समाचार
११ जेठ, काठमाडौं । संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ । पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् । यसअघि नेविसंघसले मध्यबानेश्वरमा संसद विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको थियो भने […]
११ वैशाख, काठमाडौं । सञ्चालनमा आएको तीन महीनामा ‘कर्पोरेट पे’मा निषेधाज्ञाका कारण थप आकर्षण बढेको पाइएको छ । ठूला बैंकिङ कारोबार अनलाइनबाटै गर्न सकिने ‘कर्पोरेट पे’मा निषेधाज्ञाले थप आकर्षण बढेको हो । गत माघमा मात्रै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसको शुरुआत गरेका थिए । पछिल्लो समय वालेट र कनेक्ट आईपीएसको प्रयोग बढे पनि […]
११ जेठ, काठमाडौं । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने करेक्शन देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ५० अंकले घटेर २ हजार ८ सय १६ दशमलव ५६ अंकमा झरेको छ । ‘क’ वर्गक कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५१ अंकले घटेर ५ सय ३ […]
११ जेठ, काठमाडौं । संसद विघटनपछिको अवस्थाबारे विपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका हुन् । सिंहदरबारमा भएको छलफलको विषय खुलाइएको छैन । यद्यपि समसामयिक राजनीतिक अवस्था, संसद विघटनलगायतका विषयमा छलफल […]
११ जेठ, वीरगञ्ज । वीरगञ्जको नारायणी वयोधा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट छातीको सफल शल्यक्रिया गरिएको छ । भारतको आसाम निवासी ३० वर्षीय पप्पु बोहराको दूरबिन प्रविधिबाट छातीको शल्यक्रिया गरी फोक्सोमा फसेको फलामको टुक्रा निकालिएको छ । वीरगञ्जकै एउटा कारखानामा कार्यरत बोहरा काम गर्ने क्रममा दुर्घटनामा परेका थिए । दुर्घटनामा फलामको एउटा टुक्रा बेगले उछिट्टिएर […]
११ जेठ, काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीबीच हालै भेट नभएको स्पष्टीकरण दिएको छ । मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको बताएका छन् । विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको […]
अमेरिकी विदेश मन्त्रालयको कोभिड–१९ विश्वव्यापी संयोजक गेल स्मिथले जब खोप वितरण गर्ने वासिङ्टनको योजनाका विषयमा बुधबार संवाददाताहरुसँग कुरा गरिन्, त्यसले एउटा प्रश्न उब्जायो । अमेरिकी राष्ट्रपति जो बाइडेनले अरु देशलाई वितरण गर्ने भनेको ८ करोड डोज खोपमध्ये केही भारत, ताइवान तथा भियतनाम जस्ता खोपको धेरै आवश्यकता परेका एसियाली मुलुकमा सिधै जान्छ कि कोभ्याक्स भ्याक्सिन शेयरिङ […]
११ जेठ, वीरगञ्ज । ‘नारायणी अस्पतालको कोभिड किचेनमा बिरामीहरुका लागि खाना पाक्ने गर्छ । रासन सप्लाई गर्ने जिम्मेवारी पाएका महानुभावले एक्कासी भोलिबाट रासन दिन्न भन्छन्, बक्यौता रकम रहेछ भने लेखाले क्लियर गर्छ भन्दा पनि सहयोग नगर्ने मनसाय भएकालाई के भन्ने ? सहयोगीहरुसँग एक पटक फेरि सहयोगको अपेक्षा छ । कोभिड विरुद्धको यो लडाइँ अवश्य जित्नेछौं […]
११ जेठ, काठमाडौं । बाल मन्दिरले सिफल र नक्सालमा राखेका ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल बाल संगठन अन्तर्गतका यी बाल मन्दिरमा आश्रित बालबालिकामा कोरोना संक्रमण देखिएको हो । ५ वर्ष माथिका बालबालिकाहरु केहीमा सामान्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले जानकारी दिइन् । […]
११ जेठ, ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिकाले कोभिडका बिरामीलाई अन्यत्र उपचारका लागि लैजानु परे निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाको केन्द्र तेल्लोकमा रहेको अस्थायी कोभिड अस्पतालमा बिरामीको उपचार हुन नसकि अन्य कोभिड अस्पतालमा लैजानु परेमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको हो । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका सम्बन्धमा सोमबार बसेको गाउँ […]
११ जेठ, वीरगञ्ज । पूर्वमन्त्री भीम रावलले सोमबार साँझ वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको संख्या ठूलो रहेको समाचार आयो भन्दै ट्वीटरमा लेखे । पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा रहेको र प्रशासन कार्यालयबाट दिइने अत्यावश्यकबाहेकका सेवा पनि बन्द रहेको अवस्थामा पूर्व गृहमन्त्रीसमेत रहेका रावलको टिप्पणीले धेरै मानिस अचम्ममा परे । सरकारले नेपाल […]
११ जेठ, काभ्रे । महाभारत गाउँपालिकाले गाउँमै उपचारको व्यवस्था मिलाउन ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालन गरेको छ । पहिला कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देख्दासमेत परीक्षण कहाँ गएर गर्ने भन्ने चिन्ताले सताइरहेको बेलामा गाउँमै सुविधासम्पन्न ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालनमा आएपछि मनोबल बढेको स्थानीयवासीले बताएका छन् । ‘कोभिड अस्पताल सञ्चालन पश्चात् आम नागरिकमा खुशीको माहोल सिर्जना भएको छ’, […]
११ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूसहित ११ नेतालाई नेकपा एमालेबाट निष्कासन गर्ने निर्णय अर्थहीन भएको टिप्पणी गरेका छन् । आफूहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई तहसनहस गर्ने अभियान पूरा मात्र गरेको उनले बताए । एमाले अध्यक्ष ओली पक्षको स्थायी कमिटीले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ […]
११ जेठ, काठमाडौं । मालीको सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले नियन्त्रणमा लिएको छ । संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघका अनुसार सेनाले प्रधानमन्त्री मोक्तार औएने र राष्ट्रपति बाह नदालाई नियन्त्रणमा लिएको हो । मालीमा नौ महिनाअघि मात्र सेनाले कू गर्दै मुलुकका राष्ट्रपतिलाई पदबाट हटाएको थियो । सोमबार मालीको सरकार पुनर्गठन भएसँगै सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा […]
१२ जेठ, काठमाडौं । बजेट बन्ने सयममा सधैंजसो बहसमा नछुट्ने विषय हो कृषि क्षेत्र, तर चर्चा गरेजस्तो काम कहिल्यै हुँदैन । यो पटक चुनावी सरकारले ल्याउने बजेटमा के अपेक्षा गर्ने त ? कृषि विज्ञहरु जननिर्वाचित सरकारले समेत हेलाहोचो गरेको कृषि क्षेत्रलाई कामचलाउ सरकारले गतिला कार्यक्रम दिने अपेक्षा गर्न नसकिने बताउँछन् । कृषिविज्ञ मदन राई पञ्चायकालदेखि […]
११ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापनाको तयारी थालेको छ । एक साताको समय राखेर अक्सिजन प्लान्ट राख्न सरकारले टेण्डर आह्वान गरेसँगै अक्सिजन प्लान्ट राख्ने तयारी थालेको हो। कोभिड महामारीलाई मध्यनजर राख्दै सामाजिक विकास मन्त्रालयले सार्वजनिक खरिद अनुगमन मार्फत एक हप्ताको समय सीमा राखेर टेण्डर आह्वान गरेको छ […]
११ जेठ, काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौं फर्किएका छन् । यो सिजन २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका उनी २६ औं पटक चढ्ने योजना बीचमै छाडेर काठमाडौं आएका हुन् । उनी २४ वैशाखमा २५ औं पटक सगरमाथा चुचुरो पुगेका थिए । यस सिजनका लागि सगरमाथा चढ्न बाटो बनाउने आइसफल डाक्टरहरुको नेतृत्व उनले गरेका […]
११ जेठ, काठमाडौं । नेपाल र गाम्बियाबीच सोमबार कूटनीतिक सम्बन्ध स्थापना भएको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृतकुमार राई र न्यूयोर्कस्थित गाम्बियाका राजदूत ल्याङ याबुबीच कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । सोको जानकारी संयुक्त राष्ट्रसंघलाई पनि गराइएको छ । अफ्रिकी मुलुक गाम्बियाले सन् १९६५ मा संयुक्त राष्ट्रसंघको […]
११ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का १ लाख ९६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा गत अप्रिल १४ यता पहिलोपटक दैनिक नयाँ संक्रमितको संख्या २ लाखभन्दा कममा झरेको हो । पछिल्लो समय भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा निरन्तरको कमी देखिएको […]
११ जेठ, काठमाडौं । नेपाल तरुण दलले स्वास्थ्य मापदण्ड पालना गर्दै संसद विघटनविरुद्ध संयुक्त संघर्ष गर्न आफ्ना जिल्ला समितिहरुलाई निर्देशन दिएको छ । तरुण दलसँग सहकार्य गरेका वाइसीएल, समाजवादी युवा संघ, युवा संघ, अखिल नेपाल युवक संघ, विवेकशील साझा युवा संगठनसँग समन्वय र छलफल गरेर संघर्ष गर्न तरुण दलले निर्देशन दिएको हो । तरुण दलका […]
११ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा लिनका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ । त्रिवि उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले विज्ञप्ति जारी गर्दै रोकिएका परीक्षालाई वैकल्पिक विधिबाट लिन आग्रह गरेका छन् । मंगलबार विज्ञप्ति मार्फत उपकुलपति प्रा.डा.बास्कोटाले वैकल्पिक विधिबाट सुचारु भइरहेका कक्षालाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी भएका कक्षा सुचारु […]
from समाचार – Online Khabar https://ift.tt/3uhwGY4
via IFTTT






















