समाचार
२६ वैशाख, काठमाडौँ । नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भू-उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो । प्राधिकरणको प्रस्तावानुसार गत पुसमा देशका नौ कम्पनीले आशयपत्र बुझाएका थिए । […]
यो सरकार बहुमतको सरकार हो भन्ने हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन खोजेको देखिन्छ । संविधानको धारा १०० को १ बमोजिम विश्वासको मत लिन प्रधानमन्त्री आफैंले वैशाख २७ गतेका लागि विशेष अधिवेशन बोलाउनुभएको छ । विश्वासको म दिनुभयो भने मेरो सरकार चल्न सक्छ होइन भने म अर्को सरकार बनाउन मार्गप्रशस्त गर्छु भन्ने नै […]
२६ वैशाख, काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) डिजिटल बैंकिङका लागि ज्यूँदो इतिहास हो । नेपालमा एटीएम सेवाको शुरुवात गर्ने नेपाली ब्राण्ड नै एससीटी हो । सन् २००१ मा सञ्चालन अनुमति पाएको यसले कारोबार आरम्भ गर्न भने दुई वर्ष लाग्यो । सन् २००३ देखि व्यवसाय शुरू गरेको एससीटीले नै हिमालयन बैंकसँगको सहकार्यमा एटीएम सेवा सञ्चालनमा […]
२६ वैशाख, काठमाडौं । कास्कीको पोखरामा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्वतको फलेवास नगरपालिका–५ का ६४ वर्षीय पुरुषको संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा उपचारको क्रममा आइतबार बिहान ९ः३२ बजे मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनीमा वैशाख २४ गते संक्रमण […]
२६ वैशाख, काठमाडौं । कोरोना भाइरस महामारीका कारण विवेकशील साझा पार्टीले जेठ अन्तिम साता तय गरेको एकता महाधिवेशन स्थगित गरेको छ । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत वर्ष मङ्सिर २४ गते एकता हुँदा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो । तर शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले कोरोना भाइरस […]
२६ वैशाख, ताप्लेजुङ । पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो । टावरमा समस्या आएसँगै कुनै टेलिफोन तथा मोबाइलमार्फत सञ्चार हुन सकेको छैन । कोभिड–१९ को सङ्क्रमण बढिरहेको समयमा आफ्ना आफन्तहरुसँग सम्पर्कमा रहनुपर्ने समयमा घुन्सा क्षेत्रका स्थानीयवासीले आफ्ना आफन्तसँग सम्र्पक बन्द […]
२६ वैशाख, काठमाडौं । पछिल्लो १० दिन नेपालमा रहेका विदेशी नागरिक बेलायत छिर्न नपाउने गरी बेलायतले यात्रा प्रतिवन्ध लगाएको छ । नेपालमाथिको प्रतिवन्ध १२ मे (२९ वैशाख)बाट कार्यान्वयनमा आउने बेलायत सरकारद्वारा जारी ट्राभल एड्भाइजरीमा उल्लेख छ । यो नियम इंगल्याण्डसहित स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डका लागि समेत मान्य हुनेछ । यो विदेशी नागरिकको हकमा लागु […]
२६ वैशाख, वीरगञ्ज । नारायणी अस्पतालको पीसीआर ल्याबमा शनिबार साँझ केही मानिसहरु पीसीआर रिपोर्ट खोई ? भन्दै आए । ल्याबको सुरक्षाका लागि खटिएका मानिसहरुलाई धकेलेर भित्र पसे । मलेकुलर ल्याबमै पुगेर स्वास्थ्यकर्मीसँग झगडा गरे । यो प्रतिनिधि घटना हो, ल्याबमा निरन्तर यस्ता घटना भइरहेका छन् । रिपोर्ट ढिलो आएको भनेर होहल्ला गर्ने त सामान्य हो […]
२६ वैशाख, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा थप एक साता लकडाउन बढाउने निर्णय गरेका छन् । उनले यसपटकको लकडाउन थप कडा हुने बताएका छन् । लकडाउनभन्दा पहिला कोरोनाको संक्रमण दर ३५ प्रतिशत रहेकोमा यसपटक घटेर २३ प्रतिशतमा आएको उनले बताए । केजरीवालले लकडाउन लम्ब्याउनु आफ्नो रहर नभई बाध्यता भएको उल्लेख गरेका छन् […]
२६ वैशाख, ओखलढुंगा । मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा एक वृद्धको मृत्यु भएको छ । साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका-१ रगनीको आरुबोटका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो । शनिबार बेलुका करीब ८:४५ बजे स्थानीयवासी ५० वर्षीय प्रेमबहादुर सुनुवार र खड्काबीच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी […]
२६ वैशाख, बाँके । निषेधाज्ञाका कारणले उत्पादन भएका गोलभेँडा बिक्री नहुँदा बारीमै कुहिन थालेका छन् । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा निषेधाज्ञा जारी भएपछि किसानले लगाएको गोलभेँडा बारीमै कुहिएको हो । सवारीसाधन संञ्चालन नभएपछि बारीमा गोलभेँडालिन पुग्ने व्यवसायी र खुद्रा ग्राहक पनि नआउँदा किसान मर्कामा परेका छन् । कृषि क्रान्ति गर्ने सरकारले […]
२६ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत नदिने जानकारी गराएका छन् । आइतबार विहान नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ठाकुर र महतो बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री ओलीले विश्वासको मत मागेका थिए । ‘हामीले विश्वासको मत दिन सक्दैनौं, […]
२६ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् र सत्ताका लागि आफ्नो पार्टी नफुटाउन आग्रह गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि संसदको अंकगणितमा निर्णायक बनेको जसपा दुई खेमामा विभाजित छ । महन्थ र राजेन्द्र पक्ष प्रधानमन्त्री एवं […]
२६ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका दुई जना र बर्दियाका एकजना गरी तीन जनाको मृत्यु भएको हो । ओलीका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिका–२ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा आइतबार बिहान ११ः१० बजे मृत्यु भएको हो । उनीमा […]
२६ वैशाख, काठमाडौं । झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आइतबारदेखि २०० बेड सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका संक्रमितलाई धमाधम बीएण्डसी पु¥याउने क्रम जारी रहेपछि अस्पतालले बेड थप गरेको हो । संक्रमितलाई उपचार गर्न सो संख्यामा बेड सञ्चालनमा आएको अस्पतालद्वारा […]
२६ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड-१९ लक्षित गरी हेलो डाक्टर अभियान सुरु गरेको छ । ‘एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल’ नाम दिइएको यो अभियानका दौरान डाक्टर अन कलका चिकित्सकले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह दिने भएका छन् । महासंघले यो कार्यक्रमका लागि भाइवरसँग सहकार्य गरेको छ । कोभिड संक्रमित भई घर वा […]
२६ वैशाख, जनकपुरधाम । प्रदेश-२ मा १९ जना प्रहरी र ५६ जना थुनुवामा कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार महोत्तरीबाहेक ७ जिल्लामा प्रहरी संक्रमित देखिएका छन् । सबैभन्दा बढी बारामा ६ जना प्रहरी संक्रमित देखिएका छन् । पर्सामा ५ जना, सर्लाहीमा ३ जना, सिरहामा २ जना तथा सप्तरी, धनुषा र रौतहटमा […]
२६ वैशाख, चितवन । कोरोना संक्रमित भएर गम्भीर अवस्थामा पुगेका बिरामीका लागि अक्सिजनको सप्लाई अनिवार्य छ । त्यस्ता बिरामीलाई अक्सिजन विना एकछिन पनि जोगाउन मुश्किल हुँदै गएको देखिएको छ। अक्सिजनको अभावमा कतिपय जिल्लामा संक्रमित भएका बिरामीहरूको ज्यान गएको समाचार बाहिरिन थालेका छन् । मेडिकल सिटीको उपमा पाएको चितवनका अस्पतालमा अहिलेसम्म अक्सिजनको अभाव भने देखिएको छैन […]
२६ वैशाख, काठमाडौं । क्रसर उद्योगी, जलविद्युत उत्पादक र ग्रिल व्यवसायीले आफूसँग भएका अक्सिजन सिलिन्डर सरकारलाई उपलब्ध गराउने घोषणा गरेका छन् । कोभिड-१९को महामारी बढ्दै गएपछि देशभर नै अक्सिजन सिलिन्डरको अभाव देखिएको छ । यसका कारण कतिपयले ज्यान समेत गुमाउन थालेपछि उद्याेगी/व्यवसायीले घोषणा गरेर नै अक्सिजन सिलिन्डर सरकारलाई दिन सुरु गरेका हुन् । नेपाल क्रसर […]
काठमाडौं । हावाबाट कोरोना सर्छ कि सर्दैन भन्ने एक वर्षदेखिको विवाद अन्त्य गर्दै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोनाभाइरसको संक्रमण हावामार्फत समेत फैलन सक्ने बताएको छ । सीडीसीद्वारा जारी कोरोनाभाइरस सम्बन्धी निर्देशिकामा सास फेर्ने क्रममा वायुको माध्यमबाट पनि संक्रमण हुनसक्ने उल्लेख छ । संक्रमित व्यक्तिले श्वास फेर्दा भाइरसयुक्त ओसिला कणहरु हावामा […]
२६ वैशाख, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । भेटमा प्रधानमन्त्री ओलीले सोमबार लिन लागेको विश्वासको मत, जसपाको भूमिका लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि ठाकुर र महतोले देउवालाई उनकै निवास बुढानीलकण्ठ पुगेर छलफल […]
from समाचार – Online Khabar https://ift.tt/3f09iIS
via IFTTT






















