Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

वीरगञ्जको तरकारी बजारमा भिड, पालना हुँदैन स्वास्थ्य मापदण्ड

१८ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितको संख्या दिन दिनै बढी रहेको छ । अधिकांश संक्रमितमा लक्षण छ । अस्पतालमा गम्भिर प्रकृतिका संक्रमितमात्रै भर्ना गरिएको छ । अस्पतालका पुगेका संक्रमितलाई अक्सिजन अनिवार्य जस्तै भइसकेको छ । दिनदिनै संक्रमितको मृत्यु भएको खबर सार्वजनिक भईरहेका छन् । बिहीबार र शुक्रबार गरिएको परीक्षणमा क्रमशः १ सय १४ र […]

उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने सरकारी गाडीसहित १ हजार २३८ सवारी कारवाहीमा

१८ वैशाख, काठमाडौं । बिदाको दिनमा निस्किएका सरकारी गाडीसहित निषेधाज्ञा उल्लंघन गर्ने एक हजार २३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ । निषेधाज्ञामा कडाइ गर्ने नीति अनुसार शनिबार सडकमा निस्किएका सरकारी गाडीलाई होल्ड गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । प्रजिअ पराजुलीका अनुसार निषेधाज्ञाको समयमा समेत सडकमा सवारी साधनको चाप बढेपछि चेकचाँजमा […]

सरकारको अभिव्यक्तिबाट नागरिकमा मनोवैज्ञानिक भय सिर्जना : शान्ति समाज

१८ वैशाख, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले कोरोना संक्रमितका लागि अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने सरकारको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै शान्ति समाजले सरकारको यस्तो गैरजिम्मेवार र संवेदनहीन अभिव्यक्तिले त्रासमा रहेका नागरिकमा मनोवैज्ञानिक भय सिर्जना गरेको जनाएको छ । शान्ति समाजका तर्फका सभापति गोविन्द खनालले जारी गरेको […]

कैलालीका निजी अस्पतालसँग कोभिड वार्ड सन्चालनको सम्झौता

१८ वैशाख, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले दोश्रो चरणको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि भइरहेका प्रयासहरु विज्ञप्तिमार्फत् सार्वजनिक गरेको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा कैलाली जिल्लाको अवस्थाबारे उल्लेख गरिए पनि प्रदेशका अन्य जिल्लाहरुको अवस्थाबारे उल्लेख छैन । विज्ञप्तिमा लेखिएअनुसार कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालमा ४० बेडको कोभिड […]

सैनामैनाको कोभिड अस्पतालमा संक्रमितले गरे आत्महत्या

१८ वैशाख, बुटवल । रुपन्देहीका एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् । वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेकामा शनिबार […]

अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद : कांग्रेस

१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद भएको टिप्पणी गरेको छ । संकटको बेलामा सरकारले नागरिकलाई ढाडस दिनुपर्नेमा सरकार गैह्रजिम्मेवार बनेको कांग्रेसको आरोप छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको सार्वजनिक […]

कञ्चनपुरमा थप ३ जना संक्रमितको मृत्युु

१८ वैशाख, धनगढी । कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत दुई जना र होम आइसोलेसनमा बसिरहेका एक जनाको मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले एचडीयू युनिटमा उपचाररत भीमदत्त नगरपालिका १८ का ५२ वर्षीय पुरूष र भीमदत्त १४ का ४८ वर्षीय पुरूषको गएराति […]

नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना

१८ वैशाख, काठमाडौं । नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १६९ पुगेको छ । संयुक्त राष्ट्रसंघका नेपाली राजदूत अमृत बहादुर राई र डोमिनिकाका न्यूयोर्कस्थित स्थायी मिसनका लागि राजदूत लोरेन रुथ बनानिसबीच दुई देशको विचमा कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी एक समझदारी पत्रमा शुक्रबार हस्ताक्षर गरेका […]

कहाँ पुगे मोरङ छिरेका भनिएका रोहिंग्या ?

१८ वैशाख, विराटनगर । म्यानमारको सेनाबाट लखेटिएपछि बंगलादेशमा बस्दै आएका रोहिंग्या शरणार्थीको एउटा समूह झापा र मोरङ छिरेको छ । खुला सीमाको फाइदा उठाउँदै एजेन्ट मार्फत मोरङमा ६ र झापामा १०–१२ जनाको समूह छिरेको सुरक्षा सम्बद्ध अधिकारीहरु बताउँछन् । भारतबाट लुकिपिछी झापा र मोरङ छिरेकाहरुको प्रशासनले खोजी गरिरहेको छ । तर उनीहरु भेटिएका छैनन् । […]

ढुंगामा मूर्ति खोप्दा उडेको धूलो देखेर रमाउने मूर्तिकार 

१९ वैशाख, चितवन । एकनासले कराइरहने ग्राण्डर । बुङबुङ उडिरहेको धूलो । काम गरिरहँदा  चिरपरिचित मान्छेहरूले पनि ठम्याउन हम्मे पर्ने एक अनुहार । कहिले टन्टलापुर घामको उधुम गर्मी । कहिले हावाहुरी र पानी ! अनवरत रूपमा ढुंगामा मूर्ति बनाउने तपस्यामा जुटिरहने मूर्तिकार हुन्–लालकाजी लामा । जीवनका १२ वसन्त उनले ढुंगा, छिनो र ग्राण्डरसँगै विताए । […]

झण्डै १० प्रतिशत संक्रमित बालबालिका

१८ वैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर फैलिरहँदा यसको उच्च जोखिममा बालबालिका पनि पर्न गएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार वैशाख १ देखि १७ गतेसम्म ४०६९ जना बालबालिकामा संक्रमण देखिएको छ । यो तथ्यांक २० वर्ष मुनिका बालबालिकाको हो । जसमध्ये नौ वर्षसम्मका ९२५ जना र १० […]

भारतमा रहेका नेपालीलाई घर फर्कन समस्या हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

१८ वैशाख, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले भारतसँग जोडिएका २२ वटा नाका बन्द गरेपनि स्थलमार्गबाट घर फर्कन चाहने नेपालीलाई कुनै पनि समस्या नहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । २२ वटा नाका बन्द गर्ने सरकारको निर्णयले स्वदेश फर्किन समस्या हुने हो कि भनेर सामाजिक सन्जालमा चासो व्यक्त गरिएपछि परराष्ट्रमन्त्री ज्ञवालीले सबै नाका बन्द […]

प्रतिस्पर्धी दरमा बिजुली आयात सुरु, पहिलेको भन्दा ३७ पैसा सस्तो

१८ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद सुरु गरेको छ । प्राधिकरणले शनिबार राति १२ बजेबाट २०० देखि २५० मेगावाटसम्म विद्युत भारतीय ऊर्जा एक्सचेन्ज बजारमा खरिद गरी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात थालेको हो । योसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण […]

वीरगञ्जमा गरिएको परीक्षणमा १९३ जनामा संक्रमण पुष्टि

१८ वैशाख, काठमाडौं । वीरगञ्जमा गरिएको परीक्षणमा १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा शुक्रबार २ सय ८० जनाको परीक्षण गर्दा १ सय ९३ जनामा संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ । पुष्टि भएका संक्रमितमध्ये ५७ जना महिला छन् । पर्साका १ सय ५१, बाराका ३०, रौतहटका ४, […]

वीरगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु

१८ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेशनल मेडिकल कलेजले सञ्चालन गरेको कोरोना अस्पतालमा उपचारको क्रममा वीरगञ्ज छपकैया बस्ने ६७ वर्षीय पुरुषको आज बिहान पौने ६ बजे मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । कोरोना संक्रमण पुष्टि भई तीन दिनअघि भर्ना […]

रुपन्देही र नवलपरासीका दुई संक्रमितको मृत्यु

१८ वैशाख, बुटवल । रुपन्देही र नवलपरासी पश्चिमका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । नवलपरासीको रामग्राम नगरपालिका–१० की ४५ वर्षीया महिला र शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा शनिबार बिहान मृत्यु भएको हो । वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन […]

आइसोलेसनमा बसेर चितवनको सुरक्षा कमाण्ड सम्हाल्दैछन् अधिकारी

१८ वैशाख, चितवन । वैशाख १४ गते चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारी कोरोना संक्रमित भए । उनी प्रहरी कार्यालय भित्रकै क्वाटरमा वसेर जिल्लाको सुरक्षा कमाण्ड सम्हालिरहेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १७ गते शुक्रवारदेखि १५ दिने निषेधाज्ञा जारी गरेको छ । सो निषेधाज्ञाको कार्यान्वयन, संक्रमितहरुको व्यवस्थापन, समग्र सुरक्षाको कमाण्ड क्वाटरमा नै बसेर […]

आज अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै

१८ वैशाख, काठमाडौं । आज अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि मनाइँदै छ । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विगतमा हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गरे पनि यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण ठूला कार्यक्रम आयोजना गरिएको छैन । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमार्फत् राष्ट्रपति विद्यादेवी […]

संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको निधन

१८ वैशाख, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति एवम् राष्ट्रिय सभाका पूर्वसदस्य विदुर पौडेलको निधन भएको छ । उनको पशुपतिस्थित वैद्यखानामा आज विहान निधन भएको हो । उनको आजै विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । पूर्वीय दर्शनका जानकार पौडेल पहिलो राष्ट्रियसभाका सदस्यसमेत थिए । कुमारीगालमा बस्दै आएका पौडेललाई मस्तिष्कघात भएको थियो । सुरुमा उनलाई […]

किर्गिस्तान–ताजिकिस्तान सीमा क्षेत्रमा पानीको विषयमा झडप, ३१ जनाको मृत्यु

१८ वैशाख, काठमाडौं । किर्गिस्तान–ताजिकिस्तानको विवादित सीमा क्षेत्रमा भएको झडपमा ३१ जनाको मृत्यु भएको छ । १५० जना घाइते भएका छन् । पानीको विषयमा सुरु भएको विवादले हिंसाको रुप लिएको र सो क्षेत्रबाट दस हजार जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको बीबीसीले जनाएको छ । सुरुमा सीमा क्षेत्रमा रहेको पानीको एक स्रोत नजिक सेक्युरिटी क्यामरा जडान […]

केएल राहुलको ब्याटिङ र हरप्रितको अलराउण्ड प्रदर्शनमा पञ्जाबले बेंगलोरलाई हरायो

१८ वैशाख, काठमाडौं । पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ३४ रनले पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा कप्तान केएल राहुलको उत्कृष्ट ब्याटिङ र हरप्रित ब्रारको अलराण्ड प्रदर्शन मद्दतमा पञ्जाब किंग्स विजयी भएको हो । यस जितपछि पञ्जाब ७ खेलबाट ६ अंकसहित तालिकामा पाँचौ स्थानमा उक्लेको छ । हारले बेंगलोरको शीर्ष […]



from समाचार – Online Khabar https://ift.tt/2Rgpail
via IFTTT
Powered by Blogger.