Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

एमालेका वडा सदस्यको अन्त्येष्टि तरुण दलबाट

२६ वैशाख, बुटवल । दुई दिनअघि मृत्यु भएका एमाले स्थानीय नेता एवं बुटवल उपमहानगरपालिका–७ का वडा सदस्य नवीन थापा मगरको अन्त्येष्टि नेपाली कांग्रेसको युवा संगठन तरुण दलले गरेको छ । एमालेका स्थानीय नेता कार्यकर्ता अन्त्येष्टीमा नआएपछि तरुण दलका कार्यकर्ताले नै कम्युनिष्ट पार्टीको झण्डा ओढाएर बुटवलको मगरघाटमा अन्तिम श्रद्धाञ्जली दिएका थिए । ४४ वर्षका थापाको अस्पतालमा […]

भैरहवाको युनिभर्सल अस्पतालले कोरोनाका थप बिरामी भर्ना नलिने

२६ वैशाख, बुटवल । आवश्यकता अनुसार अक्सिजन सिलिण्डर आपूर्ति नभएको भन्दै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसले नयाँ कोभिडका बिरामी भर्ना नलिने भएको छ । अस्पतालले कोरोना संक्रमितसहित दैनिक रुपमा दुई सय जना गम्भीर प्रकृतिका बिरामीहरुको उपचार गर्दै आएकोमा अक्सिजनको अभावमा उपचार गाह्र्रो भएकाले नयाँ कोरोना संक्रमितलाई भर्ना गर्न सकिने जनाएको हो । मेडिकल कलेजका […]

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

२६ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिएकी छन् र अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा […]

कर्णालीमा एकैदिन ८ कोरोना संक्रमितको मृत्यु

२६ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा आइतबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । सुर्खेतका पाँचजना, सुल्यानका दुईजना र दैलेखका एकजना गरी ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा. रवीन खड्काले जानकारी दिए । निमित्त निर्देशक खड्काका अनुसार प्रदेश अस्पताल सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका–६ […]

सुदूरपश्चिममा एकैदिन १८ संक्रमितको मृत्यु

२६ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन १८ जनाको मृत्यु भएको छ । यो संख्या सुदूरपश्चिममा अहिलेसम्मकै उच्च हो । कैलाली, कञ्चनपुर, दार्चुला र बाजुरामा गरेर आइतबार १८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कैलालीमा सबैभन्दा धेरै ९ जना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरमा […]

प्रदेश १ मा भरपर्दाे उपचार व्यवस्था मिलाउन कांग्रेसको माग

२६ वैशाख, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले कोरोना संक्रमितका लागि भरपर्दाे उपचार व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । प्रदेश १ का निजी तथा सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गरी भरपर्दाे उपचार व्यवस्था मिलाउन आग्रह गरेको हो । आइतबार विराटनगरस्थित प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै संसदीय दलले सरकारी नीतिका कारण संक्रमितले अस्पताल […]

गण्डकीमा फेरि एमालेको सरकार बन्दैन : चित्रबहादुर केसी

२६ वैशाख, पोखरा । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलको गठबन्धन सरकारलाई समर्थन गर्ने बताएका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले विगतमा अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको भन्दै अब विपक्षी गठबन्धनलाई नयाँ सरकार गठनमा साथ दिने बताए । ‘लुम्बिनी प्रदेशपछि गण्डकीमा पनि मुख्यमन्त्रीले राजीनामा दिएर षडयन्त्र गर्न […]

सेती प्रादेशिक अस्पतालमा थप सात संक्रमितको मृत्यु

२६ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल  र मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीका चार र कञ्चनपुरका तीन जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । धनगढी उपमहानगरपालिका–४ की ३७ वर्षीया महिला, वडा नम्बर १८ का ५० वर्षीय पुरुष, गोदावरी […]

गण्डकीका विपक्षी दल भन्छन् : अब हाम्रो सरकार पक्का भयो !

२६ वैशाख, पोखरा । अविश्वासको प्रस्तावमा मतदान हुने अघिल्लो दिन नै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि विपक्षी दलले मुख्यमन्त्री संसदबाट भागेको प्रतिक्रिया दिएका छन् । विगतमा अविश्वासको प्रस्तावको सामना गर्न नसकेर संसद अधिवेशन नै अन्त्य गरेका मुख्यमन्त्रीले फेरि संसद छल्न राजीनामा दिएको उनीहरुको भनाइ छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले […]

गुल्मी सदरमुकाममा अक्सिजनसहित ४० बेडको आइसोलेसन तयार

२६ वैशाख, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा अक्सिजनसहितको ४० बेडको आइसोलेसन वार्ड तयार गरिएको छ । कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि  तम्घासमा आइसोलेसन वार्ड तयार गरिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वयमा रेसुङ्गा नगरपालिकाले महेन्द्र माविमा २० बेड, रेसुङ्गा हस्पिटलमा १० बेड र गुल्मी अस्पतालमा १० बेड गरी ४० बेडको आइसोलेसन वार्ड तयार […]

महाकाली अस्पतालमा थप पाँच जना संक्रमितको मृत्यु

२६ वैशाख, धनगढी । कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका पाँच जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिइन् । भीमदत्त नगरपालिका–६ का ३५ वर्षीय, वडा नम्बर ६ कै ४८ वर्षीय पुरुष र […]

राजीनामाबारे गुरुङले भने : स्थिरता नचाहनेहरुको चलखेलले काम गर्ने वातावरण भएन

२३ वैशाख, पोखरा । आइतबार राजीनामा दिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थिरता नचाहनेहरुको अराजनीतिक चलखेलका कारण काम गर्न नसक्ने स्थिति आएको बताएका छन् । आइतबार राजीनामा दिएपछि एक वक्तव्य जारी गर्दै उनले स्थिरता नचाहने र विकास विरोधी तत्वको चलखेलका कारण एउटै घोषणापत्रबाट निर्वाचनमा गएको दलले समेत असहयोग गरेकाले काम गर्ने वातावरण नभएको उल्लेख गरेका […]

तटस्थ रहेन जसपा, बाबुराम-उपेन्द्र पक्षले प्रधानमन्त्रीको विपक्षमा मत दिने

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले स्वविवेक प्रयोग गर्न पाउने भएका छन् । पार्टी पदाधिकारीहरुको आइतबार बसेको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनर्स्थापित भएपछि संसदको अंकगणितमा निर्णायक बनेको जसपा दुई खेमामा विभाजित थियो । […]

प्रादेशिक अस्पताल जनकपुरमा तीन जना कोरोना संक्रमितको मृत्यु

२६ वैशाख, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराइरहेका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधामका ६५ वर्षीय पुरुष तथा ४२ वर्षीया महिला र वीरगञ्जका ४५ वर्षीय पुरुषको शनिबार राति उपचारको क्रममा मृत्यु भएको प्रादेशिक अस्पताल कोरोना उपचार केन्द्रका प्रवक्ता डा. मनिष पाण्डेले जानकारी दिए । अक्सिजनको सपोर्टमा उपचार भइरहेका तीनै जनाको श्वासप्रश्वासमा […]

संक्रमित बेडको खोजीमा अस्पताल चहार्दै, ८० बेडको भवनमा सरकारको ताला

२६ वैशाख, विराटनगर । शनिबार राति इटहरी उपमहानगरपालिका–६ का एक पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले एम्बुलेन्समा राखेर विराटनगर ल्याए । विराट मेडिकल कलेजमा बेड थिएन । नोबेल मेडिकल कलेजको अवस्था पनि उस्तै थियो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आउँदा बेड पाउने आशमा पाँच संक्रमति लाइनमा थिए । विराटनगरमा बेड नपाइएपछि उनलाई राति १ बजे […]

वीरगञ्ज महानगरले सोमबारदेखि एन्टीजेन परीक्षण गर्ने

२६ वैशाख, वीरगञ्‍ज । वीरगञ्ज महानगरपालिकाले सोमबारदेखि स्वाब नमुना संकलन केन्द्रमै एन्टीजेन परीक्षण गर्ने भएको छ । त्यसका लागि नारायणी अस्पतालले १ हजार थान एन्टीजेन किट उपलब्ध गराउनेछ । तीन दिनदेखि पीसीआर परीक्षणका लागि स्वाब नमुना संकलन गरेर परीक्षणका लागि पठाउँदा नारायणी अस्पतालले एउटा पनि रिपोर्ट नपठाएपछि विवाद भएको थियो। जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख […]

कोरोना संक्रमणबाट वीरगञ्जमा थप ५ जनाको मृत्यु

२५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जका विभिन्न अस्पतालमा शनिबार साँझ ५ बजेदेखि आइतबार साँझसम्म साढे ६ बजेसम्म पाँच जना संक्रमितको मृत्यु भएको हो । तराई अस्पतालमा एक जना, नारायणी अस्पताल र नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा २/२ जनाको मृत्यु भएको जिल्ला प्रशासन […]

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

२६ वैशाख, काठमाडौं । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को २ अनुसार ३ दिनभित्र नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई आह्वान गरेकी हुन् । गण्डकी प्रदेशमा कुनै दलको […]

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेमा ह्वीप जारी

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् । हेर्नुहोस् पत्र

लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार जना संक्रमितको मृत्यु

२६ वैशाख, बुटवल । रुपन्देहीमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएका बुटवल उपमहानगरपालिकाका  दुई जना महिला र तिलोत्तमा नगरपालिकाका एक महिला र एक पुरुष गरी चार जनाको मृत्यु भएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा–१ की ४५ वर्षीया महिलाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालको […]

रौतहटमा थप ५९ जनामा संक्रमण पुष्टि, दुईजनाको मृत्यु

२६ वैशाख, रौतहट । रौतहटको गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा दुई संक्रमितको ज्यान गएको छ । उपचारको क्रममा रहेका २ जनाको आज ज्यान गएपछि रौतहटमा कोरोनाका कारण मृत्यस हुनेको संख्या १६ पुगेको हो । गए राति गौर नगरपालिका वडा नं. ५ की १० वर्षीया बालिका र गौर ३ का एक पुरुषको उपचारको क्रममा मृत्यु भएको […]



from समाचार – Online Khabar https://ift.tt/3tvRURt
via IFTTT
Powered by Blogger.