समाचार
२१ वैशाख, काठमाडौं । विशेष अधिवेशनमार्फत विश्वासको मत लिन संसदमा जाने प्रधानमत्री केपी शर्मा ओलीको कदमपछि विपक्षी दलहरुबीच फेरि अविश्वासको प्रस्ताव दर्ताको बहस सुरु भएको छ । स्रोतका अनुसार सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आगामी रणनीतिबारे सम्वाद भएको थियो । मंगलबार कांग्रेस पदाधिकारीहरुको बैठक बस्यो भने […]
२१ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार थप तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले अर्घाखाँचीका चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून, रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या र कपिलवस्तुका धर्मलाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् आचार्य र श्रेष्ठ एमाले सांसद हुन् भने श्रीवास्तव सूर्य […]
२१ वैशाख, वीरगञ्ज । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बारामा अनिश्चितका लागि निषेधाज्ञा लगाइएको छ । वैशाख २३ गते साँझ ६ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका छन् । निषेधाज्ञाको आदेशमा अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्कने, खाद्यान्न, सागसब्जी, माछामासु, औषधी उपकरण बिक्री […]
२१ वैशाख, काठमाडौं । वरिष्ठ नेता झलनाथ खनालसहित नेकपा एमालेका ६ जना सांसद् कोरोना संक्रमित भएका छन् । नेता खनालको उपचार नर्भिक अस्पतालमा भइरहेको छ । संक्रमित हुनेमा दुई जना संघीय सरकारकै मन्त्री छन् । पर्यटन मन्त्री भानुभक्त ढकाल र महिला, बालबालिका तथा समाज कल्याण मन्त्री जुली महतोलाई कोरोना संक्रमण भएको छ । तीन दिन […]
२१ वैशाख, जनकपुरधाम । भारततर्फ अक्सिजनको सिलिण्डर तस्करी गरेको आरोपमा प्रहरीले मंगलबार महोत्तरीमा तीन जनालाई पक्राउ गरेको छ । प्र २–०२–००१ च ०३१७ नम्बरको गाडीमा ७÷७ किलोको २ थान भरिएको अक्सिजन सिलिण्डर लैजाँदै गर्दा प्रहरीले जलेश्वर नगरपालिका १२ थरुवाहीबाट उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उप–महानगरपालिका ७ बस्ने ३६ बर्षीय जमरुदिन राईन, […]
२१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने निर्णयमा पुगेका प्रधानमन्त्रीको राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको बताएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन आवश्यक ठानेको भन्दै मन्त्रिपरिषद्को सिफारिशमा २७ वैशाखमा संसदको विशेष अधिवेशन आह्वान भएको छ । माओवादी केन्द्रले भने विश्वासको मत लिन विशेष अधिवेशन बोलाउने कदम संविधानको […]
२१ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने र थप कडाइ गर्ने निर्णय गरेको हो । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्ट स्टोर विहान ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ । यसअघि खाद्य सामग्रीको पसल विहान ६ […]
२१ वैशाख, पोखरा । अविश्वासको प्रस्तावबारे छलफल गर्न बोलाइएको गण्डकी प्रदेशको प्रदेशसभाको विशेष अधिवेशन अनिश्चित बनेको छ । मंगलबार बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका विपक्षी दलले अविश्वास प्रस्तावलाई यसै हप्ता टुंगोमा पुर्याउनुपर्ने बताए । तर सत्तारुढ नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ पहिलो हप्ताअघि […]
२१ वैशाख, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले प्रहरीका लागि विभिन्न व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । नेपाल औषधि उत्पादक संघसँग सहकार्य गरेर संघले जिल्ला प्रहरी कार्यालय पर्सालाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो । वीरगञ्जमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि हाल निषेधाज्ञा लगाइएको छ । सर्वसाधारणलाई निषेधाज्ञा पालना गराउन […]
२१ वैशाख, वीरगञ्ज । बाराका कोरोना संक्रमित पुरुषको वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ । नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा फेटा गाउँपालिका–२ बिनौली बस्ने ३५ वर्षीय पुरुषको मंगलबार दिउँसो २ बजे मृत्यु भएको हो । योसँगै नयाँ भेरियन्टको कोरोना संक्रमणबाट बारामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । स्वास्थ्यमा समस्या आएपछि […]
२१ वैशाख, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा युवकको हत्या आरोपमा पत्नी र भाइसहित चार जना पक्राउ परेका छन् । गत शुक्रबार राति हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्या भएको थियो । हत्या आरोपमा उनकै पत्नी २३ बर्षीया सुशीला देवी, भाइ अनिल मण्डल र अरु दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शम्भु […]
२१ वैशाख, काठमाडौं । सम्पदा संरक्षणका लागि काम गर्दै आइरहेको नेवाः ग्वाहलि पुचः (सम्पदा संरक्षण महाअभियान)ले बिहीबारदेखि आइसोलेसन वार्ड सञ्चालन गर्ने तयारी गरेको छ । काठमाडौंको सामाखुसीस्थित बुलन्द सिद्धि अस्पताल (डायलोसिस अस्पताल) मा २० बेडको आइसोलेसन वार्ड तयार गरी सञ्चालनमा ल्याउन लागेको महाअभियानका संयोजक यादवलाल कायस्थले जानकारी दिए । कोरोनाबाट संक्रमित भई आइसोलेसन बस्नकै लागि […]
२१ वैशाख, जनकपुरधाम । जनकपुरधाममा एक पुरुषको शव बोरामा बाँधिएको अवस्थामा फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीस्थित आँप बगैंचामा अन्दाजी ५५ वर्षीय पुरुषको शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ । बोरामा शव देखेपछि स्थानीयले खबर गर्दा पुगेको प्रहरी टोलीले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्रकुमार मिश्रले […]
२१ वैशाख, जनकपुरधाम । सर्लाहीको एउटै गाउँ ज्वरो र रुघाखोकी लागेका चार जनाको मृत्यु भएको छ । भारतीय सीमासँगै जोडिएको बलरा नगरपालिका–६ मिर्जापुरका चारजनाको ज्वरो र रुघाखोकीकै कारण मृत्यु भएको नगर प्रमुख अभयकुमार सिंहले जानकारी दिए । प्रमुख सिंहका अनुसार उक्त वडाका ८०, ८५, ४६ र ४५ बर्षका व्यक्तिको शनिबार र आइतबार मृत्यु भएको छ […]
२१ वैशाख, काठमाडौं । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएकाेमा नेपाली कांग्रेसले विरोध जनाएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत […]
२१ वैशाख, बुटवल । रुपन्देहीमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा ७९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये बुटवल उपमहानगरपालिकाका मात्र ३३२ जना छन् । यस्तै तिलोत्तमाका १५८ जना, सिद्धार्थनगरका १०८ जना, देवदहका ४२ जना, शुद्धोधनका ५७ जना र सैनामैनाका ३५ […]
२१ वैशाख, काठमाडौं । भारतको राजधानी दिल्लीमा दिन ढल्दै गर्दा शवहरू जलाइएको गन्ध हावामा फैलिरहेको हुन्छ । गत साताको एक साँझ दिल्लीस्थित सानो घाटमा एकैसाथ सातवटा चिता जलिरहेका थिए । ‘म यहाँ आफ्नो परिवारसँग पूरा जीवन बस्दै आएको छु र दैनिक दुईपटक यो क्षेत्र हुँदै जान्छु,’ स्थानीय गौरव सिंह भन्छन्, ‘मैले कहिले पनि यति धेरै […]
२१ वैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको शव व्यवस्थापन गर्ने थप स्थान खोज्ने निर्णय गरेको छ । गृह मन्त्रालय मातहत रहेको कोभिड–१९ व्यवस्थापन, समन्वय तथा सहजीकरणका लागि बनेको समितिले शव व्यवस्थापनका लागि नयाँ स्थान पहिचानका लागि स्थानीय तहलाई पत्राचार गर्ने निर्णय गरेको हो । हालसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको […]
२१ वैशाख, जनकपुरधाम । सर्लाहीमा छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा भएको छ । ईश्वरपुर नगरपालिका–घारिबथान निवासी शियाशरण रायलाई छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । ५८ बर्षीय रायलाई छिमेकी ३५ वर्षीय शिवजी साहले पेट्रोल छर्केर सोमबार बिहान आगो लगाएका वडाध्यक्ष नागेन्द्रकुमार पाख्रिनले जानकारी दिए । […]
२१ वैशाख, काठमाडौं । उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा जानुका ढकाल नियुक्त भएकी छिन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले ढकाललाई विकास आयुक्त नियुक्त गरेको हो । झापा घर भएकी ढकाल नवनारी मासिककी सम्पादक हुन् । शहरी विकास मन्त्रालयबाट उनले नियुक्तिपत्र बुझेकी छिन् । विकास आयुक्तका लागि चैत १२ गते सरकारले दरखास्त मागेको थियो । जसमा […]
२१ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारसम्म २० जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा बढी रहेको जनाएको छ । प्रदेश १ का ३, प्रदेश २ का २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका ६/६ तथा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १/१ जिल्ला गरी २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको […]
from समाचार – Online Khabar https://ift.tt/3ujdqKA
via IFTTT






















