Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

खोप प्रकरणमा सरकारलाई विवेकशील साझा पार्टीको ४ प्रश्न

२४ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीले खोप खरिदका विषयमा सरकारलाई ४ प्रश्न गरेको छ । खोप प्रकरणबारे हालसम्म सार्वजनिक समाचार र तथ्यहरूको समीक्षा गर्दा सरकारको अक्षमता, नालायकी, अकर्मण्यता र भ्रष्टता देखिएको भन्दै विवेकशील साझाले व्यापारीहरूको थाप्लोमा सम्पूर्ण दोष थोपरेर सरकार चोखिन नसक्ने बताएको छ । प्रवक्ता शरदराज पाठकले निकालेको विज्ञप्तिमा महामारीमा यदि केही व्यापारीकै […]

२७ वैशाखमा अक्सिजन सिलिण्डर लिन वाइडबडी बेइजिङ जाने

२४ चैत, काठमाडौं । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २७ वैशाखमा चीनको राजधानी बेइजिङ जाने निश्चित भएको छ । नेपाल एयरलाइन्स स्रोतका अनुसार जहाज २७ गते गएर २८ गते काठमाडौं फर्कने भएको छ । यो जहाजले एक पटकमा ४ सय सिलिण्डर ल्याउन सक्ने प्राविधिक अध्ययनबाट देखिएको छ । साथमा […]

गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा थप

२४ वैशाख, गुल्मी । गुल्मीमा जेठ ४ गतेसम्मलाई निषेधाज्ञा थप गरिएको छ । यसअघि वैशाख २५ बजेसम्म गरिएको निषेधाज्ञा पुन एक साता थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । यो अवधिमा उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामग्रीका पसल विहान ७ देखि ९ बजेसम्म […]

ललितपुरमा कोरोना संक्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा

२४ वैशाख, काठमाडौं । ललितपुरमा कोभिड-१९ का बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको छ । जिल्लाभित्र सञ्चालित एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा शुक्रबार बसेको बैठकले सबै एम्बुलेन्सलाई यथाशिघ्र १०२ मा आवद्ध गर्न अनुरोध गर्ने र एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने निर्णय भएको ललितपुरका निमित्त प्रजिअ ललितकुमार बस्नेतले जानकारी दिए । कोभिड १९ को […]

बूढानीलकण्ठमा देउवा र प्रचण्डबीच भेटघाट

२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए । साढे पाँच बजेतिर बुढानिलकण्ठ पुगेका प्रचण्ड र देउवा बीच करिब आधा घण्टा कुराकानी भएको देउवा निकट स्रोतले बताएको छ । ‘प्रधानमन्त्री केपी ओलीले लिन लागेको विश्वासको मत बिफल बनाउनेबारे […]

बाँकेमा १०१८ नमुना परीक्षण गर्दा ७३१ जनामा संक्रमण पुष्टि

२४ वैशाख, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा १०१८ नमुना परीक्षण गर्दा ७३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका तीन वटा ल्याबमा गरिएको परीक्षणमा ३३६ जना महिला र २३० जना पुरुष गरी ७३१ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार भेरी अस्पतालको ल्याबमा ४८० जनाको […]

जनकपुरधाम प्रादेशिक अस्पतालमा ८ भेन्टिलेटर जडान

२४ वैशाख, जनकपुरधाम । प्रदेश २ को सामाजिक विकास मन्त्रालयले प्रादेशिक अस्पताल जनकपुरधाममा ८ वटा भेन्टिलेटर उपलब्ध गराएको छ । काठमाडौंबाट मगाइएको भेन्टिलेटर अस्पताल आइपुगेको र जडान हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ । कोरोना उपचार केन्द्रका प्रवक्ता डा. मनिष पाण्डेले प्राविधिकहरुले भेन्टिलेटर जडान गरेर परीक्षण गरिरहेको बताए । यो अस्पतालमा यसअघि भएको ५ वटै भेन्टिलेटर […]

कामीरिता शेर्पा २५ औं पटक सगरमाथा चुचुरोमा

२४ वैशाख, काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका छन् । आज सगरमाथामा आइसफल डाक्टरहरुको टोलीले चुचुरो चुमेको छ । यो टोलीको नेतृत्व शेर्पाले गरेका थिए । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिका अनुसार कुल १२ जना आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको हो । १३ मे १९९४ मा […]

लुम्बिनीमा अस्पताल बेड र स्वास्थ्यकर्मी थप्न विपक्षी दलको आग्रह

२४ वैशाख, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि अस्पतालमा शय्या र जनशक्ति थप गर्न प्रदेश सरकारसँग माग गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले शुक्रबार विज्ञप्ति निकालेर प्रदेशका सबै जिल्ला अस्पताल, नेपालगञ्जको प्रहरी र आर्मी अस्पतालाई कोभिड अस्पालमा रुपान्तरण गरी ८५० […]

कैलालीमा थप ७ जना कोरोना संक्रमितको मृत्यु

२४ वैशाख, धनगढी । कैलालीमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा पाँच र अन्य अस्पतालमा दुई गरेर ७ जनाको मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका चार र कञ्चनपुरका एक जनाको मृत्यु भएको जानकारी दिए । कैलालीको धनगढी उपमहानगरपालिका– १ का ५५ वर्षीय पुरुष […]

नेपालमा रोकिएका विदेशीलाई भिसामा सहजिकरण गरिने

२४ वैशाख, काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले घोषणा गरेको निषेधाज्ञाका कारण नेपालमा रोकिएका विदेशी नागरिकलाई सरकारले भिसामा सहजिकरण गर्ने भएको छ । अध्यागमन विभागका अनुसार १५ वैशाखसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय उडान स्थगत रहेको अवधि भित्र वा अन्तर्राष्ट्रिय हवाई उडान सूचारु भएको मितिले सात दिन भित्र नेपालबाट प्रस्थान गर्ने विदेशीको […]

‘बचाउन सकिने बिरामीलाई पनि भर्ना लिन नसक्दा मन अमिलो हुन्छ’

२४ वैशाख, विराटनगर । चैत तेस्रो साता । बेलबारी नगरपालिका-४ मोरङका नवीन खवास, बुबाको उपचारका लागि नोबेल मेडिकल कलेज आइपुगे । उपचारपछि बुबा विनोद वैशाख १५ गते डिस्चार्ज भए । बुबालाई घर लैजानुअघि नै नवीनलाई स्वास्थ्यमा समस्या देखिन थालिसकेको थियो । १४ गते पीसीआर परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएकाले घर गए । तर बुबालाई घर […]

विकास परियोजनामा नयाँ राजनीतिक विकृति : पूर्वतयारी नसक्दै शिलान्यास, काम नसक्दै उद्घाटन

२४ वैशाख, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरको सम्मुखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठक, सभा तथा उद्घाटन र शिलान्यास समारोहमा अधिकतम समय खर्चिए । फागुनयता मात्रै उनले रु.४ खर्ब बराबरका विकासे आयोजनाको शिलान्यास गरे । त्यो अवसरमा नेपालमा विकासको लहर आएको भाषण गरे । तर, महामारी दैलोमा आइपुग्दा शिलान्यास भएका धेरैजसो आयोजना पूर्वतयारी नपुगेकाले […]

सगरमाथा आरोहणको बाटो खुल्यो, आइसफल डाक्टरको टोली चुचुरोमा

२४ वैशाख, काठमाडौं । वसन्त ऋतुका लागि सगरमाथा आरोहणको बाटो खुलेको छ । सगरमाथा आरोहणमा बाटो बनाउन हिँडेको आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको छ । सेभेन समिट ट्रेक कम्पनीका अनुसार शुक्रबार साँझ ६ बजे १० जना आरोही विशेषज्ञ शेर्पाहरुको टोली चुचुरोमा पुगेको छ । The first team of climbers reached the summit of Sagarmatha […]

कर्णालीमा ५०३ परीक्षणमा ३८१ जना संक्रमित

२४ वैशाख, सुर्खेत । शुक्रबार कर्णाली प्रदेशमा ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५०३ जनामा गरिएको पीसीआर परीक्षणमा ३८१ जनामा संक्रमण पुष्टि भएको हो । अहिले कर्णालीका सबै जिल्लामा निषेधाज्ञा जारी छ । तर, निषेधाज्ञाको अवधिमा पनि संक्रमण दर उच्च देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो […]

‘संक्रमितलाई अक्सिजन पुर्‍याउन सक्दैनौं, आफैं जोहो गर्नू’

२४ वैशाख, बुटवल । भीम अस्पताल, भैरहवाले कोरोना संक्रमितहरुलाई अक्सिजन पुर्‍याउन नसकिने बताएको छ र, बिरामीका आफन्तलाई आफैं जोहो गर्न आग्रह गरेको छ । अस्पताल प्रशासनले शुक्रबार दिउँसो सूचना निकालेर संक्रमितको अत्यधिक चाप भएकाले भर्ना भएका बिरामीलाई अक्सिजन पुर्‍याउन नसकिने अवस्था आएको बताएको छ । अस्पतालमा ६३ एचडीयू र ५ आईसीयूसहित ६८ बेडमा कोरोना संक्रमितको […]

राष्ट्रियसभा उपनिर्वाचन : एमालेविरुद्ध एमाले

२३ वैशाख, काठमाडौं । वाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि रामबहादुर थापा ‘बादल’ र खिमलाल देवकोटा भिड्ने भएका छन् । हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयका अनुसार बादल र देवकोटासँगै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङको उम्मदेवारी दर्ता भएको छ । मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा हुन् र, दुबै नेकपा एमाले […]

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, सभामुख नजाने

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बैठक बोलाएका हुन् । तीन दिन अगाडि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । परिषद् सचिवालयले प्रधानमन्त्रीले आइतबार बैठक बोलाएको जानकारी सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख विपक्षी दलका नेतालाई […]

उपत्यकामा एकै दिन कोरोना संक्रमितको संख्या ४ हजार नाघ्‍यो

२४ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४ हजार एक सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्‍ये ३०८९ काठमाडौँका, ३७४ भक्तपुरका  र ६४३ ललितपुरका रहेका छन् । यस्तै काठमाडौँमा २५ हजार ९४० जना सक्रिय संक्रमित छन्। यससँगै काठमाडौँमा […]

बाँकेमा स्वाब दिन लाइनमा बस्दाबस्दै मृत्यु

२४ वैशाख, नेपालगञ्ज ।  बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो । सास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए । तर स्वाब दिने […]

थप ९ हजार १९६ जनामा संक्रमण, ५० जनाको मृत्यु

२४ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा […]



from समाचार – Online Khabar https://ift.tt/2Sohuef
via IFTTT
Powered by Blogger.