समाचार
२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन भन्दै एमालेको माधव–झलनाथ पक्षले दिएको समयसीमा आज सकिँदै छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीलाई एकताबद्ध बनाउन ६ बुँदे प्रस्तावसहित सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएको हो । सो समयभित्र चित्तबुझ्दो जवाफ नआए सांसद पदबाट राजीनामा दिने […]
२७ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीसँग जुधिरहेको भारतले सेनाबाट अवकाशप्राप्त चिकित्सकहरुको पनि सेवा लिने भएको छ । रक्षा मन्त्रालयलेस्वास्थ्य प्रणालीलाई मजबुत बनाउन पूर्वसैन्य चिकित्साकर्मीहरुलाई काममा खटाउने निर्णय भएको जानकारी आइतबार दिएको हो । मन्त्रालयका अनुसार करिब चार सय जना त्यस्ता अधिकारीहरुलाई अधिकतम ११ महिनाको लागि काममा खटाइने छ । भारतमा कोरोना भाइरसको संक्रमण […]
२७ वैशाख, काठमाडौं । कोरोना भाइरस महामारीको कारण लोकसेवा आयोगले लिने परीक्षा समयमा नहुँदा परीक्षाको तयारीमा जुटेका युवाहरु निराश हुन थालेका छन् । गत वर्षको नयाँ दरखास्त आह्वान अनुसारको निजामती तर्फ खरिदार बाहेकका पदका लागि परीक्षा आयोगले लिन सकेको छैन । कोरोना महामारीको कारण आयोगले नियमित परीक्षाहरु समयमा लिन नसकेको आयोगका सूचना अधिकारी जेबी सुवेदीले […]
२६ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने उनको चेतावनी छ । सहमतिको प्रयासमा आइतबार भएको वार्ता असफल भएपछि नेपाल समूहको बैठकले २ जेठ २०७५ मा फर्किने र सहमतिका साथ अगाडि बढ्ने […]
२६ वैशाख, काठमाडौं । नेपालमा दैनिक ९ हजार आसपास नयाँ संक्रमित थपिएका छन् । भारतमा दैनिक चार लाखभन्दा धेरै । नेपालमा दैनिक ५० भन्दा धेरै संक्रमितको मृत्यु हुने गरेको छ भने भारतमा यो संख्या ४ हजारबाट उकालो लागेको छ । झट्दा हेर्दा नेपालको तुलनामा भारतमा कोरोना संक्रमणको अवस्था निकै कहालीलाग्दो लाग्छ । धेरै जनसंख्या र […]
२६ वैशाख, काठमाडौं । सरकारले कोभिड-१९ को दोस्रो लहरको संक्रमणलाई रोकथाम, उपचार र नियन्त्रणका लागि अस्पताल संख्या ५०५ र शैय्या संख्या २० हजार ३६४ पुगेको जनाएको छ । गत वैशाख २४सम्म आईसीयू संख्या १ हजार ८१७ र भेन्टिलेटरको संख्या ७३६ रहेकोमा बढेर आईसीयू १ हजार ८७१ र भेन्टिलेटर ७४१ पुगेको सरकारले जनाएको छ । यसअनुसार […]
२६ वैशाख, काठमाडौं । वैशाख महिना । महाराजगञ्ज वरपर ज्याकारान्डाको फूल ढपक्कै फूलेको छ । लकडाउन गरिएकाले भौतिक वातावरण निकै शान्त छ । कोलाहल र धुलोधुवाँ प्राय कम छ । तर यहीबेला महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल परिसर भने निकै अशान्त छ, व्यग्र छ । बढ्दो कोरोना संक्रमणका कारण यहाँको कोरोना वार्ड र आईसीयू भरिएको […]
२६ वैशाख, काठमाडौं । अक्सिजनसहित उपचार गर्नुपर्ने कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालहरु समस्यामा परेका छन् । उनीहरुले अक्सिजन अभावकै कारण बिरामी उपचार गर्न नसक्ने स्थिति आएको सार्वजनिक रुपमै बताएका छन् । किस्ट मेडिकल कलेजका अपरेटिङ अफिसर अमिश पाठक अक्सिजन अभावले जुनसुकै बेला ‘डिजास्टर’ हुन सक्ने बताउँछन् । २०० बेडको क्षमता भएपनि अक्सिजन अभावले बिरामी […]
२६ वैशाख, काठमाडौं । संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिश गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिश गरेको स्रोतले बतायो । लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिरकुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । […]
२६ वैशाख, बुटवल । दुई दिनअघि मृत्यु भएका एमाले स्थानीय नेता एवं बुटवल उपमहानगरपालिका–७ का वडा सदस्य नवीन थापा मगरको अन्त्येष्टि नेपाली कांग्रेसको युवा संगठन तरुण दलले गरेको छ । एमालेका स्थानीय नेता कार्यकर्ता अन्त्येष्टीमा नआएपछि तरुण दलका कार्यकर्ताले नै कम्युनिष्ट पार्टीको झण्डा ओढाएर बुटवलको मगरघाटमा अन्तिम श्रद्धाञ्जली दिएका थिए । ४४ वर्षका थापाको अस्पतालमा […]
२६ वैशाख, बुटवल । आवश्यकता अनुसार अक्सिजन सिलिण्डर आपूर्ति नभएको भन्दै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसले नयाँ कोभिडका बिरामी भर्ना नलिने भएको छ । अस्पतालले कोरोना संक्रमितसहित दैनिक रुपमा दुई सय जना गम्भीर प्रकृतिका बिरामीहरुको उपचार गर्दै आएकोमा अक्सिजनको अभावमा उपचार गाह्र्रो भएकाले नयाँ कोरोना संक्रमितलाई भर्ना गर्न सकिने जनाएको हो । मेडिकल कलेजका […]
२६ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिएकी छन् र अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा […]
२६ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीलाई २ जेठ २०७५ को स्थितिमा फर्काउन र आगामी दिनमा सहमतिका साथ पार्टीलाई अगाडि बढाउने प्रतिबद्धताका लागि १३ घण्टा समय दिएको छ । नभए कठोर निर्णय गर्ने भन्दै सांसदहरुको राजीनामाको संकेत गरेको छ । आइतबार दिउँसो पार्टी अध्यक्ष ओलीको प्रतिनिधिका रुपमा […]
२६, वैशाख, काठमाडौं । पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन उद्योग परिसरमा केही दिनदेखि ठूलो भीड छ । विभिन्न अस्पतालका लागि अक्सिजन लिन आएका सवारी साधन तथा व्यक्तिगत प्रयोगका लागि अक्सिजन माग गर्न आउनेहरुको चाप केही दिनदेखि थेगिनसक्नुभएको उद्योगका अध्यक्ष नारायणदत्त तिमिल्सिना बताउँछन् । अक्सिजन जोहो गरिदिन फोनबाट आग्रह गर्ने र उद्योगमै आएर बिलौना गर्नेहरुको […]
२६ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा आइतबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । सुर्खेतका पाँचजना, सुल्यानका दुईजना र दैलेखका एकजना गरी ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा. रवीन खड्काले जानकारी दिए । निमित्त निर्देशक खड्काका अनुसार प्रदेश अस्पताल सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका–६ […]
२६ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो । यसअघि ६ वैशाखमा पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । उनीहरुले दिएको समावेदनका आधारमा १९ वैशाखमा […]
२६ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन १८ जनाको मृत्यु भएको छ । यो संख्या सुदूरपश्चिममा अहिलेसम्मकै उच्च हो । कैलाली, कञ्चनपुर, दार्चुला र बाजुरामा गरेर आइतबार १८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कैलालीमा सबैभन्दा धेरै ९ जना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरमा […]
२६ वैशाख, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले कोरोना संक्रमितका लागि भरपर्दाे उपचार व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । प्रदेश १ का निजी तथा सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गरी भरपर्दाे उपचार व्यवस्था मिलाउन आग्रह गरेको हो । आइतबार विराटनगरस्थित प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै संसदीय दलले सरकारी नीतिका कारण संक्रमितले अस्पताल […]
२६ वैशाख, काठमाडौं । कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका भक्तपुरको लोकन्थलीका भरत खरेल (४०) को वैशाख २४ गते साँझ ५ बजे निधन भयो । अक्सिजन सपोर्टमा रहेका उनलाई गाह्रो भएपछि परिवारले २३ गतेबाटै अस्पतालमा लैजान चाहेको थियो । अधिकांश अस्पताल संक्रमितले भरिएका बेला भनेको बेला कहाँ बेड पाउनु ? खरेलका भिनाजु वरिष्ठ अधिवक्ता कुमार […]
२६ वैशाख, पोखरा । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलको गठबन्धन सरकारलाई समर्थन गर्ने बताएका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले विगतमा अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको भन्दै अब विपक्षी गठबन्धनलाई नयाँ सरकार गठनमा साथ दिने बताए । ‘लुम्बिनी प्रदेशपछि गण्डकीमा पनि मुख्यमन्त्रीले राजीनामा दिएर षडयन्त्र गर्न […]
२६ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल र मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीका चार र कञ्चनपुरका तीन जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । धनगढी उपमहानगरपालिका–४ की ३७ वर्षीया महिला, वडा नम्बर १८ का ५० वर्षीय पुरुष, गोदावरी […]
from समाचार – Online Khabar https://ift.tt/3uCQPbO
via IFTTT






















