समाचार
१२ जेठ, काठमाडौं । बजेट बन्ने सयममा सधैंजसो बहसमा नछुट्ने विषय हो कृषि क्षेत्र, तर चर्चा गरेजस्तो काम कहिल्यै हुँदैन । यो पटक चुनावी सरकारले ल्याउने बजेटमा के अपेक्षा गर्ने त ? कृषि विज्ञहरु जननिर्वाचित सरकारले समेत हेलाहोचो गरेको कृषि क्षेत्रलाई कामचलाउ सरकारले गतिला कार्यक्रम दिने अपेक्षा गर्न नसकिने बताउँछन् । कृषिविज्ञ मदन राई पञ्चायकालदेखि […]
११ जेठ, काठमाडौं । बाँकेका अस्पतालमा कोभिड–१९ संक्रमितको चाप घट्दै गएको छ । चाप घटेसँगै अस्पतालमा कोरोना संक्रमितलाई उपचारका लागि राखिने बेड खाली हुन थालेको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै अस्पतालका बेडहरु भरिभराउ भएका थिए । तर सोमबारदेखि भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, वेस्टर्न अस्पतालमा (सर्जिकल बेड) र युनाइटेड अस्पतालमा कोभिडका बेड खाली […]
११ जेठ, काठमाडौं । राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा जान तयार भएको छ । नेताहरूका अनुसार सरकारमा सहभागी हुन ठाकुर र महतो पक्ष सहमत भएका छन् । तर, आन्तरिक छलफल जारी रहेका कारण औपचारिकता पाउन केही दिन लाग्ने बताइएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई […]
११ जेठ, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल कैलालीले धनगढीमा राँके जुलुससहित प्रधानमन्त्री र राष्ट्रपतिको सेटिङमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रदर्शन गरेको जनाएको छ । तरुण दलका जिल्ला अध्यक्ष दीपेन्द्र बमले संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको […]
११ जेठ, काठमाडौं । उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल खोल्न पाइनेछ । […]
११ जेठ, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेका ५ र बाहिरी जिल्लाका ९ जना गरी जम्मा १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६ महिला र ८ पुरुष छन् । योसँगै कोरोना संक्रमणबाट दोस्रो लहरमा बाँके जिल्लामा मात्रै […]
११ जेठ, काठमाडौं । प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटको समाचार लेख्ने सञ्चारमाध्यमका सम्पादकलाई सर्वोच्च अदालतले स्रोत खुलाउन र माफी माग्न आग्रह गरेको छ । मंगलबार दिउँसो समाचारको विषयमा छलफल गर्न बोलाएर सर्वोच्च अदालतका रजिस्ट्रार नारायण पन्थीले स्रोत पुष्टि गर्न र माफी माग्न आग्रह गरेकाे इमेज च्यानलका सम्पादक राजन कुइँकेलले बताए । ‘समाचारको स्रोत आधार प्रमाणसहित पेश […]
११ जेठ, काठमाडौं । नीला रंगका अक्सिजन सिलिण्डरमा वनमन्त्री प्रेम बहादुर आलेको फोटो टाँसेको तस्वीर अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ । सोमबार हेलिकप्टर मार्फत गृह जिल्ला डोटी पुगेर मन्त्री आलेले जिल्ला अस्पताललाई हस्तान्तरण गरेका अक्सिजन सिलिन्डरमा ‘नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको स्टिकर टाँसिएको छ […]
११ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले जेठ ९ गते सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रघाती रहेको दावी गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा उक्त अध्यादेश खारेज गर्न माग गरिएको छ । राष्ट्रिय जनमोर्चाले अध्यादेशको दफा ३ को उपदफा ४ र ५ मा रहेको व्यवस्था राष्ट्रघाती भएको बताएको छ । दफा ३ को उपदफा […]
११ जेठ, काठमाडौं । संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ । पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् । यसअघि नेविसंघसले मध्यबानेश्वरमा संसद विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको थियो भने […]
११ जेठ, काठमाडौं । स्वास्थ्य कार्यालय ललितपुरले कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन छुटेका अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई बुधबारदेखि खोप लगाउन सुरु गर्ने भएको छ । जिल्ला खोप समन्वय समिति ललितपुरको मंगलबार बसेको बैठकले फागुन २३ गते अगाडि पहिलो प्राथमिकतामा परी खोप लगाएका तर दोस्रो डोज लगाउन छुट भएकालाई खोप […]
११ जेठ, काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको ग्लोबल आईएमई बैंकले मृतक कर्मचारीको परिवारलाई क्षतिपूर्ति रकम तिर्नुपर्ने भएको छ । योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रममा सहभागी नभएको बैंकका एक कर्मचारीको मृत्यु भएपछि उनको परिवारले दिएको मगदावीका आधारमा बैंकले डेढ करोड क्षतिपूर्ति तिर्नुपर्ने भएको हो । सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार २०७७ फागुनमा […]
११ जेठ, वीरगञ्ज । रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चित बनेका बारा जीतपुरका आदर्श मिश्राले दुई दिन अघि आफ्नो युट्युब च्यानलमा एउटा भिडियो राखे । जसमा नारायणी अस्पतालमा कोरोना संक्रमितको डायलाइसिसमा समस्या आएको उल्लेख गरेका थिए । ‘दुःखका साथ भन्नु परिरहेको छ, नारायणीमा किड्नी पेसेन्टको डायलाइसिस नहुने भएको छ । अस्पतालमा कोभिड संक्रमितका लागि छुट्याइएको दुईवटै […]
११ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूसहित ११ नेतालाई नेकपा एमालेबाट निष्कासन गर्ने निर्णय अर्थहीन भएको टिप्पणी गरेका छन् । आफूहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई तहसनहस गर्ने अभियान पूरा मात्र गरेको उनले बताए । एमाले अध्यक्ष ओली पक्षको स्थायी कमिटीले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ […]
११ जेठ, धनगढी । मंगलबार दुई पटकसम्म बैठक बस्न नसकेपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक तेस्रो पटक पुनः बोलाइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले बुधबार बिहान सवा ८ बजे बस्ने गरी बैठक बोलाएका हुन् । एमाले संसदीय दलको कार्यालयबाट प्रदेशसभा सदस्यहरुलाई एसएमएस मार्फत बैठकमा बोलाइएको एक जना प्रदेशसभा सदस्यले […]
११ जेठ, काठमाडौं । अदालतको फैसला नमानी संसद विघटन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा लिएर कानुन व्यवसायी सर्वोच्च अदालत पुगेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले गरेको प्रतिनिधि सभा पुनर्बहालीलाई जसरी पनि असफल गराउने बदनियत राखेको र विश्वासको मतमा पराजित भएपछि प्रतिशोध एवं वदनियतपूर्ण तरिकाले संसद विघटन […]
११ जेठ, काठमाडौं । काठमाडौंको बबरमहलमा नर्सहरुका लागि क्वारेन्टिन सेन्टर सञ्चालनमा ल्याइएको छ । व्यावसायिक नर्सहरुका लागि किंग्स कलेजले बबरमहलस्थित आफ्नो नयाँ भवनमा क्वारेन्टिन केन्द्र मंगलबारदेखि सञ्चालनमा ल्याएको हो । नेपाल मेडिकल एसोसिएसन र नर्सिङ्ग एसोसिएसन अफ नेपालको समन्वयमा क्वारेन्टिन सेन्टर सञ्चालनमा ल्याइएको कलेजले जनाएको छ । किंग्स क्लब र किंग्स कलेजले करुणा फाउन्डेसन नेपाल […]
११ जेठ, काठमाडौं । विपक्षी गठबन्धनले प्रतिनिधिसिभा विघटनको मुद्दाबारे रणनीति बनाउन छलफल सुरु गरेको छ । विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यले सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सो रिटमाथि हुने बहसमा कसरी प्रस्तुत हुने भन्ने बारेमा रणनीति बनाउन विपक्षी गठबन्धनले कानुन व्यवसायीसँग छलफल सुरु गरेको हो । सिंहदरबारस्थित नेपाली कांग्रेस […]
११ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपको आयात पहिलो प्राथमिकता भएको बताएका छन् । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशअनुसार बनेको कोभिड–१९ निर्देशक समितिको पहिलो बैठकमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली कुनै अलमल नगरी खोप ल्याउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल भन्छन्, ‘प्रधानमन्त्रीज्यूले खोप पहिलो प्राथमिकता हो भन्नुभएको छ ।’ […]
११ जेठ, काठमाडौं । आम नागरिकको स्वास्थ्य सुरक्षा, अर्थतन्त्र तथा समग्र सामाजिक प्रभावप्रति सम्वेदनशील भई मध्यावधि निर्वाचनको घोषणा अविलम्ब फिर्ता लिन नेपाल जनस्वास्थ्य संघले सरकारसँग माग गरेको छ । संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मध्यावधि निर्वाचनलाई रोक्नका लागि नागरिक समाज, बुद्धिजिवी तथा सम्पूर्ण सरोकारवालाहरु एकबद्ध हुन अपील गरेको छ । देश महामारीबाट गुज्रीरहेको यस […]
११ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा थप ४८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६०१ जनाको पीसीआर परीक्षण गर्दा २१५ जना र ७४१ जनाको एन्टिजेन परीक्षण गर्दा २६५ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा ३७७ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा हालसम्म कोरोना जित्नेको संख्या […]
from समाचार – Online Khabar https://ift.tt/3bQAmcE
via IFTTT






















