समाचार
१८ वैशाख, काठमाडौं । आज अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि मनाइँदै छ । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विगतमा हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गरे पनि यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण ठूला कार्यक्रम आयोजना गरिएको छैन । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमार्फत् राष्ट्रपति विद्यादेवी […]
१८ वैशाख, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति एवम् राष्ट्रिय सभाका पूर्वसदस्य विदुर पौडेलको निधन भएको छ । उनको पशुपतिस्थित वैद्यखानामा आज विहान निधन भएको हो । उनको आजै विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । पूर्वीय दर्शनका जानकार पौडेल पहिलो राष्ट्रियसभाका सदस्यसमेत थिए । ओखलढुंगा घर भई कुमारीगालमा बस्दै आएका पौडेललाई मस्तिष्कघात भएको थियो […]
१८ वैशाख, काठमाडौं । किर्गिस्तान–ताजिकिस्तानको विवादित सीमा क्षेत्रमा भएको झडपमा ३१ जनाको मृत्यु भएको छ । १५० जना घाइते भएका छन् । पानीको विषयमा सुरु भएको विवादले हिंसाको रुप लिएको र सो क्षेत्रबाट दस हजार जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको बीबीसीले जनाएको छ । सुरुमा सीमा क्षेत्रमा रहेको पानीको एक स्रोत नजिक सेक्युरिटी क्यामरा जडान […]
१८ वैशाख, काठमाडौं । पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ३४ रनले पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा कप्तान केएल राहुलको उत्कृष्ट ब्याटिङ र हरप्रित ब्रारको अलराण्ड प्रदर्शन मद्दतमा पञ्जाब किंग्स विजयी भएको हो । यस जितपछि पञ्जाब ७ खेलबाट ६ अंकसहित तालिकामा पाँचौ स्थानमा उक्लेको छ । हारले बेंगलोरको शीर्ष […]
१७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने संशोधित अनुमान सरकारले गरेको छ । शुक्रबार आव २०७७/७८ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै केन्द्रिय तथ्यांक विभागले यस्तो अनुमान गरेको हो । चालु आवको बजेटले आर्थिक वृद्धिदर ७ प्रतिशत हाराहारी रहने अनुमान गरेको थियो । तर, कोरोना महामारीको बढ्दो संक्रमणका […]
१७ वैशाख, बनेपा । उमेरले ७२ पुगिसके । अनुहार चाउरी परिसक्यो । ढाका टोपी र कोट लगाएका उनी कुप्रो पर्दै सकसका साथ हिँडिरहेका छन् । देब्रे खुट्टा खोच्याउँदै अघि बढ्छन्, छिनछिनमा सुस्केरा हाल्दै रोकिइरहन्छन् । गाह्रो भएपछि सडक किनारमै थचक्क बस्छन् र फेरि गन्तव्यतिर अघि बढ्छन् । उनी अर्थात् रामेछाप, प्रितीका शेरबहादुर बस्नेत । कोभिड–१९ […]
१७ वैशाख, काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले बजेट अधिवेशन छिटो बोलाउन माग गरेका छन् । प्रमुख विपक्षी नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रि–बजेट छलफल गर्नुपर्ने भन्दै बजेट अधिवेशन बोलाउन माग गरेका हुन । ‘अधिवेशन बोलाउन ढिलो भइसक्यो, तुरुन्तै बोलाउनुपर्छ । नत्र त प्रि–बजेट छलफलका लागि समय नै हुँदैन’ नेपाली […]
१७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीले गरेको निर्णय सच्याएर अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेका छन् । १० वैशाखमा गरिएको कार्यविभाजन सम्बन्धी निर्णय सच्याएर १३ वैशाखमा अपानि जारी गरिएको छ । सच्चिएको अपानिमा केही नेताहरुको जिम्मेवारी हेरफेर भएको छ । अपानिअनुसार महेश बस्नेत, पार्वत गुरुङ, गोकुल बाँस्कोटा, दावा लामा, […]
१७ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक सहायता तथा अनुदानका नाममा वर्षेनि ठूलो रकम वितरण गर्छ । जनताबाट उठेको कर अनुत्पादक तथा जनतालाई प्रतिफल नदिने क्षेत्रमा सहायताका रूपमा बाँड्ने काममा १७ वर्षपछि आएका निर्वाचित जनप्रतिनिधिले कर्मचारीलाई समेत जितेका छन् । अझ विभिन्न दलका नेता निकटले खोलेका र नेताहरूको नाम जोडिएका संघ–संस्थालाई त महानगरकोे अनुदान र […]
१७ वैशाख, गुल्मी । गुल्मीमा शनिबार रातिदेखि एक साताका लागि निषेधाज्ञा लगाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले वैशाख १८ गते शनिबार राति १२ बजेदेखि वैशाख २५ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । यो अवधिमा अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध , तरकारी, फलफूल, माछा, […]
१७ वैशाख, काठमाडौं । खाद्यान्न ढुवानी गरेर फर्केका रित्ता गाडीलाई प्रहरीले चल्न नदिएको भन्दै व्यवसायीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसमक्ष गुनासो गरेका छन् । निषेधाज्ञामा निर्वाध सञ्चालन गर्न दिइने भनिएको सवारी साधन रोकिँदा व्यवसायीले दुख पाएको नेपाल किराना व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले अत्यावश्यक सामान ढुवानी गरेर फर्केका रित्ता […]
१७, वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ । १४ वैशाखमा बसेको बैठकले नै लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई कारबाही गर्नुका साथै अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको एक नेताले बताए । त्यो दिन विहान पदाधिकारी बैठक बसेको थियो, […]
१७ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–९ बस्ने ७४ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै नयाँ भेरियन्ट शुरु भइसकेपछि पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । नेशनल मेडिकल कलेजले सञ्चालन गरेको कोरोना अस्पतालमा उपचारको क्रममै शुक्रबार साढे ५ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय […]
१७ वैशाख, काठमाडौं । भक्तपुरस्थित मास्क उत्पादन गर्ने एक उद्योगलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५० हजार जरिबाना तिराएको छ । हिमालयन हेल्थ केयर नामक कम्पनीले उपभोक्ता मूल्य नतोकी बजारमा मास्क बिक्री गरेको पाइएकोले ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । सेढाईंका अनुसार उद्योगलाई अधिकतम् खुद्रा मूल्य तोक्न निर्देशन […]
१७ वैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट प्रदेश अस्पताल सुर्खेतमा थप एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका १० कि ३२ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार साँझ ७ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । योसँगै पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ […]
१७ वैशाख, विराटनगर । विराटनगरमा पाँच महिनाअघि उद्घाटन भएको कोभिड– १९ उपचार केन्द्र शुक्रबारदेखि सञ्चालनमा आएको छ । प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण भएको उपचार केन्द्र सञ्चालनमा आएको हो । उपचार केन्द्रमा ९६ वटा बेड राखिएको छ । अस्पतालमा शुक्रबार बिरामी भर्ना गरिएको हो । कोभिड–१९ उपचार केन्द्रको दोस्रो तलामा रहेका […]
१७ वैशाख, रौतहट । इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनलाइन जुवा खेलाएको आरोपमा रौतहटमा एक युवक पक्राउ परेका छन । गौर नगरपालिका– १ का २६ वर्षीय सुधीरकुमार जैसवाल पक्राउ परेका हुन् । गौरमा युनिभर्सल मोबाइल एसेसोरिज पसल सञ्चालन गर्दै आएका उनले पसलमा नै आईपीएल क्रिकेटको खेलमा बाजी थापेर जुवा खेलाएको गोप्य सूचनाका आधारमा पक्राउ गरेको […]
१७ वैशाख, काठमाडौं । नेपाल र भारतबीचका २२ वटा नाका बन्द हुने भएका छन् । शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने र १३ वटाबाट मात्र आवतजावत गर्न पाइने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, […]
१७ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका विषयमा जनता समाजवादी पार्टी (जसपा) सँग कुरा भइरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापन गरेर आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने कांग्रेसको निर्णय छ । तर, जसपाले वर्तमान सरकारलाई साथ दिने कि नयाँ सरकार गठनको प्रयास गरिरहेको […]
१७ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकामा निषेधाज्ञा जारी भएको छ । शनिबार राति १२ बजेबाट लागु हुनेगरी निषेधाज्ञा जारी भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा जारी भएको हो । उनका अनुसार निषेधाज्ञाको अवधि […]
१७ वैशाख, काठमाडौं । सामान्य अवस्थामा भन्दा निषेधाज्ञा सुरु भएपछि कालीमाटी तरकारी बजारमा तरकारीको बिक्री बढेको पाइएको छ । निषेधाज्ञाको दोस्रो दिनसम्म आइपुग्दा सामान्य अवस्थामा भन्दा तरकारीको आयात र बिक्री झण्डै डेढदेखि दुई सय टनसम्मले बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । सामान्य दिनहरुमा दैनिक साढे सात सय टनसम्म तरकारी बजारमा […]
from समाचार – Online Khabar https://ift.tt/3nBRDuO
via IFTTT






















