समाचार
२१ वैशाख, ताप्लेजुङ। ताप्लेजुङमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि सोमबार साँझदेखि निषेधाज्ञा लागू गरिएको छ । सङ्क्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि सात दिनसम्म निषेधाज्ञा लागू गरिएको हो । फुङलिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्ने, फक्ताङलुङ गाउँपालिका–३ को लिङ्खिम बारी फुरुम्बु क्षेत्र, सिकैचा बारी फावाखोला क्षेत्र, सुकेटार आसपास, पाथीभरा याङ्वरक […]
२१ वैशाख, जनकपुरधाम । नेकपा माओवादी केन्द्र धनुषाले जिल्लाका चारजना जनप्रतिनिधिसँग स्पष्टीकरण मागेको छ । पार्टीले विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास, उप प्रमुख निलमदेवी मण्डल, शहीदनगर नगरपालिकाका उप प्रमुख शिलादेवी कापर र सबैलाई नगरपालिकाका उप-प्रमुख निलुदेवी कापरसँग स्पष्टीकरण सोधेको हो । सोमबार माओवादी केन्द्रले जारी गरेको पत्रमा भनिएको छ, ‘सर्वोच्च अदालतको निर्णय अनुसार पार्टी […]
२१ वैशाख, काठमाडौं । भारतको बिहार राज्यमा मंगलबारदेखि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि बिहारका मुख्यमन्त्री नितिश कुमारले जेठ १ गतेसम्मका लागि लकडाउन घोषणा गरेका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नितिश कुमारले सोमबार मन्त्रीहरु र सरकारी अधिकारीसँगको छलफलपछि यो निर्णय लिइएको जानकारी दिएका छन् । बिहारमा सोमबार कोरोनाका ११ हजार ४०७ […]
२१ वैशाख, काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस महामारीको समयमा भारतबाट दैनिक चार हजार ५०० नेपाली स्वदेश फर्किने गरेका छन् । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यका अनुसार पछिल्लो समय दैनिक ४५ सय नेपाली भारतबाट फर्किइरहेका छन् । नेपाल फर्किनेहरुमा सबैभन्दा बढी सुदुरपश्चिमका रहेको पनि उनले जानकारी दिए । मंगलबार संसदको महिला तथा सामाजिक समितिसंगको […]
२१ वैशाख, सल्यान । सल्यान अस्पतालमा अक्सिजन अभाव भएको छ । कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालमा अक्सिजन अभाव भएपछि जटिलखालका कोरोना सङ्क्रमितहरु प्रभावित हुन थालेका छन् । अस्पतालमा रहेका १७ वटा अक्सिजन सिलिण्डरमध्ये १४ वटा प्रयोगमा आएकामा ती सिलिन्डरहरु पनि खाली भएपछि सङ्क्रमितहरुलाई अक्सिजन दिन बन्द गरिएको छ । अस्पतालमा भएका तीन वटा सिलिण्डरहरु बिग्रेको […]
२१ वैशाख, सुर्खेत । सल्यानमा कोरोना भाइसर (कोभिड–१९)को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बागचौर नगरपालिकाका ७० वर्षीय र शिद्धकुमाखका ३५ वर्षीय पुरुषको मृत्यु भएको सल्यानका कोरोना फोकल पर्सन रेखिराम पुनले जानकारी दिए । फोकल पर्सन पुनका अनसार ७० वर्षीय पुरुषको सल्यान अस्पताल र अर्का पुरुषको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । […]
२१ वैशाख, काठमाडौं । यही वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ । संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरिने संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको विशेष अधिवेशन वैशाख २७ गतेलाई बोलाइएको छ । बैठकअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गरी कोरोना […]
२१ वैशाख, काठमाडौं । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल स्थगित गरेको हो । बीसीसीआई र आईपीएलको गभर्निङ काउन्सिलको आपतकालीन बैठकले तत्कालै लागु हुनेगरी आईपीएलको यस सिजन स्थगित गर्ने निर्णय गरेको एक प्रेस […]
२१ वैशाख, काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय मुख्य सचिव शंकरदास बैरागीमार्फत जानकारी पाएको बताए । अनलाइनखबर अष्ट्रेलियासँगको कुराकानीमा उनले मुख्यसचिव बैरागीले टेलिफोन गरी मन्त्रिपरिषदले फिर्ता बोलाउने […]
२१ वैशाख, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–४ का लोकबहादुर परियारलाई पछिल्लो पाँच दिन यता रुघाखोकीले सताएको थियो । स्थानीय बजारमा होटल सञ्चालन गर्दै आएका उनले पसलबाट औषधि किनेर खाँदै आएका थिए । सोमबार साँझ असहज भएपछि केही साथीको सहयोगमा एम्बुलेन्स बोलाएर उनी जनकपुरधाम पुगे । प्रादेशिक अस्पतालसहित केही निजी अस्पतालमा उपचारका लागि कोशिस गरे । […]
२१ वैशाख, पाँचथर । कोभिड–१९ का आठ सङ्क्रमित फेला परेपछि पाँचथरको याङवरक गाउँपालिकाले एक साताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । गाउँपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गरी कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि गाउँपालिका तथा वडा कार्यालयबाट सम्पादन हुने अत्यावश्यकबाहेकका सबै सेवा सात दिनका लागि बन्द गरिएको जनाएको छ । यस्तै आठ सङ्क्रमित […]
२१ वैशाख, काठमाडौं । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । उनको मंगलबार काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा मृत्यु भएको हो । कोरोना संक्रमणपछि वैशाख १० गते अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो । काठमाडौंको मित्रपार्क निवासी निराला पूर्वमहान्यायाधिवक्तासमेत हुन् । उनलाई मन्त्रिपरिषदको […]
२१ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–१६ बस्ने २६ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमणको दोस्रो लहर चलेसँगै वीरगञ्जको नारायणी अस्पतालमा मात्रै २८ जनाको मृत्यु भएको छ । तीन दिनदेखि भेन्टिलेटरमा रहेका उनको मंगलबार बिहान साढे ११ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक सरोज रोशन […]
२१ वैशाख, काठमाडौं । देशभर कोरोना संक्रमण बढ्दै गएपछि उत्तरी व्यापारिक नाकामा उच्च सुरक्षा सतर्कता अपनाउन शुरु गरिएको छ । व्यापार सहजताका लागि नेपालले अधिकतम सुरक्षा अपनाउनुपर्ने भन्दै चिनियाँ प्रशासनको आग्रहपछि तातोपानी र रसुवागढीमा बाह्य मानिसको प्रवेश समेत रोकिएको भन्सार कार्यालयहरुले जनाएका छन् । रसुवागढी नाकाभन्दा डेढ किलोमिटर वरबाटै मानिसहरुको प्रवेशलाई अहिले निषेध गरिएको रसुवागढी […]
२१ वैशाख, काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा आफ्नो रिपोर्ट पोजेटिभ आएको उनले अनलाइनखबरलाई जानकारी दिए । प्रजिअ निरौलाले भने, ‘अहिले मेरो स्वास्थ्य अवस्था सामान्य नै छ । जिल्ला प्रशासन कार्यालयकै क्वाटर आइसोलेसनमा बसेर प्रविधिको प्रयोग गरी महामारीविरुद्धको अभियानमा सक्रिय […]
२१ वैशाख, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र, छाउनीले कोरोना संक्रमित र शव व्यवस्थापनका लागि अत्यावश्यक हटलाइन नम्बरहरु उपलब्ध गराएको छ । विश्वभर फैलिदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ संक्रमण र मृत्युदर बढ्दै गएपछि केन्द्रले एम्बुलेन्स र शव बाहनका लागि हटलाइन सेवा सुरु गरेको हो । केन्द्रका अनुसार एम्बुलेन्सको लागि १०२ र शव व्यवस्थापनको […]
२१ वैशाख, ओखलढुंगा । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका-४ डिन्डुक टोल बस्ने ५० वर्षीय सुइमरे भन्ने राजेन्द्र राई रहेका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२१ वैशाख, धनगढी । कोरोना संक्रमणबाट कञ्चनपुरको महाकाली अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप दुईजनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–१३ का २२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि सोमबार राति अस्पताल भर्ना भएका उनको इमर्जेन्सी वार्डमा […]
२१ वैशाख, रुपन्देही । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका-१ बाईपास डेरा गरी बस्ने भारत घर भएका २८ वर्षीय गोविन्द हरिजनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
२० वैशाख, बुटवल । कपिलवस्तुका थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा बुटवलमा मृत्यु भएको छ । वाणगंगा नगरपालिका वडा नं ७ का ३९ बर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विषेश अस्थायी अस्पतालमा मंगलबार बिहान मृत्यु भएको हो । वैशाख १७ गते कोरोना पोजिटिभ देखिएपछि सोही दिन अस्पताल भर्ना भएका संक्रमितको बिहान ५ बजेर ४० […]
२१ वैशाख, काठमाडौं । काठमाडौं, झोंछेकी स्थानीय ८० वर्षीया नानीमैया महर्जनलाई याद भएसम्म उनी ५० वर्षसम्म काठ, माटो, इँटा र ढुंगाले बनेको चारतले परम्परागत घरमा बसिन् । उनी आफ्नै खेतबारीमा प्रशस्त अन्नबाली उब्जाउँथिन् । अँगेनामा पाकेका खानेकुरा खान्थिन् । अचेल उनी आफ्ना छोराले बनाएको सिमेन्टको घरमा बस्छिन् । जहाँ ग्याँस नबाली खाना पाक्दैन । एसी/पंखा […]
from समाचार – Online Khabar https://ift.tt/3tgBUCI
via IFTTT





















