Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

उत्तरपुस्तिका सच्याएको आरोपमा लोकसेवा आयोगका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

८ वैशाख, काठमाडौँ । अख्तियार दरुपयोग अनुसन्धान आयोगले लोकसेवा आयोग केन्द्रीय कार्यालय, अनामनगरका तत्कालीन शाखा अधिकृत मिमबहादुर शाहीविरुद्ध मुद्दा दायर गरेको छ । तत्कालीन शाखा अधिकृत शाहीले छोरीलाई परीक्षामा सफल गराउने नियत राखी नेपाल वायु सेवा निगमतर्फको सहायक चौथो तहको परीक्षाको उत्तरपुस्तिका सच्याएको अख्तियारले आरोप लगाएको छ । शाहीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, […]

सर्लाहीका कोरोना संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु

८ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । नारायणी अस्पतालका कोभिड कोओर्डिनेटर डा. सरोज रोशन दासका अनुसार सर्लाहीको मलंगवा–३ निवासी ४२ वर्षीय पुरुषको नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ९:५८ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार अस्पतालमा भर्ना भएका उनको सोही दिन एन्टिजेन परीक्षण गर्दा […]

धरहराको टुप्पोमा राखियो गजुर

८ वैशाख, काठमाडौँ । २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको धरहराको पुन: निर्माणपछि टुप्पोमा गजुर राखिएको छ । वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएपछि धरहराको टुप्पोमा बुधबार गजुर राखिएको नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले अनलाइनखबरलाई बताए । उनले भने, ‘ आज धरहराको टुप्पामा ३३० केजीको सुनको जलप लगाएको गजुर […]

पार्टी एकता जोगाउन ओलीलाई योगेशको आग्रह

८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न योगेश भट्टराई बालुवाटार पुगेका छन् । बालुवाटार पुगेर भट्टराईले ओलीसँग पार्टी एकता जोगाउन आग्रह गरेका छन् । भट्टराईसहित २७ सांसदलाई ओलीले मंगलबार मात्रै दुई दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेका छन् । माधवकुमार नेपाल समूहले यो स्पष्टीकरणलाई पार्टी विभाजनको प्रयास गरिएको निष्कर्ष निकालेका छन् ।  

त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन

८ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरस अति प्रभावित जिल्लाका ठूला शहरका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएका हुन् । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय र […]

भारत महाराष्ट्रको अस्पतालमा अक्सिजन लिक हुँदा ११ जनाको मृत्यु

८ वैशाख, काठमाडौं । भारतको महाराष्ट्रको नासिकस्थित डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । नासिक नगर निगमका आयुक्त कैलाश जाधवले उक्त घटनामा ११ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । अक्सिजन लिकेज भएकाले अस्पतालमा आधा घण्टासम्म आपूर्ति रोकिएको थियो । जाधवका अनुसार अहिले प्राविधिक इन्जिनियरको सहयोगमा लिकेज […]

नेप्से परिसूचक ३२ अंकले घट्यो, म्युचुअल फण्डबाहेक सबै राताम्मे

८ वैशाख, काठमाडौं । मंगलबार झिनो अंकले सुधारिएको सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २ हजार ६ सय ३२ दशमलव २० अंकमा झरेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव २१ अंकले घटेको छ । बुधबार म्युचुअल फण्ड समूहको […]

कांग्रेस निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता यादव

८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवलाई नियुक्त गरेको छ । राष्ट्रियसभा सदस्यीय दलका नेता समेत रहेका राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त भएको पदमा यादवलाई नियुक्त गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यादव पूर्वसांसद तथा पूर्वमहान्यायधिवक्ता समेत हुन् ।

राष्ट्रपति कार्यालयमा हुने न्यायाधीशको शपथ सर्वोच्च अदालतमै

८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र नहकुल सुवेदीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश चुडाल र सुवेदीलाई शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्यायपरिषद्का सदस्य र सर्वोच्च अदालतका न्यायाधीश सहभागी भएका थिए […]

आठ दिनमा एक अर्ब २६ करोड रुपैयाँको सुन खरिद बिक्री

८ वैशाख, काठमाडौं । सुनको कारोबार कोरोना काल अघिकै अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् । बिहेको मुख्य सिजन चलिरहेका बेला सुनको माग पनि बढेको र दैनिक १५ करोड ७७ लाख रुपैयाँ भन्दा बढीको सुन कारोबार हुन थालेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । वैशाख पहिलो आठ दिनको औषत कारोबार हेर्दा सुनको कारोबार पहिलो […]

अदालतमा विचाराधीन स्टिङ अपरेशनका ४०० मुद्दा खारेज हुने

८ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशनका आधारमा मात्रै दायर गरेका ४ सय मुद्दा खारेज हुने भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार स्टिङ अपरेशन गरेर संकलित प्रमाण ग्रहण योग्य नरहेको भन्दै सुनुवाइ नभइसकेका वा न्यायिक प्रक्रियामा रहेका सबै मुद्दाहरु खारेज हुने गरी आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘स्टिङ […]

नेपाल समूहको स्थायी कमिटी बैठक जारी

८ वैशाख, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बुद्धनगरमा बसिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेपछि स्थायी कमिटी सदस्यहरुको बैठक बसेको हो । बैठकमा अब कसरी अगाडि बढ्‍ने भन्‍ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि मंगलबार बसेको नेपाल समूहका सांसदहरुको बैठकले पार्टीले सोधेको […]

आगामी आवमा प्रदेश र स्थानीय सरकारलाई १ खर्ब ५२ अर्ब वित्तीय समानीकरण अनुदान

८ वैशाख, काठमाडौं । केन्द्र सरकारबाट आगामी आर्थिक वर्ष २०७८/७९ मा प्रदेश र स्थानीय सरकारलाई कुल १ खर्ब ५२ अर्ब ५१ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान जाने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यसरी पाउने रकमको सिफारिस गरेको हो । सिफारिस भएको रकम चालु आर्थिक वर्षका लागि भने सिफारिसको तुलनामा केही बढी […]

६ महिनापछि धौलागिरी अस्पतालमा कोभिड-१९ प्रयोगशाला

८ वैशाख, बागलुङ । धौलागिरी अस्पताल बागलुङमा कोरोना परीक्षणको लागि पीसीआर मेसिन जडान गरिएको छ । सरकारले प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको झण्डै ६ महिनापछि अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला तयार भएको हो । योसँगै धौलागिरीका चार जिल्लाका सर्वसाधारणलाई कोरोना भाइरस सङ्क्रमणको परीक्षणका लागि पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । परीक्षण सकिएलगत्तै कोरोना नियमीत काम […]

अख्तियारले स्टिङ अपरेशन गर्न नपाउने सर्वोच्च अदालतको फैसला

८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले घुस लिने व्यक्ति पक्राउ गर्न अख्तियार दुरुपयोग अनुसन्धन आयोगले स्टिङ अपरेशन गर्न नपाउने फैसला सुनाएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न रिट जारी गरिदिएको हो । अख्तियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को […]

बागलुङ नगरपालिकाको तीन वडामा १० दिन निषेधाज्ञा

८ वैशाख, काठमाडौं । बाग्लुङको बाग्लुङ नगरपालिकाको ३ वटा वडामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले बाग्लुङ नगरपालिकाको वडा नं १२, १३ र १४ मा वैशाख ७ गते राति १२ बजेदेखि १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाको समयमा खाद्यान्न, तरकारी, दूध, औषधी, दाना ढुवानी तथा एम्बुलेन्स […]

मकवानपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा एकजनाको मत्यु, ८ जना घाइते

८ वैशाख, हेटौंडा । मकवानपुरको मनहरी र मकवानपुरगढी गाउँपालिकामा भएका सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बा २ ख ९०२९ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा ना ३१ प ८४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१९ का […]

अन्तर्राष्ट्रिय मञ्चमा हामी किन छुट्दैछौं ?

८ वैशाख, काठमाडौं । ‘राइसिना डायलग’ भारतीय विदेश मन्त्रालयको सहयोगमा त्यहाँका थिंक ट्याङ्क अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) ले हरेक वर्ष आयोजना गर्ने भूराजनीति सम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलन हो । सम्मेलनमा विभिन्न देशका सरकार प्रमुख, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख र विभिन्न क्षेत्रका स्वतन्त्र विषय विज्ञले जल्दोबल्दो समसामयिक विषयमा गर्मागर्मी बहस गर्दछन् । सहभागी मुलुकका […]

महामारीमा सरकार संवेदनशील नबन्दा थाक्न थाले जनता

महामारीको आफ्नो गति र विशेषता हुन्छ । भाइरसले निश्चित विशेषता भएको जनसंख्या पायो भने यसको फैलावट सुनिश्चित हुन्छ । कुनै एक ठाउँका मानिसमा कतिजनासँग रोग प्रतिरोधात्मक क्षमता छ ? कतिले खोप लगाएका छन् ? त्यहाँ सामाजिक व्यवहार र जनस्वास्थ्यको मापदण्ड कसरी पालना हुन्छ ? यस्ता कुरामा भाइरसको फैलावट निर्धारण हुन्छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जेठ […]

सभामुखविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

८ वैशाख, काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा उक्त मुद्दाको पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको छ । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न […]

भारतमा बन्धक बनाइएकी युवतीको ३ महिनापछि उद्धार

८ वैशाख, विराटनगर । अभिभावकले तन्त्रमन्त्रबाट सुन पाउने लोभ गर्दा विराटनगरकी एक युवती तीन महिना भारतमा बन्धक बनेकी छन् । मसानले जमिनमुनि लुकाएको सुन निकाल्न भन्दै आफूलाई तान्त्रिक बताउने युवकसँग सातवटा खोलाको पानी लिन गएकी युवतीको तीन महिनापछि उद्धार भएको हो । विशेष सूचनाका आधारमा पश्चिम कञ्चनपुर हुँदै भारत पुगेको प्रहरीले युवतीको सकुशल उद्धार गरेको […]



from समाचार – Online Khabar https://ift.tt/32Byy2e
via IFTTT
Powered by Blogger.