Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बारामा घरभित्रै महिलाको शव भेटियो, श्रीमान फरार

९ वैशाख, वीरगञ्‍ज । बारामा एक महिलाको हत्या भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका-३ छिमेक बैंक टोल बस्ने ५० वर्षीया पार्वती कार्कीको हत्या भएको हो । आफ्नै घरको दोस्रो तल्लाको बरण्डामा उनको शव भेटिएको छ । निधार र टाउकोमा गह्रौं वस्तुले हानेको चोट देखिएको र शव नजिकै इँट्टा पनि भेटिएको प्रहरीले जनाएको छ । घटनापछि […]

१५ दिनभित्र भूमि वितरण प्रक्रिया शुरु नगरे आन्दोलन गर्ने चन्द्रनगरका भूमिहीनको चेतावनी

९ वैशाख, जनकपुरधाम । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका भूमिहीनहरुले भूमि वितरण गर्ने प्रक्रिया शुरु गर्न आग्रह गरेका छन् । भूमि सम्बन्धी समस्या समाधान आयोगसँग समझदारी पत्रमा हस्ताक्षर गरेको ६ महिना बितिसक्दा पनि कुनै प्रक्रिया शुरु नगरेको भन्दै उनीहरुले गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया आगामी १५ […]

प्रश्नपत्र आउट गर्नेलाई तत्काल कारबाही गर्न अखिल क्रान्तिकारीको माग

९ वैशाख, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा एउटा विषयको प्रश्नपत्र बाहिरिएको अनुसन्धान टुंगो नलाग्दै अर्को विषयको प्रश्नपत्र समेत आउट गर्ने परीक्षा समितिलाई तत्काल निलम्बन गरी कारबाही गर्न नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)ले माग गरेको छ । केही दिनअघि मात्र इन्जिनियरिङ संकायको स्नातक तहको दोस्रो सेमेस्टरको भौतिक शास्त्र विषयको प्रश्नपत्र परीक्षाभन्दा अघि बाहिरिएको थियो । त्यसभन्दा […]

वीरगञ्‍जमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज– १९ बिन्दबासिनी बस्ने ६३ वर्षीय पुरुषको मृत्यु भएको हो । वैशाख ५ गते नारायणी अस्पतालमा भर्ना भएका उनको बिहीबार बिहान १०:५० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक सरोज रोशन दासले जानकारी दिए । वैशाख ६ गते कोरोना संक्रमण पुष्टी भएपछि […]

मोरङमा चट्याङ लागेर महिलाको मृत्यु

९ वैशाख, विराटनगर । मोरङमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर मोरङको कानेपोखरी गाउँपालिका–२ की ४० वर्षीया सुकवती राजवंशीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार बारीमा गाईगोरु सार्ने क्रममा बिहीबार बिहान ९ बजेतिर परेको चट्याङ लागेर उनी गम्भीर घाइते […]

सुरेन्द्र पाण्डेको जवाफ : गलत काम सच्याउन खोज्नुलाई ‘अलग पार्टी खोलेको’ अर्थ लगाउन मिल्दैन

९ वैशाख, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ पठाएका छन् । चार पृष्ठ लामो जवाफमा पाण्डेले आफू एमालेको नवौं महाधिवेशनको राजनीतिक प्रतिवेदन, पार्टी विधान र नियमावलीविरुद्ध जाने भन्ने प्रश्नै नउठ्ने जवाफ दिएका छन् । ‘…नवौं महाधिवेशनबाट पारित राजनैतिक प्रतिवेदन, विधान तथा त्यसको आधारमा निर्मित नियमावलीका विरुद्ध मैले […]

भारतीय कोरोना खोप नयाँ भेरियन्टमा पनि प्रभावकारी : आईसीएमआर

९ वैशाख, काठमाडौं । भारतको मेडिकल नियमनकारी संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले कोरोना भाइरस संक्रमण रोक्न अहिले दिइएको कोभ्याक्सिन र कोभिशिल्ड खोप नयाँ प्रकारमा पनि प्रभावकारी देखिएको बताएको छ । आईसीएमआरले खोप दिएकामध्ये निकै कम मानिसलाई मात्र कोरोना संक्रमण देखिएको बताएको छ । आईसीएमआरका निर्देशक बलराम भार्गवले भने, ‘यो खोपले निश्चित रुपमा संक्रमणबाट […]

कमलसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गर्दै 

९ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेपाली टिममा बिहीबार दुई परिवर्तन गरिएको छ । कमलसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गर्दैछन् । कमल र सुशनले प्लेइङ सेटमा स्थान बनाउँदा अविनाश बोहरा र शाहब आलम बाहिरिएका छन् । कमलले यसअघि नेपालमै भएको विश्वकप लिग २ मार्फत ओडिआईमा डेब्यू गरेका थिए । टी–२० अन्तर्राष्ट्रियमा भने उनले पहिलो […]

अध्यक्ष ओली र नेता नेपालबीच आज पनि भेटवार्ता

९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल बीच आज पनि भेटवार्ता हुँदैछ । दिउँसो दुई बजेपछि एक्लाएक्लै भेटवार्ता हुन लागेको हो । हिजो साँझ होटल मेरियटमा ओली र नेपाल बीच दुई घण्टा बढी एक्लाएक्लै कुराकानी भएको थियो । साँझ लामो कुराकानी गरेर छुटेका अध्यक्ष ओली र नेपाल बीच […]

वीरगञ्जमा निःशुल्क अक्सिजन सेवा

९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले निःशुल्क अक्सिजन सेवा सुरु गरेको छ । अत्यावश्यक अवस्थामा सर्वसाधरणलाई अक्सिजनको अभावमा नहोस् भनेर निःशुल्क अक्सिजन सेवा सुरु गरिएको सामुदायिक सेवा केन्द्रले जनाएको छ । सेवाको बिहीबार पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले उद्घाटन गरेका थिए । तत्कालका लागि सानो सिलिण्डर १४ र ठूलो ५ […]

विदेशी शक्तिको आडमा संविधान र मूल्य मान्यता मिच्ने काम भयो : प्रचण्ड

९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिहरुको आडमा नेपालमा संविधान, कानून र मूल्य मान्यता मिच्ने काम भएको आरोप लगाएका छन् । १५० औं लेनिन जयन्ती तथा ७१ औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिडाँडामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट पार्टीमा आफूहरुले ७० प्रतिशतलाई एक […]

एमाले नुवाकोट कार्यालयमा तनाव

९ वैशाख, नुवाकोट । नेकपा एमाले भित्रको विवादका कारण नुवाकोट पार्टी कार्यालयमा तनाव देखिएको छ । माधवकुमार नेपाल समूहका नेताहरुले बोलाएको बैठक अर्को समूहले रोक्न खोजेपछि तनाव बढेको हो । केपी शर्मा ओली पक्षले पार्टी कार्यालयमा बैठक नराख्न भन्दै ताला लगाएको थियो । तर, माधव समूहले ताला फुटाएर बैठक शुरु गरेका थिए । यसपछि पार्टी […]

मलेसियाविरुद्ध नेपाल टस हारेर ब्याटिङ गर्दै

९ वैशाख काठमाडौं । त्रिकोणात्मक टी२० सिरिज अन्तर्गत आज हुने अन्तिम खेलमा नेपालले मलेसिया विरुद्ध पहिले ब्याटिङ गर्दैछ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा मलेसिया टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । यसअघि भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो । नेपाल र नेदरल्याण्ड्स यसअघि नै शीर्ष दुईमा रहँदै फाइनल […]

निर्धक्क बाहिर निस्कन्छन् रौतहटका संक्रमित

९ वैशाख, रौतहट । कोरोनाको दोस्रो लहरले रौतहटमा हालसम्म ३६ जना संक्रमित भएका छन् । वैशाख १ देखि ८ गतेसम्मको तथ्यांकले रौतहटमा कोरोनाका नयाँ बिरामी प्रत्येक दिन थपिँदै गएको देखाउँछ । कोभिड–१९ को दोस्रो लहरले संक्रमित थपिंदै जाँदा स्थानीय सरकारले भने पहिले जस्तो चासो देखाएका छैनन् । रौतहटका कुनै पनि स्थानीय तहले क्वारेन्टिन सञ्चालन गरेको […]

ओलीसँगको भेटबारे आफ्नो समूहका नेताहरुसँग ब्रिफिङ गर्दै नेपाल

९ वैशाख, काठमाडौं । नेकपा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार साँझ भेटवार्ता भएपछि नेता नेपाल आन्तरिक छलफलमा बसेका हुन् । एक नेताका अनुसार छलफलमा नेता नेपालले ओलीसँग भएको वार्ताबारे ब्रिफिङ गर्दैछन् । ओलीसँगको भेटपछि पनि नेता नेपालले ‘साथीहरुसँग कुरा गरेर’ प्रतिक्रिया दिने […]

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

९ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-१७ की ८६ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ७ वैशाखमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएकोमा त्यसको भोलिपल्ट उनी अस्पताल भर्ना भएकी […]

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्‍यु

९ वैशाख, काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-११ का ४५ वर्षीय पुरुषको बुधबार राति ११: ५७ बजे उपचारका क्रममा मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह-प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए । ‘उहाँ दमको रोगी हुनुहुन्थ्यो । रूघा लागेपछि उहाँ  वैशाख ७ गते […]

भारतमा थपिए ३ लाख १४ हजारभन्दा बढी कोरोना संक्रमित, २१ सयभन्दा बढीको मृत्यु

९ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १४ हजार ८३५ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा २ हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारत एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिने मुलुक बनेको छ । भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या पनि एक करोड ५९ […]

अल्का अस्पतालमा ‘भेरोसेल खोप’ लगाउनेको भिड

९ वैशाख, काठमाडौं । ललितपुरको अल्का अस्पतालमा चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल खोप लगाउनेको भिड लागेको छ । एउटा मात्र खोप केन्द्र र अन्तिम दिन भएकाले अल्का अस्पतालमा खोप लगाउनेको भिड लागेको हो । साथै अन्य अस्पतालमा भेरोसेल खोपको पहिलो डोज लगाउने अभियान सकिएपनि अल्का अस्पतालमा बिहिबारसम्म खोप अभियान सञ्चालन भएको छ । यो खोप १८ […]

थापाथलीमा सर्‍यो एमाले केन्द्रीय कार्यालय

९ वैशाख, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय आजबाट थापाथलीमा सरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहान पार्टी कार्यालयको उदघाटन गरे । उनले आजै नयाँ कार्यालयमा पदस्थापन पनि गरेका छन् । बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सन्चालन गर्दै आएको थियो । बल्खुमा नयाँ भवन तयार […]

नयाँ बजेटमा कृषकका सुविधा कटौती !

९ वैशाख, काठमाडौं । देशको ठूलो हिस्सा आज पनि कृषिमा निर्भर छ । मुलुकको पालनपोषण गर्ने भरपर्दो क्षेत्र कृषि नै हो । त्यसैले नेपाल आज पनि कृषिप्रधान देश भनेर मानिन्छ । तर आगामी आर्थिक वर्षको बजेटमा कृषकले पाउने सेवासुविधा कटौती हुने भएको छ । अर्थ मन्त्रालयले नयाँ बजेटमा कृषिले पाउने बजेट सीमा घटाइदिएपछि नियमित कार्यक्रम […]



from समाचार – Online Khabar https://ift.tt/3nhn3Xl
via IFTTT
Powered by Blogger.