Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

संक्रमित बेडको खोजीमा अस्पताल चहार्दै, ८० बेडको भवनमा सरकारको ताला

२६ वैशाख, विराटनगर । शनिबार राति इटहरी उपमहानगरपालिका–६ का एक पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले एम्बुलेन्समा राखेर विराटनगर ल्याए । विराट मेडिकल कलेजमा बेड थिएन । नोबेल मेडिकल कलेजको अवस्था पनि उस्तै थियो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आउँदा बेड पाउने आशमा पाँच संक्रमति लाइनमा थिए । विराटनगरमा बेड नपाइएपछि उनलाई राति १ बजे […]

वीरगञ्ज महानगरले सोमबारदेखि एन्टीजेन परीक्षण गर्ने

२६ वैशाख, वीरगञ्‍ज । वीरगञ्ज महानगरपालिकाले सोमबारदेखि स्वाब नमुना संकलन केन्द्रमै एन्टीजेन परीक्षण गर्ने भएको छ । त्यसका लागि नारायणी अस्पतालले १ हजार थान एन्टीजेन किट उपलब्ध गराउनेछ । तीन दिनदेखि पीसीआर परीक्षणका लागि स्वाब नमुना संकलन गरेर परीक्षणका लागि पठाउँदा नारायणी अस्पतालले एउटा पनि रिपोर्ट नपठाएपछि विवाद भएको थियो। जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख […]

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेमा ह्वीप जारी

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् । हेर्नुहोस् पत्र

लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार जना संक्रमितको मृत्यु

२६ वैशाख, बुटवल । रुपन्देहीमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएका बुटवल उपमहानगरपालिकाका  दुई जना महिला र तिलोत्तमा नगरपालिकाका एक महिला र एक पुरुष गरी चार जनाको मृत्यु भएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा–१ की ४५ वर्षीया महिलाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालको […]

रौतहटमा थप ५९ जनामा संक्रमण पुष्टि, दुईजनाको मृत्यु

२६ वैशाख, रौतहट । रौतहटको गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा दुई संक्रमितको ज्यान गएको छ । उपचारको क्रममा रहेका २ जनाको आज ज्यान गएपछि रौतहटमा कोरोनाका कारण मृत्यस हुनेको संख्या १६ पुगेको हो । गए राति गौर नगरपालिका वडा नं. ५ की १० वर्षीया बालिका र गौर ३ का एक पुरुषको उपचारको क्रममा मृत्यु भएको […]

हत्या आरोपमा सर्लाहीमा एक जना पक्राउ

२६ वैशाख, जनकपुरुधाम । सर्लाहीको ईश्वरपुर नगरपालिकामा एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिका–१२ घारीबथानका ५८ वर्षीय शियाशरण रायलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय शिवजी साहलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मदन कुँवरले जानकारी […]

माधव नेपाल र ओली समूहका नेताहरुको छलफल सकियो

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ । सिंहदरबारमा भएको भेटपछि सुवास नेम्वाङले जानकारी दिए अनुसार उनीहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका थिए । नेता नेपालले पनि आफ्ना कुरा खुलस्त राखेको भन्दै […]

उपत्यकामा थपिए ४ हजार १९८ जना कोरोना संक्रमित

२६ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४ जना, ललितपुरमा ५३३ जना कोरोना संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्‍यु […]

अक्सिजन सहज उपलब्ध गराउन कार्यदल गठन

२६ वैशाख, काठमाडौं । सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका निर्देशनमा सङ्क्रमितका उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठका संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले […]

स्वास्थ्यबाहेक अन्य काममा प्रयोग भइरहेका अक्सिजन सिलिण्डर नियन्त्रणमा

२६ वैशाख, जनकपुरधाम । स्वास्थ्यबाहेक अन्य प्रयोजनमा प्रयोग भइरहेको सात सय थान अक्सिजनका सिलिण्डर प्रदेश २ का विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना संक्रमितका उपचारका लागि अक्सिजनको चरम अभाव भइरहेको बेला स्वास्थ्यबाहेक अन्य प्रयोजनका लागि प्रयोग भइरहेका सिलिण्डर नियन्त्रणमा लिइएको प्रदेश २ प्रहरी कार्यालय जनपुरधामले जनाएको छ । प्रदेशमा रहेका विभिन्न उद्योग, कलकारखाना, […]

निषेधाज्ञामा पनि धमाधम प्रधानमन्त्री रोजगार कार्यक्रम

२६ वैशाख, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकाको गढीसुगा बस्ती जोड्ने बाटो बनरहेको छ । जिल्लामा निषेधाज्ञा लागू भएपछि यही समयमा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत यो सडक निर्माण गर्न स्थानीय सूचीकृत बेरोजगारलाई खटाएको छ । ‘कोरोनाको कहरसँगै जनता बाहिर काम गर्न जान सक्ने अवस्था छैन,’ भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना भन्छिन्,’जनतालाई राहत दिनुभन्दा काम गरेरै […]

राजीनामाबारे माधव नेपाल पक्षले सांसदसँग छलफल गर्दै

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिन आह्वान गरेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा कस्तो रणनीति भन्नेबारे नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदको छलफल सुरु भएको छ । सांसद पदबाट राजीनामा दिने वा अरु विकल्पमा जाने भन्ने विषयमा निर्णय लिन नेपाल पक्षका सांसद सिंहदरबारमा छलफलमा जुटेका हुन् । सांसदहरुको छलफलअघि आइतबार नै नेपाल पक्षका स्थायी कमिटी […]

कमिसन नमिल्दा खोप आयातमा अवरोध गर्नु अपराध : माधव नेपाल

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले कमिसन नमिलेका कारण कोरोना खोप आयातमा अवरोध गर्नु अपराध भएको बताएका छन् । पूर्वप्रधानमन्त्री नेपालले आइतबार अपील जारी गर्दै यस्ता पक्षलाई कारबाही गर्न माग गरेका छन् । निजी नाफाका लागि निजी क्षेत्रलाई खोप आयात गर्न दिन नहुने भन्दै उनले भनेका छन्, कोरोना भ्याक्सिन निःशुल्क र सर्वसुलभ […]

कोरोना संक्रमित सांसदहरुले संसद भवनमै मत दिन पाउने

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन भोलि सोमबार बोलाइएको छ । संसद अधिवेशनअघि गरिएको परीक्षणमा २६ भन्दा बढी सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था […]

कांग्रेसको नेतृत्वमा सरकार बनाउन छलफल गरिरहेका छौं : नेता महत

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि छलफल गरिरहेको बताएका छन् । यसका लागि दलहरुसँग छलफल चलिरहेको र नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्ने निर्णय गरिसकेको उनले बताए । आइतबार आफ्नै निवासमा सञ्चारकर्मीसग कुरा गर्दै नेता महतले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्नुपर्ने आवश्यकता रहेको […]

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, सबै समूह राताम्मे

२६ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १८ दशमलव ५६ अंकले घटेर २ हजार ६ सय १८ दशमलव ५६ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३१ अंकले घटेको छ । कारोबार रकम […]

अमलेखगञ्ज डिपोबाट हप्ताको तीन दिन इन्धन वितरण हुने

२६ वैशाख, काठमाडौं । नेपाल आयल निगमको प्रमुख इन्धन वितरण डिपो अमलेखगञ्जबाट साताको तीन दिन मात्रै इन्धन वितरण हुने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले अबदेखि साताको तीन दिन आइतबार, बुधबार र शुक्रबार मात्रै इन्धन वितरण गरिने जानकारी दिएको हो । कर्मचारीको स्वस्थ्य अवस्था र स्थानीय प्रशासनको आग्रह बमोजिम सातामा तीन दिन मात्रै […]

पाँचखालका मेयर-उपमेयरले आफू चढ्ने गाडीलाई बनाए एम्बुलेन्स

२६ वैशाख, काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका मेयर-उपमेयरले आफू चढ्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेका छन् । नगरप्रमुख महेश खरेल र उपप्रमुख लक्ष्मी दनुवारले आफूले प्रयोग गर्दै आइरहेको सरकारी गाडी कोभिड-१९ का बिरामीलाई अस्पताल लैजान एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने भएका हुन् । नगरप्रमुख खरेलले आफ्नो एउटा निजी गाडी समेत कोभिड-१९ […]

विष्णु पौडेल र सुवास नेम्वाङले भेटे माधव नेपाल

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेता नेपाललाई भेट्न पौडेल र नेम्वाङ सिंहदरबार आएका छन् । नेपाल पक्षको स्थायी कमिटीका नेताहरुबीच छलफल भइरहेका बेला पौडेल र नेम्वाङले नेता नेपालसँग भेट्न समय लिएका थिए । […]

ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाऔं : राज्यमन्त्री मानन्धर

२६ वैशाख, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशका ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउनुपर्ने बताएका छन् । काठमाडौंको बालाजुस्थित जनमैत्री अस्पतालको आइतबार अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले कोरोना संक्रमितको संख्या बढेर अस्पतालमा बेड अभाव भइरहेका बेला ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउनुपर्ने बताएका हुन् । ती अस्पतालमा कोरोनाका बिरामीको उपचारमा लाग्ने आवश्यक आर्थिक तथा […]

लुम्बिनीमा विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई पत्र

२६ वैशाख, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेट गरी यसअघि वैशाख ६ गते र आइतबार नै दर्ता भई छलफल नभएको अविश्वास प्रस्तावमाथि […]



from समाचार – Online Khabar https://ift.tt/3twLsd1
via IFTTT
Powered by Blogger.