Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अब मास्क नलगाई हिँडे कारबाहीमा परिने

८ वैशाख, काठमाडौं । काठमाडौँमा मास्क नलगाई हिँड्नेहरु अब कारबाहीमा पर्ने भएका छन् । मास्क नलगाई हिँड्नेलाई अब प्रहरीले सार्वजनिक स्थानमा उभ्याउने (होल्ड गर्ने) जिल्ला प्रशासन कार्यालयले जनाएको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइनखबरसँग भने ‘संक्रमणको दर बढिरहेको छ । त्यसैले स्थिति भयावह हुन नदिन कडा गर्ने तयारी गरेका हौं ।’ पराजुलीका […]

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

८ वैशाख, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एकजनाको मृत्यु भएको छ । अस्पतालका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–२ की ७८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । चैत २४ गते गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड […]

माडीको अयोध्याधाममा राखियो रामसीताको मूर्ति

८, असोज, चितवन। चितवनको माडी अयोध्यापूरीमा नवनिर्मित मन्दीरमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखिएको छ । हजारौंको उपस्थितीमा माडी नगरपालिका वडा नं. ९ स्थित माा कृष्णनगरमा मूर्ति राखिएको हो । करीव १ सय विगाहा क्षेत्र रहेको सो स्थानमा १६ लाखको लागतमा मूर्ति राख्न मन्दिर निर्माण गरिएको थियो । अहिले राखिएका मूर्तिलाई पछि मूल […]

अदालत गयो माधव नेपाल समूह, के छ माग ?

८ वैशाख, काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐन विपरीत पदमुक्त गर्न खोजिएको भन्दै नेकपा एमालेको माधवकुमार नेपाल समूह सर्वोच्च अदालत गएको छ । एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्यलाई सांसद पदबाट किन पदमुक्त नगर्ने भनेर मंगलबार स्पष्टीकरण सोधेका थिए । त्यसको भोलिपल्ट नेपाल समूह ‘राजनीतिक दलसम्बन्धी ऐन विपरित सांसद सदस्यबाट […]

महोत्तरीको छुट्टाछुट्टै ठाउँमा दुईजनाको शव भेटियो

८ वैशाख, जनकपुरधाम । महोत्तरीको छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको छ । एक जना युवकको र अर्को वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्लाको सम्सी गाउँपालिका ६ मा अन्दाजी २४ बर्षका युवकको शव फेला परेको छ । तराई मूलको जस्तो देखिने युवकको सनाखत हुन सकेको छैन् । शवलाई पोष्टमार्टमका लागि जिल्ला […]

नेदरल्याण्ड्स र मलेसियाको खेल टाई, नेपाल फाइनलमा

८ वैशाख, काठमाडौं । वर्षाले प्रभावित नेदरल्याण्ड्स र मलेसियाको टी-२० म्याच बराबरीमा सकिएको छ । यससँगै नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर व्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले १०.२ ओभरमा ६८ रन बनाउँदा पानीले खेल रोकियो । पानी रोकिएपछि १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याड्सले ४ विकेट गुमाएर […]

उत्तरपुस्तिका सच्याएको आरोपमा लोकसेवा आयोगका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

८ वैशाख, काठमाडौँ । अख्तियार दरुपयोग अनुसन्धान आयोगले लोकसेवा आयोग केन्द्रीय कार्यालय, अनामनगरका तत्कालीन शाखा अधिकृत मिमबहादुर शाहीविरुद्ध मुद्दा दायर गरेको छ । तत्कालीन शाखा अधिकृत शाहीले छोरीलाई परीक्षामा सफल गराउने नियत राखी नेपाल वायु सेवा निगमतर्फको सहायक चौथो तहको परीक्षाको उत्तरपुस्तिका सच्याएको अख्तियारले आरोप लगाएको छ । शाहीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, […]

सर्लाहीका कोरोना संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु

८ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । नारायणी अस्पतालका कोभिड कोओर्डिनेटर डा. सरोज रोशन दासका अनुसार सर्लाहीको मलंगवा–३ निवासी ४२ वर्षीय पुरुषको नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ९:५८ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार अस्पतालमा भर्ना भएका उनको सोही दिन एन्टिजेन परीक्षण गर्दा […]

धरहराको राखियो गजुर

८ वैशाख, काठमाडौं । पुनर्निर्मित धरहरामा गजुर राखिएको छ । बुधबार ३३० केजीको गजुर राखिएको नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले अनलाइनखबरलाई बताए । यो गजुरमा ९५ तोला ३ लाल सुनको जलप लगाइएको छ । २०७२ वैशाख १२ को भूकम्पले धराहरा क्षतिग्रस्त बनेको थियो । भत्किएको धराहरालाई संरक्षण गरेर पराम्परागत शैली झल्कने, तर आधुनिक धरहरा […]

पार्टी एकता जोगाउन ओलीलाई योगेशको आग्रह

८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न योगेश भट्टराई बालुवाटार पुगेका छन् । बालुवाटार पुगेर भट्टराईले ओलीसँग पार्टी एकता जोगाउन आग्रह गरेका छन् । भट्टराईसहित २७ सांसदलाई ओलीले मंगलबार मात्रै दुई दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेका छन् । माधवकुमार नेपाल समूहले यो स्पष्टीकरणलाई पार्टी विभाजनको प्रयास गरिएको निष्कर्ष निकालेका छन् ।  

त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन

८ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरस अति प्रभावित जिल्लाका ठूला शहरका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएका हुन् । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय र […]

कोरोनाको दोस्रो लहर : परीक्षण, सीमा र अस्पतालमा के भइरहेको छ ?

८ वैशाख, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरसँगै नयाँ भेरियन्टका कारण संक्रमणको ग्राफ बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार ८ हजार ७३८ जनाको स्वाब परीक्षण गर्दा १७०० संक्रमित पहिचान भए । आजभन्दा ठीक १५ दिन अगाडि ४ हजार २४३ जनाको स्वाब परीक्षण गर्दा २६० जनामा संक्रमण देखिएको थियो । यो तथ्यले […]

भारत महाराष्ट्रको अस्पतालमा अक्सिजन लिक हुँदा ११ जनाको मृत्यु

८ वैशाख, काठमाडौं । भारतको महाराष्ट्रको नासिकस्थित डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । नासिक नगर निगमका आयुक्त कैलाश जाधवले उक्त घटनामा ११ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । अक्सिजन लिकेज भएकाले अस्पतालमा आधा घण्टासम्म आपूर्ति रोकिएको थियो । जाधवका अनुसार अहिले प्राविधिक इन्जिनियरको सहयोगमा लिकेज […]

समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई

८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा निर्णय गर्ने अधिकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकपछि पत्रकारसँग उनले भने, ‘वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको […]

नेप्से परिसूचक ३२ अंकले घट्यो, म्युचुअल फण्डबाहेक सबै राताम्मे

८ वैशाख, काठमाडौं । मंगलबार झिनो अंकले सुधारिएको सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २ हजार ६ सय ३२ दशमलव २० अंकमा झरेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव २१ अंकले घटेको छ । बुधबार म्युचुअल फण्ड समूहको […]

कांग्रेस निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता यादव

८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवलाई नियुक्त गरेको छ । राष्ट्रियसभा सदस्यीय दलका नेता समेत रहेका राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त भएको पदमा यादवलाई नियुक्त गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यादव पूर्वसांसद तथा पूर्वमहान्यायधिवक्ता समेत हुन् ।

राष्ट्रपति कार्यालयमा हुने न्यायाधीशको शपथ सर्वोच्च अदालतमै

८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र नहकुल सुवेदीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश चुडाल र सुवेदीलाई शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्यायपरिषद्का सदस्य र सर्वोच्च अदालतका न्यायाधीश सहभागी भएका थिए […]

आठ दिनमा एक अर्ब २६ करोड रुपैयाँको सुन खरिद बिक्री

८ वैशाख, काठमाडौं । सुनको कारोबार कोरोना काल अघिकै अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् । बिहेको मुख्य सिजन चलिरहेका बेला सुनको माग पनि बढेको र दैनिक १५ करोड ७७ लाख रुपैयाँ भन्दा बढीको सुन कारोबार हुन थालेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । वैशाख पहिलो आठ दिनको औषत कारोबार हेर्दा सुनको कारोबार पहिलो […]

अदालतमा विचाराधीन स्टिङ अपरेशनका ४०० मुद्दा खारेज हुने

८ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशनका आधारमा मात्रै दायर गरेका ४ सय मुद्दा खारेज हुने भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार स्टिङ अपरेशन गरेर संकलित प्रमाण ग्रहण योग्य नरहेको भन्दै सुनुवाइ नभइसकेका वा न्यायिक प्रक्रियामा रहेका सबै मुद्दाहरु खारेज हुने गरी आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘स्टिङ […]

नेपाल समूहको स्थायी कमिटी बैठक जारी

८ वैशाख, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बुद्धनगरमा बसिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेपछि स्थायी कमिटी सदस्यहरुको बैठक बसेको हो । बैठकमा अब कसरी अगाडि बढ्‍ने भन्‍ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि मंगलबार बसेको नेपाल समूहका सांसदहरुको बैठकले पार्टीले सोधेको […]

आगामी आवमा प्रदेश र स्थानीय सरकारलाई १ खर्ब ५२ अर्ब वित्तीय समानीकरण अनुदान

८ वैशाख, काठमाडौं । केन्द्र सरकारबाट आगामी आर्थिक वर्ष २०७८/७९ मा प्रदेश र स्थानीय सरकारलाई कुल १ खर्ब ५२ अर्ब ५१ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान जाने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यसरी पाउने रकमको सिफारिस गरेको हो । सिफारिस भएको रकम चालु आर्थिक वर्षका लागि भने सिफारिसको तुलनामा केही बढी […]



from समाचार – Online Khabar https://ift.tt/3edk8e0
via IFTTT
Powered by Blogger.