Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिताः मुख्यमन्त्री पोखरेल

२० वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पुनर्नियुक्ति विधानसम्मत रहेको दाबी गरेका छन् । प्रदेशमा पछिल्लो समय देखिएको राजनीतिक घटनाक्रममा प्रदेश सभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिएको आरोपसमेत उनले लगाएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत् मुख्यमन्त्री पोखरेलले यस्तो आरोप लगाएका हुन् । विमला कुमारी खत्री फाल्गुन २३ को फैसलापछि एमालेको प्रदेशसभा […]

निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ४२ पुग्यो

२० वैशाख, काठमाडौं । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्यले पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ४२ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेका हुन् । आज बिहानदेखि बर्दियामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । यसअघि ठाउँ विशेषमा […]

बिहेमा सरिक भएकासहित कञ्चनपुरमा थप दुई संक्रमितको मृत्यु

धनगढी । कञ्चनपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका १३ र १९ का दुई जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाका अनुसार वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमै बसेकी एक महिलाको आइतबार राति मृत्यु भएको हो […]

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

२० वैशाख, काठमाडौं । सोमबार विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । ‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ यस वर्षको स्वतन्त्रता दिवस मनाउन लागिएको हो । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिएको पाइन्छ । सन् १९९३ मा युनेस्कोको […]

साइकलमा श्रीमतीको शव बोकेको भाइरल तस्वीरको सत्यता के ?

२० वैशाख, काठमाडौं । उत्तर प्रदेशको जौनपुर जिल्लाको मडियाहूं थाना क्षेत्रको अम्बरपुर गाउँको एक तस्वीर इन्टरनेटमा दुःखद् कमेन्टसहित भाइरल भयो । यस तस्वीरमा एक व्यक्तिले आफ्नी पन्तीको शवलाई साइकलमा राखेर उभिएको दुःखद् तस्वीर देखाइएको छ । केही तस्वीरमा उनले आफ्नी मृत श्रीमतीको शवलाई समाएर बसेको तस्वीर भाइरल भएको हो । उनी ५५ वर्षीय तिलकधारी सिंह […]

संविधानसभा सदस्य खड्काको निधन

२० वैशाख, भक्तपुर । नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको आज यहाँ निधन भएको छ । पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा लडेर घाइते भएपछि गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । रामेछापको बेथानमा जन्मिएका ७८ वर्षीय खड्का नेपाल विद्यार्थी संघका संस्थापक सदस्य थिए । पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको […]

नेपालमा कोरोना : ५१७ पत्रकार पेशागत सुरक्षाबाट पीडित

२० वैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५१७ रहेको छ । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क हेर्ने हो भने यस वर्ष पत्रकारको पेशागत सुरक्षाका घटना सबैभन्दा बढी देखिएको छ । यो अवस्थालाई दृष्टिगत गर्दै महासङ्घले सञ्चार संस्थाहरूलाई कोरानाको बहानामा सञ्चारकर्मीलाई निष्काशन नगर्न, सेवासुविधामा […]

आईपीएल : पञ्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

२० वैशाख, काठमाडौं । पञ्जाब किंग्सका स्ट्याण्ड इन कप्तान मायंक अग्रवालले अविजित ९९ रन रन बनाए पनि दिल्ली क्यापिटल्स ६ विकेटले विजयी हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लेको छ । नियमित कप्तान लोकेश राहुल एपेन्डिसाइटिसका कारण अस्पताल भर्ना भएपछि अग्रवालले पञ्जाबको कप्तानी सम्हालेका थिए । जहाँ उनले कप्तानी डेब्युमै अविजित ९९ रन […]

‘महामारीको चिहान’माथि राजनीतिक तमासा

१९ वैशाख, काठमाडौं । प्रदेशसभामा कायम सदस्यहरुको बहुमत सांसदहरुको धर्ना छल्दै  प्रदेश प्रमुखलाई आफ्नै  कार्यालयमा बोलाएर नेकपा एमालेका नेता शंकर पोखरेलले राति आठ बजे मुख्यमन्त्रीको शपथ लिएका छन् । आइतबार बिहान ८ बजे पदबाट राजीनामा दिएका पोखरेलले ठीक १२ घण्टापछि सुरक्षाकर्मीहरूको कडा घेराबीच  पुनः मुख्यमन्त्रीको शपथ लिए । उनलाई प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले संविधानको धारा […]

कास्कीमा सवारी साधन सञ्चालनमा रोक, ३० गतेसम्म लम्बियो निषेधाज्ञा

१९ वैशाख, पोखरा । कोरोनाको संक्रमण ह्वात्तै बढेपछि कास्कीमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाइने भएको छ । जोरबिजोरका आधारमा सवारी साधन चल्ने दिने गरी वैशाख १५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई कडाइ पार्दै महिनाभरिका लागि लम्ब्याइएको छ ।कोभिड–१९ संकट व्यवस्थापन समिति कास्कीको आइतबार साँझ बसेको बैठकले २१ गतेदेखि सवारी साधन सञ्चालनमा समेत […]

नारायणी अस्पताल : न अक्सिजन प्लान्ट छ, न पाइपलाइन

१९ वैशाख, वीरगञ्ज । नारायणी अस्पतालको आईसीयू वार्डमा संक्रमितलाई हाईफ्लो अक्सिजन चल्छ । एक जना कोरोनाका बिरामी छटपटाइरहेका थिए । किनकि त्यतिखेर उनको अक्सिजन सिलिण्डर खाली भइसकेको रहेछ । खटिएका स्वास्थ्यकर्मीले हतार–हतार गरेर अर्को सिलिण्डर जोडे । बिरामीलाई राहत भयो । ‘समयमै देख्यौं, त्यतिखेर बिरामीलाई बचाउन सफल भयौं,’ उपचारमा संलग्न चिकित्सकले भने, ‘तर भोलिपल्ट त […]

शपथ लिएसँगै पोखरेलले गरे मन्त्रिपरिषद विस्तार

१९ वैशाख, बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पोखरेलको सिफारिसमा बैजनाथ चौधरी आर्थिक मामिला तथा योजना र  प्युठानका हरि रिजाल स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका हुन् । बैजनाथ यसअघि आर्थिक मामिला तथा योजनामन्त्री नै थिए भने रिजाल पहिलोपटक मन्त्री बनेका हुन् । यस्तै जनता समाजवादी पार्टीको […]

प्रधानमन्त्रीले विश्वासको मत लिन संसदको विशेष अधिवेशन आह्वान

१९ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि  प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद बैठकमा […]

प्रधानमन्त्रीले पाउलान् विश्वासको मत ? यस्ताे छ अंकगणित

१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विहान नेकपा एमालेमा आफ्नो पक्षको स्थायी कमिटीको बैठक बोलाए, लगतै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटे । दिउँसो मन्त्रिपरिषद् बैठक बोलाए र, फेरि राष्ट्रपति निवास पुगे । दौडधुपको निष्कर्षका रुपमा राष्ट्रपति कार्यालयबाट साँझ वक्तव्य आयोः– प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा १ बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा […]

अल्पमतमा पर्दापर्दै नियुक्ति, प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमै बोलाएर शपथ

१९ वैशाख, बुटवल । अल्पमतमा पर्दापर्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका शंकर पोखरेलले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा बोलाएर पद तथा गोपनीयताको शपथ लिएका छन् । अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुको समावेदनअनुसार प्रदेशसभाको अधिवेशन आइतबार बोलाइएको थियो । तर अधिवेशन सुरु हुन नपाउँदै मुख्यमन्त्री पोखरेलले राजीनामा दिए । त्यसयताका १२ घण्टामा लुम्बिनीको राजनीतिमा थुप्रै उतारचढाव आए र […]

लुम्बिनीको मुख्यमन्त्रीमा पोखरेलको नियुक्ति अनैतिक र असंवैधानिक : प्रचण्ड

१९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुन: नियुक्ति गर्नु अनैतिक र असंवैधानिक भनेका छन् । आइतबार बिहान राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले बहुमतप्राप्त दलको नेताका रुपमा मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रचण्डले पोखरेल अल्पमतमा रहेको भन्दै अल्पमतमा रहेको व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्नु हास्यास्पद […]

प्रधानमन्त्री ओलीलाई सिसाको क्याबिन

१९ वैशाख, काठमाडौं । कोरोना संक्रमण बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुरक्षामा विशेष सतर्कता अपनाइएको छ । प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार बैठक कक्षमा सिसाले बनेको ‘क्याबिन’को प्रबन्ध गरिएको हो । बैठक कक्षमा प्रधानमन्त्री ओलीले गर्ने भेटका क्रममा प्रधानमन्त्री सिसाको क्याबिनभित्र बस्ने व्यवस्था मिलाइएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । ‘मिर्गौला प्रत्यारोणपछि भेटघाटका […]

सोमबार उपत्यकाका तीन सिडिओको बैठक, थप केही क्षेत्रमा निषेध गरिने

१९ वैशाख, काठमाडौं । सोमबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । निषेधाज्ञालाई कडाइ गर्न थप केही क्षेत्रमा निषेध गर्ने गरी बैठक बस्न लागिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइनखबरसँग भने, ‘भोलि बैठक बसेर थप केही क्षेत्रमा कडाइ गर्ने तयारी गरेका छौं ।’ उनका अनुसार खाद्यान्न पसल पनि […]

सुदूरपश्चिममा २४ घण्टामा १२ संक्रमितको मृत्यु, ४७४ जनामा संक्रमण 

१९ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४७४ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४७८ जनाको परीक्षण गर्दा ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार एन्टिजेन विधिबाट ८२७ जनाको परीक्षण गर्दा २१४ जना र पीसीआर विधिबाट ६५१ […]

करणी कसूरका दोषी १० वर्षपछि प्रहरी फन्दामा

१९ वैशाख, संखुवासभा । जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका एकजना  फरार व्यक्ति पक्राउ परेका छन् । अदालतबाट दोषी ठहर भएका गणेशबहादुर अधिकारी भन्ने लेकबहादुर अधिकारीलाई घटना भएको १० वर्षपछि प्रहरीले पक्राउ गरेको हो । संखुवासभाको चैनपुर नगरपालिका १० का ४३ वर्षीय अधिकारीलाई ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले सुनसरीको खनारबाट पक्राउ गरी बैशाख १७ […]

बाँकेमा एकैदिन ८ संक्रमितको मृत्यु

१९ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट आइतबार एकैदिन ८ जना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका ६ जना र सल्यानका २ जना गरी कुल ८ जना संक्रमितको आइतबार मृत्यु भएको हो । ओलीका अनुसार होमआइसोलेसनमा बसेकी कोहलपुर नगरपालिका–२ की ६९ वर्षीया महिलाको आइतबार मृत्यु भएको […]



from समाचार – Online Khabar https://ift.tt/2RkFbUt
via IFTTT
Powered by Blogger.