्पताल भर्ना भएकी वृद्धालाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । उच्च रक्तचापको समस्या रहेकी उनको उपचारका […]

अब मास्क नलगाई हिँडे कारबाहीमा परिने

८ वैशाख, काठमाडौं । काठमाडौँमा मास्क नलगाई हिँड्नेहरु अब कारबाहीमा पर्ने भएका छन् । मास्क नलगाई हिँड्नेलाई अब प्रहरीले सार्वजनिक स्थानमा उभ्याउने (होल्ड गर्ने) जिल्ला प्रशासन कार्यालयले जनाएको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइनखबरसँग भने ‘संक्रमणको दर बढिरहेको छ । त्यसैले स्थिति भयावह हुन नदिन कडा गर्ने तयारी गरेका हौं ।’ पराजुलीका […]

माधव नेपाल समूहको निर्णय : एकताको आह्वान, प्रतिवादसहित स्पष्टीकरणको जवाफ

८ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकताको आह्वान गर्दै अपिल जारी गर्ने भएको छ । बुधबार दिउँसो बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले भोलि अपिल जारी गर्ने निर्णय गरेको हो । ‘पार्टी स्थापना दिवसको अवसर पारेर भोलि एकताको आह्वानसहित अपिल जारी गर्छौं,’ एक नेताले भने । उनका अनुसार पार्टीभित्रको विवाद कसरी र […]

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

८ वैशाख, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एकजनाको मृत्यु भएको छ । अस्पतालका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–२ की ७८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । चैत २४ गते गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड […]

माडीको अयोध्याधाममा राखियो रामसीताको मूर्ति

८, असोज, चितवन। चितवनको माडी अयोध्यापूरीमा नवनिर्मित मन्दीरमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखिएको छ । हजारौंको उपस्थितीमा माडी नगरपालिका वडा नं. ९ स्थित माा कृष्णनगरमा मूर्ति राखिएको हो । करीव १ सय विगाहा क्षेत्र रहेको सो स्थानमा १६ लाखको लागतमा मूर्ति राख्न मन्दिर निर्माण गरिएको थियो । अहिले राखिएका मूर्तिलाई पछि मूल […]

अध्यक्ष ओलीविरुद्ध माधव नेपाल समूह सर्वोच्चमा, के–के छन् माग ?

८ वैशाख, काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई सांसद पदबाट हटाउनसक्ने भन्दै नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु सर्वोच्च अदालत गएका छन् । उनीहरुले एमाले पुनस्र्थापित भएपछि अध्यक्ष ओलीले गरेका निर्णयहरु बदर गर्न र सांसदबाट नहटाउन आदेश माग गरेका छन् । एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले मंगलबार माधवकुमार नेपालसहित २७ सांसदलाई […]

महोत्तरीको छुट्टाछुट्टै ठाउँमा दुईजनाको शव भेटियो

८ वैशाख, जनकपुरधाम । महोत्तरीको छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको छ । एक जना युवकको र अर्को वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्लाको सम्सी गाउँपालिका ६ मा अन्दाजी २४ बर्षका युवकको शव फेला परेको छ । तराई मूलको जस्तो देखिने युवकको सनाखत हुन सकेको छैन् । शवलाई पोष्टमार्टमका लागि जिल्ला […]

नेदरल्याण्ड्स र मलेसियाको खेल टाई, नेपाल फाइनलमा

८ वैशाख, काठमाडौं । वर्षाले प्रभावित नेदरल्याण्ड्स र मलेसियाको टी-२० म्याच बराबरीमा सकिएको छ । यससँगै नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर व्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले १०.२ ओभरमा ६८ रन बनाउँदा पानीले खेल रोकियो । पानी रोकिएपछि १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याड्सले ४ विकेट गुमाएर […]

एकैदिन थपिए २३५१ कोरोना संक्रमित

८ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ८९ हजार ७८७ पुगेको छ । […]

उत्तरपुस्तिका सच्याएको आरोपमा लोकसेवा आयोगका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

८ वैशाख, काठमाडौँ । अख्तियार दरुपयोग अनुसन्धान आयोगले लोकसेवा आयोग केन्द्रीय कार्यालय, अनामनगरका तत्कालीन शाखा अधिकृत मिमबहादुर शाहीविरुद्ध मुद्दा दायर गरेको छ । तत्कालीन शाखा अधिकृत शाहीले छोरीलाई परीक्षामा सफल गराउने नियत राखी नेपाल वायु सेवा निगमतर्फको सहायक चौथो तहको परीक्षाको उत्तरपुस्तिका सच्याएको अख्तियारले आरोप लगाएको छ । शाहीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, […]

सर्लाहीका कोरोना संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु

८ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । नारायणी अस्पतालका कोभिड कोओर्डिनेटर डा. सरोज रोशन दासका अनुसार सर्लाहीको मलंगवा–३ निवासी ४२ वर्षीय पुरुषको नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ९:५८ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार अस्पतालमा भर्ना भएका उनको सोही दिन एन्टिजेन परीक्षण गर्दा […]



from समाचार – Online Khabar https://ift.tt/3eid5kx
via IFTTT
Powered by Blogger.