Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

संसदको विशेष अधिवेशन : मतदानका लागि तीनवटा लवि

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको पक्ष वा विपक्षमा मत दिन तीनवटा लविको व्यवस्था गरिएको छ । संसद सचिवालयका अनुसार विश्वासको मतको पक्षमा, विपक्षमा र कुनै पक्षमा पनि मत दिन्न भनी मत व्यक्त गर्न छुट्टाछुट्टै स्थलको व्यवस्था गरिएको छ । कोरोना भाइरस संक्रमित सांसदका लागि संसद भवन नयाँ वानेश्वरकै ल्होत्से […]

वीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित पुरूषको पेटको शल्‍यक्रिया

२७ वैशाख, काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित पुरूषको पेटको शल्‍यक्रिया गरिएको छ । कल्याणपुर, सिराहाका ४० वर्षीय पुरुषको सोमबार विहान २:३० बजे सानो आन्द्राको आकस्मिक शल्यक्रिया गरिएको हो । प्रतिष्ठानका जेनेरल सर्जरी विभागका डा. निर्मल प्रसाद शाहको नेतृत्वमा उनको आकस्मिक शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । यसअघि उनलाई पेट दुखेर जवरो, खोकी […]

संसदमा नेपाल पक्षका सांसदको सिट खाली !

२७ वैशाख, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरू संसदमा अनुपस्थित भएका ‍छन् । सोमबार सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीले विश्वासको मत दिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको थियो । सोही अनुसार सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरु सहभागी भएनन् । नेपाल समूहका कति जना सांसद अनुपस्थित भएका छन् भन्ने […]

वडाध्यक्षको निधनको शोकमा शंखरापुर नगरपालिका मंगलबार बन्द हुने  

२७ वैशाख, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका वैशाख २८ गते मंगलबार बन्द हुने भएको छ । वडा नं ४ का वडाध्यक्ष बुद्धिबहादुर तामाङको शनिबार साँझ नेपाल मेडिकल कलेज अत्तरखेलमा कोरोना सङ्क्रमणका कारण ४४ वर्षका उमेरमा निधन भएसँगै आइतबार बसेको नगरपालिकाको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै मंगलबार नगरपालिका र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको […]

सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अनलाइन ट्रान्सफर

२७ वैशाख, काठमाडौं । आजबाट सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अनलाइन ट्रान्सफरका माध्यमबाट रियल टाइममा पठाइने भएको छ । महालेखा नियन्त्रक मधुकुमार मरासिनीका अनसार यसअघि परम्परागत रुपमा रकम कट्टी गरि कोषमा पठाउने गरिएको थियो । तर, सरकारी कर्मचारीको २०७८ सालको वैशाख महिनाको पारिश्रमिक भुक्तानीबाट नागरिक लगानी कोषको रकम समेत अनलाइनबाट रियल टाइममा पठाउन […]

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

२७ वैशाख, पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि अविश्वास प्रस्तावमाथि छलफल गर्न आवश्यक नभएको भन्दै प्रदेश प्रमुख सीता पौडेलले अधिवेशन अन्त्य गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य भएको पत्र आएको गण्डकी प्रदेशसभाका सचिव हरिराज पोखरेलले जानकारी […]

प्रदेश सरकार भन्छ समस्या छैन, तर बिरामीले पाउँदैनन् अक्सिजन

२७ वैशाख, सुर्खेत । शुक्रबार दिउँसो सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको कोभिड कक्ष बाहिर एक संक्रमित युवालाई छाडेर एम्बुलेन्स हुइँकियो । ती युवा वीरेन्द्रनगर नगरपालिका–१० पदमपुर निवासी रहेछन् । होम आइसोलेसनमा रहेका उनी श्वासप्रश्वासमा समस्या देखिएपछि प्रदेश अस्पतालमा भर्ना हुन आएका हुन् । ‘भित्र वार्ड भरिभराउ छ, खाली हुँदैछ । एकछिन यतै बस्नुस्, अक्सिजन पनि छैन, […]

कोरोना कहर : २४ घण्टाभित्र बाबुछोराको मृत्यु

२७, वैशाख, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा बाबुको मृत्यु भएको २४ घण्टाभित्रै कोरोना संक्रमणबाट छोराको पनि मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. ३ का ३८ वर्षीय युवकको कोरोना संक्रमणबाट सोमबार बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । त्यसको केही घण्टाअघि मात्रै उनका बुवाको कोरोना जाँच गराउँन जाँदाजाँदै अस्पतालको आकस्मिक कक्षमा नै […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । विश्वासको मत लिन संसद अधिवेशन आह्वान भएकै दिन उनले मन्त्रपरिषद बैठक बोलाएका एक मन्त्रीले जानकारी दिए । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सोमबार संसद बैठकमा अनुपस्थित हुने निर्णय गरिसकेकाले प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित छ ।

‘विभाजन र समर्पण’ नहुन संसदमा अनुपस्थित हुने निर्णय : घनश्याम भुसाल

२७ वैशाख, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले गत चैत ४-५ गतेको राष्ट्रिय भेलाको निर्णय अनुकूल नै संसदमा अनुपस्थित हुने निष्कर्ष भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने संसद् बैठकमा अनुपस्थित हुने निर्णय वरिष्ठ नेता माधवकुमार नेपाल समूहले गरेको छ । सिंहदरबारमा बसेको सांसदहरुको बैठकले संसदमा अनुपस्थित हुने निर्णय गरेपछि […]

टीकापुर अस्पतालमा थप पाँचजना संक्रमितको मृत्यु

२७ वैशाख, कैलाली । कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा सोमबार थप पाँचजना कोरोना संक्रमितको मृत्‍यु गएको छ । अस्पतालका मेसु डा.रेमकुमार राईका अनुसार टीकापुर नगरपालिका–१ की ५१ वर्षीया महिला, टीकापुर–७ की ६० वर्षीया महिला र ७ कै ६७ वर्षीय पुरुषको निधन भएको छ । त्यस्तै जानकी गाउँपालिका–१ का ५८ वर्षीय र बर्दगोरिया गाउँपालिका–४ का ४५ […]

उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश

२७ वैशाख, काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश गरेको छ । काठमाडौंका मेयरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिश भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हुनेछ । यसका लागि भोलि मंगलबार काठमाडौं, […]

एमाले विभाजन भए माधव-झलनाथतिर लाग्छु : वामदेव गौतम

२७ वैशाख, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालतिर उभिने निचोड निकालेका छन् । गौतमले आफ्नो सचिवालयलाई नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा लाग्ने प्रष्ट पारेका हुन् । ‘यदि उहाँ (खनाल र नेपाल) हरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको […]

कोरोना संक्रमित सांसदलाई टेन्टमा राखियो

२७ वैशाख, काठमाडौं । कोरोना संक्रमित सांसदहरुलाई टेन्टमा बस्ने व्यवस्था मिलाइएको छ । उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लिन खोजेको विश्वासको मतको मतदान प्रक्रियामा भने सहभागी गराइनेछ । संसद सचिवालयले यसअघि नै कोरोना संक्रमित सांसदहरुलाई संसद बैठकमा सहभागी नगराउने र मत विभाजनमा भने सहभागी गराउने निर्णय गरेको थियो । संघीय संसद सचिवालयले कोरोना परीक्षण गराउँदा […]

कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सिंहरदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि के गर्ने भन्ने विषयमा छलफल भएको थियो । यसबारे थप छलफल गर्दै जाने सहमति भएको कांग्रेस संसदीय […]

प्रधानमन्त्रीलाई मत नदिने निर्णयपछि ओली र नेपाल समूहका नेताहरुबीच छलफल

२७ वैशाख, काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली र माधवकुमार नेपाल समूहका दोस्रो तहका नेताहरुबीच सोमबार छलफल भएको छ । नेपाल समूहका सांसदहरुले प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि दुई समूहका नेताहरुबीच एमाले संसदीय दलको कार्यालयमा छलफल भएको थियो । ओली पक्षका विष्णु पौडेल र नेपाल पक्षका योगेश भट्टराई […]

डाक्टरबिहीन बन्यो जैमिनी नगरपालिका

२७ वैशाख, गलकोट । कोरोना सङ्क्रमण बढ्दै जाँदा थप स्वास्थ्यकर्मी आवश्यक पर्ने समयमा बागलुङको जैमिनी डाक्टरबिहीन बनेको छ । एकमात्र डाक्टर रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको करार सम्झौता सकिएपछि जैमिनी डाक्टरबिहीन बनेको जैमिनी नगरपालिकाले जनाएको छ । कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा राजु भट्टराई क्षेत्रीको सम्झौता सकिएपछि प्राथमिक स्वास्थ्य चौकी डाक्टरबिहीन बनेको हो […]

विश्वासको मत नपाए फेरि ओली नै प्रधानमन्त्री !

२७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएसँगै बहुमतको नयाँ सरकार गठनको सम्भावना तत्काललाई टरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको अधिवेशन सोमबार बोलाइएको छ । विश्वासको मतका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन चाहिन्छ । प्रधानमन्त्री ओलीले नेतृत्व गरेको दल नेकपा एमालेका १२१ सांसद छन् […]

बाँकेमा थप तीनजना संक्रमितको मृत्यु

२७ वैशाख, काठमामडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार आइतबार राति र सोमबार बिहान गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो । उनका अनुसार बर्दियाका दुई जना र बाँकेका एकजनाको मृत्यु भएको हो । बर्दियाको गुलरिया नगरपालिका–७ का ४६ […]

यी हुन् संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिशमा परेकाहरु

२७ वैशाख, काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेकाहरुको सूची सार्वजनिक भएको छ । आइतबार बसेको परिषदको बैठकले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । लोक सेवा आयोगका सदस्य र अन्य संवैधानिक आयोगहरुका पदाधिकारीमा सिफारिस भएकाहरुको नामावली पनि खुलेको थिएन । […]

संसद बैठकमा सांसदहरु जाने क्रम सुरु, कोरोना परीक्षण रिपोर्ट हेरेर मात्रै प्रवेश

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा सांसदहरु जाने क्रम जारी छ । सांसदहरुलाई पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको एकिन गरेर मात्रै बैठक कक्षमा प्रवेश दिइएको छ । पीपीई लगाएर मुख्य ढोकामा खटिएका कर्मचारीहरुले सांसद तथा कर्मचारीहरुको पीसीआर रिपोर्ट चेक गर्दै प्रवेश अनुमति दिएका छन् । […]



from समाचार – Online Khabar https://ift.tt/2RFApkq
via IFTTT
Powered by Blogger.