समाचार
११ जेठ, काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको ग्लोबल आईएमई बैंकले मृतक कर्मचारीको परिवार क्षतिपूर्ति रकम तिर्नुपर्ने भएको छ । योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रममा सहभागी नभएको बैंकका एक कर्मचारीको मृत्यु भएपछि उनको परिवारले दिएको मगदावीका आधारमा बैंकले डेढ करोड क्षतिपूर्ति तिर्नुपर्ने भएको हो । सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार २०७७ फागुनमा […]
११ जेठ, वीरगञ्ज । रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चित बनेका बारा जीतपुरका आदर्श मिश्राले दुई दिन अघि आफ्नो युट्युब च्यानलमा एउटा भिडियो राखे । जसमा नारायणी अस्पतालमा कोरोना संक्रमितको डायलाइसिसमा समस्या आएको उल्लेख गरेका थिए । ‘दुःखका साथ भन्नु परिरहेको छ, नारायणीमा किड्नी पेसेन्टको डायलाइसिस नहुने भएको छ । अस्पतालमा कोभिड संक्रमितका लागि छुट्याइएको दुईवटै […]
११ जेठ, धनगढी । मंगलबार दुई पटकसम्म बैठक बस्न नसकेपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक तेस्रो पटक पुनः बोलाइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले बुधबार बिहान सवा ८ बजे बस्ने गरी बैठक बोलाएका हुन् । एमाले संसदीय दलको कार्यालयबाट प्रदेशसभा सदस्यहरुलाई एसएमएस मार्फत बैठकमा बोलाइएको एक जना प्रदेशसभा सदस्यले […]
११ जेठ, काठमाडौं । काठमाडौंको बबरमहलमा नर्सहरुका लागि क्वारेन्टिन सेन्टर सञ्चालनमा ल्याइएको छ । व्यावसायिक नर्सहरुका लागि किंग्स कलेजले बबरमहलस्थित आफ्नो नयाँ भवनमा क्वारेन्टिन केन्द्र मंगलबारदेखि सञ्चालनमा ल्याएको हो । नेपाल मेडिकल एसोसिएसन र नर्सिङ्ग एसोसिएसन अफ नेपालको समन्वयमा क्वारेन्टिन सेन्टर सञ्चालनमा ल्याइएको कलेजले जनाएको छ । किंग्स क्लब र किंग्स कलेजले करुणा फाउन्डेसन नेपाल […]
११ जेठ, काठमाडौं । विपक्षी गठबन्धनले प्रतिनिधिसिभा विघटनको मुद्दाबारे रणनीति बनाउन छलफल सुरु गरेको छ । विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यले सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सो रिटमाथि हुने बहसमा कसरी प्रस्तुत हुने भन्ने बारेमा रणनीति बनाउन विपक्षी गठबन्धनले कानुन व्यवसायीसँग छलफल सुरु गरेको हो । सिंहदरबारस्थित नेपाली कांग्रेस […]
११ जेठ, काठमाडौं । आम नागरिकको स्वास्थ्य सुरक्षा, अर्थतन्त्र तथा समग्र सामाजिक प्रभावप्रति सम्वेदनशील भई मध्यावधि निर्वाचनको घोषणा अविलम्ब फिर्ता लिन नेपाल जनस्वास्थ्य संघले सरकारसँग माग गरेको छ । संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मध्यावधि निर्वाचनलाई रोक्नका लागि नागरिक समाज, बुद्धिजिवी तथा सम्पूर्ण सरोकारवालाहरु एकबद्ध हुन अपील गरेको छ । देश महामारीबाट गुज्रीरहेको यस […]
११ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा थप ४८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६०१ जनाको पीसीआर परीक्षण गर्दा २१५ जना र ७४१ जनाको एन्टिजेन परीक्षण गर्दा २६५ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा ३७७ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा हालसम्म कोरोना जित्नेको संख्या […]
११ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले संकटको घडीमा नागरिकसँग मनोमानी रुपमा शुल्क नलिन निजी अस्पतालसँग आग्रह गरेको छ । महानगरप्रमुख विजयकुमार सरावगीले मंगलबार विज्ञप्ति जारी गरी संकटको समयमा नागरिकसँग मनोमानी शुल्क नलिन निजी अस्पताललाई आग्रह गरेका हुन् । कानुन विपरीत शुल्क उठाएको पाइएमा त्यस्ता अस्पताललाई कारवाहीको दायरामा ल्याउने महानगर प्रमुखको दावी छ । कोरोना भाइरसका […]
११ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर, दार्चुला र बझाङका गरी ९ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार सबैभन्दा धेरै कैलालीका ५ जना, कञ्चनपुरका २ जना, दार्चुला र बझाङका १÷१ जना संक्रमितको मृत्यु भएको हो । […]
११ जेठ, काठमाडौं । सरकारले साहसिक तथा मनोरञ्जनात्मक खेलको पूर्वाधार निर्माणअघि वातावरणीय अध्ययन अनिवार्य गरेको छ । वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण नियमावली २०७७ मा संशोधन गर्दै साहसिक र मनोरञ्जनात्मक गतिविधि हुने पूर्वाधार निर्माणअघि वातावरणीय अध्ययन अनिवार्य गरेको हो । नियमावलीमा भएको संशोधन अनुसार अब ५ करोडसम्म लगानी हुने बञ्जी जम्पिङ, स्वीङ, क्यानोनिङ, स्काई […]
११ जेठ, काठमाडौं । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत थप १९ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक तथा प्रवक्ता डा.विनोद विन्दु शर्माका अनुसार मृतकमध्ये ८ जना कास्कीका, २/२ जना तनहुँ, स्याङजाका, १/१ जना रूपन्देही, लमजुङ, मुस्ताङ, गोरखा, नवलपरासी, बागलुङ र पर्वतका छन् । पोखरा महानगरपालिका-१३ कास्कीका ७३ वर्षीय […]
११ जेठ, काठमाडौं । सोमबार सेयर बजार उल्लासमय देखियो । सेयर कारोबार मापक नेप्से परिसूचक इतिहास रच्दै २८२३ दशमलव ०६ अंकमा पुग्यो भने सेयर कारोबार १३ अर्ब नाघ्यो । नेपाली सेयर बजारको इतिहासमा यी दुवै नयाँ कीर्तिमान हुन् । नेप्से परिसूचकले हालसम्मकै उच्च विन्दुमा पुगेर रेकर्ड बनाएको छ भने एकै दिन १३ अर्ब नाघेर सेयर […]
११ जेठ, काठमाडौं । प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटको समाचार लेख्ने सञ्चारमाध्यमका सम्पादकलाई सर्वोच्च अदालतले स्रोत खुलाउन र माफी माग्न आग्रह गरेको छ । मंगलबार दिउँसो समाचारको विषयमा छलफल गर्न बोलाएर सर्वोच्च अदालतका रजिस्ट्रार नारायण पन्थीले स्रोत पुष्टि गर्न र माफी माग्न आग्रह गरेकाे इमेज च्यानलका सम्पादक राजन कुइँकेलले बताए । ‘समाचारको स्रोत आधार प्रमाणसहित पेश […]
११ जेठ, सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकोप्रति सुर्खेतका पाँच राजनीतिक दलले आपत्ति जनाएका छन्। दलहरुले मंगलबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ओलीको कार्यशैली प्रति आपत्ति जनाएका हुन् । ‘जनताको कठोर आन्दोलन, बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधानमाथि आघात पुर्याएको छ, रातारात संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र […]
११ जेठ, धनगढी । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक स्थगित भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले समसामयिक विषयमा छलफल गर्न भनेर बोलाएको बैठक कोरम नपुगेपछि स्थगित भएको हो । शाह आफैंले माधवकुमार नेपाल समूहका प्रदेशसभा सदस्यहरुलाई टेलिफोन गरेर […]
११ जेठ, विराटनगर । विराटनगरको सिंघिया खोलामा एक महिलाको शव फेला परेको छ । पुष्पलालचोक–विराटचोक सडकखण्डमा पर्ने निर्माणाधीन पुलको जग बनाउनका लागि खनिएको खाल्डोमा डुबेको अवस्थामा विराटनगर महानगरपालिका–३ की ४३ वर्षीय सुमित्रा खतिवडाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले पानीमा डुबेको अवस्थामा शव भेटिएपछि अनुसन्धान सुरू गरेको जानकारी दिए […]
११ जेठ, काठमाडौं । निषेधाज्ञाको समयमा पनि आवतजावत नघटेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेका छन् । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सरकारी सवारी साधनलाई दिउँसो चल्न नदिने निर्णय गरेको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले अनलाइनखबरसँग […]
११ जेठ, विराटनगर । झण्डै दुई लाख जनसंख्या रहेको मोरङको सुन्दरहरैंचा नगरपालिकामा ६३९ जना कोरोना संक्रमित छन् । तीमध्ये १५ जनाको मृत्यु भएको छ । महामारीसँग जुधिरहेको नगरपालिकालाई सुरक्षा सामग्री जोहो गर्न मुस्किल छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सामग्री पठाएको जानकारी पाएपछि नगर प्रमुख शिवप्रसाद ढकालले राहतको महसुस गरे । तर मंगलबार केन्द्र […]
११ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८६३६ जनामा संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० एन्टिजेन टेष्ट गर्दा २४९ जना गरी ८६३६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको […]
११ जेठ, काठमाडौं । शर्मिला स्याङतानले ल्होत्से हिमालको सफल आरोहण गरेकी छिन् । ८ हजार ५१६ मिटर उचाई रहेको ल्होत्से विश्वको चौथो अग्लो हिमाल स्याङ्तानले मंगलबार बिहान आरोहण गरेकी हुन् । विश्वको ८ हजारभन्दा अग्लो उचाइ भएको १४ हिमाल चढ्ने लक्ष्य लिएकी शर्मिलाले सगरमाथा, मनास्लु र अन्नपूर्ण हिमाल आरोहण गरिसकेकी छिन् ।
११ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सदन नभएको बेला जेठ १५ गते बजेट ल्याउने कुरा असान्दर्भिक भएको बताएका छन् । सरकारले जेठ १५ गते अध्यादेशबाट बजेट ल्याउने तयारी गरिरहेका बेला पूर्वसभामुख समेत रहेका नेता पौडेलले प्रतिनिधिसभा विघटन भएको अवस्थामा जेठ १५ मै बजेट ल्याउन जरुरी नभएको बताए । मंगलबार […]
from समाचार – Online Khabar https://ift.tt/3bT5V5Q
via IFTTT






















