समाचार
२७ वैशाख, काठमाडौं । वीपी प्रतिष्ठान धरानमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । विर्तामोड-५ झापाका ६२ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार विहान १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उच्च रक्तचाप र मधुमेहका विरामी उनलाई वैशाख २३ गते कोरोना संक्रमण देखिएपछि सोही दिन अस्पताल भर्ना गरिएको थियो। यस्तै विराटनगर-८ मोरङका ५६ वर्षीय […]
२७ वैशाख, काठमाडौं । चिनियाँ अनुदानको अक्सिजन सिलिण्डर लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सोमबार चीनको राजधानी बेइजिङ जाँदै छ । नेपाल एयरलाइन्सका अधिकारीका अनुसार वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ प्रस्थान गर्ने छ । अक्सिजन सिलिण्डर बोकेर सो जहाज भोलिपल्ट दिउँसो साढे दुई बजे काठमाडौं आइपुग्ने छ । चीनले नेपाललाई २० हजार […]
२७ वैशाख, काठमाडौं । आफ्नै दलभित्र विश्वासको वातावरण बनाउन नसकिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विपक्षी दलको समेत मत पाउन कठिन छ । आज दिउँसो १ बजे बस्ने संसद बैठकमा ओलीले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । कुन–कुन पार्टी मिलेर विकल्पिक सरकार बन्छ भन्नेमा अझै अन्योल छ । नेपालको संविधानको […]
२७ वैशाख, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ संक्रमण मुक्त भएका हुन् । उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पीसीआर परीक्षण गर्दा उनमा सङ्क्रमण नदेखिएको बताए । उनका अनुसार संक्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै […]
२१७ वैशाख, जनकपुरधाम । सर्लाहीमा एक व्यक्तिले आफ्नै पत्नीको हत्या गरेका छन् । लालबन्दी नगरपालिका २ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका ११ स्थित रामबली साहको घरमा डेरा लिई बस्दै आएका ३५ वर्षीय विजयलाल कर्णले पत्नी ३२ वर्षकी उषा देवी कर्णको हत्या गरेका हुन् । सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार आइतबार राति घरायसी विवादका […]
२७ वैशाख, डिसी । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको अन्धाधुन्द गोली प्रहारमा परी एक नेपाली सहित चार जनाको ज्यान गएको छ । स्थानीय समय अनुसार शनिबार बिहान साढे ६ बजे बाल्टिमोरको मुख्य शहर इनर हार्बर देखि ९ माइल उत्तरपश्चिममा भएको गोलीकाण्डमा संखुवासभा खादवारी न.पा. ६, तल्लो पांठा निवासी करिब २५ वर्षीय सागर घिमिरेको ज्यान गएको हो […]
२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन भन्दै एमालेको माधव–झलनाथ पक्षले दिएको समयसीमा सकिएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीलाई एकताबद्ध बनाउन ६ बुँदे प्रस्तावसहित सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएको थियो । सो समयभित्र चित्तबुझ्दो जवाफ नआए सांसद पदबाट राजीनामा दिने माधव–झलनाथ […]
२७ वैशाख, काठमाडौंं । नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबारमा बिहान साढे नौ बजे बस्ने बैठकमा सोमबार संघीय संसदमा हुने विश्वासको मत र पार्टी एकताको लागि दिएको समयसीमाको विषयमा छलफल हुँदैछ । आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा […]
२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । शुरुमा शीर्ष नेताहरुले मात्र सम्बोधन गरेर विश्वासको मतमा आजै मतदान गर्ने तयारी छ । कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको संसद सचिवालयले […]
२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियालाई संसद सचिवालयले आजै टुंगो लगाउने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष बैठक आज दिउँसो १ बजे बस्दैछ । विशेष अधिवेशन विश्वासको मतको प्रयोजनका लागि बोलाइएकाले अन्य कुनै पनि बिजनेस छैन । बैठक सुरु हुनेबित्तिकै सभामुखले राष्ट्रपति कार्यालयबाट […]
२७ वैशाख, काठमाडौं । कोरोना भाइरस महामारीको कारण लोकसेवा आयोगले लिने परीक्षा समयमा नहुँदा परीक्षाको तयारीमा जुटेका युवाहरु निराश हुन थालेका छन् । गत वर्षको नयाँ दरखास्त आह्वान अनुसारको निजामती तर्फ खरिदार बाहेकका पदका लागि परीक्षा आयोगले लिन सकेको छैन । कोरोना महामारीको कारण आयोगले नियमित परीक्षाहरु समयमा लिन नसकेको आयोगका सूचना अधिकारी जेबी सुवेदीले […]
कोभिडको अर्को लहर आएसँगै राजधानी लगायत आजसम्म देशका करीब ६१ जिल्लामा फेरि निषेधाज्ञा जारी छ । यसको कारण अन्य क्षेत्र जस्तै विद्यालय पनि स्वाभाविक रूपमा बन्द भएका छन् । जसले गर्दा करीब ८१ लाख बालबालिकाको सिकाइ प्रभावित भएको छ । अधिकांश निजी विद्यालयमा यस्तो बेला सम्भवतः विद्युतीय सिकाइ भइरहेको छ । किनकि यहाँ सिकाइसँगै अर्थोपार्जनको […]
२६ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने उनको चेतावनी छ । सहमतिको प्रयासमा आइतबार भएको वार्ता असफल भएपछि नेपाल समूहको बैठकले २ जेठ २०७५ मा फर्किने र सहमतिका साथ अगाडि बढ्ने […]
२६ वैशाख, काठमाडौं । नेपालमा दैनिक ९ हजार आसपास नयाँ संक्रमित थपिएका छन् । भारतमा दैनिक चार लाखभन्दा धेरै । नेपालमा दैनिक ५० भन्दा धेरै संक्रमितको मृत्यु हुने गरेको छ भने भारतमा यो संख्या ४ हजारबाट उकालो लागेको छ । झट्दा हेर्दा नेपालको तुलनामा भारतमा कोरोना संक्रमणको अवस्था निकै कहालीलाग्दो लाग्छ । धेरै जनसंख्या र […]
२६ वैशाख, काठमाडौं । सरकारले कोभिड-१९ को दोस्रो लहरको संक्रमणलाई रोकथाम, उपचार र नियन्त्रणका लागि अस्पताल संख्या ५०५ र शैय्या संख्या २० हजार ३६४ पुगेको जनाएको छ । गत वैशाख २४सम्म आईसीयू संख्या १ हजार ८१७ र भेन्टिलेटरको संख्या ७३६ रहेकोमा बढेर आईसीयू १ हजार ८७१ र भेन्टिलेटर ७४१ पुगेको सरकारले जनाएको छ । यसअनुसार […]
२६ वैशाख, काठमाडौं । वैशाख महिना । महाराजगञ्ज वरपर ज्याकारान्डाको फूल ढपक्कै फूलेको छ । लकडाउन गरिएकाले भौतिक वातावरण निकै शान्त छ । कोलाहल र धुलोधुवाँ प्राय कम छ । तर यहीबेला महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल परिसर भने निकै अशान्त छ, व्यग्र छ । बढ्दो कोरोना संक्रमणका कारण यहाँको कोरोना वार्ड र आईसीयू भरिएको […]
२६ वैशाख, काठमाडौं । अक्सिजनसहित उपचार गर्नुपर्ने कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालहरु समस्यामा परेका छन् । उनीहरुले अक्सिजन अभावकै कारण बिरामी उपचार गर्न नसक्ने स्थिति आएको सार्वजनिक रुपमै बताएका छन् । किस्ट मेडिकल कलेजका अपरेटिङ अफिसर अमिश पाठक अक्सिजन अभावले जुनसुकै बेला ‘डिजास्टर’ हुन सक्ने बताउँछन् । २०० बेडको क्षमता भएपनि अक्सिजन अभावले बिरामी […]
२६ वैशाख, काठमाडौं । संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिश गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिश गरेको स्रोतले बतायो । लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिरकुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । […]
२६ वैशाख, बुटवल । दुई दिनअघि मृत्यु भएका एमाले स्थानीय नेता एवं बुटवल उपमहानगरपालिका–७ का वडा सदस्य नवीन थापा मगरको अन्त्येष्टि नेपाली कांग्रेसको युवा संगठन तरुण दलले गरेको छ । एमालेका स्थानीय नेता कार्यकर्ता अन्त्येष्टीमा नआएपछि तरुण दलका कार्यकर्ताले नै कम्युनिष्ट पार्टीको झण्डा ओढाएर बुटवलको मगरघाटमा अन्तिम श्रद्धाञ्जली दिएका थिए । ४४ वर्षका थापाको अस्पतालमा […]
२६ वैशाख, बुटवल । आवश्यकता अनुसार अक्सिजन सिलिण्डर आपूर्ति नभएको भन्दै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसले नयाँ कोभिडका बिरामी भर्ना नलिने भएको छ । अस्पतालले कोरोना संक्रमितसहित दैनिक रुपमा दुई सय जना गम्भीर प्रकृतिका बिरामीहरुको उपचार गर्दै आएकोमा अक्सिजनको अभावमा उपचार गाह्र्रो भएकाले नयाँ कोरोना संक्रमितलाई भर्ना गर्न सकिने जनाएको हो । मेडिकल कलेजका […]
२६ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिएकी छन् र अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा […]
from समाचार – Online Khabar https://ift.tt/3tAkRvs
via IFTTT





















