Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

आज उभौली पर्व, भूमेस्थानमा पूजा गरी मनाइँदै

१२ जेठ, काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दूमी राईले जानकारी दिए । गर्मी बढ्ने भएकाले यो समुदायका […]

भौतिक दूरी कायम गरेर लुम्बिनीमा प्रार्थना

१२ जेठ, बुटवल । २५६५ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा भौतिक दूरी कायम गरी प्रार्थना गरिएको छ । हरेक वर्ष बुद्धजयन्तीका दिन बिहानैदेखि सयौं आगन्तुकहरुको चहलपहल हुने लुम्बिनीमा यसवर्ष भने आन्तरिक र वाह्य पर्यटक, भिक्षु–भिक्षुणी, बौद्धमार्गीहरुको भिड लागेन । लुम्बिनी विकास कोषले औपचारिक कार्यक्रम नै आयोजना गरेर स्वदेश तथा विदेशका राष्ट्र प्रमुखलाई निम्त्याउने गरेकोमा कोरोना […]

महन्थले सोधे अर्का अध्यक्ष उपेन्द्रलाई स्पष्टीकरण

१२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका हुन् । मंगलबार सोधिएको ७ बुँदे स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई […]

एनआरएनएको पहलमा दक्षिण कोरियाले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने

१२ जेठ, काठमाडौं । नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी दिएको हो । एनआरएनए […]

कोरोनाविरुद्धको खोप अभियान तीव्र बनाऊ : उपराष्ट्रपति पुन

१२ जेठ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थित रूपमा तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । विश्व शान्तिका अग्रदूत एवं बौद्धधर्मका प्रवर्तक गौतम बुद्धको २५६५ औँ जन्मजयन्ती तथा किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व, चण्डीपूर्णिमाका अवसरमा आज सन्देश दिँदै उनले कोरोना परीक्षणलाई तीव्र बनाउन र संक्रमितको प्रभावकारी […]

सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको बैठक बस्ने तयारी

१२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक बुधबार बस्ने तयारी छ । मंगलबार आपसी विवादका कारण बस्न नसकेको बैठक बुधबार बिहान साढे आठ बजेका लागि बोलाइएको हो । बैठकमा एमालेको स्थायी कमिटी बैठकले सोमबार सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको विषयमा छलफल हुने छ । सुदूरपश्चिम प्रदेश एमाले संसदीय […]

राष्ट्रपति भण्डारीद्वारा बुद्ध जयन्ती र उभौली पर्वको शुभकामना

१२ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् । विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु सबैका लागि गौरवको विषय भएको भन्दै […]

सोलुखुम्बुमा ३ महिनालाई पुग्ने खाद्यान्न मौज्दात, निषेधाज्ञाका कारण मूल्यवृद्धि भएको गुनासो

१२ जेठ, काठमाडौं । माथिल्लो सगरमाथाका तीन जिल्लामा तत्काल खाद्यान्न अभाव नहुने सम्बन्धित जिल्लाका उद्योग वाणिज्य सङ्घले जनाएका छन् । सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाका उद्योग वाणिज्य सङ्घका अनुसार तीन महिनासम्म पुग्ने खाद्यान्न मौज्दात रहेकोले खाद्यान्न अभावको सम्भावना नरहेको बताएका हुन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि केही जिल्ला बाहेकमा निषेधाज्ञा जारी गरिएको छ । […]

कतार उड्यो नेपाली फुटबल टोली, उतैबाट कुवेत जाने

१२ जेठ, काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर/एसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली कतार प्रस्थान गरेको छ । २३ खेलाडी र १२ अफिसियलसहित ३५ जनाको टोली गएराति १० बजे कतार एअरवेजको विशेष उडानमार्फत प्रस्थान गरेको हो । नेपाली टोली मंगलबार कतारको दोहा पुग्ने र बुधबार त्यहाँबाट इराक प्रस्थान गर्ने एन्फाले जनाएको छ […]

बुद्धजन्मस्थलबारे पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भन्दै सच्याउन ध्यानाकर्षण गराएका छन् । उनले बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको र बुद्धवादको मुहान पनि त्यही भएको बताएका छन् । दुई हजार ५६५औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा […]

आज २५६५ औं बुद्ध जयन्ती, विशेष कार्यक्रम नहुने

१२ जेठ, काठमाडौं । आज विश्वभरका बौद्ध धर्मावलम्बीहरूले २५६५ औं बुद्ध जयन्ती मनाउँदै छन् । हरेक वर्ष वैशाख पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती यसवर्ष भने कोरोना भाइरस महामारीका कारण कुनैपनि विशेष कार्यक्रम विना नै मनाइँदैछ । भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत वैशाख पूर्णिमाकै दिन भएकोले बौद्धमार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा […]

संकटमा कांग्रेस महाधिवेशन : महामारी बन्यो बहाना

११ जेठ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको वैधानिकता जोगाउने हो भने २०७८ भदौभित्र महाधिवेशन गर्नैपर्छ । १४ औं महाधिवेशनको मिति भदौ ७–१० मा तोकिएको छ । तर अहिलेसम्म क्रियाशील सदस्यता टुंग्याउन सकस परेको छ । त्यसमाथि यही बेला कोरोना महामारीको दोस्रो लहर र मध्यावधि चुनावको घोषणाका कारण महाधिवेशन संकटमा पर्दै गएको देखिन्छ । कांग्रेसको विधानअनुसार […]

सरकारमा जाने दिनको पर्खाइमा जसपाको ठाकुर पक्ष 

११ जेठ, काठमाडौं । राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा जान तयार भएको छ । नेताहरूका अनुसार सरकारमा सहभागी हुन ठाकुर र महतो पक्ष सहमत भएका छन् । तर, आन्तरिक छलफल जारी रहेका कारण औपचारिकता पाउन केही दिन लाग्ने बताइएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई […]

उपत्यकामा एक साता थपियो निषेधाज्ञा, किराना पसल पनि खोल्न नपाइने

११ जेठ, काठमाडौं । उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल खोल्न पाइनेछ । […]

कृषि बजेट : किसानभन्दा कार्यकर्तामुखी

१२ जेठ, काठमाडौं । बजेट बन्ने सयममा सधैंजसो बहसमा नछुट्ने विषय हो कृषि क्षेत्र, तर चर्चा गरेजस्तो काम कहिल्यै हुँदैन । यो पटक चुनावी सरकारले ल्याउने बजेटमा के अपेक्षा गर्ने त ? कृषि विज्ञहरु जननिर्वाचित सरकारले समेत हेलाहोचो गरेको कृषि क्षेत्रलाई कामचलाउ सरकारले गतिला कार्यक्रम दिने अपेक्षा गर्न नसकिने बताउँछन् । कृषिविज्ञ मदन राई पञ्चायकालदेखि […]

अध्यादेशबाट बजेट : जनमतको उपहास

११ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशबाट ल्याउँदैछ । सोही कारण जनताका प्रतिनिधिसमक्ष सरकारले बजेट अगाडि प्रस्तुत गर्नुपर्ने कैयौं दस्तावेज अब औचित्यहीन भएका छन् । सामान्य अवस्थामा आगामी आर्थिक वर्षको बजेटको तयारीका बारेमा प्रतिनिधिसभाको अर्थ समितिमा छलफल हुन्थ्यो । समितिले छलफलमा आएका सुझाव सरकारलाई दिन्थ्यो । ती सुझाव समेटेर सरकारले विनियोजन […]

ओलीले एमाले तहसनहस गर्ने अभियान पूरा गरे : माधव नेपाल

११ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूसहित ११ नेतालाई नेकपा एमालेबाट निष्कासन गर्ने निर्णय अर्थहीन भएको टिप्पणी गरेका छन् । आफूहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई तहसनहस गर्ने अभियान पूरा मात्र गरेको उनले बताए । एमाले अध्यक्ष ओली पक्षको स्थायी कमिटीले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ […]

बाँकेको कोभिड अस्पतालमा खाली हुन थाले बेड

११ जेठ, काठमाडौं । बाँकेका अस्पतालमा कोभिड–१९ संक्रमितको चाप घट्दै गएको छ । चाप घटेसँगै अस्पतालमा कोरोना संक्रमितलाई उपचारका लागि राखिने बेड खाली हुन थालेको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै अस्पतालका बेडहरु भरिभराउ भएका थिए । तर सोमबारदेखि भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, वेस्टर्न अस्पतालमा (सर्जिकल बेड) र युनाइटेड अस्पतालमा कोभिडका बेड खाली […]

धनगढीमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध मसाल जुलुस

११ जेठ, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल कैलालीले धनगढीमा राँके जुलुससहित प्रधानमन्त्री र राष्ट्रपतिको सेटिङमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रदर्शन गरेको जनाएको छ । तरुण दलका जिल्ला अध्यक्ष दीपेन्द्र बमले संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको […]

कोभिड-१९ निर्देशक समितिको पहिलो बैठक : प्राथमिकतामा खोप

११ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपको आयात पहिलो प्राथमिकता भएको बताएका छन् । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशअनुसार बनेको कोभिड–१९ निर्देशक समितिको पहिलो बैठकमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली कुनै अलमल नगरी खोप ल्याउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल भन्छन्, ‘प्रधानमन्त्रीज्यूले खोप पहिलो प्राथमिकता हो भन्नुभएको छ ।’ […]

बाँकेमा एकै दिन १४ संक्रमितको मृत्यु, थप ५५९ जनामा संक्रमण

११ जेठ, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेका ५ र बाहिरी जिल्लाका ९ जना गरी जम्मा १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६ महिला र ८ पुरुष छन् । योसँगै कोरोना संक्रमणबाट दोस्रो लहरमा बाँके जिल्लामा मात्रै […]



from समाचार – Online Khabar https://ift.tt/34eJuUu
via IFTTT
Powered by Blogger.