Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सप्तरीका शहरी क्षेत्रमा शनिबारदेखि निषेधाज्ञा

२३ वैशाख, सप्तरी । प्रदेश-२ को पूर्वी जिल्ला सप्तरीमा पनि निषेधाज्ञा लगाउने निर्णय भएको छ । वैशाख २५ गते राति शनिबार १२ बजेदेखि लागू हुने गरी जिल्लाको शहरी क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय भएको हो । जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाका सम्पूर्ण शहरी क्षेत्रमा बैशाख २५ गतेदखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा […]

नगर प्रमुख चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने तयारी

२३ वैशाख, डोटी । डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुखले चढ्ने गाडी एम्बुलेन्स बनाउने निर्णय भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको बेलामा बिरामीहरुलाई ओसार पसार गर्न सहज होस् भन्ने उद्देश्यले उक्त निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साँउदले बताए । नगरपालिकाको टिप्परलाई शव वाहन बनाउने निर्णय समेत भएको सूचना अधिकारी साँउदले बताए । जनप्रतिनिधि […]

रुपन्देहीका कोभिड अस्पतालमा अक्सिजन अभाव

२३ वैशाख, बुटवल । कोरोना संक्रमितको उपचार गराइरहेका रुपन्देहीका सरकारी र निजी अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको छ । संक्रमितको संख्या बढेसँगै अक्सिजनको खपत ह्वात्तै बढेपनि आपूर्ति कम हुँदा अभाव खड्केको हो । लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा दैनिक २ सय बढी सिलिण्डिर अक्सिजन आवश्यक हुन थालेकोमा जम्मा ६५ सिलिण्डर […]

बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु

२३ वैशाख, बाँके । बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु भएको छ । दाङ शान्तिनगर-६की ७५ वर्षीया महिलाको विहीबार विहान ९: १५ बजे नेपालगञ्‍ज मेडिकल कलेज, कोहलपुरमा मृत्‍यु भएको छ । वैशाख १६ गते कोरोना संक्रमण देखिएको उनलाई वैशाख २२ गते अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्‍यु भएको नेपालगञ्‍ज मेडिकल कलेज, कोहलपुरले […]

वीरगञ्जमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

२३ वैशाख, वीरगञ्‍ज । वीरगञ्जको नारायणी अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज– ४ विर्ताका ७० वर्षीय र रौतहटको गौर नगरपालिका-२ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नारायणी अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ३४ पुगेको छ । मृतक मध्ये २३ जना पर्साका, बाराका ६, रौतहटका ३ र सर्लाहीका […]

भौतिक उपस्थितिमा परीक्षा हुने सम्भावना कम

२३ वैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै देशभरका शिक्षण संस्था बन्द छन् । सञ्चालन भइरहेका परीक्षा पनि बीचैमा स्थगित भएका छन् । देशका ५२ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । अधिकांश जिल्लामा वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरिएको छ । संक्रमण बढिरहेकाले थपिने सम्भावना उत्तिकै छ । यसले गर्दा कक्षा १० र १२ का विद्यार्थीलाई […]

बेलझुण्डी अस्पतालको बिजोग : व्यवस्थापकले भने- ‘अब बिरामी भर्ना गर्न सक्दैनौं’

२३ वैशाख, दाङ । एमाले नेता शंकर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्तिको बधाई पाइरहँदा उनकै गृहजिल्लामा अवस्थित कोरोना विशेष अस्थायी अस्पतालमा अक्सिजन अभावले विरामीहरु छटपटाइरहेका थिए । अक्सिजनको जोहो समयमै नहुँदा एकजनाको त ज्यानै गयो । दुई जना बिरामीलाई उनका आफन्तले हेलिकप्टर चार्टर्ड गरेर काठमाडौं पठाए । अक्सिजन अभावले विरामी र तिनका आफन्त हायलकायल […]

सरकारले स्थानीय तहलाई भन्योः दैनिक गाउँटोल निःसंक्रमण गर

२३ वैशाख, काठमाडौं । केन्द्र सरकारले स्थानीय तहले गाउँटोल निःसंक्रमण गर्नुपर्ने गरी कार्ययोजना निर्माण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको कोभिड नियन्त्रण सम्बन्धी कार्ययोजना अनुसार हरेक स्थानीय तहले आ–आफ्नो गाउँटोल निःसंक्रमण गर्नुपर्ने उल्लेख गरेको छ । कार्ययोजना अनुसार २३ वैशाखदेखि नै स्थानीय तहले दैनिक आफ्नो गाउँटोल निःसंक्रमण गर्ने व्यवस्था मिलाउनु पर्नेछ । […]

बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु

२३ वैशाख, काठमाडौं । बाँकेमा बुधबार राति र बिहीबार विहान गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना बाँकेका र एक जना जाजरकोटका छन् । बाँकेको नरैनापुर गाउँपालिका–१ बाँकेका ५६ वर्षीय पुरुषको विहीबार बिहान ७ बजे र नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको विहीबार विहान साढे ४ बजे भेरी अस्पतालमा […]

महामारीमा मुलुक, एकल यात्रामा प्रधानमन्त्री

२३ वैशाख, काठमाडौं । नयाँ वर्षको आगमनसँगै फैलिएको दोस्रो लहरको कोरोना महामारीबाट संक्रमित हुने संख्या र मृत्युदरको ग्राफ उकालो चढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको २७ चैतमा १४ जिल्ला अतिप्रभावित भएको प्रतिवेदन सार्वजनिक गरेकोमा एक महिना नबित्दै ५२ जिल्ला महामारीबाट आक्रान्त बनिसकेका छन् । देशव्यापी लकडाउन नगरिए पनि स्थानीय प्रशासनले निषेधाज्ञा थप कडा […]

चितवनको माडीमा कोरोना संक्रमितले गरे झुण्डिएर आत्महत्या

२३ वैशाख, चितवन । चितवनको माडीमा एकजना कोरोना संक्रमित युवकले झुण्डिएर आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले दिएको जानकारी अनुसार माडी नगरपालिका वडा नं. ३ बगैचा टोलका ३५ वरषीय युवकले गएराति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनलाई गोठमा आइसोलेनसमा राखिएको थियो । यही वैशाख १२ गते भारतमा […]

वीरको नयाँ भवनसहित ४ ठाउँमा आईसीयूसहितको कोभिड अस्पताल

२३ वैशाख, काठमाडौं । सरकारले वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका ४ ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि बनाएको कार्ययोजनामा वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, दहचोक र इचंगु नारायणमा आईसीयू सहितको कोभिड अस्पताल शनिबारसम्म सञ्चालन गर्ने उल्लेख छ । वीर […]

सरकारले एकसाता भित्र चीनबाट अक्सिजन सिलिण्डर ल्याउने

२३ वैशाख, काठमाडौं । चीनले अनुदान स्वरुप दिनलागेको २० हजार अक्सिजन सिलिण्डरमध्ये पहिलो लट एकसाता भित्र ल्याउने सरकारले कार्ययोजना बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्ययोजनामा वैशाख ३१ गतेभित्र पहिलो लट अक्सिजन सिलिण्डर ल्याउने योजना उल्लेख गरेको छ । तर पहिलो लटमा कति संख्यामा सिलिण्डर ल्याउने भन्ने बारे कार्य योजनामा उल्लेख छैन […]

‘अक्सिजन सिलिण्डरको संख्या दुई दिनभित्र निर्धारण गर्ने, निर्माण क्षेत्रबाट फिर्ता गर्ने’

२३ वैशाख, काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरले देश आक्रान्त भइसक्दा बल्ल सरकार अस्पतालहरुलाई आवश्यक अक्सिजन सिलिण्डरको संख्या र मापदण्ड निर्धारणमा जुटेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आवश्यक परेको अक्सिजन सिलिण्डरको संख्या दुई दिनभित्र निर्धारण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भनेको छ । सो संख्याको आधारमा अक्सिजन आपूर्तिको व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति […]

पद बहालीकै दिन विवादमा परिन् प्रदेश प्रमुख

२२ वैशाख, पोखरा । गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीता पौडेल पदभार ग्रहण गरेकै दिन  विवादमा परेकी छिन् । पदभार ग्रहण गरेकाे दिन सभामुखले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएपछि प्रदेश प्रमुख आलोचित बनेकी हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि दर्ता भएको अविश्वास प्रस्ताव संसदमै अडि्कएको बेला सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले अमिक शेरचनलाई हटाएर पौडेललाई प्रदेश प्रमुख नियुक्त […]

अस्पताल प्रांगणमा दुई घण्टा छटपटी, तर अक्सिजन नपाएर मृत्यु 

२२ वैशाख, काठमाडौं । अस्पतालको प्रांगणमा दुई घण्टासम्म छटपटिंदा पनि अक्सिजन नपाएकी बाँकेकी एक महिलाको मृत्यु भएको छ । बैजनाथपुर गाउँपालिका–५ की ४६ वर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको हो । सास फेर्न गाह्रो भएपछि उनलाई बुधबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्‍याइएको थियो । तर कलेज प्रशासनले गेटमा कोभिड–१९ का नयाँ बिरामी भर्ना स्थगन […]

ठूला अस्पतालको शुल्क आतंक : बेड चार्ज दिनकै ५० हजारसम्म !

२२ वैशाख, काठमाडौं । उपत्यकाका ठूला निजी अस्पतालहरुले कोरोना संक्रमितहरुसँग निकै चर्को शुल्क लिने गरेको पाइएको छ । आइसोलेसन बेडको दैनिक शुल्क मात्र ७ हजार रुपैयाँसम्म तोकिएको छ, आईसीयू तथा भेन्टिलेटर बेडका लागि दैनिक साढे २६ हजारसम्म पर्छ । औषधि, नर्स तथा डक्टरको शुल्क सबै जोड्दा निजी अस्पतालको शुल्क छोइनसक्नु हुने देखिन्छ । जबकि स्वास्थ्य […]

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८,६५९ मा संक्रमण पुष्टि

२२ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या […]

राष्ट्रियसभा उपचुनावमा विपक्षीको गठबन्धन : डा. खिमलाल देवकोटा साझा उम्मेदवार

२२ वैशाख, काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् र साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सार्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले नेता नेपाल र जसपा अध्यक्ष यादवसँग […]

पाँच दिनमै भरियो आइसोलेसन केन्द्र, अधिकांशलाई चाहिन्छ अक्सिजन सपोर्ट

२२ वैशाख, पोखरा । स्याङ्जा गल्याङ नगरपालिका–११ का ५० वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भयो । होम आइसोलेसनमा बसेका उनलाई आइतबार एक्कासी सास फेर्न गाह्रो भयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड आइसोलेसन सुरु भएको एक दिनमात्र भएको थियो । बेडको अवस्था बुझेर बिरामीलाई गल्याङदेखि प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा पुर्‍याइयो । अस्पताल ल्याइपुर्‍याउँदा अक्सिजन […]

महामारीमा धनगढीका निजी अस्पतालको मनोमानी, बिरामीको बिचल्ली

२२ वैशाख, धनगढी । धनगढी उपमहानगरपालिका–२ कि ५० वर्षीया महिला वैशाख १९ गते धनगढीको सारथी अस्पताल भर्ना भइन् । श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनको स्वास्थ्य अवस्था जटिल भएपछि अस्पतालले उपचार गर्न नसक्ने भन्दै मंगलबार नै निकालिदियो । ‘आईसीयू र भेन्टिलेटर हामीसँग छैन भनेर अस्पतालले अन्तिम अवस्थामा निकालिदियो,’ उनका भतिजा भरत ओलीले अनलाइनखबरसँग भने, […]



from समाचार – Online Khabar https://ift.tt/3tlD7ZG
via IFTTT
Powered by Blogger.