समाचार
११ जेठ, विराटनगर । विराटनगरको सिंघिया खोलामा एक महिलाको शव फेला परेको छ । पुष्पलालचोक–विराटचोक सडकखण्डमा पर्ने निर्माणाधीन पुलको जग बनाउनका लागि खनिएको खाल्डोमा डुबेको अवस्थामा विराटनगर महानगरपालिका–३ की ४३ वर्षीय सुमित्रा खतिवडाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले पानीमा डुबेको अवस्थामा शव भेटिएपछि अनुसन्धान सुरू गरेको जानकारी दिए […]
११ जेठ, विराटनगर । झण्डै दुई लाख जनसंख्या रहेको मोरङको सुन्दरहरैंचा नगरपालिकामा ६३९ जना कोरोना संक्रमित छन् । तीमध्ये १५ जनाको मृत्यु भएको छ । महामारीसँग जुधिरहेको नगरपालिकालाई सुरक्षा सामग्री जोहो गर्न मुस्किल छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सामग्री पठाएको जानकारी पाएपछि नगर प्रमुख शिवप्रसाद ढकालले राहतको महसुस गरे । तर मंगलबार केन्द्र […]
११ जेठ, काठमाडौं । शर्मिला स्याङतानले ल्होत्से हिमालको सफल आरोहण गरेकी छिन् । ८ हजार ५१६ मिटर उचाई रहेको ल्होत्से विश्वको चौथो अग्लो हिमाल स्याङ्तानले मंगलबार बिहान आरोहण गरेकी हुन् । विश्वको ८ हजारभन्दा अग्लो उचाइ भएको १४ हिमाल चढ्ने लक्ष्य लिएकी शर्मिलाले सगरमाथा, मनास्लु र अन्नपूर्ण हिमाल आरोहण गरिसकेकी छिन् ।
११ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सदन नभएको बेला जेठ १५ गते बजेट ल्याउने कुरा असान्दर्भिक भएको बताएका छन् । सरकारले जेठ १५ गते अध्यादेशबाट बजेट ल्याउने तयारी गरिरहेका बेला पूर्वसभामुख समेत रहेका नेता पौडेलले प्रतिनिधिसभा विघटन भएको अवस्थामा जेठ १५ मै बजेट ल्याउन जरुरी नभएको बताए । मंगलबार […]
११ जेठ, काठमाडौं । नेपाली चलचित्रमा ड्रेसम्यानका रुपमा काम गर्छन् जीवन पोखरेल, ४० । उनी चलचित्र क्षेत्रमा काम गर्न थालेको २० वर्ष पुगिसकेको छ । दिनभर चलचित्रमा काम गरेर दुई छोरी, श्रीमती र बुबा पाल्नुपर्ने जिम्मेवारी छ उनको । तर, कोरोना महामारी सुरु भएसँगै उनको आम्दानी बन्द भयो । १४ महिना भयो जीवनले चलचित्रमा काम […]
११ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्त वित्तीय संस्थाहरुले लघुवित्त वित्तीय संस्थाहरुको सेयर किन्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन जारी गर्दै वाणिज्य बैंकहरु, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई लघुवित्तको सेयर किन्न बन्देज लगाएको हो । लघुवित्तको सेयर (१० जेठ, २०७७) सोमबारसम्म किनिसकेको भए आगामी पुस मसान्तभित्रै बिक्री गरिसक्न […]
११ जेठ, काठमाडौं । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएको छ । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते बिहीबारका लागि तोकिएको छ । त्यस्तै संवैधानिक इजलासमा सुनुवाइको […]
११ जेठ, काठमाडौं । संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ । पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् । यसअघि नेविसंघसले मध्यबानेश्वरमा संसद विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको थियो भने […]
११ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशबाट ल्याउँदैछ । सोही कारण जनताका प्रतिनिधिसमक्ष सरकारले बजेट अगाडि प्रस्तुत गर्नुपर्ने कैयौं दस्तावेज अब औचित्यहीन भएका छन् । सामान्य अवस्थामा आगामी आर्थिक वर्षको बजेटको तयारीका बारेमा प्रतिनिधिसभाको अर्थ समितिमा छलफल हुन्थ्यो । समितिले छलफलमा आएका सुझाव सरकारलाई दिन्थ्यो । ती सुझाव समेटेर सरकारले विनियोजन […]
११ जेठ, काठमाडौं । पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरु संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएको दाबी गरेका हुन् । ‘जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भयो, यो असंवैधानिक छ । जनताप्रति उत्तरदायी कदम होइन,’ छलफलमा सहभागी पूर्वसभामुख ओनसरी घर्ती मगरले जानकारी […]
११ वैशाख, काठमाडौं । सञ्चालनमा आएको तीन महीनामा ‘कर्पोरेट पे’मा निषेधाज्ञाका कारण थप आकर्षण बढेको पाइएको छ । ठूला बैंकिङ कारोबार अनलाइनबाटै गर्न सकिने ‘कर्पोरेट पे’मा निषेधाज्ञाले थप आकर्षण बढेको हो । गत माघमा मात्रै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसको शुरुआत गरेका थिए । पछिल्लो समय वालेट र कनेक्ट आईपीएसको प्रयोग बढे पनि […]
११ जेठ, काठमाडौं । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने करेक्शन देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ५० अंकले घटेर २ हजार ८ सय १६ दशमलव ५६ अंकमा झरेको छ । ‘क’ वर्गक कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५१ अंकले घटेर ५ सय ३ […]
११ जेठ, काठमाडौं । अदालतको फैसला नमानी संसद विघटन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा लिएर कानुन व्यवसायी सर्वोच्च अदालत पुगेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले गरेको प्रतिनिधि सभा पुनर्बहालीलाई जसरी पनि असफल गराउने बदनियत राखेको र विश्वासको मतमा पराजित भएपछि प्रतिशोध एवं वदनियतपूर्ण तरिकाले संसद विघटन […]
११ जेठ, वीरगञ्ज । वीरगञ्जको नारायणी वयोधा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट छातीको सफल शल्यक्रिया गरिएको छ । भारतको आसाम निवासी ३० वर्षीय पप्पु बोहराको दूरबिन प्रविधिबाट छातीको शल्यक्रिया गरी फोक्सोमा फसेको फलामको टुक्रा निकालिएको छ । वीरगञ्जकै एउटा कारखानामा कार्यरत बोहरा काम गर्ने क्रममा दुर्घटनामा परेका थिए । दुर्घटनामा फलामको एउटा टुक्रा बेगले उछिट्टिएर […]
११ जेठ, काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीबीच हालै भेट नभएको स्पष्टीकरण दिएको छ । मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको बताएका छन् । विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको […]
अमेरिकी विदेश मन्त्रालयको कोभिड–१९ विश्वव्यापी संयोजक गेल स्मिथले जब खोप वितरण गर्ने वासिङ्टनको योजनाका विषयमा बुधबार संवाददाताहरुसँग कुरा गरिन्, त्यसले एउटा प्रश्न उब्जायो । अमेरिकी राष्ट्रपति जो बाइडेनले अरु देशलाई वितरण गर्ने भनेको ८ करोड डोज खोपमध्ये केही भारत, ताइवान तथा भियतनाम जस्ता खोपको धेरै आवश्यकता परेका एसियाली मुलुकमा सिधै जान्छ कि कोभ्याक्स भ्याक्सिन शेयरिङ […]
११ जेठ, वीरगञ्ज । ‘नारायणी अस्पतालको कोभिड किचेनमा बिरामीहरुका लागि खाना पाक्ने गर्छ । रासन सप्लाई गर्ने जिम्मेवारी पाएका महानुभावले एक्कासी भोलिबाट रासन दिन्न भन्छन्, बक्यौता रकम रहेछ भने लेखाले क्लियर गर्छ भन्दा पनि सहयोग नगर्ने मनसाय भएकालाई के भन्ने ? सहयोगीहरुसँग एक पटक फेरि सहयोगको अपेक्षा छ । कोभिड विरुद्धको यो लडाइँ अवश्य जित्नेछौं […]
११ जेठ, काठमाडौं । बाल मन्दिरले सिफल र नक्सालमा राखेका ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल बाल संगठन अन्तर्गतका यी बाल मन्दिरमा आश्रित बालबालिकामा कोरोना संक्रमण देखिएको हो । ५ वर्ष माथिका बालबालिकाहरु केहीमा सामान्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले जानकारी दिइन् । […]
११ जेठ, ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिकाले कोभिडका बिरामीलाई अन्यत्र उपचारका लागि लैजानु परे निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाको केन्द्र तेल्लोकमा रहेको अस्थायी कोभिड अस्पतालमा बिरामीको उपचार हुन नसकि अन्य कोभिड अस्पतालमा लैजानु परेमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको हो । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका सम्बन्धमा सोमबार बसेको गाउँ […]
११ जेठ, वीरगञ्ज । पूर्वमन्त्री भीम रावलले सोमबार साँझ वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको संख्या ठूलो रहेको समाचार आयो भन्दै ट्वीटरमा लेखे । पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा रहेको र प्रशासन कार्यालयबाट दिइने अत्यावश्यकबाहेकका सेवा पनि बन्द रहेको अवस्थामा पूर्व गृहमन्त्रीसमेत रहेका रावलको टिप्पणीले धेरै मानिस अचम्ममा परे । सरकारले नेपाल […]
११ जेठ, काभ्रे । महाभारत गाउँपालिकाले गाउँमै उपचारको व्यवस्था मिलाउन ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालन गरेको छ । पहिला कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देख्दासमेत परीक्षण कहाँ गएर गर्ने भन्ने चिन्ताले सताइरहेको बेलामा गाउँमै सुविधासम्पन्न ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालनमा आएपछि मनोबल बढेको स्थानीयवासीले बताएका छन् । ‘कोभिड अस्पताल सञ्चालन पश्चात् आम नागरिकमा खुशीको माहोल सिर्जना भएको छ’, […]
from समाचार – Online Khabar https://ift.tt/3fLhOf8
via IFTTT






















