समाचार
१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस पत्र पठाएका छन् । मन्त्रिपरिषदको बैठक बसेर प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । ‘प्रदेश प्रमुखको कार्यालयमा संसद् अन्त्य गर्न पत्र पठाइसकिएको छ’, एक मन्त्रीले भने । मुख्यमन्त्रीले राजीनामा दिएपछि विशेष अधिवेशनको प्रयोजन पनि सकिएकाले अधिवेशन अन्त्य गर्न […]
१९ वैशाख, काठमाडौं । हङकङले नेपालबाट हुने हवाई उडानमा रोक लगाएको छ । १ मे (शनिबार)बाट लागु हुने गरी हङकङले काठमाडौं विमानस्थलबाट हुने उडानमा रोक लगाएको सिन्ह्वा नेट डटकमले लेखेको छ । नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठका अनुसार हङकङको तर्फबाट रोक लगाएको खबर आएसँगै सो गन्तब्यमा निर्धारित भएका उडानसमेत रद्द हुनेछन् । औपचारिक चिठीपत्र त […]
१९ वैशाख, काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बोलाइएको छ । बैठकका एजेण्डाहरु नखुलाइए पनि बढ्दो कोरोना संक्रमण लगायतका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
१९ वैशाख, दाङ । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिचान खुलेको छ । मृत भेटिएका बालक तुलसीपुर–६ बरुवा गाउँ निवासी भीमबहादुर परियारका नौ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र कृष्ण परियारका ६ वर्षीय छोरा […]
१९ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई आजै सपथ ग्रहण गराउने तयारी भएको एमालेका एक नेताले बताएका छन् । प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनको आह्वान गर्ने र एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने तयारी भइरहेको ती नेताको भनाइ छ । प्रदेश सरकारका प्रवक्तासमेत रहेका एमाले […]
१९ वैशाख, चितवन । गोरखाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ का ७८ वर्षीय वृद्ध रहेका छन् । उनीको शनिबार राति १२:४५ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । निमोनिया र मधुमेहको समस्या भइ यही वैशाख १७ गते सो अस्पतालमा भर्ना भएका उनीमा १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो […]
१९ वैशाख, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । भारतको बिहार मधुवनी घर भएका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पुरुष बाराको जितपुरसिमरा-२३ स्थित डाबर नेपालको लेखापालका रुपमा कार्यरत थिए । श्वास–प्रश्वासमा समस्या देखिएपछि वैशाख ५ गते नारायणी अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो । भोलिपल्ट रिपोर्ट आउँदा पोजेटिभ […]
१९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा १ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा १ सय ९२ स्वाब नमुना परीक्षणका क्रममा १ सय ४५ जनामा संक्रमण देखिएको हो । पुष्टि भएका संक्रमितमध्ये ३० जना महिला छन् । पर्साका १ सय ९, बाराका २६, रौतहटका ६, सर्लाहीका ३, महोत्तरीका १ […]
१९ वैशाख, धनगढी । कञ्चनपुरका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पताल र धनगढीको कैलाली अस्पतालममा उपचाररत तीन जना संक्रमितको गएराति मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले भेन्टिलेटरमा राखेर उपचार गराइरहेका भीमदत्त नगरपालिका १८ का ४८ वर्षीय पुरुष र भीमदत्त नगरपालिका ७ की ५५ वर्षीया […]
१९ वैशाख, बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत गरेका हुन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको र अर्को सरकार गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सञ्चालन गर्न तोकिएको उल्लेख गरेका […]
१९ वैशाख, काठमाडौं । बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २७ देखि ५५ वर्षसम्मका ३ पुरुष र एक महिलाको शनिबार मृत्यु भएको हो । मृत्यु हुनेमध्ये ३ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत थिए भने एक जना आइसोलेसन सेन्टरमा थिए । मृत्यु हुनेमा राजापुर नगरपालिका २ बर्दियाका २७ वर्षीय पुरुष छन् । […]
१९ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । पोखरेलको राजीनामा स्वीकृत भइसकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जानकारी दिए । विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको […]
१९ वैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा यथेष्ट ध्यान दिन सम्बद्ध पक्षसँग आग्रह गरेका छन् । खनालको स्वास्थ्य लाभको कामना गर्दै नेता नेपालले उपचारमा आवश्यक ध्यान दिन आग्रह गरेका हुन् । ‘उहाँको उपचारमा यथेष्ट ध्यान दिन सम्बद्ध सबैको ध्यानाकर्षण समेत गराउँछु’, नेता नेपालले सामाजिक सञ्जालमा […]
१९ वैशाख, काठमाडौं । पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निषेधाज्ञामा कडाइ गर्ने मात्रै नभएर कोरोना परीक्षण र उपचारमा जोड दिन सरकारसँग माग गरेका छन् । संक्रमणको अवस्था गम्भीर बन्दै गएकाले उपचारका लागि बजेट निकासा गर्न पनि पाण्डेले आग्रह गरेका छन् । ‘सरकारले निषेधाज्ञालाई कसिलो बनाउने मात्र होइन । तत्काल अस्पताल र बेड […]
१९ वैशाख, बुटवल । विपक्षी दलहरूको निवेदन अनुसार लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आइतबार (आज) देखि सुरु हुँदैछ । विशेष अधिवेशनले एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्ताव टुंगो लगाउने छ । प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा सत्ता पक्ष र विपक्षी दलका […]
१९ वैशाख, काठमाडौं । कोरोना संक्रमित बिरामीलाई अहिले अक्सिजन अत्यावश्यक भएको छ । अक्सिजन अभावमा कतिपयले अस्पतालमै ज्यान गुमाइरहेका छन् । यो संकटको घडीमा कसैले निःशुल्क अक्सिजन उपलब्ध गराइदिन्छ भने त्यो जत्तिको ठूलो राहत सायदै अरू हुँदैन । तर तिनै अक्सिजनदातालाई प्रहरीले पक्रेर मुद्दा चलाएको समाचार सार्वजनिक भएको छ । यो समाचार हो कोरोना संक्रमणबाट […]
१९ वैशाख, गुल्मी । गुल्मीमा गए रातिदेखि एक साताका लागि निषेधाज्ञा लागू भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को निर्णयअनुसार वैशाख २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । निषेधाज्ञा अवधिभर अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण […]
१९ वैशाख, काठमाडौं । दिनप्रतिदिन कोरोना महामारी बढ्दै जाँदा भक्तपुर नगरपालिकाका स्थानीय तहहरुले आइसोलेसन सेन्टर पुनः सञ्चालनमा ल्याएका छन् । जिल्लाका चार स्थानीय तहमध्ये ३ स्थानीय तहले आइसोलेसन सेन्टर पुनः सञ्चालनमा ल्याइसकेका छन् भने सूर्यविनायक नगरपालिकाले यसको काम अन्तिम चरणमा पुगेको बताएको छ । आइसोलेसन सेन्टरसँगै नगरपालिकाहरुले हाई डिपेन्डेन्सी युनिट समेत सञ्चालनमा ल्याएका छन् । […]
१९ वैशाख, काठमाडौं । आइतबार चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक भर्चुअल कार्यक्रमको आयोजना गरेको छ । मन्त्रालयका अनुसार विहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिवसकै अवसरमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री […]
१९ वैशाख, काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आइतबार बिहानैदेखि काठमाडौं उपत्यका एवं पूर्वी नेपालको १ नं प्रदेशमा मौसम बदली भएको छ । मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहार र बंगालमा विकास भएको निम्न चापीय क्षेत्रका कारण प्रदेश नं १ र २ मा मंगलबारसम्म मौसम बदली रही बेलाबेलामा वर्षा […]
१९ वैशाख, धनगढी । धनगढीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३ की ३८ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले श्वासप्रश्वास सम्बन्धी समस्या भएकी ती महिलाको कडा खालको निमोनियाका कारण मृत्यु भएको जानकारी दिए । यसअघि शनिबार सेती […]
from समाचार – Online Khabar https://ift.tt/3eHZjI2
via IFTTT



















