समाचार
२७ वैशाख, रौतहट । रौतहटमा पाँच दिनको अन्तरालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिका-३ का ५० वर्षीय पुरुषको मृत्यु भएको पाँच दिनपछि उनकी ५६ वर्षीया भाउजुको कोरोना संक्रमणबाट मृत्यु भएको हो । थप उपचारका लागि अस्पताल लैजाने क्रममा महिलाको सोमबार बाटोमै मृत्यु भएको हो । उनी […]
२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्दा जनता समाजवादी पार्टीका दुई अध्यक्षले फरक फरक धारणा राखेका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले तटस्थ रहने बताए भने अर्का अध्यक्ष उपेन्द्र यादवले विपक्षमा मत दिने बताए । प्रधानमन्त्रीले विश्वासको मत मागेपछि संसदमा रहेका दलको तर्फबाट एक […]
२७ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली अहिले मधेशीलाई फकाउन लागेको बताएका छन् । विगतका राजनीतिक घटनाक्रम सम्झदै यादवले ओली मधेश र मधेशी जनता विरोधी भएको आरोप लगाए । ‘अहिले अलिअलि मधेशीलाई फकाउन खोज्दै हुनुहुन्छ’, यादवले आफ्नै पार्टी जसपाका महन्थ ठाकुर–राजेन्द्र महतोप्रति संकेत गर्दै भने । यादवले […]
२७ वैशाख, काठमाडौँ । गण्डकी प्रदेशमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मर्स्याङदी गाउँपालिका-६का ६५ वर्षीय कोरोना संक्रमित पुरूषको पोखरा ल्याउने क्रममा दिउँसो ४:१० बजे मृत्यु भएको छ । उनलाई वैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि कास्की र स्याङ्जाका २/२ तथा म्याग्दी, रुपन्देही, पर्वत र तनुहँका एक/एक जना संक्रमितको उपचारका […]
२७ वैशाख, बुटवल । बाँकेमा जारी निषेधाज्ञा आदेशलाई थप एक हप्ताका लागि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै बैशाख १३ गतेबाट बाँकेका लागु गरिएको निषेधाज्ञा जेठ ३ गते राती १२ बजेसम्म बढाइएको जानकारी गराएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको आदेशमा यस अघिकै मापदण्ड तोकिएको छ […]
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि धारणा राख्दै देउवाले प्रधानमन्त्रीको प्रस्ताव पारित नहुने बताए । उनले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अघि बढाउन आह्वान गरेका छन् । […]
२७ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतको पक्ष र विपक्ष कतैपनि नलाग्ने बताएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ठाकुरले आफ्नो माग पूरा नभएकाले तटस्थ बस्ने निर्णय लिने बताए । ‘प्रस्तावको पक्षमा पनि छैन र विपक्षमा पनि छैन । किनभने हामी राजनीतिक रुपमा पीडित छौं । हाम्रो सांसद […]
२७ वैशाख, काठमाडौँ । निर्वाचन आयोगले लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले दाङ जिल्ला अदालतका जिल्ला न्यायाधीश रीतेन्द्र थापालाई निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा थापालाई नियुक्त गरिएको आयोगका […]
२७ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्की र स्याङ्जाका २/२ तथा म्याग्दी, रुपन्देही, पर्वत र तनुहँका एक/एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । पोखरा महानगरपालिका–७ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार दिउँसो २:२० बजे मणिपाल शिक्षण अस्पताल पोखरामा […]
२७ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट तीनजना महिलाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरी तीनजना महिलाको मृत्यु भएको हो । कोहलपुर नगरपालिका–१ की ७० वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–४ की ३५ वर्षीया महिलाको भेरी […]
२७ वैशाख, काभ्रे । कोरोना संक्रमणबाट सोमबार मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेशनमै मृत्यु भएको छ । होम आइसोलेशनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन्। अन्य तीनको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्लास्थित कोभिड-१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको छ । केन्द्रका अनुसार होम आइसोलेनमा मृत्यु हुनेमा धुलिखेल […]
२७ वैशाख, काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टर कोभिड-१९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ सङ्क्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको हो । सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले सङ्क्रमितको उपचारका लागि अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गरिएको बताए । यसअघि गत वर्ष पनि सङ्क्रमणको महामारी चलेका बेला ट्रमा सेन्टरले […]
२७ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालहरुमा अक्सिजन वितरणको व्यवस्थापन कोभिड–१९ संकट सञ्चालन व्यवस्थापन केन्द्र (सीसीएमसी) मार्फत मिलाउन अनुरोध गरेको छ । स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले सोमबार एक सूचना जारी गर्दै आवश्यकतामा आधारित भएर सीसीएमसीमार्फत अस्पतालहरुमा अक्सिजन वितरणको व्यवस्था मिलाउन अनुरोध गरेका छन् । अस्पतालहरुलाई अक्सिजन वितरण गर्दा […]
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणको भयावह अवस्था आउनुमा सरकार जिम्मेवार भएको बताएका छन् । विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले सरकारले समयमै काम नगर्दा महामारीको भयावह अवस्था आएको बताए । उनले अघि भने, ‘दुई साता अगाडि बढ्न थालेको अवस्थामा प्रधनमन्त्रीजी ठूलो […]
२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत मागेका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत नपाउनुपर्ने कारण नभएको तर्क दिँदै सांसदहरुसँग विश्वासको मत मागेका छन् । ‘माननीयज्यूहरुले हुन्न भन्ने पक्षमा त कसरी रेजा लगाउन, कसरी सही गर्न सक्नुहुन्छ ? सभामुख महोदय’, प्रधानमन्त्री ओलीले प्रश्न गरे । असन्तुष्ट सांसदहरुले […]
२७ वैशाख, काठमाडौं । भक्तपुरको सूर्यविनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक भक्तपुर सूर्यविनायक नगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवाल छन् । आइतबार राति अरनिको राजमार्गमा जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको लु २ ख ४५८८ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको वागमती प्रदेश–०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा […]
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वर्षमा सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले सरकार गठन भएको तीन वर्षमा नै विश्वासको मत माग्ने अवस्था आउनुमा प्रधानमन्त्री स्वयं जिम्मेवार रहेको बताए । प्रधानमन्त्रीलई कार्यकारी प्रमुखको हैसियतले सम्पूर्ण […]
२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको पक्ष वा विपक्षमा मत दिन तीनवटा लविको व्यवस्था गरिएको छ । संसद सचिवालयका अनुसार विश्वासको मतको पक्षमा, विपक्षमा र कुनै पक्षमा पनि मत दिन्न भनी मत व्यक्त गर्न छुट्टाछुट्टै स्थलको व्यवस्था गरिएको छ । कोरोना भाइरस संक्रमित सांसदका लागि संसद भवन नयाँ वानेश्वरकै ल्होत्से […]
२७ वैशाख, काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित पुरूषको पेटको शल्यक्रिया गरिएको छ । कल्याणपुर, सिराहाका ४० वर्षीय पुरुषको सोमबार विहान २:३० बजे सानो आन्द्राको आकस्मिक शल्यक्रिया गरिएको हो । प्रतिष्ठानका जेनेरल सर्जरी विभागका डा. निर्मल प्रसाद शाहको नेतृत्वमा उनको आकस्मिक शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । यसअघि उनलाई पेट दुखेर जवरो, खोकी […]
२७ वैशाख, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरू संसदमा अनुपस्थित भएका छन् । सोमबार सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीले विश्वासको मत दिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको थियो । सोही अनुसार सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरु सहभागी भएनन् । नेपाल समूहका कति जना सांसद अनुपस्थित भएका छन् भन्ने […]
२७ वैशाख, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका वैशाख २८ गते मंगलबार बन्द हुने भएको छ । वडा नं ४ का वडाध्यक्ष बुद्धिबहादुर तामाङको शनिबार साँझ नेपाल मेडिकल कलेज अत्तरखेलमा कोरोना सङ्क्रमणका कारण ४४ वर्षका उमेरमा निधन भएसँगै आइतबार बसेको नगरपालिकाको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै मंगलबार नगरपालिका र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको […]
from समाचार – Online Khabar https://ift.tt/3f5HMtF
via IFTTT




















