Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

वीरगञ्जमा थप एकजना संक्रमितको मृत्यु

२२ वैशाख, वीरगञ्‍ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज– २ छपकैया बस्ने ६५ वर्षीया महिला कोरोना संक्रमणका कारण मृत्यु भएको हो । नारायणी अस्पतालमा उपचारको क्रममा बिहान ८ :१० बजे उनको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । कोरोनाका लक्षणसँग मिल्दोजुल्दो स्वास्थ्य समस्या देखिएपछि उनलाई […]

दाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

२२ वैशाख, दाङ । दाङको घोराही–मुर्कुटी सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिपमा सवार दुईजना घाइते भएका छन् । बा १३ च ८०४८ नम्बरको स्कारपियो जित गएराति घोराही उपमहानगरपालिका वडा नं. ४ को उर्लेकेनी ओरालोमा दुर्घटना हुँदा चालक विष्णु गिरीको मृत्यु भएको हो । घोराही उपमहानगरपालिका वडा नं. १६ का २८ वर्षीय […]

निषेधाज्ञा पनि काष्ठमण्डप पुनःनिर्माणको काम धमाधम चल्दै

२२ वैशाख, काठमाडौं । निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम नियमित भइरहेको छ । हाल दैनिक ३० कामदारले नियमित काम गरिरहेको उक्त सम्पदाको पुनःनिर्माण गर्नका लागि कामदारले सुरक्षाको मापदण्ड अपनाई भौतिक दूरी कायम गरेर काम गरिरहेका छन् । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर अत्यधिक बढेपछि निर्माणको काम नरोक्ने तर कामदारबीच दूरी कायम गर्ने […]

गण्डकीका मुख्यमन्त्री गुरुङको एन्टिजिन परीक्षण पोजेटिभ

२२ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको छ र त्यसको रिपोर्ट आउन बाँकी छ । मंगलबार उनी संसदीय दलको बैठकमा सहभागी भएका थिए । बैठक सकेर निवासमा फर्किएपछि उनलाई ज्वरो आएको थियो। त्यसपछि उनको एन्टिजिन परीक्षण गरिएको थियो । […]

साँखु बजारमा बज्रयोगिनीको जात्रा समापन गरिँदै

२२ वैशाख, काठमाडौं । चैत्र शुक्ल पूर्णिमादेखि शुरु भएको बज्रयोगिनीको जात्रालाई साँखुको मुख्य बजार क्षेत्रमा घुमाउने विधि मङ्गलबार समापन गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि आठ दिनसम्म साँखु क्षेत्रमा गरिने बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै शुरु गरिएको थियो । जात्रा वैशाख शुक्ल अष्टमी […]

चोर बाटोबाट अध्यादेश ल्याइएको भन्दै नेविसंघको विरोध

२२ वैशाख, काठमाडौं । सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै नेविसंघले विरोध जनाएको छ । अध्यादेश तत्काल फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गर्न नेविसंघले माग गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सात वटा अध्यादेश जारी गरेकी थिइन् । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले सरकारले चोर बाटोबाट अध्यादेश ल्याएर सर्वसत्तावादी चरित्र […]

सांसदहरुको पीसीआर परीक्षण गरिँदै

२२ वैशाख, काठमाडौं । विशेष अधिवेशनको तयारीमा जुटेको संसद सचिवालयले आज सभामुखसहित सांसदहरुको कोरोना परीक्षण गर्दै छ । सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षण आज गर्न लागिएको हो । भोलि संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामला पत्रकार, स्वकीय सचिवालयका कर्मचारी लगायतको परीक्षण […]

वीरगञ्जमा थप १९० जनामा संक्रमण, एकको मृत्यु

२२ वैशाख, वीरगञ्ज । वीरगञ्जमा पछिल्लो २४ घण्टामा थप १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ५७ जना महिला र १३३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालको पीसीआर प्रयोगशालाले जनाएको छ । प्रयोगशालामा मंगलबार २८८ जनाको पीसीआर र एन्टिजिन विधिबाट परीक्षण गरिएको थियो । संक्रमित हुनेहरु ५ देखि ७० वर्ष उमेरसम्मका […]

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउँदै

२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद सचिवालयमा बुझाउँदै छ । मंगलबारको स्थायी कमिटी बैठकबाट गरेको निर्णयअनुसार आज समर्थन फिर्ताको पत्र बुझाउन लागिएको हो । माओवादीका नेता लिलामणि पोखरेलले अनलाइनखबरसँग भने, ‘आज पार्टीका साथीहरु समर्थन फिर्ताको पत्र बुझाउन संसद सचिवालयमा जानुहुन्छ ।’ संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको […]

उपत्यकामा आजबाट एक साता निषेधाज्ञा थपियो

२२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि एक साता निषेधाज्ञा थपिएको छ । १६ वैशाखदेखि एक साताका लागि जारी गरिएको निषेधाज्ञा आजबाट थप एक साता लम्बाइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोरोना संक्रमणको फैलावट रोक्न निषेधाज्ञा लम्बाइएको बताए । थपिएको निषेधाज्ञालाई अघिल्ला दिनहरुको भन्दा कडा बनाउनुपर्ने निष्कर्षमा सरकारी अधिकारीहरु पुगेका छन् । […]

पूर्व तयारीमा अलमल, घरमै अक्सिजन पुर्‍याउँछन् मेयर

२२ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकामा मंगलबारसम्म एक हजार ५३ सक्रिय सङ्क्रमित रहेको तथ्याङ्क छ । दैनिक २०० को हाराहारीमा संक्रमित थपिइरहेका छन् । तर ती संक्रमित कहाँ र कुन अवस्थामा छन् भन्ने लेखाजोखा स्थानीय सरकारलाई छैन । महामारी उच्च विन्दुमा पुगेपछि पूर्व तयारीमा जुटेको महानगर अल्मलिएको छ । मेयर भीम पराजुली भने होम आइसोलेसनमा […]

अस्पतालसमेतका लागि बहुपयोगी भवन निर्माणलाई तीव्रता दिँदै सेना

२२ वैशाख, काठमाडौं । नेपाली सेना राजधानीसहित मुलुकका आठ स्थानमा होल्डिङ र आइसोलेशन सेन्टरसहित अस्थायी अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने गरी बहुपयोगी पूर्वाधार निर्माणमा जुटेको छ । सरकारको सीमा नाका नजिकै पायक पर्ने स्थानमा कम्तीमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर र आइसोलेशन निर्माण गर्ने निर्णयानुसार सेनाले गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेहिया, वीरगञ्ज, रानी र […]

मकैबारीमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

२२ वैशाख, विराटनगर । मोरङको रतुवामाई नगरपालिका– ६ स्थित मकैबारीमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । आइतबार अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको मंगलबार पहिचान खुलेको हो । मृतक महिला मोरङ कानेपोखरी–१ होक्लाबारी घर भएकी ३२ वर्षीय सरिता सोरेन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । उनका अनुसार […]

प्लाज्मा थेरापी : कति ठीक ? कति बेठीक ?

२२ वैशाख, काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) लाई निस्तेज पार्ने त्यस्तो कुनै औषधि अहिलेसम्म हामीसँग छैन । मुख्यतः अहिले पनि संक्रमितलाई सपोर्टिङ केयर नै दिइन्छ । साधारणतया ज्वरो घटाउन र दुखाइ कम गर्न सामान्यदेखि गम्भीर लक्षण भएकालाई औषधि दिइन्छ भने अवस्था हेरी रेम्डिसिभिर वा डेक्सामेथासोन जस्ता औषधि पनि दिने गरिन्छ । तर यी दुवै औषधि सीमित […]

धनगढीमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु

२२ वैशाख, धनगढी । धनगढीमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल र धनगढीकै एक निजी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सेती अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका– ८ बस्ने ५८ वर्षीय पुरुष र गौरी […]

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी !

२१ वैशाख, काठमाडौं । विशेष अधिवेशनमार्फत विश्वासको मत लिन संसदमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि विपक्षी दलहरुबीच फेरि अविश्वासको प्रस्ताव दर्ताको बहस शुरु भएको छ । स्रोतका अनुसार सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आगामी रणनीतिबारे संवाद भएको थियो । मंगलबार कांग्रेस पदाधिकारीहरुको बैठक बस्यो भने […]

माधव समूहको निष्कर्ष : कारबाही भोग्नुभन्दा सामूहिक राजीनामा उपयुक्त

२१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । पार्टीभित्रै अलग सांगठनिक संरचना बनाउँदा पनि चासो नदेखाएका ओलीले विश्वासको मत लिने अग्रसरता देखाएपछि नेपाल समूहका नेताहरू छुट्टा–छुट्टै र सामूहिक छलफलमा जुटेका हुन् । वरिष्ठ नेता झलनाथ खनाल […]

लुम्बिनी मन्त्रिपरिषदमा तीन मन्त्री थपिए

२१ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले  मंगलबार थप तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले अर्घाखाँचीका चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून, रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या र कपिलवस्तुका धर्मलाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् आचार्य र श्रेष्ठ एमाले सांसद हुन् भने श्रीवास्तव सूर्य […]

बारामा वैशाख २३ गतेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा

२१ वैशाख, वीरगञ्ज । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बारामा अनिश्चितका लागि निषेधाज्ञा लगाइएको छ । वैशाख २३ गते साँझ ६ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका छन् । निषेधाज्ञाको आदेशमा अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्कने, खाद्यान्न, सागसब्जी, माछामासु, औषधी उपकरण बिक्री […]

एमालेका ६ सांसद संक्रमित, ओलीलाई विश्वासको मत दिन पाउलान् ?

२१ वैशाख, काठमाडौं । वरिष्ठ नेता झलनाथ खनालसहित नेकपा एमालेका ६ जना सांसद् कोरोना संक्रमित भएका छन् । नेता खनालको उपचार नर्भिक अस्पतालमा भइरहेको छ । संक्रमित हुनेमा दुई जना संघीय सरकारकै मन्त्री छन् । पर्यटन मन्त्री भानुभक्त ढकाल र महिला, बालबालिका तथा समाज कल्याण मन्त्री जुली महतोलाई कोरोना संक्रमण भएको छ । तीन दिन […]

नेपालबाट भारत लगिन्छन् अक्सिजन सिलिण्डर, ३ जना पक्राउ

२१ वैशाख, जनकपुरधाम । भारततर्फ अक्सिजनको सिलिण्डर तस्करी गरेको आरोपमा प्रहरीले मंगलबार महोत्तरीमा तीन जनालाई पक्राउ गरेको छ । प्र २–०२–००१ च ०३१७ नम्बरको गाडीमा ७÷७ किलोको २ थान भरिएको अक्सिजन सिलिण्डर लैजाँदै गर्दा प्रहरीले जलेश्वर नगरपालिका १२ थरुवाहीबाट उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उप–महानगरपालिका ७ बस्ने ३६ बर्षीय जमरुदिन राईन, […]



from समाचार – Online Khabar https://ift.tt/33mNphj
via IFTTT
Powered by Blogger.