Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

स्थलमार्गबाट प्रवेश गर्ने हरेक नागरिकको एन्टिजेन परीक्षण

२० वैशाख, काठमाडौं । सरकारले नेपाल–भारत स्थलमार्गबाट नेपाल प्रवेश गर्ने हरेक नागरिकको एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले विदेशी नागरिकको आवगमन बन्द गर्दै नेपाली नागरिकको अनिवार्य एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार सीमा नाकाबाट प्रवेश गर्ने नागरिकको एन्टिजेन परीक्षणको व्यवस्थापन सम्बन्धित स्थानीय तहले […]

१३ नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने, १० दिन क्वारेन्टिन अनिवार्य

२० वैशाख, काठमाडौं । भारतबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकका लागि सरकारले १३ वटा नाका तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार विदेशी नागरिकको आवतजावतलाई बन्द गरिएको छ भने नेपाली नागरिकको हकमा १३ वटा नाका तोकिएको हो । मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नेपाल–भारतको पशुपतिनगर, काँकरभिट्टा, मोरङको रानी, महोत्तरी भिट्टामोड, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, […]

अक्सिमिटर : किन प्रयोग गर्ने र कति पर्छ मूल्य ?

कोरोना भाइरसको पुरानो भेरियन्टको महामारी चलिरहेकै बेलामा वरिष्ठ सरुवा रोग विशेषज्ञ एवं भाइरोलोजिस्ट डा. शेरबहादुर पुनसँग कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर आएका बिरामी एकाएक बेहोस भएर ढले । सामान्य रुपमा कुराकानी गरिरहेका उनी एक्कासी बेहोस भएपछि तुरुन्त आकस्मिक कक्षमा लगेर उनको शुरुमा अक्सिजनको मात्रा परीक्षण गरियो । अन्तिममा थाहा भयो कि उनको शरीरमा धान्नै नसक्ने गरी […]

बिरामी उपचारबाहेकका क्षेत्रमा अक्सिजन आपूर्ति बन्द

२० वैशाख, काठमाडौं । सरकारले उद्योगमा अक्सिजन आपूर्तिमा रोक लगाएको छ । सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गरिने समेत बताएका छन् । उनले बिरामीको उपचारबाहेक अन्य क्षेत्रमा अक्सिजनको आपूर्ति बन्द गरिएको पनि जानकारी दिए ।  

नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गर्छौं : प्रधानमन्त्री

२० वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने भएको छ । सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइएको जानकारी दिए । नेपाली नागरिकहरुलाई चेकजाँच गरेर मात्र आउन दिने र संक्रमितको उपचार गरिने बताए ।

काठमाडौंका सीडीओ भन्छन् : पोहोरजस्तै पूरै ठप्प पार्ने स्थिति आउन सक्छ

२० वैशाख, काठमाडौं । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि भन्दै एकसाता निषेधको आदेश जारी गरेका छन् । तर उपत्यकामा कोरोना भाइरस संक्रमणको दर दैनिक बढिरहेको छ । विज्ञहरुका अनुसार निषेधाज्ञाले काम गर्‍यो वा गरेन भन्ने पुष्टि हुन कम्तीमा एक साता कुर्नुपर्छ । यद्यपि निषेधाज्ञाको समयमा पनि देखिएको भिडले महामारी […]

प्रदेश अस्पतालबाट कर्णालीमा देखिएको कोरोना संकट

२० वैशाख, सुर्खेत । आइतबार दिउँसो तीन बजेको थियो । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको कोभिड कक्ष बाहिर एक जोडीको विरक्त चिच्याहट पर–परसम्म सुनिइरहेको थियो । पुरुषको विरक्त आवाज सुनिन्थ्यो– ‘लौन हजुर, बुढेसकालको सहारा रहेन, लास कोलियामा छ, ठाउँ ठेगान लाइदिनुपर्‍यो ।’ उनकै छेउमा रहेकी महिलाको विलौना थियो– ‘हे भगवान ! तैंले आज के दिन देखाइस्…, […]

बिहीबारदेखि वैदेशिक रोजगारीमा जाने बाटो बन्द

२० वैशाख, काठमाडौं । वैशाख २३ गतेदेखि वैदेशिक रोजगारीमा जानेहरु रोकिने भएका छन् । सरकारले वैशाख २३ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि भिसा लागिसकेका श्रमिक पनि रोकिने भएका हुन् । यसअघि २०७६ चैतमा सरकारले लकडाउन गर्दा पनि श्रमिकहरु विदेश जानबाट रोकिएका थिए । सरकारले २०७७ असारपछि मात्रै श्रमिकलाई विदेश जान श्रम […]

बाँकेमा एक वर्षीय बालकसहित ३४५ जना संक्रमित डिस्चार्ज

२० वैशाख, काठमाडौं । बाँकेमा एक वर्षीया बालकसहित ३४५ जना कोरोना संक्रमित अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार १५५ जना महिला र १९० जना पुरुष गरी कुल ३४५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । कोरोनालाई परास्त गरी डिस्चार्ज हुनेमा १ वर्षीय बालक र ७० वर्षीय वृद्ध […]

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम साढे ७ अर्ब नाघ्यो

२० वैशाख, काठमाडौं । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार ५४ अंक्ले बढेको नेप्से परिसूचक सोमबार १२ दशमलव ३६ अंकले घटेर २ हजार ६ सय ५२ अंकमा झरेको छ । कारोबार रकममा भने सुधार देखिएको छ । एक करोड ५९ लाख ८ हजार ४ सय ९९ कित्ता सेयर किनबेच […]

चितवनमा एकै दिन चारजना कोरोना संक्रमितको मृत्यु

२० वैशाख, चितवन । चितवनमा सोमबार एकै दिन चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेज सीएमसी)मा तीन जना र कलेज अफ मेडिकल साइन्सेस पुरानो मेडिकल कलेज (सीएमएस) मा एकजनाको मृत्यु भएको हो । चितवनमा १३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । सीएमसीमा ९ जना र सीएमएसमा […]

२७ गते हुने प्रतिनिधिसभाको अधिवेशनमा उपस्थित हुन सांसदलाई सूचना

२० वैशाख, काठमाडौं । संघीय संसद् सचिवालयले वैशाख २७ गते सोमबार दिउँसो १ बजे हुने प्रतिनिधिसभाको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यहरुलाई अनुरोध गरेको छ । संघीय संसद प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सोमबार अधिवेशन आह्वानसम्बन्धी अत्यन्त जरुरी सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् । उक्त सूचनामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको […]

कोरोना संक्रमित पूर्वसहायकमन्त्री चित्रकारको निधन

२० वैशाख, बुटवल । कोरोना संक्रमित पूर्वभूमिसुधार सहायकमन्त्री प्रकाश चित्रकारको उपचारको क्रममा निधन भएको छ । चित्रकारको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा सोमबार बिहान निधन भएको हो । सिद्धार्थनगर नगरपालिका–७ का स्थायी बासिन्दा चित्रकार ज्ञानेन्द्र शाहको शासनकालमा भूमिसुधार सहायकमन्त्री बनेका थिए । अस्पतालका सूचना अधिकृत सुशील गुरुङका अनुसार उनी शनिबार अस्पतालमा भर्ना भएका थिए […]

निषेधाज्ञाका कारण नुवाकोट आदर्श क्याम्पसको अनलाइन कक्षा स्थगित

२० वैशाख, नुवाकोट । नुवाटकोट आदर्श बहुमुखी क्याम्पसले प्रशासनले निषेधाज्ञा जारी गरेको भन्दै अनलाइन कक्षा स्थगित गरेको छ । क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले सूचना जारी गर्दै प्रशासनले २१ गतेदेखि २७ गतेसम्म निषेधाज्ञा जारी गरेकोले सो अवधिभर विद्यार्थीहरुको अनलाइन कक्षा स्थगित गरेको उल्लेख गरेका छन् ।

गण्डकी प्रदेशसभा सञ्चालनका विषयमा सहमति जुटेन

२० वैशाख, पोखरा । गण्डकी प्रदेशमा प्रदेशसभा सञ्चालनका विषयमा सभामुख र शीर्ष नेताहरुबीच छलफल हुने भएको छ । सोमबार बसेको कार्र्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभा सञ्चालनको विषयमा सहमति नभएपछि शीर्ष तहमा छलफल हुन लागेको हो । गत वैशाख १५ गते मुख्यमन्त्र पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि प्रदेशसभा […]

बाँकेमा थप एक हप्ता निषेधाज्ञा बढाइयो

२० वैशाख, काठमाडौँ । बाँकेमा थप एक हप्ता निषेधाज्ञा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर २७ गते राति १२ बजेसम्म बढाएको हो । यसअघि प्रशासनले वैशाख १३ गते रातिदेखि २० गते राति १२ बजेसम्मलाई निषेधाज्ञा जारी गरेको थियो । कोरोना संक्रमण तीव्रगतिमा फैलिइरहेको भन्‍दै संक्रमण फैलावट तोड्न (चेन […]

महन्थ–राजेन्द्र पक्षले जसपा सांसदलाई काठमाडौं बोलायो

२० वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले राजधानी बाहिर रहेका सांसदहरुलाई तत्काल काठमाडौं उपत्यकामा आउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै जसपा अध्यक्ष ठाकुरको निर्देशनमा कार्यालयबाट सांसदहरुलाई फोन गएको थियो । फोनमा राजनीतिक परिस्थिति फेरिएकाले कुनै पनि बेला आवश्यक पर्ने भन्दै सांसदहरुलाई काठमाडौं उपत्यकामा आएर […]

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

२० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो साढे ३ बजे कोभिड–१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लागिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । पछिल्ला केहीदिनयता नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको छ र स्वास्थ्य मन्त्रालयले संक्रमितको उपचारका लागि अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने […]

माधव नेपाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण

२० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन जनालाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् । तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण सोधिएको छ । यसअघि नेता नेपालसहित २७ जनालाई […]

वाग्मती किनारमै जलाउन थालियो कोरोना संक्रमितको शव

२० वैशाख, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढेसँगै काठमाडौं उपत्यकामा शव व्यवस्थापनमा समेत समस्या हुन थालेको छ । संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाका अनुसार पछिल्ला दिनमा २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नुपरेको छ । आइतबार नेपाली सेनाले ३१ वटा शव व्यवस्थापन गरेको थियो । सोमबार दिउँसो २ बजेसम्म […]

विपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित वृद्धाको मृत्यु

२० वैशाख, झापा । कोरोना सङक्रमणका कारण झापाको दमकका एक वृद्धाको मृत्यु भएको छ । नगरपालिका स्वास्थ्य शाखाका अनुसार एक सातादेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत दमक नपा– २ की ६५ वर्षीया एक वृद्धाको सोमबार बिहान मृत्यु भएको छ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्टका कारण यसअघि समेत दमकमा एक वृद्धको निधन […]



from समाचार – Online Khabar https://ift.tt/3ebGj5C
via IFTTT
Powered by Blogger.