Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सेती प्रादेशिक अस्पताललाई ९८ वटा अक्सिजन सिलिण्डर सहयोग

२० वैशाख, धनगढी । सुदूरपश्चिममा अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन थालेपछि ह्युमानिटी फाउण्डेसनले यहाँका अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गर्न थालेको छ । फाउण्डेसनले सोमबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई नेपालगञ्जबाट खरिद गरेर ल्याइएका ९८ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य समेत रहेका महासचिव दीर्घराज उपाध्यायले फाउण्डेसनमा आवद्ध सदस्यहरुको व्यक्तिगत […]

कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

२० वैशाख, धनगढी । कञ्चनपुरमा सोमबार एकैदिन तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले महाकाली अस्पतालमा उपचाररत थप तीन जना संक्रमितको मृत्यु भएको जानकारी दिइन् । उनकाअनुसार भीमदत्त नगरपालिका ६ का २४ वर्षीय पुरुष, भीमदत्त १८ की ६५ वर्षीया महिला र दोधारचाँदनी नगरपालिका-१० का ३४ वर्षीय पुरुषको […]

लुम्बिनीका प्रदेश प्रमुखलाई बर्खास्त गर्न चार दलको माग

२० वैशाख, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गर्न माग गरेका छन् । अल्पमतमा रहेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख यादवले असंवैधानिक, अराजनीतिक र स्वेच्छाचारी ढंगले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बर्खास्त गर्न माग गरेका हुन् । […]

अप्रिलमा नेपाल आए २२ हजार ४५० विदेशी

२० वैशाख, काठमाडौं । नेपालमा पछिल्लो एक महिनाको अवधिमा साढे २२ हजार विदेशी नागरिक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार अंग्रेजी महिना अप्रिलमा विदेशबाट कुल २२ हजार ४ सय ५० विदेशी नागरिक नेपाल आएका छन् । एकातर्फ नेपालभित्र पर्वतारोहणको मौसम र अर्कोतर्फ भारतीय नागरिकले नेपाललाई ट्रान्जिट गन्तब्य बनाएका कारण पर्यटक आगमनको आंकडा बढी देखिएको हो […]

जिल्ला प्रशासन कार्यालय सिरहामा अत्यावश्यकबाहेकका सेवा बन्द

२० वैशाख, जनकपुरधाम । एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय सिरहाको अत्यावश्यकबाहेकका सम्पूर्ण काम कारवाही बन्द गरिएको छ । कार्यालयको राजस्व संकलन काउण्टरको कक्षमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । ती कर्मचारीमा संक्रमण […]

बाँकेमा पछिल्लो १९ दिनमा ९७ संक्रमितको मृत्यु

२० वैशाख, काठमाडौं । बाँकेमा वैशाख यता कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ९७ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापनले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार १९ दिनमा ९७ जनाको मृत्यु भएको छ । जसमध्ये ४१ जना महिला र ५६ जना पुरुष छन् । यो अवधिमा २ हजार ४३२ महिला र २ हजार ९६१ जना […]

श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, साउनबाट मासिक १५ हजार

२० वैशाख, काठमाडौं । नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक बढेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आगामी साउन १ गतेबाट लागू हुने गरी पारिश्रमिक वृद्धि गर्ने निर्णय भएको हो । मन्त्रालयले पारिश्रमिक वृद्धि गरेको सूचना राजपत्रमा प्रकाशित गरेको छ । यससँगै अब श्रमिकको मासिक पारिश्रमिक १५ हजार पुगेको छ । यसअघि श्रमिकको न्यूनतम पारश्रमिक […]

डोटीमा भोलि मध्यरातिदेखि वैशाख ३१ सम्म निषेधाज्ञा लगाउन सिफारिस

२० वैशाख, डोटी । डोटीमा मंगलबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न सिफारिस गरेको जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरले जानकारी दिए । पछिल्लो समयमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै […]

महोत्तरीमा वैशाख २२ गतेदेखि निषेधाज्ञा

२० वैशाख, जनकपुरधाम । महोत्तरीमा वैशाख २२ गतेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सिफारिस गरेको आधारमा वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला […]

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

२० वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् ।

स्थलमार्गबाट प्रवेश गर्ने हरेक नागरिकको एन्टिजेन परीक्षण

२० वैशाख, काठमाडौं । सरकारले नेपाल–भारत स्थलमार्गबाट नेपाल प्रवेश गर्ने हरेक नागरिकको एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले विदेशी नागरिकको आवगमन बन्द गर्दै नेपाली नागरिकको अनिवार्य एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार सीमा नाकाबाट प्रवेश गर्ने नागरिकको एन्टिजेन परीक्षणको व्यवस्थापन सम्बन्धित स्थानीय तहले […]

१३ नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने, १० दिन क्वारेन्टिन अनिवार्य

२० वैशाख, काठमाडौं । भारतबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकका लागि सरकारले १३ वटा नाका तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार विदेशी नागरिकको आवतजावतलाई बन्द गरिएको छ भने नेपाली नागरिकको हकमा १३ वटा नाका तोकिएको हो । मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नेपाल–भारतको पशुपतिनगर, काँकरभिट्टा, मोरङको रानी, महोत्तरी भिट्टामोड, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, […]

१००० शय्याको अस्थायी अस्पताल, फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता

२० वैशाख, काठमाडौं । सरकारले प्रदेश र राजधानीमा एक हजार शय्याको अस्थायी अस्पताल बनाउने घोषणा गरेको छ । सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताए । दोस्रो लहर नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालन गरेको भन्दै उनले हवाई उडान रोक्ने, निषेधाज्ञालाई कडाई गर्नेलगायतका निर्णयहरु सुनाए । […]

बल्लतल्ल आधा सिलिन्डरको जोहो, अक्सिजन पाउनै मुस्किल

२० वैशाख, धनगढी । वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पताल भर्ना भएका पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी दम्पतीले अक्सिजन नपाउँदा उपचारमा समस्या भोग्नुपर्‍यो । उनले धनगढीकै सारथी अस्पतालबाट १० हजार रुपैयाँ धरौटी राखेर एक सिलिन्डर अक्सिजनको जोहो गरेको सुनाए । सेती अस्पतालमा अक्सिजनको चरम अभाव सिर्जना भइसकेकाले जोहो गर्न सम्बन्धित […]

अक्सिमिटर : किन प्रयोग गर्ने र कति पर्छ मूल्य ?

कोरोना भाइरसको पुरानो भेरियन्टको महामारी चलिरहेकै बेलामा वरिष्ठ सरुवा रोग विशेषज्ञ एवं भाइरोलोजिस्ट डा. शेरबहादुर पुनसँग कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर आएका बिरामी एकाएक बेहोस भएर ढले । सामान्य रुपमा कुराकानी गरिरहेका उनी एक्कासी बेहोस भएपछि तुरुन्त आकस्मिक कक्षमा लगेर उनको शुरुमा अक्सिजनको मात्रा परीक्षण गरियो । अन्तिममा थाहा भयो कि उनको शरीरमा धान्नै नसक्ने गरी […]

बिरामी उपचारबाहेकका क्षेत्रमा अक्सिजन आपूर्ति बन्द

२० वैशाख, काठमाडौं । सरकारले उद्योगमा अक्सिजन आपूर्तिमा रोक लगाएको छ । सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गरिने समेत बताएका छन् । उनले बिरामीको उपचारबाहेक अन्य क्षेत्रमा अक्सिजनको आपूर्ति बन्द गरिएको पनि जानकारी दिए ।  

नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गर्छौं : प्रधानमन्त्री

२० वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने भएको छ । सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइएको जानकारी दिए । नेपाली नागरिकहरुलाई चेकजाँच गरेर मात्र आउन दिने र संक्रमितको उपचार गरिने बताए ।

काठमाडौंका सीडीओ भन्छन् : पोहोरजस्तै पूरै ठप्प पार्ने स्थिति आउन सक्छ

२० वैशाख, काठमाडौं । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि भन्दै एकसाता निषेधको आदेश जारी गरेका छन् । तर उपत्यकामा कोरोना भाइरस संक्रमणको दर दैनिक बढिरहेको छ । विज्ञहरुका अनुसार निषेधाज्ञाले काम गर्‍यो वा गरेन भन्ने पुष्टि हुन कम्तीमा एक साता कुर्नुपर्छ । यद्यपि निषेधाज्ञाको समयमा पनि देखिएको भिडले महामारी […]

प्रदेश अस्पतालबाट कर्णालीमा देखिएको कोरोना संकट

२० वैशाख, सुर्खेत । आइतबार दिउँसो तीन बजेको थियो । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको कोभिड कक्ष बाहिर एक जोडीको विरक्त चिच्याहट पर–परसम्म सुनिइरहेको थियो । पुरुषको विरक्त आवाज सुनिन्थ्यो– ‘लौन हजुर, बुढेसकालको सहारा रहेन, लास कोलियामा छ, ठाउँ ठेगान लाइदिनुपर्‍यो ।’ उनकै छेउमा रहेकी महिलाको विलौना थियो– ‘हे भगवान ! तैंले आज के दिन देखाइस्…, […]

बिहीबारदेखि वैदेशिक रोजगारीमा जाने बाटो बन्द

२० वैशाख, काठमाडौं । वैशाख २३ गतेदेखि वैदेशिक रोजगारीमा जानेहरु रोकिने भएका छन् । सरकारले वैशाख २३ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि भिसा लागिसकेका श्रमिक पनि रोकिने भएका हुन् । यसअघि २०७६ चैतमा सरकारले लकडाउन गर्दा पनि श्रमिकहरु विदेश जानबाट रोकिएका थिए । सरकारले २०७७ असारपछि मात्रै श्रमिकलाई विदेश जान श्रम […]

बाँकेमा एक वर्षीय बालकसहित ३४५ जना संक्रमित डिस्चार्ज

२० वैशाख, काठमाडौं । बाँकेमा एक वर्षीया बालकसहित ३४५ जना कोरोना संक्रमित अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार १५५ जना महिला र १९० जना पुरुष गरी कुल ३४५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । कोरोनालाई परास्त गरी डिस्चार्ज हुनेमा १ वर्षीय बालक र ७० वर्षीय वृद्ध […]



from समाचार – Online Khabar https://ift.tt/3uixXyE
via IFTTT
Powered by Blogger.