Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भारतीय कोरोना खोप नयाँ भेरियन्टमा पनि प्रभावकारी : आईसीएमआर

९ वैशाख, काठमाडौं । भारतको मेडिकल नियमनकारी संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले कोरोना भाइरस संक्रमण रोक्न अहिले दिइएको कोभ्याक्सिन र कोभिशिल्ड खोप नयाँ प्रकारमा पनि प्रभावकारी देखिएको बताएको छ । आईसीएमआरले खोप दिएकामध्ये निकै कम मानिसलाई मात्र कोरोना संक्रमण देखिएको बताएको छ । आईसीएमआरका निर्देशक बलराम भार्गवले भने, ‘यो खोपले निश्चित रुपमा संक्रमणबाट […]

कमलसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गर्दै 

९ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेपाली टिममा बिहीबार दुई परिवर्तन गरिएको छ । कमलसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गर्दैछन् । कमल र सुशनले प्लेइङ सेटमा स्थान बनाउँदा अविनाश बोहरा र शाहब आलम बाहिरिएका छन् । कमलले यसअघि नेपालमै भएको विश्वकप लिग २ मार्फत ओडिआईमा डेब्यू गरेका थिए । टी–२० अन्तर्राष्ट्रियमा भने उनले पहिलो […]

वीरगञ्जमा निःशुल्क अक्सिजन सेवा

९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले निःशुल्क अक्सिजन सेवा सुरु गरेको छ । अत्यावश्यक अवस्थामा सर्वसाधरणलाई अक्सिजनको अभावमा नहोस् भनेर निःशुल्क अक्सिजन सेवा सुरु गरिएको सामुदायिक सेवा केन्द्रले जनाएको छ । सेवाको बिहीबार पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले उद्घाटन गरेका थिए । तत्कालका लागि सानो सिलिण्डर १४ र ठूलो ५ […]

एमाले नुवाकोट कार्यालयमा तनाव

९ वैशाख, नुवाकोट । नेकपा एमाले भित्रको विवादका कारण नुवाकोट पार्टी कार्यालयमा तनाव देखिएको छ । माधवकुमार नेपाल समूहका नेताहरुले बोलाएको बैठक अर्को समूहले रोक्न खोजेपछि तनाव बढेको हो । केपी शर्मा ओली पक्षले पार्टी कार्यालयमा बैठक नराख्न भन्दै ताला लगाएको थियो । तर, माधव समूहले ताला फुटाएर बैठक शुरु गरेका थिए । यसपछि पार्टी […]

मलेसियाविरुद्ध नेपाल टस हारेर ब्याटिङ गर्दै

९ वैशाख काठमाडौं । त्रिकोणात्मक टी२० सिरिज अन्तर्गत आज हुने अन्तिम खेलमा नेपालले मलेसिया विरुद्ध पहिले ब्याटिङ गर्दैछ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा मलेसिया टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । यसअघि भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो । नेपाल र नेदरल्याण्ड्स यसअघि नै शीर्ष दुईमा रहँदै फाइनल […]

निर्धक्क बाहिर निस्कन्छन् रौतहटका संक्रमित

९ वैशाख, रौतहट । कोरोनाको दोस्रो लहरले रौतहटमा हालसम्म ३६ जना संक्रमित भएका छन् । वैशाख १ देखि ८ गतेसम्मको तथ्यांकले रौतहटमा कोरोनाका नयाँ बिरामी प्रत्येक दिन थपिँदै गएको देखाउँछ । कोभिड–१९ को दोस्रो लहरले संक्रमित थपिंदै जाँदा स्थानीय सरकारले भने पहिले जस्तो चासो देखाएका छैनन् । रौतहटका कुनै पनि स्थानीय तहले क्वारेन्टिन सञ्चालन गरेको […]

ओलीसँगको भेटबारे आफ्नो समूहका नेताहरुसँग ब्रिफिङ गर्दै नेपाल

९ वैशाख, काठमाडौं । नेकपा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार साँझ भेटवार्ता भएपछि नेता नेपाल आन्तरिक छलफलमा बसेका हुन् । एक नेताका अनुसार छलफलमा नेता नेपालले ओलीसँग भएको वार्ताबारे ब्रिफिङ गर्दैछन् । ओलीसँगको भेटपछि पनि नेता नेपालले ‘साथीहरुसँग कुरा गरेर’ प्रतिक्रिया दिने […]

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

९ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-१७ की ८६ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ७ वैशाखमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएकोमा त्यसको भोलिपल्ट उनी अस्पताल भर्ना भएकी […]

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्‍यु

९ वैशाख, काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-११ का ४५ वर्षीय पुरुषको बुधबार राति ११: ५७ बजे उपचारका क्रममा मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह-प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए । ‘उहाँ दमको रोगी हुनुहुन्थ्यो । रूघा लागेपछि उहाँ  वैशाख ७ गते […]

भारतमा थपिए ३ लाख १४ हजारभन्दा बढी कोरोना संक्रमित, २१ सयभन्दा बढीको मृत्यु

९ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १४ हजार ८३५ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा २ हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारत एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिने मुलुक बनेको छ । भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या पनि एक करोड ५९ […]

अल्का अस्पतालमा ‘भेरोसेल खोप’ लगाउनेको भिड

९ वैशाख, काठमाडौं । ललितपुरको अल्का अस्पतालमा चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल खोप लगाउनेको भिड लागेको छ । एउटा मात्र खोप केन्द्र र अन्तिम दिन भएकाले अल्का अस्पतालमा खोप लगाउनेको भिड लागेको हो । साथै अन्य अस्पतालमा भेरोसेल खोपको पहिलो डोज लगाउने अभियान सकिएपनि अल्का अस्पतालमा बिहिबारसम्म खोप अभियान सञ्चालन भएको छ । यो खोप १८ […]

थापाथलीमा सर्‍यो एमाले केन्द्रीय कार्यालय

९ वैशाख, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय आजबाट थापाथलीमा सरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहान पार्टी कार्यालयको उदघाटन गरे । उनले आजै नयाँ कार्यालयमा पदस्थापन पनि गरेका छन् । बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सन्चालन गर्दै आएको थियो । बल्खुमा नयाँ भवन तयार […]

नयाँ बजेटमा कृषकका सुविधा कटौती !

९ वैशाख, काठमाडौं । देशको ठूलो हिस्सा आज पनि कृषिमा निर्भर छ । मुलुकको पालनपोषण गर्ने भरपर्दो क्षेत्र कृषि नै हो । त्यसैले नेपाल आज पनि कृषिप्रधान देश भनेर मानिन्छ । तर आगामी आर्थिक वर्षको बजेटमा कृषकले पाउने सेवासुविधा कटौती हुने भएको छ । अर्थ मन्त्रालयले नयाँ बजेटमा कृषिले पाउने बजेट सीमा घटाइदिएपछि नियमित कार्यक्रम […]

भक्तपुरमा मेलम्चीको पानी वितरण शुरु

९ वैशाख, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्याङ्कीमार्फत बुधबारदेखि भक्तपुरको मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण शुरु भएको छ । केहीदिन भित्रै मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको खानेपानी वितरण हुने भएको छ । भक्तपुर क्षेत्र नं. २ का सांसद एवं पूर्वमन्त्री महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बुधबार संयुक्तरुपमा उद्घाटन गरी […]

रौतहटमा चट्याङ्ग लागेर एक जनाको मृत्यु

९ वैशाख, रौतहट । रौतहटमा चट्याङ्ग लागेर एक व्यक्तिको मृत्यु भएको छ । आज बिहान चटयाङ्ग लागेर गुजरा नगरपालिका ८ को जयराजपुरमा रामलखन महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गुजरा ७ घर भएका महरा आफन्तको बिहेमा जयराजपुर आएका थिए । बिहान ५ बजे खेतमा शौच गर्न गएको बेला उनलाई चटयाङ्ग लागेको […]

वीरगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु

९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगञ्ज– १६ बस्ने ६१ वर्षीया महिलाको मृत्यु भएको हो । वैशाख ७ गते नारायणी अस्पतालमा भर्ना भएकी उनको बिहीबार बिहान सवा १ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक सरोज रोशन दासले जानकारी दिए । बैशाख ३ गते नै उनमा कोरोना […]

वीरगञ्जबाट हतियारसहित युवक पक्राउ

९ वैशाख, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट अवैध हतियार सहित एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–५ बस्ने २५ वर्षीय राजु रानामगरलाई प्रहरी चौकी इनर्वाको टोलीले पक्रेको हो । बुधबार साँझ ६ बजे वीरगञ्ज– १६ शंकराचार्य गेटबाट फक्राउ परेका राजुको साथबाट सनमाइका लेखेको पेस्तोल र खाली म्याग्जिन २ थान फेला परेको जिल्ला प्रहरी कार्यालय […]

ओलीले भने– गुटबन्दी नगर्न सम्झाइरहेका छौं, यसलाई कमजोरी नठानियाेस्

९ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताएका छन् । नेताहरुलाई सम्झाउने बुझाउने प्रयास गरिरहेको भन्दै उनले त्यसलाई कमजोरीको रुपमा नलिन चेतावनी समेत दिए । मदननगर बल्खुमा बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पार्टी अनुशासित […]

त्रिकोणात्मक टी-२० सिरिज : नेपालले आज मलेसियासँग खेल्दै

९ वैशाख, काठमाडौ । त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज घरेलु टोली नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । यसअघि पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलअघि नै नेपाल र नेदरल्याण्ड्स शीर्ष दुईमा रहँदा फाइनल पुगिसकेका छन् । त्यसैले आजको खेलको नतिजाले खासै फरक पार्ने छैन । तर […]

बल्खुमा एमाले पार्टी कार्यालयको भवन शिलान्यास

९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहीबार विहान भवन शिलान्यास गरेका हुन् । एमालेको नयाँ केन्द्रीय कार्यालय भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नेता प्रदीप कुमार […]

वीरगञ्जमा दुई न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि

९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई जना न्यायाधीश पनि छन् । १ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा दुई जना न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । उच्च अदालतका अन्य १२ जना कर्मचारीमा समेत संक्रमण देखिएको छ […]



from समाचार – Online Khabar https://ift.tt/3dDuTaE
via IFTTT
Powered by Blogger.