Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सुदूरपश्चिममा कोरोना परीक्षणको रिपोर्ट पाउनै सकस

२४ वैशाख, टीकापुर । स्वास्थ्यमा समस्या देखिएपछि कैलालीको टीकापुर नगरपालिका–१ की ५१ वर्षीया दुर्गा रावल वैशाख १४ गते टीकापुर अस्पताल भर्ना भइन् । ज्वरो आएका कारण डाक्टरले कोरोना परीक्षण गराउन सल्लाह दिए । अस्पतालमै उनको नमुना संकलन भयो । रिपोर्ट नआउँदै रावलको स्वास्थ्य अवस्था जटिल बन्दै गयो । अस्पतालले उनलाई आईसीयूमा राख्नुपर्ने तर टीकापुरमा सेवा […]

रौतहटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो  

२५ वैशाख, रौतहट । रौतहटमा कोरोना भाइरसको दोस्रो लहरबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । उपचारको क्रममा रहेका थप दुई जनाको शनिबार मृत्यु भएसँगै मृत्यु हुने संक्रमितको संख्या १४ पुगेको हो । नारायणी अस्पताल वीरगञ्जमा गौर नगरपालिका–९ का ५५ वर्षीय पुरुष र गौर अस्पतालमा राजपुर नगरपालिका– का ६० वर्षिय पुरुषको उपचारको क्रममा शनिबार मृत्यु […]

संवैधानिक परिषद्को बैठक स्थगित गर्न माओवादी केन्द्रको माग

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठकमा नजान सदस्यहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि परिषद्को बैठक बेलाएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा नजाने बताएका छन् भने प्रमुख विपक्षी दलका नेता शेबरहादुर देउवाले परिषद्को बैठकमा नजान अरु सदस्यहरुलाई अपील गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार वक्तव्य […]

भेन्टिलेटर नपाएर महोत्तरीका कोरोना संक्रमितको मृत्यु

२५ वैशाख, जनकपुरधाम । भेन्टिलेटर नपाउँदा महोत्तरीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल जलेश्वरमा थन्काएर राखिएको भेन्टिलेटर जडान नहुँदा अक्सिजनको सपोर्टमा उपचार गराइरहेका महोत्तरी गाउँपालिका–४ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । सर्लाहीको धनकौल गाउँपालिकाको शिक्षा संयोजक पदमा कार्यरत ती पुरुषलाई भेन्टिलेटरको आवश्यकता परेपछि जलेश्वर अस्पतालले शुक्रबार प्रादेशिक अस्पताल जनकपुरधाम […]

कैलालीमा एकै दिन ९ जना संक्रमितको मृत्यु

२५ वैशाख, धनगढी । कैलालीमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल र निजी अस्पतालमा उपचाररत समेत गरेर २४ घण्टामा ९ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिकाका ५ जना, बर्दगोरिया गाउँपालिकाका २ […]

चेनस्मोकर भट्ट

ऊ एउटा जँड्याहा । उसको सम्पूर्ण पहिचान यही हो । तर केही वर्ष पहिले उसको अर्को पहिचान पनि थियो । ऊ मेरो दोस्त– प्रिय दोस्त थियो । तर आज ऊ मेरा लागि साथीसम्म रहेन । ऊ मेरो लागि पनि एक नामुद जँड्याहा हो । जसको घरघाट भट्टी हो । ऊ भट्टी पसे झैं म अक्सर […]

बढी मूल्यमा पल्स अक्सिमिटर बेचेको आरोपमा वीरगञ्जमा एकजना पक्राउ

२५ वैशाख, वीरगञ्ज । बढी मूल्यमा पल्स अक्सिमिटर बिक्री गरेको आरोपमा एक जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ३२ वर्षीय रामहरि तिवारीलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो । उनको पसलबाट प्रहरीले १२ थान पल्स अक्सिमिटर बरामदसमेत गरेको छ । घरमै खोलेको औषधि पसलमा १ हजार ९ सय पर्ने अक्सिमिटरलाई […]

कोरोना संक्रमित प्रतिनिधिसभा सांसदको संख्या १८ पुग्यो

२५ वैशाख, काठमाडौं । कोरोना संक्रमण पुष्टि हुने प्रतिनिधिसभा सदस्यको संख्या १८ पुगेको छ । वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सांसदमा कोरोना संक्रमण देखिएको छ । संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा पोजेटिभ […]

कोरोना संक्रमणबाट वीरगञ्जमा थप चार जनाको मृत्यु

२५ वैशाख, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप चार जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा तीन र नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा एक जनाको मृत्यु भएको हो । नेशनल मेडिकलको कोरोना अस्पतालमा ५५ वर्षीय संक्रमितको मृत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका–२ का उनको शनिबार बिहान ११:५ बजे मृत्यु भएको […]

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

२५ वैशाख, काठमाडौं । बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा दुई जना र कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा एक जना संक्रमितको मृत्यु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–४ का ५८ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा शनिबार बिहान ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख १७ गते कोरोना […]

प्रादेशिक अस्पताल जनकपुरमा १२८ जनशक्ति थप

२५ वैशाख, जनकपुरधाम । कोरोना संक्रमितको उपचार सहज बनाउन प्रदेश २ सरकारले प्रदेशका अस्पतालहरुमा जनशक्ति थप गरेको छ । प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजसहितका अस्पतालमा जनशक्ति थप गरिएको हो । प्रादेशिक अस्पताल जनकपुरधाममा १२८ जना जनशक्ति थप गरिएको छ । यसमध्ये आईसीयू सञ्चालनका लागि ६८ जना थप गरिएको सामाजिक विकास […]

अस्पतालहरूलाई संक्रमितको चाप थेग्न हम्मेहम्मे

२५ वैशाख, काठमाडौं । दिनदिनै कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या बढिरहेको छ त्यसको चाप अस्पतालले थेग्नुपरेको छ । बिरामीको चाप बढेपछि कतिपय अस्पतालले भर्ना लिन नसक्ने घोषणा गर्न थालेका छन् । त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दास पनि अस्पतालले थेग्न नसक्ने गरी चाप बढिसकेको बताउँछन् । अस्पतालमा २३० जना संक्रमित उपचाररत […]

गण्डकीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

२५ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कास्कीका दुई र पर्वतका एक जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीको पोखरा महानगरपालिका–१३ की ४८ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बेलुका ५:४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । […]

वीरगञ्ज आइपुग्यो १५० थान रेम्डिसिभिर

२५ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा १५० थान रेम्डिसिभिर आइपुगेको छ । शनिबार बिहान १५० थान रेम्डिसिभिर अस्पतालको फार्मेसीमा आइपुगेको नारायणी अस्पतालले जानकारी गराएको छ । रेम्डिसिभिर कोरोना संक्रमितका लागि उपयोगी मानिएकोले बढी माग भइरहेको छ । सरकारी दररेटमा अस्पतालले उपलब्ध गराउन नसक्दा चर्को मूल्यमा सर्वसाधारणले कालोबजारीयाहरुबाट खरिद गरेर प्रयोग गर्न बाध्य छन् । […]

कांग्रेसले भन्यो- संवैधानिक परिषद् बैठकमा भाग लिन्नौं

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेसले भाग नलिने भएको छ । सभापति शेरबहादुर देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा भाग नलिने बताएका हुन् । सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टीगत मनसायबाट प्रेरित भएको भन्दै उनले बैठकमा भाग नलिने जनाएका छन् । ‘नेपाली कांग्रेस […]

कोरोना खोपमा ‘प्याटेन्ट राइट’ दाबी नगर्ने अमेरिकी निर्णयले के प्रभाव पार्छ ?

संयुक्त राज्य अमेरिका आफूले उत्पादन गर्दै आएको कोरोना खोपको सर्वाधिकार (प्याटेन्ट राइट) आफूसँग मात्रै हुनुपर्ने कदमबाट पछाडि हट्ने भएको छ । विश्व व्यापार संगठन (डब्लूटिओ)सँग सहकार्य गर्दै खोपको आपूर्ति सहज बनाउन आफ्नो सर्वाधिकारसम्बन्धी नियममा अमेरिका लचिलो बन्न लागेको हो । यस निर्णयले गर्दा विश्वभरि खोपको आपूर्ति  छिटो र सजिलो हुने अधिकारकर्मीहरूले बताएका छन् । यद्यपि […]

‘कोरोना महामारीको भविष्यवाणी गर्न सकिन्न’

न्यूयोर्कको माउन्ट सिनाई अस्पताल र जर्जियाको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा काम गरिसकेका जीवाणु वैज्ञानिक डा. सुदीप खड्का हाल अमेरिकाकै मेयो क्लिनिकमा कार्यरत छन् । इबोला भाइरसको म्युटेसन, भेरियन्ट, मानव प्रतिरोध क्षमता र औषधिबारे महत्वपूर्ण अनुसन्धान गरेका उनी अहिले फैलिरहेको कोरोनाभाइरसको नयाँ भेरियन्टहरूले बनाउने संक्रमणको चक्र भने अझै रहस्यमै रहेको बताउँछन् । नेपालमा कोरोना महामारीको वास्तविक […]

युएईको अस्पतालमा जमेका नेपाली डाक्टर

युनाइटेड अरब इमिरेट्स (युएई)मा काम गरिरहेका करीब तीन लाख नेपालीमध्ये एक हुन्– डा. गणेश मानन्धर । राजधानी अबुधाबीको लाइफलाइन अस्पतालमा उनले दैनिक जाँच्ने बिरामीमध्ये आधाभन्दा बढी नेपाली हुन्छन् । परदेशमा बिरामी पर्दा नेपाली चिकित्सकबाटै उपचार र परामर्श पाउनु नेपाली कामदारका लागि ठूलो कुरा हो । कति बिरामीको लागि त चिकित्सकको परामर्श मात्र पनि रामबाण साबित […]

बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा २० वर्षीया संक्रमितको मृत्यु

२५ वैशाख, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ । तेह्रथुमको पञ्चकन्या–१ घर भएकी २० वर्षीया महिलाको शनिबार बिहान ५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार उनी यही वैशाख १७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार बैठकको एजेण्डाबारे पूर्वजानकारी दिइएको छैन । सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि शनिबार साँझ आकस्मिक रुपमा बोलाइएको बैठकप्रति चासो छ । […]

विराटनगरमा आइसियू बेड भरिए, बिरामीको नाम टिप्दै फर्काउँदै

२५ वैशाख, विराटनगर । कोरोना संक्रमितको उपचार गर्ने विराटनगरका तीन अस्पतालका आइसियू बेड भरिएका छन् । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजका आइसियू बेड भरिएका हुन् । आइसियू बेड भरिएका कारण नयाँ संक्रमितले उपचार पाउन मुस्किल छ । गम्भिर अवस्थाका संक्रमितले आइसियूमा बेड पाउन पालो कुर्नपर्ने बाध्यता छ […]



from समाचार – Online Khabar https://ift.tt/2RCFA4M
via IFTTT
Powered by Blogger.