Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पद बहालीकै दिन विवादमा परिन् प्रदेश प्रमुख

२२ वैशाख, पोखरा । गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीता पौडेल पदभार ग्रहरण गरेकै दिन  विवादमा परेकी छिन् । पदभार ग्रहण गरेकी दिन सभामुखले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएपछि प्रदेश प्रमुख आलोचित बनेकी हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि दर्ता भएको अविश्वास प्रस्ताव संसदमै अडि्कएको बेला सरकारको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले अमिक शेरचनलाई हटाएर पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेकी […]

राष्ट्रियसभा उपचुनावमा विपक्षीको गठबन्धन : डा. खिमलाल देवकोटा साझा उम्मेदवार

२२ वैशाख, काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् र साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सार्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले नेता नेपाल र जसपा अध्यक्ष यादवसँग […]

पाँच दिनमै भरियो आइसोलेसन केन्द्र, अधिकांशलाई चाहिन्छ अक्सिजन सपोर्ट

२२ वैशाख, पोखरा । स्याङ्जा गल्याङ नगरपालिका–११ का ५० वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भयो । होम आइसोलेसनमा बसेका उनलाई आइतबार एक्कासी सास फेर्न गाह्रो भयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड आइसोलेसन सुरु भएको एक दिनमात्र भएको थियो । बेडको अवस्था बुझेर बिरामीलाई गल्याङदेखि प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा पुर्‍याइयो । अस्पताल ल्याइपुर्‍याउँदा अक्सिजन […]

महामारीमा धनगढीका निजी अस्पतालको मनोमानी, बिरामीको बिचल्ली

२२ वैशाख, धनगढी । धनगढी उपमहानगरपालिका–२ कि ५० वर्षीया महिला वैशाख १९ गते धनगढीको सारथी अस्पताल भर्ना भइन् । श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनको स्वास्थ्य अवस्था जटिल भएपछि अस्पतालले उपचार गर्न नसक्ने भन्दै मंगलबार नै निकालिदियो । ‘आईसीयू र भेन्टिलेटर हामीसँग छैन भनेर अस्पतालले अन्तिम अवस्थामा निकालिदियो,’ उनका भतिजा भरत ओलीले अनलाइनखबरसँग भने, […]

लुम्बिनीका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई ७९ लाख

२२ वैशाख, बुटवल । लुम्बिनी प्रदेश सरकारले जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई ७९ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले १२ वटै जिल्लाका डीसीसीएमसीलाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । जसमध्ये कोभिडबाट बढी प्रभावित रुपन्देही र बाँके जिल्लालाई १०–१० लाख, […]

यात्रुसँग बढी भाडा असुलेको आरोपमा नयाँ बसपार्कबाट एकजना पक्राउ

२२ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका यात्रुसँग बढी भाडा लिएको आरोपमा प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोंगबुको नयाँ बसपार्कस्थित बागलुङ भगवती काउण्टरका कर्मचारी स्याङ्जा चापाकोट–७ घर भई काठमाडौंको मित्रनगर बस्ने ३० वर्षीय मिलन सारु छन् । काठमाडौंबाट बागलुङसम्मको नियमित भाडा ९ सय रुपैयाँ भएपनि उनले यात्रुसँग तीन हजारदेखि […]

विवाहमा दुईवटा गाडी र १५ जना जन्ती लैजान पाइने

२२ वैशाख, काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले विवाहमा १५ जना व्यक्ति र २ वटा गाडी प्रयोग गर्न पाउने बताएको छ । त्यसका लागि प्रशासन कार्यालयबाट अनुमति पनि लिनुनपर्ने भएको छ । प्रशासन कार्यालयले दोस्रो पटक वैशाख २२ गतेदेखि २९ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेको छ । निषेधाज्ञाको समयमा विवाह ब्रतबन्धजस्ता संस्कारमा १५ जना व्यक्ति […]

भरतमोहन अधिकारी फाउण्डेशनले ज्येष्ठ नागरिक पढाउने

२२ वैशाख, काठमाडौं । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले ज्येष्ठ नागरिकका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वर्गीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री एवं वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको ८६ औं जन्म जयन्तीका अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रम मार्फत शैक्षिक कार्यक्रम घोषणा गरिएको हो । फाउण्डेशनका तर्फबाट भरतमोहनकी पुत्री लीमा अधिकारीले ‘ज्येष्ठ नागरिकका लागि आधारभूत शैक्षिक […]

राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार बन्न सम्पत्ति विवरण बुझाउनुपर्ने

२२ वैशाख, काठमाडौं । वाग्मती र लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिले सम्पत्ति विवरण पेश गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले वाग्मती प्रदेशमा जेठ ६ गते र लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन गर्दैछ । वाग्मती र लुम्बिनीमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित रामबहादुर थापा र चन्द्रबहादुर खड्काले […]

लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन जेठ १७ गते

२२ वैशाख, काठमाडौं । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको वैशाख १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा […]

कोरोनाको दोस्रो लहरमा वीरगञ्जका अस्पतालमा ४३ जनाको मृत्यु

२२ वैशाख, वीरगञ्ज । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि वीरगञ्जका अस्पतालमा ४३ जनाको मृत्यु भएको छ । वीरगञ्जमा बुधबार २ जना कोरोना संक्रमितको मृत्यु भएपछि चैत ३१ देखि वैशाख २२ गते बुधबार बिहानसम्म ४३ जनाको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् । वीरगञ्जको नारायणी अस्पतालमा ३२, नारायणी बयोधा अस्पतालमा ५, नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा […]

सिन्धुपाल्चोकमा २३ गतेदेखि निषेधाज्ञा

२२ वैशाख, काठमाडौँ । सिन्धुपाल्चोकमा २३ गते बिहीबार बिहानबाट जिल्लाभर निषेधाज्ञा लागू भएको छ । वैशाख २३ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राती १२ बजसेसम्म जिल्लाभरि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बुधबारबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले घरबाहिर निस्कन नपाइने गरी निषेधाज्ञाको आदेश जारी […]

कञ्चनपुरमा तरकारी किन्न जाँदा फेसशिल्ड अनिवार्य

२२ वैशाख, काठमाडौं । कञ्चनपुरमा खाद्यान्न तथा तरकारी किन्न जाँदा अनिवार्य फेसशिल्ड लगाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधबार सूचना जारी गर्दै हाल लागू भएको निषेधाज्ञाको समयमा तरकारी, फलफूल र खाद्यान्न खरिद बिक्री गर्न छुट्टाइएको समयमा ग्राहकहरुको भिडभाड भएकाले अबदेखि अनिवार्य रुपमा मास्क, फेसशिल्ड र पञ्जा लगाएर मात्रै दैनिक उपभोग्य सामग्री खरिद बिक्री […]

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८,६५९ मा संक्रमण पुष्टि

२२ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या […]

स्वास्थ्यमा सुधार आएपछि पूर्वरानी कोमललाई आईसीयूबाट वार्डमा सारियो

२२ वैशाख, काठमाडौं । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई वार्डमा सारिएको अस्पतालको कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्टले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणा कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वरानी कोमललाई […]

केएमसी र ह्याम्स अस्पताललाई काठमाडौंका सिडिओले सोधे स्पष्टीकरण

२२ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको छ । कोरोना संक्रमितको उपचारका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिएको जानकारी आएकाले स्पष्टीकरण सोधिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । ती अस्पतालको शुल्क विवरण सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारीले […]

जोखिमयुक्त स्थानमा परीक्षण बढाउन स्थानीय तहलाई आग्रह

२२ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त स्थानमा परीक्षण बढाउन स्थानीय तहहरुलाई अनुरोध गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बुधबार बसेको बैठकले जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ गरी नमूना संकलन गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार घरमै गएर नमुना संकलनका लागि अनुमति समेत दिइएको छ । यसरी घरमै […]

उपत्यकाबाहिर रहेका विदेशी पर्यटकलाई निर्वाध काठमाडौं आउन दिइने

२२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाभन्दा बाहिर रहेका विदेशी पर्यटक निर्वाध काठमाडौं आउन सक्ने भएका छन् । गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै पर्यटकलाई काठमाडौं आउन सहजीकरण गर्न निर्देशन दिएको छ । कोरोना महामारी नियन्त्रण गर्न कतिपय जिल्लामा निषेधाज्ञा जारी गर्दा आवागमन प्रभावित भएका छन् । यसबाट नेपालको भ्रमणमा रहेका पर्यटक समेत […]

अक्सिजनको कालोबजारी भइरहेको भन्दै अफवाह फैलाएको आरोपमा युवक पक्राउ

२२ वैशाख, धनगढी । अक्सिजनको कालोबजारी भइरहेको भन्दै अफवाह फैलाएको आरोपमा प्रहरीले धनगढीबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का तेजबहादुर खड्का छन् । धनगढीबाट ६५० सिलिन्डर अक्सिजन कालोबजारी गरेर पहाडतिर ट्रकमा लैजाँदै गरेको भन्दै झूठो हल्ला फैलाएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए । […]

उपत्यकामा एकैदिन थपिए ३८२५ कोरोना संक्रमित

२२ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना संक्रमित भेटिएका हुन् । यस्तै एकै दिन काठमाडौँ उपत्‍यकामा १५ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार देशभर ५८ जनाको मृत्यु भएको छ […]

आगामी बजेटमा आन्तरिक ऋणको सीमा २ खर्ब ३४ अर्ब

२२ वैशाख, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटले कुल गार्हस्थ उत्पादनको ५.५ प्रतिशतसम्म मात्र आन्तरिक ऋणको लक्ष्य राख्न सक्ने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा निर्धारण गरी नेपाल सरकारलाई सिफारिस गरेको छ । यसरी भएको सिफारिस अनुसार आगामी आवमा सरकारले […]



from समाचार – Online Khabar https://ift.tt/3y0dxgm
via IFTTT
Powered by Blogger.