समाचार
२४ वैशाख, हेटौंडा । जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीलगायतको गठबन्धनबाट डा. खिमलाल देवकोटा, नेकपा एमालेका तर्फबाट रामबहादुर थापा बादल र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्तापछि डा. देवकोटाले […]
२४ वैशाख, सप्तरी । सप्तरीमा चोरीको आरोपमा जनप्रतिनिधिले एक युवकलाई पाँच दिनदेखि बन्धक बनाएर यातना दिएको पाइएको छ । छिमन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’, उनका छोरा तेजनारायणले छिन्नमस्ता–६ कुपहीका २१ बर्षीय शिवकुमार मुखियालाई हात खुट्टामा नेलले बाँधेर कुटपिट गरेको पीडितका परिवारले जनाएको छ । कुपहीमा सञ्जय पण्डितले सञ्चालन गरेको मदिरा पसलमा चोरी गरेको भन्दै […]
२४ वैशाख, बुटवल । लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपा एमालेका अध्यक्षहरुले पार्टी एकता जोगाउन अपील गरेका छन् । शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले अन्तरविरोधका कारण पार्टीलाई क्षति पुगेको भन्दै अहिले एकजुट हुन सकेन भने इतिहासले क्षमा नदिने उल्लेख गरेका छन् । एमालेलाई थप सुदृढ, व्यापक र गतिशील बनाएर कम्युनिष्ट आन्दोलन र लोकतन्त्रको मुल शक्तिको […]
२४ वैशाख, वीरगञ्ज । पछिल्लो २४ घण्टामा वीरगञ्जका दुईवटा अस्पतालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर अस्पतालमा ३ जना र नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पताल ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणको दोस्रो लहरबाट पर्सामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । […]
२४ वैशाख, काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुख काठमाडौं आइपुगेका छन् । राघवप्रसाद भट्नागर शुक्रबार नेपाल आइपुगेका हुन् । उनले ८ दिनपछि आफ्नो कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले बताएको छ । ‘रअ’का नेपाल प्रमुख अभिजित अल्दरको कार्यकाल सकिएपछि भट्नागर नियुक्त भएका हुन् । दूतावासको कन्सुलर विङमा बसेर उनले जिम्मेवारी सम्हाल्नेछन् ।b
२४ वैशाख, काठमाडौं । प्रचारमा आएजस्तो सगरमाथामा स्वास्थ्य जोखिम नभएको सरकारले बताएको छ । बीबीसीसहित अन्तर्राष्ट्रिय संचारमाध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै समाचार प्रकाशन–प्रसारण गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो खबरको खण्डन गर्दै पर्वतारोहीमा कोभिड-१९ को संक्रमण व्यापक फैलिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ । मन्त्रालयले भनेको छ, ‘सम्पर्क […]
२४ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीले खोप खरिदका विषयमा सरकारलाई ४ प्रश्न गरेको छ । खोप प्रकरणबारे हालसम्म सार्वजनिक समाचार र तथ्यहरूको समीक्षा गर्दा सरकारको अक्षमता, नालायकी, अकर्मण्यता र भ्रष्टता देखिएको भन्दै विवेकशील साझाले व्यापारीहरूको थाप्लोमा सम्पूर्ण दोष थोपरेर सरकार चोखिन नसक्ने बताएको छ । प्रवक्ता शरदराज पाठकले निकालेको विज्ञप्तिमा महामारीमा यदि केही व्यापारीकै […]
२४ चैत, काठमाडौं । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २७ वैशाखमा चीनको राजधानी बेइजिङ जाने निश्चित भएको छ । नेपाल एयरलाइन्स स्रोतका अनुसार जहाज २७ गते गएर २८ गते काठमाडौं फर्कने भएको छ । यो जहाजले एक पटकमा ४ सय सिलिण्डर ल्याउन सक्ने प्राविधिक अध्ययनबाट देखिएको छ । साथमा […]
२४ वैशाख, गुल्मी । गुल्मीमा जेठ ४ गतेसम्मलाई निषेधाज्ञा थप गरिएको छ । यसअघि वैशाख २५ बजेसम्म गरिएको निषेधाज्ञा पुन एक साता थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । यो अवधिमा उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामग्रीका पसल विहान ७ देखि ९ बजेसम्म […]
२४ वैशाख, काठमाडौं । ललितपुरमा कोभिड-१९ का बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको छ । जिल्लाभित्र सञ्चालित एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा शुक्रबार बसेको बैठकले सबै एम्बुलेन्सलाई यथाशिघ्र १०२ मा आवद्ध गर्न अनुरोध गर्ने र एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने निर्णय भएको ललितपुरका निमित्त प्रजिअ ललितकुमार बस्नेतले जानकारी दिए । कोभिड १९ को […]
२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए । साढे पाँच बजेतिर बुढानिलकण्ठ पुगेका प्रचण्ड र देउवा बीच करिब आधा घण्टा कुराकानी भएको देउवा निकट स्रोतले बताएको छ । ‘प्रधानमन्त्री केपी ओलीले लिन लागेको विश्वासको मत बिफल बनाउनेबारे […]
२४ वैशाख, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा १०१८ नमुना परीक्षण गर्दा ७३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका तीन वटा ल्याबमा गरिएको परीक्षणमा ३३६ जना महिला र २३० जना पुरुष गरी ७३१ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार भेरी अस्पतालको ल्याबमा ४८० जनाको […]
२४ वैशाख, जनकपुरधाम । प्रदेश २ को सामाजिक विकास मन्त्रालयले प्रादेशिक अस्पताल जनकपुरधाममा ८ वटा भेन्टिलेटर उपलब्ध गराएको छ । काठमाडौंबाट मगाइएको भेन्टिलेटर अस्पताल आइपुगेको र जडान हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ । कोरोना उपचार केन्द्रका प्रवक्ता डा. मनिष पाण्डेले प्राविधिकहरुले भेन्टिलेटर जडान गरेर परीक्षण गरिरहेको बताए । यो अस्पतालमा यसअघि भएको ५ वटै भेन्टिलेटर […]
२४ वैशाख, काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका छन् । आज सगरमाथामा आइसफल डाक्टरहरुको टोलीले चुचुरो चुमेको छ । यो टोलीको नेतृत्व शेर्पाले गरेका थिए । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिका अनुसार कुल १२ जना आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको हो । १३ मे १९९४ मा […]
२४ वैशाख, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि अस्पतालमा शय्या र जनशक्ति थप गर्न प्रदेश सरकारसँग माग गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले शुक्रबार विज्ञप्ति निकालेर प्रदेशका सबै जिल्ला अस्पताल, नेपालगञ्जको प्रहरी र आर्मी अस्पतालाई कोभिड अस्पालमा रुपान्तरण गरी ८५० […]
२४ वैशाख, धनगढी । कैलालीमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा पाँच र अन्य अस्पतालमा दुई गरेर ७ जनाको मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका चार र कञ्चनपुरका एक जनाको मृत्यु भएको जानकारी दिए । कैलालीको धनगढी उपमहानगरपालिका– १ का ५५ वर्षीय पुरुष […]
२४ वैशाख, काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले घोषणा गरेको निषेधाज्ञाका कारण नेपालमा रोकिएका विदेशी नागरिकलाई सरकारले भिसामा सहजिकरण गर्ने भएको छ । अध्यागमन विभागका अनुसार १५ वैशाखसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय उडान स्थगत रहेको अवधि भित्र वा अन्तर्राष्ट्रिय हवाई उडान सूचारु भएको मितिले सात दिन भित्र नेपालबाट प्रस्थान गर्ने विदेशीको […]
२४ वैशाख, विराटनगर । चैत तेस्रो साता । बेलबारी नगरपालिका-४ मोरङका नवीन खवास, बुबाको उपचारका लागि नोबेल मेडिकल कलेज आइपुगे । उपचारपछि बुबा विनोद वैशाख १५ गते डिस्चार्ज भए । बुबालाई घर लैजानुअघि नै नवीनलाई स्वास्थ्यमा समस्या देखिन थालिसकेको थियो । १४ गते पीसीआर परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएकाले घर गए । तर बुबालाई घर […]
२४ वैशाख, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरको सम्मुखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठक, सभा तथा उद्घाटन र शिलान्यास समारोहमा अधिकतम समय खर्चिए । फागुनयता मात्रै उनले रु.४ खर्ब बराबरका विकासे आयोजनाको शिलान्यास गरे । त्यो अवसरमा नेपालमा विकासको लहर आएको भाषण गरे । तर, महामारी दैलोमा आइपुग्दा शिलान्यास भएका धेरैजसो आयोजना पूर्वतयारी नपुगेकाले […]
२४ वैशाख, काठमाडौं । वसन्त ऋतुका लागि सगरमाथा आरोहणको बाटो खुलेको छ । सगरमाथा आरोहणमा बाटो बनाउन हिँडेको आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको छ । सेभेन समिट ट्रेक कम्पनीका अनुसार शुक्रबार साँझ ६ बजे १० जना आरोही विशेषज्ञ शेर्पाहरुको टोली चुचुरोमा पुगेको छ । The first team of climbers reached the summit of Sagarmatha […]
२४ वैशाख, सुर्खेत । शुक्रबार कर्णाली प्रदेशमा ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५०३ जनामा गरिएको पीसीआर परीक्षणमा ३८१ जनामा संक्रमण पुष्टि भएको हो । अहिले कर्णालीका सबै जिल्लामा निषेधाज्ञा जारी छ । तर, निषेधाज्ञाको अवधिमा पनि संक्रमण दर उच्च देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो […]
from समाचार – Online Khabar https://ift.tt/3nZSlT8
via IFTTT






















