Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन माधव नेपालको आग्रह

१९ वैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध पक्षसँग आग्रह गरेका छन् । खनालको स्वास्थ्य लाभको कामना गर्दै नेता नेपालले उपचारमा आवश्यक ध्यान दिन आग्रह गरेका हुन् । ‘उहाँको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध सबैको ध्यानाकर्षण समेत गराउँछु’, नेता नेपालले सामाजिक सञ्जालमा […]

कोरोना केन्द्रित बजेट ल्याउनुपर्छ : सुरेन्द्र पाण्डे

१९ वैशाख, काठमाडौं । पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निषेधाज्ञामा कडाइ गर्ने मात्रै नभएर कोरोना परीक्षण र उपचारमा जोड दिन सरकारसँग माग गरेका छन् । संक्रमणको अवस्था गम्भीर बन्दै गएकाले उपचारका लागि बजेट निकासा गर्न पनि पाण्डेले आग्रह गरेका छन् । ‘सरकारले निषेधाज्ञालाई कसिलो बनाउने मात्र होइन । तत्काल अस्पताल र बेड […]

लुम्बिनीको विशेष अधिवेशन आजदेखि

१९ वैशाख, बुटवल । विपक्षी दलहरूको निवेदन अनुसार लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आइतबार (आज) देखि सुरु हुँदैछ । विशेष अधिवेशनले एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्ताव टुंगो लगाउने छ । प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा सत्ता पक्ष र विपक्षी दलका […]

अस्पतालमा अक्सिजन बाँड्ने युवक पक्राउ

१९ वैशाख, काठमाडौं । कोरोना संक्रमित बिरामीलाई अहिले अक्सिजन अत्यावश्यक भएको छ । अक्सिजन अभावमा कतिपयले अस्पतालमै ज्यान गुमाइरहेका छन् । यो संकटको घडीमा कसैले निःशुल्क अक्सिजन उपलब्ध गराइदिन्छ भने त्यो जत्तिको ठूलो राहत सायदै अरू हुँदैन । तर तिनै अक्सिजनदातालाई प्रहरीले पक्रेर मुद्दा चलाएको समाचार सार्वजनिक भएको छ । यो समाचार हो कोरोना संक्रमणबाट […]

गुल्मीमा आजबाट एक साता निषेधाज्ञा 

१९ वैशाख, गुल्मी । गुल्मीमा गए रातिदेखि एक साताका लागि निषेधाज्ञा लागू भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को निर्णयअनुसार वैशाख २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । निषेधाज्ञा अवधिभर अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण […]

कोरोनाका बिरामी उपचारका लागि कस्तो छ भक्तपुरका स्थानीय तहको तयारी ?

१९ वैशाख, काठमाडौं । दिनप्रतिदिन कोरोना महामारी बढ्दै जाँदा भक्तपुर नगरपालिकाका स्थानीय तहहरुले आइसोलेसन सेन्टर पुनः सञ्चालनमा ल्याएका छन् । जिल्लाका चार स्थानीय तहमध्ये ३ स्थानीय तहले आइसोलेसन सेन्टर पुनः सञ्चालनमा ल्याइसकेका छन् भने सूर्यविनायक नगरपालिकाले यसको काम अन्तिम चरणमा पुगेको बताएको छ । आइसोलेसन सेन्टरसँगै नगरपालिकाहरुले हाई डिपेन्डेन्सी युनिट समेत सञ्चालनमा ल्याएका छन् । […]

आज सूचना प्रविधि दिवस: प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै

१९ वैशाख, काठमाडौं । आइतबार चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक भर्चुअल कार्यक्रमको आयोजना गरेको छ । मन्त्रालयका अनुसार विहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिवसकै अवसरमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री […]

पोलार्डको विष्फोटक ब्याटिङ मद्दतमा चेन्नाईमाथि मुम्बईको शानदार जित

१९ वैशाख, काठमाडौं । काएरन पोलार्डले विष्फोटक ब्याटिङ गर्दै ३४ बलमा अविजित ८७ रन बनाएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सलाई ४ विकेटले पराजित गरेको छ । आईपीएलमा मुम्बईले आफ्नो उच्च स्कोर चेस गर्ने क्रममा चेन्नाईले दिएको २१९ रनको लक्ष्य अन्तिम ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । आईपीएलमा कुनै पनि टिमले […]

पूर्वी एवं पहाडी भेगमा मंगलबारसम्म वर्षा हुने

१९ वैशाख, काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आइतबार बिहानैदेखि काठमाडौं उपत्यका एवं पूर्वी नेपालको १ नं प्रदेशमा मौसम बदली भएको छ । मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहार र बंगालमा विकास भएको निम्न चापीय क्षेत्रका कारण प्रदेश नं १ र २ मा मंगलबारसम्म मौसम बदली रही बेलाबेलामा वर्षा […]

धनगढीमा एकजना कोरोना संक्रमितको मृत्यु, कैलालीमा निषेधाज्ञा लम्बाउने निर्णय

१९ वैशाख, धनगढी । धनगढीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३ की ३८ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले श्वासप्रश्वास सम्बन्धी समस्या भएकी ती महिलाको कडा खालको निमोनियाका कारण मृत्यु भएको जानकारी दिए । यसअघि शनिबार सेती […]

निषेधाज्ञामा निस्किन पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य

१८ वैशाख, काठमाडौँ । पत्रकारहरुलाई निषेधाज्ञामा समाचार संकलनको लागि अब सूचना विभागको प्रेस पास अनिवार्य चाहिने भएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई हिँड्न दिने निर्णय गरेको हो । यसअघि निषेधाज्ञाका समयमा समाचार संकलनार्थ खटिएका पत्रकारले सम्बन्धित मिडिया हाउसकै पासका आधारमा हिँड्न पाउने गरेका थिए । ‘मिडिया […]

उपत्यकाको निषेधाज्ञामा आइतबारदेखि थप कडाइ गर्दै प्रशासन

१८ वैशाख, काठमाडौँ । उपत्यकामा प्रशासनले लगाएको निशेधाज्ञामा आइतबारदेखि थप कडाइ गरिने भएको छ। सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्‍दै प्रशासनले थप कडाइ गर्ने तयारी गरेको हो । काठमाडौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अनलाइनखबरसँग भने, ‘अनुगमनका क्रममा सवारी र मानिसहरुको केही चाप देखिएको छ। यसलाई थप कडाइ गर्दै लानेछौं ।’ पराजुलीसहित जिल्ला […]

दाङमा भारतीय नम्बर प्लेटको कारमा भेटियो तीन बालकको शव

१८ वैशाख, काठमाडौं । दाङको तुलसीपुरमा भारतीय नम्बर प्लेटको गाडीमा तीनजनाको बालकको शव भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका-६, स्याउली बजारमा भारतीय नम्बर प्लेट जे ०१६६०८८५ भएको कारमा शिशुको शव भेटिएको हो । लामो समयदेखि पार्किङमा गरि राखिएको कारमा शनिबार राति शव बरामद भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले बताए । […]

कहाँ पुगे मोरङ छिरेका भनिएका रोहिंग्या ?

१८ वैशाख, विराटनगर । म्यानमारको सेनाबाट लखेटिएपछि बंगलादेशमा बस्दै आएका रोहिंग्या शरणार्थीको एउटा समूह झापा र मोरङ छिरेको छ । खुला सीमाको फाइदा उठाउँदै एजेन्ट मार्फत मोरङमा ६ र झापामा १०–१२ जनाको समूह छिरेको सुरक्षा सम्बद्ध अधिकारीहरु बताउँछन् । भारतबाट लुकिपिछी झापा र मोरङ छिरेकाहरुको प्रशासनले खोजी गरिरहेको छ । तर उनीहरु भेटिएका छैनन् । […]

सभामुख निरंकुश भए अध्यादेशमार्फत बजेट ल्याउनुपर्ने हुन्छ

वैशाख १५ गते मुख्यमन्त्रीमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुने भनिएको दिन कुनै दलका सांसद हराएको भन्दै सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि विशेष अधिवेशनको बैठक स्थगित गर्नुभयो । प्रदेशसभा सञ्चालनको नियमावली हुन्छ । त्यही नियमावलीमा टेकेर प्रदेशसभाको बैठक सञ्चालन हुन्छ, कार्यसूची तयार हुन्छ । सबै राजनीतिक दलको प्रतिनिधित्व हुने गरी कार्य व्यवस्था परामर्श समिति बनाइएको छ […]

कोरोना संक्रमण उच्च बिन्दुमा, एकैदिन ५,७६३ जनामा संक्रमण पुष्टि

१८ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ४०३ जनाको पीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा […]

उपत्यकामा एक हजार वेड थप्छौं : स्वास्थ्यमन्त्री

१८ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले काठमाडौं उपत्यकामा एक हजार वेड थप गर्ने बताएका छन् । साथै संक्रमितहरुको उपचारमा सरकारले हातखुट्टा नछाडेको उनले दाबी गरे । मन्त्रालयले शुक्रबार वेड उपलब्ध गराउन नसक्ने वक्तव्य निकालेको थियो, जसका कारण सरकारले हात उठाएको भन्दै आलोचना भएको थियो । शुक्रबार साँझ सामाजिक सञ्जालमा भिडियो सन्देश दिँदै त्रिपाठीले […]

सुनसरीमा कोरोनाबाट दुई दिनको अन्तरमा आमा छोराको मृत्यु

१८ वैशाख, विराटनगर । कोरोना संक्रमणका कारण सुनसरीमा दुई दिनको अन्तरमा आमा छोराको मृत्यु भएको छ । सुनसरी सदरमुकाम इनरुवामा आमाको मृत्यु भएको दुई दिनपछि छोराको मृत्यु भएको हो । बुधबार होम आइसोलेसनमा आमाको मृत्यु भएको थियो । छोराको शनिबार दिउँसो कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । ८४ वर्षीय आमाको मृत्यु भएकै […]

झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

१८ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो । उनलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ ।  खनालको बाँकी अवस्था सामान्य छ । अर्का नेता […]

मकवानपुरमा आइतबार मध्यरातिबाट निषेधाज्ञा

१८ वैशाख, हेटौंडा । मकवानपुरमा पनि सोमबारदेखि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा आइतबार राति १२ बजेदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी र भीमफेदी गाउँपालिकासहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । […]

कर्णालीमा एकै दिन थपिए २१४ कोरोना संक्रमित

१८ वैशाख, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा २१४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २१४ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १७२ जना छन् । यस्तै […]



from समाचार – Online Khabar https://ift.tt/339yFlU
via IFTTT
Powered by Blogger.