Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अफ्रिकी मुलुक गाम्बियासँग कुटनीतिक सम्बन्ध स्थापना

११ जेठ, काठमाडौं । नेपाल र गाम्बियाबीच सोमबार कूटनीतिक सम्बन्ध स्थापना भएको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृतकुमार राई र न्यूयोर्कस्थित गाम्बियाका राजदूत ल्याङ याबुबीच कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । सोको जानकारी संयुक्त राष्ट्रसंघलाई पनि गराइएको छ । अफ्रिकी मुलुक गाम्बियाले सन् १९६५ मा संयुक्त राष्ट्रसंघको […]

भारतमा दैनिक कोरोना संक्रमितको संख्या १ लाख ९६ हजारमा झर्‍यो

११ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का १ लाख ९६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा गत अप्रिल १४ यता पहिलोपटक दैनिक नयाँ संक्रमितको संख्या २ लाखभन्दा कममा झरेको हो । पछिल्लो समय भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा निरन्तरको कमी देखिएको […]

तरुण दलले जिल्ला समितिलाई भन्यो : सहकार्य गरेर संघर्ष गर्नू

११ जेठ, काठमाडौं । नेपाल तरुण दलले स्वास्थ्य मापदण्ड पालना गर्दै संसद विघटनविरुद्ध संयुक्त संघर्ष गर्न आफ्ना जिल्ला समितिहरुलाई निर्देशन दिएको छ । तरुण दलसँग सहकार्य गरेका वाइसीएल, समाजवादी युवा संघ, युवा संघ, अखिल नेपाल युवक संघ, विवेकशील साझा युवा संगठनसँग समन्वय र छलफल गरेर संघर्ष गर्न तरुण दलले निर्देशन दिएको हो । तरुण दलका […]

त्रिविले भन्‍यो : वैकल्पिक विधिबाट परीक्षाको व्यवस्था मिलाउनू

११ जेठ, काठमाडौं । त्रिभुवन विश्‍वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा लिनका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ । त्रिवि उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले विज्ञप्ति जारी गर्दै रोकिएका परीक्षालाई वैकल्पिक विधिबाट लिन आग्रह गरेका छन् । मंगलबार विज्ञप्ति मार्फत उपकुलपति प्रा.डा.बास्कोटाले वैकल्पिक विधिबाट सुचारु भइरहेका कक्षालाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी भएका कक्षा सुचारु […]

निर्वाचन : जनस्वास्थ्यका लागि फेरि घातक हुने ‘फ्रन्टलाइनर’को चिन्ता

११ जेठ, काठमाडौं । आम नागरिक कोरोना महामारीको दोस्रो लहरका कारण रोग र भोकले पिल्सिएका छन् । सरकारले उपचार र आवश्यक भएकालाई राहत दिनुको साटो जनताका आवाज बोल्ने प्रतिनिधिको थलो संसद नै मध्यरातमा भंग गरिदिएको छ । यतिबेला देशमा कामचलाउ सरकार छ । सोही सरकारले कोरोना भाइरसको महामारीबीच कार्तिक २६ र मंसिर ३ गते मध्यावधि […]

प्युठानमा आमा, छोरी र छोरा झुण्डिएको अवस्थामा मृत फेला

११ जेठ, काठमाडौं । प्युठानमा एकै परिवारका तीन सदस्य रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्युठान नगरपालिका–२ चितीखोला बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनार रातामाटाको जंगलमा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय प्युठानका इन्सपेक्टर देवीप्रसाद गैरेका अनुसार उनीहरुको शव […]

माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु

११ जेठ, गोरखा । माटोको ढिस्कोले पुरिएर सोमबार गोरखामा २ जनाको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका वडा नम्बर १ भिरसिङमा घरको कम्पाण्डवाल निर्माण गर्ने क्रममा खसेको डिस्कोमा पुरिएर उनीहरुको ज्यान गएको हो । दिउँसो ३ बजेतिर घटेको उक्त घटनामा परी ४८ वर्षका काले गुरुङ र ३५ वर्षीय भीमबहादुर गुरुङ घाइते भएका छन् । […]

रुपन्देहीमा थप ६ जना संक्रमितको मृत्यु

११ जेठ, बुटवल । रुपन्देहीका विभिन्‍न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने ६ जनामध्ये तीनजना रुपन्देहीका तथा पाल्पा,नवलपरासी र कपिलवस्तुका एक–एक जना हुन् । लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा एकजना, भीम अस्पतालमा चारजना र युनिभर्सल शिक्षण अस्पताल भैरहवामा एकजनाको मृत्यु भएको हो । जेठ १० गते कोरोना संक्रमण […]

शान्ति समाजको ‘अक्सिजन सिलिण्डर जुटाऔँ जीवन बचाऔँ अभियान’

११ जेठ, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले ‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियान सुरु गरेको छ । कोभिड संकटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा समाजद्वारा अक्सिजन भरिएका १० थान ठुला सिलिन्डर संकलन गरी लुम्बिनी प्रदेशका स्वास्थ मन्त्री भोजप्रसाद श्रेष्ठलाई प्रदान गर्दै यो अभियान सुरु गरेको हो । समाजका सभापति गोविन्द खनाल लगायत पदाधिकारीहरुद्वारा […]

बाँकेमा थप १० जना संक्रमितको मृत्‍यु

११ जेठ, काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ३:५० बजे दिउँसोदेखि मंगलबार बिहान ६:३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, ३ जना दाङ र २ जना बर्दियाका छन् । नेपालगञ्‍ज मेडिकल […]

सभामुख सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्दै

११ जेठ, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनपछिको अवस्थाको बारेमा छलफल गर्न पूर्व सभामुखहरुसँग परामर्श गर्न भएका छन् । मंगलबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको बैठकमा पूर्वसभामुखहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा प्रतिनिधिसभा भंग […]

बालुवाटार ब्रिफिङः सबै एमाले सँगै रहने सम्भावना रहेन

११ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूह इतरका ११ नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेका छन् । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकबाट वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, पुराना नेता मुकुन्द न्यौपाने सहित ११ जना निष्काशन गरिएका हुन् । निष्काशन गरिएका खनाल, नेपाल […]

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दै

११ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट बस्न लागेको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका […]

कोरोनाको असरः अन्य क्षेत्र ध्वस्त हुँदा सेयर बजारमा उल्लास

११ जेठ, काठमाडौं । सोमबार सेयर बजार उल्लासमय देखियो । सेयर कारोबार मापक नेप्से परिसूचक इतिहास रच्दै २८२३ दशमलव ०६ अंकमा पुग्यो भने सेयर कारोबार १३ अर्ब नाघ्यो । नेपाली सेयर बजारको इतिहासमा यी दुवै नयाँ कीर्तिमान हुन् । नेप्से परिसूचकले हालसम्मकै उच्च विन्दुमा पुगेर रेकर्ड बनाएको छ भने एकै दिन १३ अर्ब नाघेर सेयर […]

झोरमा चराको विचरण (फोटो फिचर)

११ जेठ, काठमाडौं । वसन्त सकिएर ग्रिष्म ऋतुको सुरुवात भएको छ । वातावरणले हरियाली घुम्टो ओढेको छ । यहीबीचमा कोरोना भाइरसका कारण गरिएको निषेधाज्ञाले देशभरको वातावरण सफा देखिएको छ । वातावरणको सुन्दरतासँगै वन्यजन्तुदेखि चराचुरुङ्गीसम्मले भने निर्धक्कसँग विचरण गर्न पाएका छन् । यही बीचमा भारत र श्रीलंकाबाट आउने एसियन प्याराडाइस नामक चराले यही मौसममा अण्डा पार्न […]

अस्पतालमा तत्काल अक्सिजन प्लाण्ट जोड्न मन्त्री आलेको निर्देशन

११ जेठ, डोटी । केन्द्र सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेमगरले डोटी जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रक्रिया तत्काल थाल्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । जिल्लामा अक्सिजनको अभाव भएपछि केन्द्र सरकारले बजेट विनियोजन गरिसकेको भन्दै अक्सिजन प्लान्टको सञ्चालनमा विलम्ब नगर्न निर्देशन दिएका हुन् । मन्त्री आलेले जिल्लामा अक्सिजनको अभाव नहोस् भन्नको लागि आफूले […]

म्याग्दीमा कोरोना सङ्क्रमण : सदरमुकाममा घट्यो, गाउँमा फैलियो

११ जेठ, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता सङ्क्रमित हुनेहरुमा ग्रामीण क्षेत्रका छन् । परीक्षण गरेको ठाउँमा सङ्क्रमित भेटिएका छन् । परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बेनी अस्पतालका प्रमुख जितेन्द्र कडेल केही दिनयता बेनी बजारभित्र सङ्क्रमण दर […]

गोरखामा संरक्षित कालो सालक भेटियो

११ जेठ । गोरखामा संरक्षित कालो सालक फेला परेको छ । गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदी किनारमा हिँड्दै गरेको अबस्थामा सालकको उद्धार गरिएको जिल्ला वन कार्यालय गोरखाले जनाएको छ । कार्यालयका सूचना अधिकारी महेश पौडेलका अनुसार सोमबार आरुघाट गाउँपालिका ९ मा अलपत्र परेको अवस्थामा उक्त सालक भेटिएको हो । भेटिएको सालकलाई गोरखा नगरपालिकाको एक […]

किन विशेष छ बुधबारको चन्द्र ग्रहण ?

११ जेठ, काठमाडौं । मे २६ बुधबार चन्द्रग्रहण लाग्दैछ । यो पटकको चन्द्रग्रहण निकै महत्वपूर्ण र विशेष छ । किनकि यो चन्द्रग्रहणका क्रममा विश्वका विभिन्न भागबाट रातो चन्द्रमा देखिनेछ । रातो देखिने चन्द्रमालाई सुपर ब्लड मुन भनिन्छ । यस विषयमा जानकारी दिँदै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भनेको छ ‘२६ मे मा चन्द्रमाको पूरै भाग पृथ्वीको […]

उपत्यकाका सिडिओहरूको बैठक बस्दै, निषेधाज्ञामा कडाइ गर्ने तयारी

११ जेठ, काठमाडौं । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । पूर्वनिर्धारित निषेधाज्ञाको समय सकिन दुईदिन बाँकी हुँदा निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न बैठक बस्ने तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । अब थप गरिने निषेधाज्ञामा सरकारले जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई […]

सीसीएमसीको प्रमुखमा बालानन्द शर्मा नियुक्त

११ जेठ, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको स्रोतले पुष्टि गरेको छ । पूर्वरथी शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गरेका थिए । अब उनले […]



from समाचार – Online Khabar https://ift.tt/3fBQDmQ
via IFTTT
Powered by Blogger.