समाचार
२६ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन १८ जनाको मृत्यु भएको छ । यो संख्या सुदूरपश्चिममा अहिलेसम्मकै उच्च हो । कैलाली, कञ्चनपुर, दार्चुला र बाजुरामा गरेर आइतबार १८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कैलालीमा सबैभन्दा धेरै ९ जना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरमा […]
२५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जका विभिन्न अस्पतालमा शनिबार साँझ ५ बजेदेखि आइतबार साँझसम्म साढे ६ बजेसम्म पाँच जना संक्रमितको मृत्यु भएको हो । तराई अस्पतालमा एक जना, नारायणी अस्पताल र नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा २/२ जनाको मृत्यु भएको जिल्ला प्रशासन […]
२६ वैशाख, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले कोरोना संक्रमितका लागि भरपर्दाे उपचार व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । प्रदेश १ का निजी तथा सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गरी भरपर्दाे उपचार व्यवस्था मिलाउन आग्रह गरेको हो । आइतबार विराटनगरस्थित प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै संसदीय दलले सरकारी नीतिका कारण संक्रमितले अस्पताल […]
२६ वैशाख, पोखरा । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलको गठबन्धन सरकारलाई समर्थन गर्ने बताएका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले विगतमा अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको भन्दै अब विपक्षी गठबन्धनलाई नयाँ सरकार गठनमा साथ दिने बताए । ‘लुम्बिनी प्रदेशपछि गण्डकीमा पनि मुख्यमन्त्रीले राजीनामा दिएर षडयन्त्र गर्न […]
२६ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल र मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीका चार र कञ्चनपुरका तीन जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । धनगढी उपमहानगरपालिका–४ की ३७ वर्षीया महिला, वडा नम्बर १८ का ५० वर्षीय पुरुष, गोदावरी […]
२६ वैशाख, पोखरा । अविश्वासको प्रस्तावमा मतदान हुने अघिल्लो दिन नै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि विपक्षी दलले मुख्यमन्त्री संसदबाट भागेको प्रतिक्रिया दिएका छन् । विगतमा अविश्वासको प्रस्तावको सामना गर्न नसकेर संसद अधिवेशन नै अन्त्य गरेका मुख्यमन्त्रीले फेरि संसद छल्न राजीनामा दिएको उनीहरुको भनाइ छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले […]
२६ वैशाख, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा अक्सिजनसहितको ४० बेडको आइसोलेसन वार्ड तयार गरिएको छ । कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि तम्घासमा आइसोलेसन वार्ड तयार गरिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वयमा रेसुङ्गा नगरपालिकाले महेन्द्र माविमा २० बेड, रेसुङ्गा हस्पिटलमा १० बेड र गुल्मी अस्पतालमा १० बेड गरी ४० बेडको आइसोलेसन वार्ड तयार […]
२६ वैशाख, धनगढी । कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका पाँच जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिइन् । भीमदत्त नगरपालिका–६ का ३५ वर्षीय, वडा नम्बर ६ कै ४८ वर्षीय पुरुष र […]
२३ वैशाख, पोखरा । आइतबार राजीनामा दिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थिरता नचाहनेहरुको अराजनीतिक चलखेलका कारण काम गर्न नसक्ने स्थिति आएको बताएका छन् । आइतबार राजीनामा दिएपछि एक वक्तव्य जारी गर्दै उनले स्थिरता नचाहने र विकास विरोधी तत्वको चलखेलका कारण एउटै घोषणापत्रबाट निर्वाचनमा गएको दलले समेत असहयोग गरेकाले काम गर्ने वातावरण नभएको उल्लेख गरेका […]
२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले स्वविवेक प्रयोग गर्न पाउने भएका छन् । पार्टी पदाधिकारीहरुको आइतबार बसेको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनर्स्थापित भएपछि संसदको अंकगणितमा निर्णायक बनेको जसपा दुई खेमामा विभाजित थियो । […]
२६ वैशाख, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराइरहेका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधामका ६५ वर्षीय पुरुष तथा ४२ वर्षीया महिला र वीरगञ्जका ४५ वर्षीय पुरुषको शनिबार राति उपचारको क्रममा मृत्यु भएको प्रादेशिक अस्पताल कोरोना उपचार केन्द्रका प्रवक्ता डा. मनिष पाण्डेले जानकारी दिए । अक्सिजनको सपोर्टमा उपचार भइरहेका तीनै जनाको श्वासप्रश्वासमा […]
२६ वैशाख, विराटनगर । शनिबार राति इटहरी उपमहानगरपालिका–६ का एक पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले एम्बुलेन्समा राखेर विराटनगर ल्याए । विराट मेडिकल कलेजमा बेड थिएन । नोबेल मेडिकल कलेजको अवस्था पनि उस्तै थियो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आउँदा बेड पाउने आशमा पाँच संक्रमति लाइनमा थिए । विराटनगरमा बेड नपाइएपछि उनलाई राति १ बजे […]
२६ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सोमबारदेखि स्वाब नमुना संकलन केन्द्रमै एन्टीजेन परीक्षण गर्ने भएको छ । त्यसका लागि नारायणी अस्पतालले १ हजार थान एन्टीजेन किट उपलब्ध गराउनेछ । तीन दिनदेखि पीसीआर परीक्षणका लागि स्वाब नमुना संकलन गरेर परीक्षणका लागि पठाउँदा नारायणी अस्पतालले एउटा पनि रिपोर्ट नपठाएपछि विवाद भएको थियो। जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख […]
२६ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन् । ‘के यस्ता क्रियाकलापमा सरिक […]
२६ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिएकी छन् र अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा […]
२६ वैशाख, काठमाडौं । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को २ अनुसार ३ दिनभित्र नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई आह्वान गरेकी हुन् । गण्डकी प्रदेशमा कुनै दलको […]
२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् । हेर्नुहोस् पत्र
२६ वैशाख, बुटवल । रुपन्देहीमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएका बुटवल उपमहानगरपालिकाका दुई जना महिला र तिलोत्तमा नगरपालिकाका एक महिला र एक पुरुष गरी चार जनाको मृत्यु भएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा–१ की ४५ वर्षीया महिलाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालको […]
२६ वैशाख, रौतहट । रौतहटको गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा दुई संक्रमितको ज्यान गएको छ । उपचारको क्रममा रहेका २ जनाको आज ज्यान गएपछि रौतहटमा कोरोनाका कारण मृत्यस हुनेको संख्या १६ पुगेको हो । गए राति गौर नगरपालिका वडा नं. ५ की १० वर्षीया बालिका र गौर ३ का एक पुरुषको उपचारको क्रममा मृत्यु भएको […]
२६ वैशाख, जनकपुरुधाम । सर्लाहीको ईश्वरपुर नगरपालिकामा एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिका–१२ घारीबथानका ५८ वर्षीय शियाशरण रायलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय शिवजी साहलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मदन कुँवरले जानकारी […]
२६ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङबीच छलफल भएको छ । सिंहदरबारमा भएको भेटपछि सुवास नेम्वाङले जानकारी दिए अनुसार उनीहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका थिए । बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपनेता नेम्वाङले देखिएका […]
from समाचार – Online Khabar https://ift.tt/3bgpchj
via IFTTT






















