Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पूर्वरानी शाहको स्वास्थ्यमा क्रमिक सुधार

१९ वैशाख, काठमाडौं । कोरोना संक्रमित भएर नर्भिक अस्पतालमा उपचार गराइरहेकी पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आएको छ । आईसीयूमा उपचाररत शाहको बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । नर्भिक इन्टरनेशनल अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै पूर्वरानी शाहलाई अक्सिजनको हाईफ्लो सपोर्टमा राखेर उपचार गरिरहेको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको छ । कोरोना संक्रमण […]

सुर्खेतमा एकैदिन तीनजना संक्रमितको मृत्यु

१९ वैशाख, सुर्खेत । सुर्खेतमा आइतबार एकैदिन कोरोना भाइरस (कोभिड–१९)संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेत स्रोतका अनुसार सुर्खेतको सिम्ता गाउँपालिका–८ का ३० वर्षीय पुरुष, लेकवेशी नगरपालिका–८ का ६८ वर्षीय पुरुष र पञ्चपुरी नगरपालिका–११ का ३३ वर्षीय पुरुषको मृत्यु भएको हो । विभिन्न मितिमा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा संक्रमण […]

ललितपुरका सबै स्थानीय तहमा कोभिड अस्पताल सञ्चालन गर्न आग्रह

१९ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना संक्रमितको उपचार गराउन गाउँपालिका, नगरपालिका र महानगरपालिकालाई क्रमशः कम्तीमा १५, ५० र १०० बेडको अस्पताल सञ्चालन गर्न अनुरोध गरेको छ । तीनै तहका सरकार एवं निजी क्षेत्रका अस्पताल लगायत सबै निकायको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उदेश्यका साथ कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले […]

शिक्षक महासंघले घोषणा गर्‍यो चरणबद्ध आन्दोलन

१९ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आफू र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका सबै सहमति कार्यान्वयन नभएकाले दबाबमूलक आन्दोलन घोषणा गर्नुपरेको महासंघले जनाएको छ । महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडी र महासचिव लक्ष्मीकिशोर सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि चरणबद्घ आन्दोलन गर्ने जनाएका छ […]

मुख्यमन्त्रीमा पोखरेलको पुन: नियुक्ति घोर अलोकतान्त्रिक : देउवा

१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको पुन:नियुक्तिलाई घोर अलोकतान्त्रिक प्रवृत्ति भन्दै विरोध जनाएका छन् । आइतबार विज्ञप्ति निकाल्दै उनले भनेका छन्, ‘लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भर्त्सना गर्दछु […]

नारायणी अस्पताल : न अक्सिजन प्लान्ट छ, न पाइपलाइन

१९ वैशाख, वीरगञ्ज । नारायणी अस्पतालको आईसीयू वार्डमा संक्रमितलाई हाईफ्लो अक्सिजन चल्छ । एक जना कोरोनाका बिरामी छटपटाइरहेका थिए । किनकि त्यतिखेर उनको अक्सिजन सिलिण्डर खाली भइसकेको रहेछ । खटिएका स्वास्थ्यकर्मीले हतार–हतार गरेर अर्को सिलिण्डर जोडे । बिरामीलाई राहत भयो । ‘समयमै देख्यौं, त्यतिखेर बिरामीलाई बचाउन सफल भयौं,’ उपचारमा संलग्न चिकित्सकले भने, ‘तर भोलिपल्ट त […]

सामाजिक सञ्जालमा अमेरिकी राजदूतलाई आग्रह : कोरोना खोप सहयोग गर्नुपर्‍यो

१९ वैशाख, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले शनिबार मध्यान्ह अमेरिकाले नेपाललाई कोरोना महामारीविरुद्ध लड्नका लागि ८५ लाख बराबरको अमेरिकी डलर सहयोग गर्न लागेको भन्दै सामाजिक सञ्जालमा जानकारी गराए । उनले एक ट्वीट गर्दै अमेरिका नेपालको लामो समयदेखिको मित्र भएको र कोरोनाविरुद्धको लडाईंमा आफूहरुको ऐक्यवद्धता रहेको उल्लेख गरे । नेपाललाई सहयोग गर्ने राजदूतको […]

कोरोना संक्रमित मिर्गौला रोगीको डायलाइसिस गरियो

१९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित मिर्गौलाका बिरामीको डायलाइसिस गरिएको छ । पर्साको तिलझप्टीका ५५ वर्षीय पुरुषको डायलाइसिस गरिएको हो । दोस्रो लहरको कोरोना संक्रमण शुरु भएपछि संक्रमितको पहिलोपटक डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । नारायणी अस्पतालका डा. निरज सिंह (जुनियर) र नर्स मधु चौरसियाले दिउँसो ३ बजेतिर संक्रमितको डायलाइसिस गरेका थिए । सोमबार […]

अध्ययन विदामा बसेका स्वास्थ्यकर्मीलाई काममा फर्किन मन्त्रालयको निर्देशन

१९ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन विदामा रहेका स्वास्थ्यकर्मीलाई काम फर्किन निर्देशन दिएको छ । अध्ययन विदामा रहेका हाल अध्ययन नभएको अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आ–आफ्नो दरबन्दी रहेको ठाउँमा उपस्थित भएर सेवा दिन मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयको आइतबार बसेको बैठकले विभिन्न चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित […]

कारभित्र कसरी भयो तीन बालकको मृत्यु ?

१९ वैशाख, काठमाडौं । दाङको तुल्सीपुर उपमहानगरपालिका–६, स्वर्गद्वारी टोलमा एउटा कार माघ महिनादेखि पार्किङ गरेर राखिएको थियो । बिग्रिएपछि मर्मत नगरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको कार वरिपरि खासै मान्छे गएको पनि देखिँदैनथे । तर, शनिबार राति साढे ७ बजेतिर चाहिँ नजिकै रहेका अरुण बुढामगरले कारमा बत्ती बलेको जस्तो देखे । उनका अनुसार छेऊमा […]

हत्या अभियोगमा गुल्मीबाट तीनजना पक्राउ

१९ वैशाख, गुल्मी । गुल्मीमा एक व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इस्मा गाउँपालिका–१ का १८ वर्षीय रमेश कुमाल, १८ वर्षीय गोले भन्ने सन्तोष कुमाल र २० वर्षीय सुशील कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीलेआइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । जिल्लाको इस्मा गाउँपालिका–२ […]

वीरगञ्जस्थित होटल विजय ज्योतीमा आइसोलेसन सञ्चालन

१९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितका लागि पेड होटेल क्वारेन्टिन/आइसोलेसन सेवा शुरु गरिएको छ । संक्रमण पुष्टि भएपछि घर–परिवार भन्दा टाढा बस्न चाहाने वा छुट्टै बस्ने सुविधा नभएकाहरुलाई लक्षित गरेर आइसोलेसन सेवा शुरु गरिएको हो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास छेउको होटल विजय ज्योती प्रालि पेड क्वारेन्टिन/आइसोलेसन सेवा दिन तयार भएको छ । होटलमा […]

मुख्यमन्त्री पोखरेलको सपथ रोक्न माग गर्दै प्रदेश प्रमुख कार्यालयमा धर्ना

१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्ति गरिएकोमा विपक्षी गठबन्धनका नेताहरुले आपत्ति जनाएका छन् । अल्पमतमा परिसकेका पोखरेललाई नियुक्त नगर्न माग गर्दागर्दै नियुक्त गरिनु असंवैधानिक भन्दै माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका नेताहरुले आपत्ति जनाएका हुन् । ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथप्रसाद शाहलाई भेटेर उनीहरुले सरकारको नेतृत्वमा दावी गर्दै पोखरेलको […]

लुम्बिनीमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् । तीन वर्षअघि धारा १६८ (२)अनुसार मुख्यमन्त्री बनेका पोखरेलले आइतबार विहान मात्र राजीनामा दिएका थिए । राजीनामा दिएलगतै उनले बहुमत सदस्यको […]

सुदूरपश्चिममा ८ दिनमा ४३ जना संक्रमितको मृत्यु   

१९ वैशाख, डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित हुने दर दिनहुँ बढ्दै गएको छ भने ८ दिनको अवधिमा ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार शनिबार अपराह्नसम्म यो प्रदेशमा कम्तिमा एक हजार २४३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १८६ जना निको भएका छन् । निर्देशनालयका अनुसार कैलालीमा […]

दोस्रो चरणको खोप लगाएकाहरु कति सुरक्षित ?

१९ वैशाख, काठमाडौं । पछिल्लो समय दोस्रो चरणको खोप लगाइसकेका व्यक्तिहरूमा पनि कोभिड–१९ संक्रमण देखिएको छ । विभिन्न व्यक्तिले दोस्रो खोप लगाइसकेपछि पनि संक्रमण देखिएको सामाजिक सञ्जालमा लेखिरहेका छन् । नेपालमा मात्र होइन, अन्य देशमा पनि दुबै डोज खोप लगाइसकेका व्यक्तिहरूमा पुनः संक्रमण देखिएको छ । मेडिकल भाषामा यसलाई ‘ब्रेक थ्रु’ संक्रमण भनिन्छ । यो […]

मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु, दुईजना घाइते

१८ वैशाख, हेटौंडा । मकवानपुरमा आइतबार परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुनामा चट्याङ पर्दा घाइते भएका तीनमध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको हो । पानी परेपछि नजिकै रहेको बद्री घिमिरेको गोठमा ओत लाग्न पुगेका तीन जनालाई चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस भएका मकवानपुरगढी–२ माथिल्लो छापका २५ वर्षीय कविराज […]

पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण

१९ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ । मन्त्री ढकालसँगै उनकी पत्नी इन्दिरा फुयाललाई पनि संक्रमण पुष्टि भएको छ । ‘विहान स्वाब दिएको हो । दुवै जनाको रिपोर्ट पोजिटिभ आएको छ’, मन्त्री ढकालका प्रेस संयोजक माधव तिवारीले भने । मन्त्री ढकालको स्वास्थ्य अवस्था भने सामान्य छ । […]

‘मैले त जसोतसो अक्सिजन व्यवस्थापन गरें, गरिब जनता के गर्लान् ?’

१९ वैशाख, धनगढी । कोरोना संक्रमण पुष्टि भएपछि पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी दम्पती चार दिनदेखि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पताल भर्ना भएका छन् । कैलालीका बासिन्दा चौधरीको अवस्था सामान्य भएपनि उनकी श्रीमतीलाई अक्सिजन सपोर्टको आवश्यकता परेको थियो । तर सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिण्डर नै नपाएपछि चौधरीले धनगढीकै सारथी अस्पतालबाट धरौटी बुझाएर सिलिण्डरको जोहो गरेका […]

जनतामा जानै नसक्ने अवस्था आएपछि सांसद पद त्यागेँ : पाण्डेय

१९ वैशाख, काठमाडौं । कपिलवस्तु–२ (१) का सांसद दृगनारायण पाण्डेयले जनताको बीचमा जानै नसक्ने अवस्था आएकाले पदबाट राजीनामा दिएको बताएका छन् । एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकमा आइतबार विहान सहभागी भएका पाण्डेयले एमाले पार्टी र सांसद पदबाट राजीनामा दिएका छन् । ‘आफ्नो पार्टी र प्रदेशसभा सदस्य पदबाट राजीनामा गरेको छु । तर जनताको चाहना […]

एकै दिन ६२३ बालबालिकामा कोरोना संक्रमण

१९ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ वर्ष मुनिका १६६ बालबालिका र १० देखि १९ वर्ष मुनिका ४५७ बालबालिका गरी ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार मा‍त्रै देशभर थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  भने […]



from समाचार – Online Khabar https://ift.tt/3eOTXut
via IFTTT
Powered by Blogger.