समाचार
२७ वैशाख, काठमामडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार आइतबार राति र सोमबार बिहान गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो । उनका अनुसार बर्दियाका दुई जना र बाँकेका एकजनाको मृत्यु भएको हो । बर्दियाको गुलरिया नगरपालिका–७ का ४६ […]
२७ वैशाख, काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेकाहरुको सूची सार्वजनिक भएको छ । आइतबार बसेको परिषदको बैठकले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । लोक सेवा आयोगका सदस्य र अन्य संवैधानिक आयोगहरुका पदाधिकारीमा सिफारिस भएकाहरुको नामावली पनि खुलेको थिएन । […]
२७ वैशाख, धादिङ । जिल्ला अस्पताल धादिङमा स्वास्थ्यकर्मीको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक उपचारमा समेत समस्या आएको हो । नौ दिनसम्म लगातार २४ घण्टाको डिउटी गर्दा थकित भए पनि काम नरोकेको अस्पतालका स्वास्थ्य सहायक कृष्णलाल उप्रेतीले बताए । पालोदिने स्वास्थ्यकर्मी नभएकाले नौ दिनसम्म २४ घण्टा […]
२६ वैशाख, काठमाडौं । कमिसनको खेलमा कोभिड भ्याक्सिन आयात रोकेको आरोप लागेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य नापतौल ठगीमा पनि मुछिएका छन् । नेपाल गुणस्तर तथा नाप तौल विभागका अनुसार, वैद्यको बहुमत साझेदारीको नेपाल वेलहोप एग्रिटेक प्रालिले उत्पादन गरेको कुखुराको दाना बिक्री गर्दा तौलमा किसान ठगिएको पुष्टि भएको छ । यो मुद्दा […]
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं ओखलढुंगा जिल्ला कार्यसमितिका पूर्वसभापति पृथ्वीबहादुर कार्कीको ७८ वर्षको उमेरमा निधन भएको छ । कार्कीको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मुख्य सचिव पौडेलका अनुसार, वि.सं. १९९९ पुस १४ गते जन्मिएका कार्की […]
२७ वैशाख, वासिंटन । देशको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएपछि अमेरिकी सरकारले देशभर इन्धन आपूर्तिमा आपतकालको घोषणा गरेको छ । कोरोना महामारीका कारण इन्धन आपूर्तिसम्बन्धी कम्पनीका कर्मचारीहरू घरबाटै काम गरिरहेका छन् । विश्लेषकहरू यही मौका छोपेर ह्याकरहरूले साइबर हमला गरेको विश्लेषण गर्छन् । अहिले अमेरिकाको सबैभन्दा ठूलो पाइपलाइन सेवा अवरुद्ध भएको छ । […]
२७ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दी र पर्वतका एक-एक जना रहेका छन् । म्याग्दी अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय कोरोना संक्रमित पुरूषको बेनी अस्पतालमा उपचारको क्रममा वेशाख २६ गते दिउँसो ३ बजे मृत्यु भएको छ । उनलाई २६ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो […]
२७ वैशाख, काठमाडौं । आफ्नै पार्टीका सांसदहरुको समेत साथ नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले सँगै बसेर छलफलमा गर्न र समस्या समाधान गर्न आह्वान गरेका छन् । आन्तरिक मतभेद वा असन्तुष्टिलाई आपसी छलफलबाट समाधान गर्न सकिने ओलीको भनाइ छ । उनले हतारोमा कुनै पनि अनुचित निर्णय नगर्न पनि भनेका छन् । सोमबार बिहान ट्वीट गर्दै ओलीले […]
२७ वैशाख, वीरगञ्ज । कोरोना महामारीका कारण होटेल खोलेको १६ दिनमा बन्द भएपछि वीरगञ्जस्थित रेल्वे कटेज सामाज सेवामा अग्रसर देखिएको छ । २५ लाखको लगानीमा वैशाख १ गते खोलिएको होटल निषेधाज्ञामा बन्द भएपछि अति विपन्न तथा निषेधाज्ञाबाट प्रभावितहरुलाई रेल्वे कटेजले बिहीबारदेखि नि:शुल्क भोजन वितरण गर्न थालेको छ । काम, दाम नभएका गरिब, विपन्न तथा बेसहाराहरुको […]
२७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य जटिल बन्दै गएको छ । सामाजिक सन्जालमा सार्वजनिक एक तस्वीरमा सीता निकै दुब्ली र कमजोरजस्तो देखिएकी छन् । सो तस्वीरमा सीतासँगै उनका पति प्रचण्ड, छोरी र नातिनीहरु छन् । पारिवारिक स्रोतका अनुसार उनलाई पाइपबाट हल्का खाना खुवाउने गरिएको छ । […]
२७ वैशाख, काठमाडौं । छापावाल सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँ पुगेको छ । सोमबार तोलामा दुई सय रुपैयाँले बढेर सुनको मूल्य ९२ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो । यस्तै तेजाबी सुनको मूल्य सोमबार ५१ […]
२७ वैशाख, रौतहट । कोरोना संक्रमणका कारण रौतहटमा २ जनाको ज्यान गएको छ । गएराति एकजना र सोमबार बिहान एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । गएराति रौतहटको प्राथमिक स्वास्थ्य केन्द्र कटहरीयामा उपचारका क्रममा वडा नं. ९ का ४८ वर्षीय एक पुरुषको मृत्यु भएको थियो भने सोमबार बिहान गौरमा रहेको अस्थायी कोविड अस्पतालमा सर्लाही बलरा […]
२७ वैशाख, बुटवल । बुटवलमा उपचाररत थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत चारजना र लुम्बिनी प्रादेशिक अस्पतालको जनरल आईसीयूमा उपचाररत एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देही,कपिलवस्तु र दाङका एक–एकजना हुन् । लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार वैशाख २३ गते […]
२७ वैशाख, काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको दर उच्चरूपमा बढिरहेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यसअघि गरिएको निषेधाज्ञालाई अर्को एक हप्ताका लागि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आइतबार सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को […]
२७ वैशाख, काठमाडौंं । नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । सिंहदरबारमा सुरु भएको बैठकमा संघीय संसदमा सोमबार हुने विश्वासको मत र पार्टी एकताको लागि दिएको समयसीमाको विषयमा छलफल हुँदैछ । बिहान साढे नौ बजे बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो । आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई […]
२७ वैशाख, पोखरा । अविश्वासको प्रस्तावमाथि मत विभाजन हुने तय भएको अघिल्लो दिन नै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव पेश भएको थिए । सोमबार अविश्वासको प्रस्तावमा मत विभाजन गर्न प्रदेश सभामा तयारी भइरहेका मुख्यमन्त्री गुरुङले राजीनामा बुझाएपछि प्रदेश […]
२७ वैशाख, काठमाडौं । वीपी प्रतिष्ठान धरानमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । विर्तामोड-५ झापाका ६२ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार विहान १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उच्च रक्तचाप र मधुमेहका विरामी उनलाई वैशाख २३ गते कोरोना संक्रमण देखिएपछि सोही दिन अस्पताल भर्ना गरिएको थियो। यस्तै विराटनगर-८ मोरङका ५६ वर्षीय […]
२७ वैशाख, काठमाडौं । चिनियाँ अनुदानको अक्सिजन सिलिण्डर लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सोमबार चीनको राजधानी बेइजिङ जाँदै छ । नेपाल एयरलाइन्सका अधिकारीका अनुसार वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ प्रस्थान गर्ने छ । अक्सिजन सिलिण्डर बोकेर सो जहाज भोलिपल्ट दिउँसो साढे दुई बजे काठमाडौं आइपुग्ने छ । चीनले नेपाललाई २० हजार […]
२७ वैशाख, काठमाडौं । आफ्नै दलभित्र विश्वासको वातावरण बनाउन नसकिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विपक्षी दलको समेत मत पाउन कठिन छ । आज दिउँसो १ बजे बस्ने संसद बैठकमा ओलीले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । कुन–कुन पार्टी मिलेर विकल्पिक सरकार बन्छ भन्नेमा अझै अन्योल छ । नेपालको संविधानको […]
२७ वैशाख, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ संक्रमण मुक्त भएका हुन् । उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पीसीआर परीक्षण गर्दा उनमा सङ्क्रमण नदेखिएको बताए । उनका अनुसार संक्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै […]
२१७ वैशाख, जनकपुरधाम । सर्लाहीमा एक व्यक्तिले आफ्नै पत्नीको हत्या गरेका छन् । लालबन्दी नगरपालिका २ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका ११ स्थित रामबली साहको घरमा डेरा लिई बस्दै आएका ३५ वर्षीय विजयलाल कर्णले पत्नी ३२ वर्षकी उषा देवी कर्णको हत्या गरेका हुन् । सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार आइतबार राति घरायसी विवादका […]
from समाचार – Online Khabar https://ift.tt/33z7xNi
via IFTTT






















