Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोभिड उपचारका लागि पार्टी कार्यालय दिने कांग्रेस रुपन्देहीको निर्णय

२४ वैशाख, बुटवल । नेपाली कांग्रेस रुपन्देहीले आफ्नो पार्टी कार्यालय भवन अस्थायी कोभिड अस्पताल वा आइसोलेशन निर्माणको लागि दिने निर्णय गरेको छ । कांग्रेस रुपन्देहीको भैरहवास्थित भीम अस्पतालको पछाडि २ वटा हल, ११ वटा कोठासहितको दुई तले भवन छ । उक्त भवन आइसोलेशन वा अस्थायी कोभिड अस्पतालका रुपमा प्रयोग गर्न दिने निर्णय गरिएको पार्टी जिल्ला […]

१४ सांसदसहित ६५ जनामा कोरोना संक्रमण

२४ वैशाख, काठमाडौं । संसद सचिवालयमा संकलन गरिएको स्वाब परीक्षणका क्रममा ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरिएकामध्ये ६१३ जनाको रिपोर्ट आउँदा सांसद १४ जना र संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन वैशाख २७ गते संसदको […]

भक्तपुरमा अक्सिजन नपाएर दुईजना कोरोना संक्रमितको मृत्यु

२४ वैशाख, भक्तपुर । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । भक्तपुरका अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको उनको भनाइ थियो । उनले […]

रौतहटमा आजदेखि निषेधाज्ञा

२४ वैशाख, रौतहट । कोरोना भाइरस (कोविड १९) को दोश्रो लहरको संक्रमण समुदाय स्तरमै फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रका पदाधिकारीको संयुक्त बैठकले गरेको सिफारिसको आधारमा प्रशासनले बैशाख २४ गते राति १२ बजेदेखि वैशाख३१ गते सम्मका निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालयले […]

अक्सिजन सिलिन्डर लिन उद्योगमै लाइन !

२४ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको गम्भीर विरामी बढेसँगै पछिल्लो समय अक्सिजन सिलिन्डरको माग निकै बढेको छ । अस्पतालमा उपचाररत धेरै बिरामीलाई अक्सिजन सपोर्टमा उपचार गर्नुपरेको छ भने होम आइसोलेसनमा बसेका पनि कतिपयले घरमै अक्सिजन व्यवस्था गरेका छन् । कतिपयले भविष्यमा बिरामी पर्दा अक्सिजन अभाव हुने डरले पनि अक्सिजन सिलिन्डर राख्ने गरेको पनि पाइएको […]

स्वास्थ्य मन्त्रालयले भन्यो : हाल ५० लाख डोज कोभिसिल्ड खरिद गर्ने अवस्था छैन

२३ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेराम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद हाललाई सम्भव नभएको बताएको छ । नेपालले खरिद गरेको १० लाख डोज भने क्षमता विस्तार भएपछि क्षमता दिने कम्पनीले बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार नेपालले खरिद गरेर आउन बाँकी १० लाख जोड आपूर्तिलाई […]

टिकटक बनाउने क्रममा भिरबाट लडेर एकजनाको मृत्यु

२४ वैशाख, उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान-५ का १८ वर्षीय सुवास परियार रहेका छन् । धरानबाट ओखलढुङ्गा तर्फ जाँदै सुमोमा चढेका उनी उदयपुरको हर्देनीमा सुमो बिग्रिएपछि ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए । टिकटक बनाउँदै गर्दा भिरबाट लडेर उनी गम्भीर घाइते […]

दक्षिण एशिया वर्तमान प्यान्डेमिकको केन्द्र, नेपाल विश्वकै उच्च जोखिम मध्ये एक

कोरोना प्यान्डेमिकले विश्वलाई उथलपुथल बनाइराखेको बेला दक्षिण एशिया र नेपाल पनि अछुतो रहनसक्ने सम्भावना नै भएन । करीब एक डेढ महीना मात्रै अगाडिसम्म पनि नेपाल कोरोना संक्रमणको हिसाबले शान्त भूमि थियो । प्यान्डेमिकको पहिलो लहरबाट यो भूमि करीब-करीब तङ्ग्रिसकेको थियो । विश्वमा कोरोना प्यान्डेमिकले आतंक मच्चाई नै रहेको बेला नेपाल झन्डै कोरोनामुक्त भइसकेको थियो र […]

राष्ट्रियसभा उपनिर्वाचन : एमालेविरुद्ध एमाले

२३ वैशाख, काठमाडौं । वाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि रामबहादुर थापा ‘बादल’ र खिमलाल देवकोटा भिड्ने भएका छन् । हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयका अनुसार बादल र देवकोटासँगै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङको उम्मदेवारी दर्ता भएको छ । मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा हुन् र, दुबै नेकपा एमाले […]

नियमित उडान रोकिएपनि आज ९ अन्तर्राष्ट्रिय उडान-अवतरण

२४ वैशाख, काठमाडौं । बिहीबार रातीबाट नेपालमा नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको छ । आन्तरिक उडान भने यसअघि नै बन्द भएको थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार ९ वटा उडान-अवतरण हुँदैछन् । त्यसमध्ये तीन वटा जहाज बिहीबार राति विभिन्न गन्तब्यमा पुगेर काठमाडौं र्फकन लागेका हुन् । एउटा जहाज भारतबाट तोकिएको उडानअनुसार आउँदैछ । […]

गण्डकी प्रदेशमा चार जना संक्रमितको मृत्यु

२४ वैशाख, काठमाडौं । गण्डकी प्रदेशअन्तर्गत पर्वत, तनहुँ र कास्कीमा गरी चार जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पर्वतका दुई, तनहुँ र कास्कीका एक/एक जना गरी कुल चार जनाको मृत्यु भएको हो । उनका अनुसार पर्वतको जलजला गाउँपालिका–३ का […]

टोखा नगरपालिकाले १५ शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा ल्‍यायो

२४ वैशाख, काठमाडौँ । टोखा नगरपालिकामा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले वडा नं २ स्थित टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित १५ शय्याको आइसोलेशन सेन्टर निर्माण गरिएको जानकारी दिए । ‘डाक्टर […]

सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

२४ वैशाख, धनगढी । सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । बिहीबार राति गृह जिल्ला सप्तरीबाट धनगढी आइपुगेका यादवले शुक्रबार दिउँसो पदभार ग्रहण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काले यादवले शुक्रबार दिउँसो कार्यालयमा पुगेर पदभार ग्रहण गरेको जानकारी दिए । पदभार ग्रहण गर्दै उनले […]

कोरोना परीक्षण गर्न प्रधानमन्त्री ओलीको स्वाब संकलन

२४ वैशाख, काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री, उनका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि गत बुधबार प्रतिनिधिसभाका सांसदहरु र कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो […]

प्रधानमन्त्री ओली र नेता गोकर्ण विष्टबीच भेट

२४ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नेता गोकर्ण विष्टसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न विष्ट प्रधानमन्त्री निवास पुगेका थिए । ‘उहाँहरु बीच लामै समय कुराकानी भएको छ’, बालुवाटार स्रोतले भन्यो । अध्यक्ष ओलीसँग बिहीबार राति अबेरसम्म माधवकुमार नेपाल पक्षका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराईले पनि कुराकानी […]

निषेधाज्ञामा बढी भाडा लिनेहरु धमाधम पक्राउ

२४ वैशाख, काठमाडौँ । काठमाडौँ उपत्यकाबाट गृह जिल्ला जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिइ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषा मिथिलाका ४३ वर्षीयय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारीलाई कोटेश्‍वर र दोलखा सिंगटी घर भइ भक्तपुर बस्ने ३४ वर्षीय राम सुरेललाई गौशालाबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक […]

राष्ट्रपतिलाई माधव नेपालको जवाफ : ओली एक्लै चल्ने, मलाई दोष ?

२४ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता जोगाउन पहल अध्यक्ष केपी शर्मा ओलीबाट हुनुपर्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि बिहीबार साँझ शीतल निवास पुगेका नेता नेपालले ओलीकै कारण एमाले यो अवस्थामा आइपुगेको बताएका हुन् । बिहीबार दिउँसो ओलीसँग भेटवार्ता गरेपछि राष्ट्रपति भण्डारीले नेता नेपाललाई फोन गरेकी थिइन् । […]

राष्ट्रिय किसान आयोगको अध्यक्षमा दंगाल नियुक्त

२४ वैशाख, काठमाडौं । राष्ट्रिय किसान आयोगको अध्यक्षमा प्रेम दंगाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दंगाललाई अध्यक्ष नियुक्त गरेको हो । दंगाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही महिनाअघि अखिल नेपाल किसान महासंघको अध्यक्षको बनाएका थिए । दंगालले किसान आयोगमा आफ्नो नियुक्ति भएको जानकारी पाएको अनलाइनखबरलाई बताए । मन्त्रिपरिषद बैठकले आयोगको […]

कोरोना संक्रमित बोक्न वडाध्यक्षले दिए निजी गाडी

२४ वैशाख, बुटवल । दाङको गढवा गाउँपालिकाका एक वडा अध्यक्षले कोरोना संक्रमितलाई अस्पताल पुर्‍याउने प्रयोजनका लागि आफ्नो निजी गाडी उपलब्ध गराएका छन् । गढवा गाउँपालिका–८ का वडाध्यक्ष सद्दाम सिद्दिकी मुसलमानले आफ्नो निजी बोलेरो जिप एम्बुलेन्सका रूपमा प्रयोग गर्न वडा कार्यालयलाई निःशुल्क उपलब्ध गराएका हुन् । कोरोना संक्रमितले एम्बुलेन्स नपाएको अवस्था देखेर संक्रमितलाई अस्पताल पुर्‍याउन गाडी […]

अक्सिजन आपूर्ति सहज बनाइदिन सरकारसँग अल्का अस्पतालको माग

२४ वैशाख, काठमाडौँ । ललितपुरको अल्का अस्पतालले  अक्सिजन आपूर्ति सहज बनाइदिन सरकारसँग माग गरेका छन् । कोभिडका बिरामीहरुको उपचारका लागि अक्सिजनको अभाव हुन थालेपछि अस्पतालले शुक्रबार विज्ञप्ति जारी गरेर अक्सिजन आपूर्ति सहज बनाइदिन माग गरेको हो । अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कोभिडका विरामीहरुको उपचारमा समस्या देखिन सुरू भएको छ । अस्पतालमा विरामीहरुको चाप […]

संसद सचिवालयमा कार्यरत उपसचिवको कोरोना संक्रमणबाट निधन

२४ वैशाख, काठमाडौं । संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ । तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । केही समय अगाडि उनको पत्थरीको अपरेशन समेत […]



from समाचार – Online Khabar https://ift.tt/3ha95p1
via IFTTT
Powered by Blogger.