Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

साहसिक खेलको पूर्वाधार निर्माणअघि वातावरणीय अध्ययन अनिवार्य

११ जेठ, काठमाडौं । सरकारले साहसिक तथा मनोरञ्जनात्मक खेलको पूर्वाधार निर्माणअघि वातावरणीय अध्ययन अनिवार्य गरेको छ । वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण नियमावली २०७७ मा संशोधन गर्दै साहसिक र मनोरञ्जनात्मक गतिविधि हुने पूर्वाधार निर्माणअघि वातावरणीय अध्ययन अनिवार्य गरेको हो । नियमावलीमा भएको संशोधन अनुसार अब ५ करोडसम्म लगानी हुने बञ्जी जम्पिङ, स्वीङ, क्यानोनिङ, स्काई […]

गण्डकी प्रदेशमा थप १९ जना संक्रमितको मृत्‍यु

११ जेठ, काठमाडौं । गण्डकी प्रदेशका विभिन्‍न अस्पतालमा उपचाररत थप १९ जनाको मृत्‍यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक तथा प्रवक्ता डा.विनोद विन्दु शर्माका अनुसार मृतकमध्‍ये ८ जना कास्कीका, २/२ जना तनहुँ, स्याङजाका, १/१ जना रूपन्देही, लमजुङ, मुस्ताङ, गोरखा, नवलपरासी, बागलुङ र पर्वतका छन् । पोखरा महानगरपालिका-१३ कास्कीका ७३ वर्षीय […]

प्रधानन्यायाधीशबारे समाचार लेख्ने पत्रकारलाई माफी माग्न सर्वोच्चको दबाव

११ जेठ, काठमाडौं । प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटको समाचार लेख्ने सञ्चार माध्यमका सम्पादकलाई सर्वोच्च अदालतले स्रोत खुलाउन र माफी माग्न आग्रह गरेको छ । मंगलबार दिउँसो समाचारको विषयमा छलफल गर्न बोलाएर सर्वोच्च अदालतका रजिस्ट्रार नारायण पन्थीले स्रोत पुष्टि गर्न र माफी माग्न आग्रह गरेका इमेज च्यानलका सम्पादक राजन कुइँकेलले बताए । ‘समाचारको स्रोत आधार प्रमाणसहित […]

प्रतिनिधि सभा विघटनप्रति सुर्खेतका पाँच राजनीतिक दलको आपत्ति

११ जेठ, सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकोप्रति सुर्खेतका पाँच राजनीतिक दलले आपत्ति जनाएका छन्। दलहरुले मंगलबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ओलीको कार्यशैली प्रति आपत्ति जनाएका हुन् । ‘जनताको कठोर आन्दोलन, बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधानमाथि आघात पुर्‍याएको छ, रातारात संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र […]

सुदूरपश्चिम : एमाले संसदीय दलमा कोरम नै पुगेन

११ जेठ, धनगढी । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक स्थगित भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले समसामयिक विषयमा छलफल गर्न भनेर बोलाएको बैठक कोरम नपुगेपछि स्थगित भएको हो । शाह आफैंले माधवकुमार नेपाल समूहका प्रदेशसभा सदस्यहरुलाई टेलिफोन गरेर […]

विराटनगरको सिंघिया खोलामा महिलाको शव फेला

११ जेठ, विराटनगर  । विराटनगरको सिंघिया खोलामा एक महिलाको शव फेला परेको छ । पुष्पलालचोक–विराटचोक सडकखण्डमा पर्ने निर्माणाधीन पुलको जग बनाउनका लागि खनिएको  खाल्डोमा डुबेको अवस्थामा विराटनगर महानगरपालिका–३ की ४३ वर्षीय सुमित्रा खतिवडाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले पानीमा डुबेको अवस्थामा शव भेटिएपछि अनुसन्धान सुरू गरेको जानकारी दिए […]

सरकारी कार्यालयका गाडी दिउँसो चल्न नपाउने

११ जेठ, काठमाडौं । निषेधाज्ञाको समयमा पनि आवतजावत नघटेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेका छन् । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सरकारी सवारी साधनलाई दिउँसो चल्न नदिने निर्णय गरेको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले अनलाइनखबरसँग […]

महामारीमा सुन्दरहरैंचालाई केन्द्रको सहयोग : एउटा अक्सिमिटर, १० वटा पीपीई !

११ जेठ, विराटनगर । झण्डै दुई लाख जनसंख्या रहेको मोरङको सुन्दरहरैंचा नगरपालिकामा ६३९ जना कोरोना संक्रमित छन् । तीमध्ये १५ जनाको मृत्यु भएको छ । महामारीसँग जुधिरहेको नगरपालिकालाई सुरक्षा सामग्री जोहो गर्न मुस्किल छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सामग्री पठाएको जानकारी पाएपछि नगर प्रमुख शिवप्रसाद ढकालले राहतको महसुस गरे । तर मंगलबार केन्द्र […]

कोभिड-१९ : १६९ जनाको मृत्यु, ८६३६ जनामा संक्रमण पुष्टि

११ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८६३६ जनामा संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० एन्टिजेन टेष्ट गर्दा २४९ जना गरी ८६३६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको […]

शर्मिला स्याङतानले गरिन् ल्होत्से हिमालको सफल आरोहण

११ जेठ, काठमाडौं । शर्मिला स्याङतानले ल्होत्से हिमालको सफल आरोहण गरेकी छिन् । ८ हजार ५१६ मिटर उचाई रहेको ल्होत्से विश्वको चौथो अग्लो हिमाल स्याङ्तानले मंगलबार बिहान आरोहण गरेकी हुन् । विश्वको ८ हजारभन्दा अग्लो उचाइ भएको १४ हिमाल चढ्ने लक्ष्य लिएकी शर्मिलाले सगरमाथा, मनास्लु र अन्‍नपूर्ण हिमाल आरोहण गरिसकेकी छिन् ।

जेठ १५ मा बजेट असान्दर्भिक भइसक्यो : कांग्रेस नेता पौडेल

११ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सदन नभएको बेला जेठ १५ गते बजेट ल्याउने कुरा असान्दर्भिक भएको बताएका छन् । सरकारले जेठ १५ गते अध्यादेशबाट बजेट ल्याउने तयारी गरिरहेका बेला पूर्वसभामुख समेत रहेका नेता पौडेलले प्रतिनिधिसभा विघटन भएको अवस्थामा जेठ १५ मै बजेट ल्याउन जरुरी नभएको बताए । मंगलबार […]

संकटमा चलचित्र प्राविधिक : रोगको भन्दा भोकको चिन्ता

११ जेठ, काठमाडौं । नेपाली चलचित्रमा ड्रेसम्यानका रुपमा काम गर्छन् जीवन पोखरेल, ४० । उनी चलचित्र क्षेत्रमा काम गर्न थालेको २० वर्ष पुगिसकेको छ । दिनभर चलचित्रमा काम गरेर दुई छोरी, श्रीमती र बुबा पाल्नुपर्ने जिम्मेवारी छ उनको । तर, कोरोना महामारी सुरु भएसँगै उनको आम्दानी बन्द भयो । १४ महिना भयो जीवनले चलचित्रमा काम […]

लघुवित्तको सेयर किन्न बैंकहरुलाई बन्देज

११ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्त वित्तीय संस्थाहरुको सेयर किन्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन जारी गर्दै वाणिज्य बैंकहरु, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई लघुवित्तको सेयर किन्न बन्देज लगाएको हो । लघुवित्तको सेयर (१० जेठ, २०७७) सोमबारसम्म किनिसकेको भए आगामी पुस मसान्तभित्रै बिक्री गरिसक्न समेत निर्देशन दिएको […]

संसद विघटनविरुद्धको रिटमा जेठ १३ र १४ गते पेशी तोकियो

११ जेठ, काठमाडौं । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएको छ । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते बिहीबारका लागि तोकिएको छ । त्यस्तै संवैधानिक इजलासमा सुनुवाइको […]

संसद विघटनको विरोधमा नेविसंघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलायो

११ जेठ, काठमाडौं । संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ । पुतलीसडकको शंकरदेव क्‍याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् । यसअघि नेविसंघसले मध्यबानेश्वरमा संसद विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको थियो भने […]

अध्यादेशबाट बजेट : जनमतको उपहास

११ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशबाट ल्याउँदैछ । सोही कारण जनताका प्रतिनिधिसमक्ष सरकारले बजेट अगाडि प्रस्तुत गर्नुपर्ने कैयौं दस्तावेज अब औचित्यहीन भएका छन् । सामान्य अवस्थामा आगामी आर्थिक वर्षको बजेटको तयारीका बारेमा प्रतिनिधिसभाको अर्थ समितिमा छलफल हुन्थ्यो । समितिले छलफलमा आएका सुझाव सरकारलाई दिन्थ्यो । ती सुझाव समेटेर सरकारले विनियोजन […]

पूर्वसभामुखहरुको राय : प्रतिनिधिसभा विघटन असंवैधानिक

११ जेठ, काठमाडौं । पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरु संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएको दाबी गरेका हुन् । ‘जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भयो, यो असंवैधानिक छ । जनताप्रति उत्तरदायी कदम होइन,’ छलफलमा सहभागी पूर्वसभामुख ओनसरी घर्ती मगरले जानकारी […]

निषेधाज्ञाले बढायो ‘कर्पोरेट पे’ को लोकप्रियता

११ वैशाख, काठमाडौं । सञ्चालनमा आएको तीन महीनामा ‘कर्पोरेट पे’मा निषेधाज्ञाका कारण थप आकर्षण बढेको पाइएको छ । ठूला बैंकिङ कारोबार अनलाइनबाटै गर्न सकिने ‘कर्पोरेट पे’मा निषेधाज्ञाले थप आकर्षण बढेको हो । गत माघमा मात्रै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसको शुरुआत गरेका थिए । पछिल्लो समय वालेट र कनेक्ट आईपीएसको प्रयोग बढे पनि […]

सेयर बजारमा ६ अंकको ‘करेक्शन’, कारोबार रकम ११ अर्ब माथि

११ जेठ, काठमाडौं । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने करेक्शन देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ५० अंकले घटेर २ हजार ८ सय १६ दशमलव ५६ अंकमा झरेको छ । ‘क’ वर्गक कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५१ अंकले घटेर ५ सय ३ […]

प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा लिएर कानुन व्यवसायी सर्वोच्चमा

११ जेठ, काठमाडौं । अदालतको फैसला नमानी संसद विघटन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा लिएर कानुन व्यवसायी सर्वोच्च अदालत पुगेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले गरेको प्रतिनिधि सभा पुनर्बहालीलाई जसरी पनि असफल गराउने बदनियत राखेको र विश्वासको मतमा पराजित भएपछि प्रतिशोध एवं वदनियतपूर्ण तरिकाले संसद विघटन […]

नारायणी वयोधा अस्पतालमा पहिलो पटक भ्याट्स विधिबाट छातीको शल्यक्रिया

११ जेठ, वीरगञ्ज । वीरगञ्जको नारायणी वयोधा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट छातीको सफल शल्यक्रिया गरिएको छ । भारतको आसाम निवासी ३० वर्षीय पप्पु बोहराको दूरबिन प्रविधिबाट छातीको शल्यक्रिया गरी फोक्सोमा फसेको फलामको टुक्रा निकालिएको छ । वीरगञ्जकै एउटा कारखानामा कार्यरत बोहरा काम गर्ने क्रममा दुर्घटनामा परेका थिए । दुर्घटनामा फलामको एउटा टुक्रा बेगले उछिट्टिएर […]



from समाचार – Online Khabar https://ift.tt/3yFCSMH
via IFTTT
Powered by Blogger.