Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका निर्वाचन अधिकृत नियुक्त

२७ वैशाख, काठमाडौँ । निर्वाचन आयोगले लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले दाङ जिल्ला अदालतका जिल्ला न्यायाधीश रीतेन्द्र थापालाई निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा थापालाई नियुक्त गरिएको आयोगका […]

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

२७ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्की र स्याङ्जाका २/२ तथा म्याग्दी, रुपन्देही, पर्वत र तनुहँका एक/एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । पोखरा महानगरपालिका–७ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार दिउँसो २:२० बजे मणिपाल शिक्षण अस्पताल पोखरामा […]

बाँकेमा कोरोना संक्रमणबाट तीनजना महिलाको मृत्यु

२७ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट तीनजना महिलाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरी तीनजना महिलाको मृत्यु भएको हो । कोहलपुर नगरपालिका–१ की ७० वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–४ की ३५ वर्षीया महिलाको भेरी […]

होम आइसोलेशनमा एकै वडाका दुई संक्रमित पुरूषको मृत्यु

२७ वैशाख, काभ्रे । कोरोना संक्रमणबाट सोमबार मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेशनमै मृत्यु भएको छ । होम आइसोलेशनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन्। अन्य तीनको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्लास्थित कोभिड-१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको छ । केन्द्रका अनुसार होम आइसोलेनमा मृत्यु हुनेमा धुलिखेल […]

राष्ट्रिय ट्रमा सेन्टर कोभिड-१९ डेडिकेटेड अस्पताल

२७ वैशाख, काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टर कोभिड-१९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ सङ्क्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको हो । सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले सङ्क्रमितको उपचारका लागि अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गरिएको बताए । यसअघि गत वर्ष पनि सङ्क्रमणको महामारी चलेका बेला ट्रमा सेन्टरले […]

अस्पतालमा अक्सिजनको व्यवस्थापन सीसीएमसीमार्फत गर्न निर्देशन

२७ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालहरुमा अक्सिजन वितरणको व्यवस्थापन कोभिड–१९ संकट सञ्चालन व्यवस्थापन केन्द्र (सीसीएमसी) मार्फत मिलाउन अनुरोध गरेको छ । स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले सोमबार एक सूचना जारी गर्दै आवश्यकतामा आधारित भएर सीसीएमसीमार्फत अस्पतालहरुमा अक्सिजन वितरणको व्यवस्था मिलाउन अनुरोध गरेका छन् । अस्पतालहरुलाई अक्सिजन वितरण गर्दा […]

ओलीलाई देउवाले भने : जनता मरिरहँदा टुलुटुलु हेरिरहेका निरीह प्रधानमन्त्री

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणको भयावह अवस्था आउनुमा सरकार जिम्मेवार भएको बताएका छन् । विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले सरकारले समयमै काम नगर्दा महामारीको भयावह अवस्था आएको बताए । उनले अघि भने, ‘दुई साता अगाडि बढ्न थालेको अवस्थामा प्रधनमन्त्रीजी ठूलो […]

संसदमा प्रधानमन्त्रीको ठट्टा : ‘हुन्न’ भन्ने पक्षमा त कसरी रेजा लगाउनुहुन्छ ?

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत मागेका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत नपाउनुपर्ने कारण नभएको तर्क दिँदै सांसदहरुसँग विश्वासको मत मागेका छन् । ‘माननीयज्यूहरुले हुन्न भन्ने पक्षमा त कसरी रेजा लगाउन, कसरी सही गर्न सक्नुहुन्छ ? सभामुख महोदय’, प्रधानमन्त्री ओलीले प्रश्न गरे । असन्तुष्ट सांसदहरुले […]

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

२७ वैशाख, काठमाडौं । भक्तपुरको सूर्यविनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक भक्तपुर सूर्यविनायक नगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवाल छन् । आइतबार राति अरनिको राजमार्गमा जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको लु २ ख ४५८८ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको वागमती प्रदेश–०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा […]

प्रधानमन्त्रीलाई देउवाको प्रश्न : अरुमाथि दोष थोपरेर जिम्मेवारीबाट भाग्न पाउनुुहुन्छ ?

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वर्षमा सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले सरकार गठन भएको तीन वर्षमा नै विश्वासको मत माग्ने अवस्था आउनुमा प्रधानमन्त्री स्वयं जिम्मेवार रहेको बताए । प्रधानमन्त्रीलई कार्यकारी प्रमुखको हैसियतले सम्पूर्ण […]

संसदको विशेष अधिवेशन : मतदानका लागि तीनवटा लवि

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको पक्ष वा विपक्षमा मत दिन तीनवटा लविको व्यवस्था गरिएको छ । संसद सचिवालयका अनुसार विश्वासको मतको पक्षमा, विपक्षमा र कुनै पक्षमा पनि मत दिन्न भनी मत व्यक्त गर्न छुट्टाछुट्टै स्थलको व्यवस्था गरिएको छ । कोरोना भाइरस संक्रमित सांसदका लागि संसद भवन नयाँ वानेश्वरकै ल्होत्से […]

वीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित पुरूषको पेटको शल्‍यक्रिया

२७ वैशाख, काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित पुरूषको पेटको शल्‍यक्रिया गरिएको छ । कल्याणपुर, सिराहाका ४० वर्षीय पुरुषको सोमबार विहान २:३० बजे सानो आन्द्राको आकस्मिक शल्यक्रिया गरिएको हो । प्रतिष्ठानका जेनेरल सर्जरी विभागका डा. निर्मल प्रसाद शाहको नेतृत्वमा उनको आकस्मिक शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । यसअघि उनलाई पेट दुखेर जवरो, खोकी […]

संसदमा नेपाल पक्षका सांसदको सिट खाली !

२७ वैशाख, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरू संसदमा अनुपस्थित भएका ‍छन् । सोमबार सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीले विश्वासको मत दिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको थियो । सोही अनुसार सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरु सहभागी भएनन् । नेपाल समूहका कति जना सांसद अनुपस्थित भएका छन् भन्ने […]

वडाध्यक्षको निधनको शोकमा शंखरापुर नगरपालिका मंगलबार बन्द हुने  

२७ वैशाख, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका वैशाख २८ गते मंगलबार बन्द हुने भएको छ । वडा नं ४ का वडाध्यक्ष बुद्धिबहादुर तामाङको शनिबार साँझ नेपाल मेडिकल कलेज अत्तरखेलमा कोरोना सङ्क्रमणका कारण ४४ वर्षका उमेरमा निधन भएसँगै आइतबार बसेको नगरपालिकाको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै मंगलबार नगरपालिका र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको […]

प्रधानमन्त्रीको गुनासो : भ्याक्सिनमा भ्रष्टाचार भयो भन्दै हिलो छ्यापियो

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपका विषयमा आफूमाथि हिलो छ्याप्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले यदि कसैले भ्रष्टाचार गरेको भए अक्षम्य हुने र छानबिन गरेर कारबाही गर्ने बताए । संसदको सोमबार बसेको बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले सरकारको ध्यान महामारी नियन्त्रणमा केन्द्रित रहेको बताए […]

राजीनामा नदिएर एकताका निम्ति अन्तिम अवसर दिएका छौं : माधव नेपाल

२७ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका निम्ति अन्तिम प्रयास गर्न सांसद पदबाट राजीनामा नदिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने संसद् बैठकमा अनुपस्थित हुने निर्णय पार्टी एकताकै निम्ति भएको उनको दावी छ । ‘हामीले अहिलेसम्म पनि सम्बन्धविच्छेद गरिसकेका छैनौं’ नेता नेपालले भने, ‘राजीनामा दिएपछि त […]

सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अनलाइन ट्रान्सफर

२७ वैशाख, काठमाडौं । आजबाट सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अनलाइन ट्रान्सफरका माध्यमबाट रियल टाइममा पठाइने भएको छ । महालेखा नियन्त्रक मधुकुमार मरासिनीका अनसार यसअघि परम्परागत रुपमा रकम कट्टी गरि कोषमा पठाउने गरिएको थियो । तर, सरकारी कर्मचारीको २०७८ सालको वैशाख महिनाको पारिश्रमिक भुक्तानीबाट नागरिक लगानी कोषको रकम समेत अनलाइनबाट रियल टाइममा पठाउन […]

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

२७ वैशाख, पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि अविश्वास प्रस्तावमाथि छलफल गर्न आवश्यक नभएको भन्दै प्रदेश प्रमुख सीता पौडेलले अधिवेशन अन्त्य गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य भएको पत्र आएको गण्डकी प्रदेशसभाका सचिव हरिराज पोखरेलले जानकारी […]

बिरामीले अक्सिजन पाउँदैनन्, प्रदेश सरकार भन्छ – समस्या छैन

२७ वैशाख, सुर्खेत । शुक्रबार दिउँसो सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको कोभिड कक्ष बाहिर एक संक्रमित युवालाई छाडेर एम्बुलेन्स हुइँकियो । ती युवा वीरेन्द्रनगर नगरपालिका–१० पदमपुर निवासी रहेछन् । होम आइसोलेसनमा रहेका उनी श्वासप्रश्वासमा समस्या देखिएपछि प्रदेश अस्पतालमा भर्ना हुन आएका हुन् । ‘भित्र वार्ड भरिभराउ छ, खाली हुँदैछ । एकछिन यतै बस्नुस्, अक्सिजन पनि छैन, […]

कोरोना कहर : २४ घण्टाभित्र बाबुछोराको मृत्यु

२७, वैशाख, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा बाबुको मृत्यु भएको २४ घण्टाभित्रै कोरोना संक्रमणबाट छोराको पनि मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. ३ का ३८ वर्षीय युवकको कोरोना संक्रमणबाट सोमबार बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । त्यसको केही घण्टाअघि मात्रै उनका बुवाको कोरोना जाँच गराउँन जाँदाजाँदै अस्पतालको आकस्मिक कक्षमा नै […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । विश्वासको मत लिन संसद अधिवेशन आह्वान भएकै दिन उनले मन्त्रपरिषद बैठक बोलाएका एक मन्त्रीले जानकारी दिए । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सोमबार संसद बैठकमा अनुपस्थित हुने निर्णय गरिसकेकाले प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित छ ।



from समाचार – Online Khabar https://ift.tt/33vr2Xg
via IFTTT
Powered by Blogger.