समाचार
१९ वैशाख, काठमाडौं । कोरोना संक्रमित बिरामीलाई अहिले अक्सिजन अत्यावश्यक भएको छ । अक्सिजन अभावमा कतिपयले अस्पतालमै ज्यान गुमाइरहेका छन् । यो संकटको घडीमा कसैले निःशुल्क अक्सिजन उपलब्ध गराइदिन्छ भने त्यो जत्तिको ठूलो राहत सायदै अरू हुँदैन । तर तिनै अक्सिजनदातालाई प्रहरीले पक्रेर मुद्दा चलाएको समाचार सार्वजनिक भएको छ । यो समाचार हो कोरोना संक्रमणबाट […]
१९ वैशाख, गुल्मी । गुल्मीमा गए रातिदेखि एक साताका लागि निषेधाज्ञा लागू भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को निर्णयअनुसार वैशाख २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । निषेधाज्ञा अवधिभर अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण […]
१९ वैशाख, काठमाडौं । दिनप्रतिदिन कोरोना महामारी बढ्दै जाँदा भक्तपुर नगरपालिकाका स्थानीय तहहरुले आइसोलेसन सेन्टर पुनः सञ्चालनमा ल्याएका छन् । जिल्लाका चार स्थानीय तहमध्ये ३ स्थानीय तहले आइसोलेसन सेन्टर पुनः सञ्चालनमा ल्याइसकेका छन् भने सूर्यविनायक नगरपालिकाले यसको काम अन्तिम चरणमा पुगेको बताएको छ । आइसोलेसन सेन्टरसँगै नगरपालिकाहरुले हाई डिपेन्डेन्सी युनिट समेत सञ्चालनमा ल्याएका छन् । […]
१९ वैशाख, काठमाडौं । आइतबार चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक भर्चुअल कार्यक्रमको आयोजना गरेको छ । मन्त्रालयका अनुसार विहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिवसकै अवसरमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री […]
१९ वैशाख, काठमाडौं । काएरन पोलार्डले विष्फोटक ब्याटिङ गर्दै ३४ बलमा अविजित ८७ रन बनाएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सलाई ४ विकेटले पराजित गरेको छ । आईपीएलमा मुम्बईले आफ्नो उच्च स्कोर चेस गर्ने क्रममा चेन्नाईले दिएको २१९ रनको लक्ष्य अन्तिम ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । आईपीएलमा कुनै पनि टिमले […]
१९ वैशाख, काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आइतबार बिहानैदेखि काठमाडौं उपत्यका एवं पूर्वी नेपालको १ नं प्रदेशमा मौसम बदली भएको छ । मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहार र बंगालमा विकास भएको निम्न चापीय क्षेत्रका कारण प्रदेश नं १ र २ मा मंगलबारसम्म मौसम बदली रही बेलाबेलामा वर्षा […]
१९ वैशाख, धनगढी । धनगढीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३ की ३८ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले श्वासप्रश्वास सम्बन्धी समस्या भएकी ती महिलाको कडा खालको निमोनियाका कारण मृत्यु भएको जानकारी दिए । यसअघि शनिबार सेती […]
१८ वैशाख, काठमाडौँ । पत्रकारहरुलाई निषेधाज्ञामा समाचार संकलनको लागि अब सूचना विभागको प्रेस पास अनिवार्य चाहिने भएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई हिँड्न दिने निर्णय गरेको हो । यसअघि निषेधाज्ञाका समयमा समाचार संकलनार्थ खटिएका पत्रकारले सम्बन्धित मिडिया हाउसकै पासका आधारमा हिँड्न पाउने गरेका थिए । ‘मिडिया […]
१८ वैशाख, काठमाडौँ । उपत्यकामा प्रशासनले लगाएको निशेधाज्ञामा आइतबारदेखि थप कडाइ गरिने भएको छ। सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्दै प्रशासनले थप कडाइ गर्ने तयारी गरेको हो । काठमाडौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अनलाइनखबरसँग भने, ‘अनुगमनका क्रममा सवारी र मानिसहरुको केही चाप देखिएको छ। यसलाई थप कडाइ गर्दै लानेछौं ।’ पराजुलीसहित जिल्ला […]
१८ वैशाख, काठमाडौं । दाङको तुलसीपुरमा भारतीय नम्बर प्लेटको गाडीमा तीनजनाको बालकको शव भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका-६, स्याउली बजारमा भारतीय नम्बर प्लेट जे ०१६६०८८५ भएको कारमा शिशुको शव भेटिएको हो । लामो समयदेखि पार्किङमा गरि राखिएको कारमा शनिबार राति शव बरामद भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले बताए । […]
१८ वैशाख, विराटनगर । म्यानमारको सेनाबाट लखेटिएपछि बंगलादेशमा बस्दै आएका रोहिंग्या शरणार्थीको एउटा समूह झापा र मोरङ छिरेको छ । खुला सीमाको फाइदा उठाउँदै एजेन्ट मार्फत मोरङमा ६ र झापामा १०–१२ जनाको समूह छिरेको सुरक्षा सम्बद्ध अधिकारीहरु बताउँछन् । भारतबाट लुकिपिछी झापा र मोरङ छिरेकाहरुको प्रशासनले खोजी गरिरहेको छ । तर उनीहरु भेटिएका छैनन् । […]
वैशाख १५ गते मुख्यमन्त्रीमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुने भनिएको दिन कुनै दलका सांसद हराएको भन्दै सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि विशेष अधिवेशनको बैठक स्थगित गर्नुभयो । प्रदेशसभा सञ्चालनको नियमावली हुन्छ । त्यही नियमावलीमा टेकेर प्रदेशसभाको बैठक सञ्चालन हुन्छ, कार्यसूची तयार हुन्छ । सबै राजनीतिक दलको प्रतिनिधित्व हुने गरी कार्य व्यवस्था परामर्श समिति बनाइएको छ […]
१८ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ४०३ जनाको पीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा […]
१८ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले काठमाडौं उपत्यकामा एक हजार वेड थप गर्ने बताएका छन् । साथै संक्रमितहरुको उपचारमा सरकारले हातखुट्टा नछाडेको उनले दाबी गरे । मन्त्रालयले शुक्रबार वेड उपलब्ध गराउन नसक्ने वक्तव्य निकालेको थियो, जसका कारण सरकारले हात उठाएको भन्दै आलोचना भएको थियो । शुक्रबार साँझ सामाजिक सञ्जालमा भिडियो सन्देश दिँदै त्रिपाठीले […]
१८ वैशाख, विराटनगर । कोरोना संक्रमणका कारण सुनसरीमा दुई दिनको अन्तरमा आमा छोराको मृत्यु भएको छ । सुनसरी सदरमुकाम इनरुवामा आमाको मृत्यु भएको दुई दिनपछि छोराको मृत्यु भएको हो । बुधबार होम आइसोलेसनमा आमाको मृत्यु भएको थियो । छोराको शनिबार दिउँसो कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । ८४ वर्षीय आमाको मृत्यु भएकै […]
१८ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो । उनलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । खनालको बाँकी अवस्था सामान्य छ । अर्का नेता […]
१८ वैशाख, हेटौंडा । मकवानपुरमा पनि सोमबारदेखि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा आइतबार राति १२ बजेदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी र भीमफेदी गाउँपालिकासहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । […]
१८ वैशाख, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा २१४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २१४ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १७२ जना छन् । यस्तै […]
१८ वैशाख, हेटौंडा । हेटौंडामा अबको २९ वर्षसम्म पानीको अभाव नहुने एक अध्ययनले देखाएको छ । हेटौंडामै रहेर ६ महिना लामो अध्ययन गरेको विज्ञ टोलीले अबको २९ वर्षसम्म पानीको स्रोत र सन्तुलनका कारण हेटौंडामा पानीको अभाव नहुने निष्कर्ष निकालेको हो । पानीको अभाव नहुने भएकाले हेटौंडामा औद्योगिक क्षेत्र स्थापना र शहरी विकास निर्माणको कार्य गर्न […]
१८ वैशाख, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पोखरा फर्किएका छन् । शुक्रबार दिउँसो तीन बजे प्रधानमन्त्री ओलीलाई भेट्न काठमाडौं आएका मुख्यमन्त्री गुरुङ शनिबार दुई बजे फर्किएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले काठमाडौं बोलाएपछि मुख्यमन्त्री गुरुङ काठमाडौं आएका थिए । गण्डकी प्रदेश सरकारबारे प्रधानमन्त्री ओलीसँग कुराकानी गरेर मुख्यमन्त्री […]
१८ वैशाख, धनगढी । डडेल्धुरा अस्पतालको कोभिड वार्ड संक्रमितले भरिएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको उपचारको केन्द्र डडेल्धुरा अस्पतालमा स्थापना गरिएको १६ शैय्याको वार्ड संक्रमितले भरिएको हो । सिनियर अहेब तथा सूचना अधिकारी टंकप्रसाद पन्तले शनिबारसम्म कोभिड वार्डका सबै शैय्या भरिएपछि थप संक्रमित आएमा उपचारमा समस्या सिर्जना हुने बताए । कोभिड वार्डमा भर्ना […]
from समाचार – Online Khabar https://ift.tt/3vDxeZ4
via IFTTT






















