समाचार
१८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको अभिव्यक्तिले नागरिकमा त्रास फैलाएको बताएका छन् । कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागी गम्भीर लापरबाही गरेको उनको भनाइ छ । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वऊर्जामन्त्री समेत रहेका नेता पुनले सरकारले नै लापरबाही गरेर भिड जम्मा गर्ने र पछि उपचार गर्न सक्दिन भनेर हात उठाउनु […]
१८ वैशाख, धनगढी । धनगढीमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा दुईजना र नोभा अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले कोभिड अस्पतालमा उपचाररत कैलालीको टीकापुर नगरपालिका–७ की ५० वर्षीया महिला र कञ्चनपुरको भीमदत्त […]
१८ वैशाख, जनकपुरधाम । सर्लाहीमा तीनजना सवार मोटरसाइकललाई बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । गोडैता नगरपालिका–५ रामवनस्थित गडहियाबाट हरकठवातर्फ जाँदै गरेको ना ४ ख १०८९ नम्बरको बसले अनटेस्ट मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट मोटरसाइकल चालक रौतहटको गढीमाई नगरपालिका–८ का २६ वर्षीय […]
१८ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीले कोरोना संक्रमितका उपचारका लागि बेड उपलब्ध गराउन नसक्ने सरकारको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै विवेकशील साझाले कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हर सम्भव उपाय लगाउनुपर्नेमा यसरी लत्तो छाड्नु गैरजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय भएको जनाएको छ । पार्टीका प्रवक्ता शरदराज […]
१८ वैशाख, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा आफ्नै श्रीमती र भाइ मिलेर हत्या गरेको प्रहरीले जनाएको छ । हंसपुर नगरपालिका वडा नम्बर ६ टिल्ही निवासी २५ वर्षीय शम्भु मण्डललाई उनकै श्रीमती र भाइ मिलेर हत्या गरेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र कुमार मिश्रले बताए । शम्भु एक महिना अगाडिमात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए । शनिबार बिहान […]
१८ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितको संख्या दिन दिनै बढी रहेको छ । अधिकांश संक्रमितमा लक्षण छ । अस्पतालमा गम्भिर प्रकृतिका संक्रमितमात्रै भर्ना गरिएको छ । अस्पतालका पुगेका संक्रमितलाई अक्सिजन अनिवार्य जस्तै भइसकेको छ । दिनदिनै संक्रमितको मृत्यु भएको खबर सार्वजनिक भईरहेका छन् । बिहीबार र शुक्रबार गरिएको परीक्षणमा क्रमशः १ सय १४ र […]
१८ वैशाख, काठमाडौं । बिदाको दिनमा निस्किएका सरकारी गाडीसहित निषेधाज्ञा उल्लंघन गर्ने एक हजार २३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ । निषेधाज्ञामा कडाइ गर्ने नीति अनुसार शनिबार सडकमा निस्किएका सरकारी गाडीलाई होल्ड गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । प्रजिअ पराजुलीका अनुसार निषेधाज्ञाको समयमा समेत सडकमा सवारी साधनको चाप बढेपछि चेकचाँजमा […]
१८ वैशाख, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले कोरोना संक्रमितका लागि अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने सरकारको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै शान्ति समाजले सरकारको यस्तो गैरजिम्मेवार र संवेदनहीन अभिव्यक्तिले त्रासमा रहेका नागरिकमा मनोवैज्ञानिक भय सिर्जना गरेको जनाएको छ । शान्ति समाजका तर्फका सभापति गोविन्द खनालले जारी गरेको […]
१८ वैशाख, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले दोश्रो चरणको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि भइरहेका प्रयासहरु विज्ञप्तिमार्फत् सार्वजनिक गरेको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा कैलाली जिल्लाको अवस्थाबारे उल्लेख गरिए पनि प्रदेशका अन्य जिल्लाहरुको अवस्थाबारे उल्लेख छैन । विज्ञप्तिमा लेखिएअनुसार कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालमा ४० बेडको कोभिड […]
सुइँय… सुइँय ! सिठी बज्यो, कडासँग । शे–फोक्सुण्डो ताल किनारबाट उकालिएको गोरेटो निकै अप्ठेरो छ । ढुङ्गा र बालुवासँगै भीर छ डरलाग्दो । तल छाँगाछुर भीर गएर हरियो दहमा जोडिएको छ । हामी असिनपसिन भएर माथि रोकिएका थियौं । त्यै बेला खच्चडको हुल आयो । कानै खाने गरी सिठी बजेपछि दक्षिणतिर हेरें । पिर्ती कराइरहेथे— […]
१८ वैशाख, बुटवल । रुपन्देहीका एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् । वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेकामा शनिबार […]
१८ वैशाख, काठमाडौं । देशका २३ भन्दा बढी जिल्ला कोरोनाको दोस्रो लहरको उच्च संक्रमणमा परिसकेका छन् । देश संघीयतामा गए पनि उपत्यका बाहिरका प्रायः जिल्लामा स्वास्थ्य उपचारको गतिलो प्रबन्ध अझै हुनसकेको छैन । स्वास्थ्य संकटका बेला आम नागरिकको आशाको केन्द्र आज पनि काठमाडौं उपत्यका नै हो । उपत्यका बाहिर सम्भव नभएको उपचारका लागि आज पनि […]
१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद भएको टिप्पणी गरेको छ । संकटको बेलामा सरकारले नागरिकलाई ढाडस दिनुपर्नेमा सरकार गैह्रजिम्मेवार बनेको कांग्रेसको आरोप छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको सार्वजनिक […]
१८ वैशाख, धनगढी । कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत दुई जना र होम आइसोलेसनमा बसिरहेका एक जनाको मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले एचडीयू युनिटमा उपचाररत भीमदत्त नगरपालिका १८ का ५२ वर्षीय पुरूष र भीमदत्त १४ का ४८ वर्षीय पुरूषको गएराति […]
१८ वैशाख, काठमाडौं । नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १६९ पुगेको छ । संयुक्त राष्ट्रसंघका नेपाली राजदूत अमृत बहादुर राई र डोमिनिकाका न्यूयोर्कस्थित स्थायी मिसनका लागि राजदूत लोरेन रुथ बनानिसबीच दुई देशको विचमा कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी एक समझदारी पत्रमा शुक्रबार हस्ताक्षर गरेका […]
१८ वैशाख, विराटनगर । म्यानमारको सेनाबाट लखेटिएपछि बंगलादेशमा बस्दै आएका रोहिंग्या शरणार्थीको एउटा समूह झापा र मोरङ छिरेको छ । खुला सीमाको फाइदा उठाउँदै एजेन्ट मार्फत मोरङमा ६ र झापामा १०–१२ जनाको समूह छिरेको सुरक्षा सम्बद्ध अधिकारीहरु बताउँछन् । भारतबाट लुकिपिछी झापा र मोरङ छिरेकाहरुको प्रशासनले खोजी गरिरहेको छ । तर उनीहरु भेटिएका छैनन् । […]
१९ वैशाख, चितवन । एकनासले कराइरहने ग्राण्डर । बुङबुङ उडिरहेको धूलो । काम गरिरहँदा चिरपरिचित मान्छेहरूले पनि ठम्याउन हम्मे पर्ने एक अनुहार । कहिले टन्टलापुर घामको उधुम गर्मी । कहिले हावाहुरी र पानी ! अनवरत रूपमा ढुंगामा मूर्ति बनाउने तपस्यामा जुटिरहने मूर्तिकार हुन्–लालकाजी लामा । जीवनका १२ वसन्त उनले ढुंगा, छिनो र ग्राण्डरसँगै विताए । […]
१८ वैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर फैलिरहँदा यसको उच्च जोखिममा बालबालिका पनि पर्न गएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार वैशाख १ देखि १७ गतेसम्म ४०६९ जना बालबालिकामा संक्रमण देखिएको छ । यो तथ्यांक २० वर्ष मुनिका बालबालिकाको हो । जसमध्ये नौ वर्षसम्मका ९२५ जना र १० […]
१८ वैशाख, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले भारतसँग जोडिएका २२ वटा नाका बन्द गरेपनि स्थलमार्गबाट घर फर्कन चाहने नेपालीलाई कुनै पनि समस्या नहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । २२ वटा नाका बन्द गर्ने सरकारको निर्णयले स्वदेश फर्किन समस्या हुने हो कि भनेर सामाजिक सन्जालमा चासो व्यक्त गरिएपछि परराष्ट्रमन्त्री ज्ञवालीले सबै नाका बन्द […]
१८ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद सुरु गरेको छ । प्राधिकरणले शनिबार राति १२ बजेबाट २०० देखि २५० मेगावाटसम्म विद्युत भारतीय ऊर्जा एक्सचेन्ज बजारमा खरिद गरी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात थालेको हो । योसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण […]
१८ वैशाख, काठमाडौं । वीरगञ्जमा गरिएको परीक्षणमा १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा शुक्रबार २ सय ८० जनाको परीक्षण गर्दा १ सय ९३ जनामा संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ । पुष्टि भएका संक्रमितमध्ये ५७ जना महिला छन् । पर्साका १ सय ५१, बाराका ३०, रौतहटका ४, […]
from समाचार – Online Khabar https://ift.tt/3aTs6rT
via IFTTT






















