Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अनलाइन ट्रान्सफर

२७ वैशाख, काठमाडौं । आजबाट सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अनलाइन ट्रान्सफरका माध्यमबाट रियल टाइममा पठाइने भएको छ । महालेखा नियन्त्रक मधुकुमार मरासिनीका अनसार यसअघि परम्परागत रुपमा रकम कट्टी गरि कोषमा पठाउने गरिएको थियो । तर, सरकारी कर्मचारीको २०७८ सालको वैशाख महिनाको पारिश्रमिक भुक्तानीबाट नागरिक लगानी कोषको रकम समेत अनलाइनबाट रियल टाइममा पठाउन […]

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

२७ वैशाख, पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि अविश्वास प्रस्तावमाथि छलफल गर्न आवश्यक नभएको भन्दै प्रदेश प्रमुख सीता पौडेलले अधिवेशन अन्त्य गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य भएको पत्र आएको गण्डकी प्रदेशसभाका सचिव हरिराज पोखरेलले जानकारी […]

प्रदेश सरकार भन्छ समस्या छैन, तर बिरामीले पाउँदैनन् अक्सिजन

२७ वैशाख, सुर्खेत । शुक्रबार दिउँसो सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको कोभिड कक्ष बाहिर एक संक्रमित युवालाई छाडेर एम्बुलेन्स हुइँकियो । ती युवा वीरेन्द्रनगर नगरपालिका–१० पदमपुर निवासी रहेछन् । होम आइसोलेसनमा रहेका उनी श्वासप्रश्वासमा समस्या देखिएपछि प्रदेश अस्पतालमा भर्ना हुन आएका हुन् । ‘भित्र वार्ड भरिभराउ छ, खाली हुँदैछ । एकछिन यतै बस्नुस्, अक्सिजन पनि छैन, […]

छोरा उपचारको क्रममा बिते, बुवा कोरोना जाँच गराउन जाँद-जाँदै बिते

२७, वैशाख, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा बुवा बितेको २४ घण्टा पनि नपुग्दै कोरोना संक्रमित छोराको पनि मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. ३ का ३८ वर्षीय कोरोना संक्रमित छोराको सोमबार बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको केही घण्टाअघि मात्रै उनका बुवाको कोरोना जाँच गराउँदा जाँदाजाँदै अस्पतालको आकस्मिक कक्षमा नै मृत्यु भएको […]

‘विभाजन र समर्पण’ नहुन संसदमा अनुपस्थित हुने निर्णय : घनश्याम भुसाल

२७ वैशाख, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले गत चैत ४-५ गतेको राष्ट्रिय भेलाको निर्णय अनुकूल नै संसदमा अनुपस्थित हुने निष्कर्ष भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने संसद् बैठकमा अनुपस्थित हुने निर्णय वरिष्ठ नेता माधवकुमार नेपाल समूहले गरेको छ । सिंहदरबारमा बसेको सांसदहरुको बैठकले संसदमा अनुपस्थित हुने निर्णय गरेपछि […]

टीकापुर अस्पतालमा थप पाँचजना संक्रमितको मृत्यु

२७ वैशाख, कैलाली । कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा सोमबार थप पाँचजना कोरोना संक्रमितको मृत्‍यु गएको छ । अस्पतालका मेसु डा.रेमकुमार राईका अनुसार टीकापुर नगरपालिका–१ की ५१ वर्षीया महिला, टीकापुर–७ की ६० वर्षीया महिला र ७ कै ६७ वर्षीय पुरुषको निधन भएको छ । त्यस्तै जानकी गाउँपालिका–१ का ५८ वर्षीय र बर्दगोरिया गाउँपालिका–४ का ४५ […]

कोरोना संक्रमित सांसदलाई टेन्टमा राखियो

२७ वैशाख, काठमाडौं । कोरोना संक्रमित सांसदहरुलाई टेन्टमा बस्ने व्यवस्था मिलाइएको छ । उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लिन खोजेको विश्वासको मतको मतदान प्रक्रियामा भने सहभागी गराइनेछ । संसद सचिवालयले यसअघि नै कोरोना संक्रमित सांसदहरुलाई संसद बैठकमा सहभागी नगराउने र मत विभाजनमा भने सहभागी गराउने निर्णय गरेको थियो । संघीय संसद सचिवालयले कोरोना परीक्षण गराउँदा […]

कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सिंहरदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि के गर्ने भन्ने विषयमा छलफल भएको थियो । यसबारे थप छलफल गर्दै जाने सहमति भएको कांग्रेस संसदीय […]

प्रधानमन्त्रीलाई मत नदिने निर्णयपछि ओली र नेपाल समूहका नेताहरुबीच छलफल

२७ वैशाख, काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली र माधवकुमार नेपाल समूहका दोस्रो तहका नेताहरुबीच सोमबार छलफल भएको छ । नेपाल समूहका सांसदहरुले प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि दुई समूहका नेताहरुबीच एमाले संसदीय दलको कार्यालयमा छलफल भएको थियो । ओली पक्षका विष्णु पौडेल र नेपाल पक्षका योगेश भट्टराई […]

डाक्टरबिहीन बन्यो जैमिनी नगरपालिका

२७ वैशाख, गलकोट । कोरोना सङ्क्रमण बढ्दै जाँदा थप स्वास्थ्यकर्मी आवश्यक पर्ने समयमा बागलुङको जैमिनी डाक्टरबिहीन बनेको छ । एकमात्र डाक्टर रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको करार सम्झौता सकिएपछि जैमिनी डाक्टरबिहीन बनेको जैमिनी नगरपालिकाले जनाएको छ । कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा राजु भट्टराई क्षेत्रीको सम्झौता सकिएपछि प्राथमिक स्वास्थ्य चौकी डाक्टरबिहीन बनेको हो […]

विश्वासको मत नपाए फेरि ओली नै प्रधानमन्त्री !

२७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएसँगै बहुमतको नयाँ सरकार गठनको सम्भावना तत्काललाई टरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको अधिवेशन सोमबार बोलाइएको छ । विश्वासको मतका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन चाहिन्छ । प्रधानमन्त्री ओलीले नेतृत्व गरेको दल नेकपा एमालेका १२१ सांसद छन् […]

बाँकेमा थप तीनजना संक्रमितको मृत्यु

२७ वैशाख, काठमामडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार आइतबार राति र सोमबार बिहान गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो । उनका अनुसार बर्दियाका दुई जना र बाँकेका एकजनाको मृत्यु भएको हो । बर्दियाको गुलरिया नगरपालिका–७ का ४६ […]

यी हुन् संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिशमा परेकाहरु

२७ वैशाख, काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेकाहरुको सूची सार्वजनिक भएको छ । आइतबार बसेको परिषदको बैठकले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । लोक सेवा आयोगका सदस्य र अन्य संवैधानिक आयोगहरुका पदाधिकारीमा सिफारिस भएकाहरुको नामावली पनि खुलेको थिएन । […]

संसद बैठकमा सांसदहरु जाने क्रम सुरु, कोरोना परीक्षण रिपोर्ट हेरेर मात्रै प्रवेश

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा सांसदहरु जाने क्रम जारी छ । सांसदहरुलाई पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको एकिन गरेर मात्रै बैठक कक्षमा प्रवेश दिइएको छ । पीपीई लगाएर मुख्य ढोकामा खटिएका कर्मचारीहरुले सांसद तथा कर्मचारीहरुको पीसीआर रिपोर्ट चेक गर्दै प्रवेश अनुमति दिएका छन् । […]

पालोदिने स्वास्थ्यकर्मी नहुँदा नौ दिनसम्म २४ घण्टा अस्पतालमा

२७ वैशाख, धादिङ । जिल्ला अस्पताल धादिङमा स्वास्थ्यकर्मीको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक उपचारमा समेत समस्या आएको हो । नौ दिनसम्म लगातार २४ घण्टाको डिउटी गर्दा थकित भए पनि काम नरोकेको अस्पतालका स्वास्थ्य सहायक कृष्णलाल उप्रेतीले बताए । पालोदिने स्वास्थ्यकर्मी नभएकाले नौ दिनसम्म २४ घण्टा […]

सुरज वैद्यको कम्पनीले नाप तौलमा ठगी गरेको पुष्टि

२६ वैशाख, काठमाडौं । कमिसनको खेलमा कोभिड भ्याक्सिन आयात रोकेको आरोप लागेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य नापतौल ठगीमा पनि मुछिएका छन् । नेपाल गुणस्तर तथा नाप तौल विभागका अनुसार, वैद्यको बहुमत साझेदारीको नेपाल वेलहोप एग्रिटेक प्रालिले उत्पादन गरेको कुखुराको दाना बिक्री गर्दा तौलमा किसान ठगिएको पुष्टि भएको छ । यो मुद्दा […]

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माओवादी संसदीय दलको निर्णय

२७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्र (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । माओवादी संसदीय दलको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र यो अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पुर्‍याउने निर्णय गरेको हो । माओवादीका सांसद देवेन्द्र पौडेल भन्छन्, ‘आज हाम्रो तर्फबाट (अविश्वास प्रस्ताव दर्ताको) तयारी छ । […]

रहेनन् कांग्रेस नेता कार्की

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं ओखलढुंगा जिल्ला कार्यसमितिका पूर्वसभापति पृथ्वीबहादुर कार्कीको ७८ वर्षको उमेरमा निधन भएको छ । कार्कीको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मुख्य सचिव पौडेलका अनुसार, वि.सं. १९९९ पुस १४ गते जन्मिएका कार्की […]

साइबर हमलापछि अमेरिकी इन्धन आपूर्तिमा आपतकालको घोषणा

२७ वैशाख, वासिंटन । देशको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएपछि अमेरिकी सरकारले देशभर इन्धन आपूर्तिमा आपतकालको घोषणा गरेको छ । कोरोना महामारीका कारण इन्धन आपूर्तिसम्बन्धी कम्पनीका कर्मचारीहरू घरबाटै काम गरिरहेका छन् । विश्लेषकहरू यही मौका छोपेर ह्याकरहरूले साइबर हमला गरेको विश्लेषण गर्छन् । अहिले अमेरिकाको सबैभन्दा ठूलो पाइपलाइन सेवा अवरुद्ध भएको छ । […]

गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु

२७ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा म्‍याग्दी र पर्वतका एक-एक जना रहेका छन् । म्‍याग्दी अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय कोरोना संक्रमित पुरूषको बेनी अस्पतालमा उपचारको क्रममा वेशाख २६ गते दिउँसो ३ बजे मृत्‍यु भएको छ । उनलाई २६ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो […]

प्रधानमन्त्रीले भने : आउनुस्, सँगै बसेर छलफल गरौं

२७ वैशाख, काठमाडौं । आफ्नै पार्टीका सांसदहरुको समेत साथ नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले सँगै बसेर छलफलमा गर्न र समस्या समाधान गर्न आह्वान गरेका छन् । आन्तरिक मतभेद वा असन्तुष्टिलाई आपसी छलफलबाट समाधान गर्न सकिने ओलीको भनाइ छ । उनले हतारोमा कुनै पनि अनुचित निर्णय नगर्न पनि भनेका छन् । सोमबार बिहान ट्वीट गर्दै ओलीले […]



from समाचार – Online Khabar https://ift.tt/3vTMKjL
via IFTTT
Powered by Blogger.